बेलका बस दुर्घटना : घाईते २९ मध्ये ४ गम्भीर, बिवरण सहित
पूर्णपुष्टि, ७ असोज ।
मंगलबार दिउँसो १२ : ४० बजेतिर उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं। ८ स्थित सेतीखोलामा एक मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाईते भएको छ। चतराबाट रामपुरतर्फ मलामी बोकेर फर्किंदै गरेको प्रदेश १(०२(००१ ख ८२५३ नम्बरको बस मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा २९ जना घाईते भएको हो ।
घाइतेहरूमध्ये १७ जनाको बेलका नगर अस्पतालमा र १२ जनाको धरान घोपा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ, जसमा २ पुरुष र २ महिला छन् । बाँकी २५ जनाको अवस्था सामान्य रहेको छ, जसमा १५ पुरुष र १० महिला छन्।
बसका चालक ३५ वर्षीय शम्भु साह ९जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका(१, भण्डारीटार निवासी० लाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र सडक अवरोध नभएको जनाइएको छ।
प्र...









