Thursday, April 30News That Matters

Author: पूर्णपुष्टि

आमालाई थाहै नदिई, छोरो विदेशीलाई धर्मपुत्र दिएपछि …

आमालाई थाहै नदिई, छोरो विदेशीलाई धर्मपुत्र दिएपछि …

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस १३ गते । एक आमा १३ बर्षदेखि आफ्नो सन्तानलाई भेट्न भौतारिरहनु भएको छ । आफ्नै आमा (माईतीतर्फ) लाई विश्वास गरेर काठमाडौं पढ्न पठाएको छोरो गौरब सुवेदीलाई थाहै नदिइ धर्मपुत्र बनाएर विदेशीलाई पठाईएपछि उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेकी कमला सुवेदी भौतारिरहनुभएको हो । कमलाकी आप्mनै आमा ६२ बर्षिया टंकमाया रेग्मीले काठमाडौंमा राम्रो शिक्षादिक्षा दिलाउछु भनेपछि विश्वासका साथ जिम्मा लाएको छोरो धर्मपुत्रको रुपमा विदेशीलाई दिइएको थाहा पाएपछि छाँगाबाट खसे झै भएको ४२ बर्षिया कमलाले बताउनुभयो । २०६१ सालमा लगेको छोरोलाई काठमाडौं नक्सालको बालमन्दिरमा पढाउदै गरेको भन्दै आमा टंकमायाले दुई दशैं घरमा ल्याएपनि त्यसपछिको अवस्थामा विदेश पढ्न गएको भनी सम्पर्क र भेट नगराएको कमलाले बताउनुभयो । २०६४ सालमा विदेशको तस्बिर पठाइदिएको तर, त्यसपछिको अवस्थामा तस्बिरसमेत नपाएको उहाँले ब...
कला, सँस्कृति तथा साहित्यको प्रवद्र्धन गर्न माग

कला, सँस्कृति तथा साहित्यको प्रवद्र्धन गर्न माग

समाचार
पूर्णपुष्टि/खोटाङ, पुस १२ गते । खोटाङमा जन्मिएर राजधानी काठमाडौँमा बस्दै आएका कलाकारले नवनिर्वाचित जनप्रतिनिधिलाई कला, सँस्कृति, सँगीत तथा साहित्यको प्रवद्र्धन एवम् संरक्षण गर्न ध्यानाकर्षण गराएका छन् । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई र रामकुमार राई (पासाङ)लाई कान्तिपुर फिल्म एकेडेमी मैतीदेवी काठमाडौंमा बुधबार आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रममा कलाकारले जिल्लाको कला, सँस्कृति, सँगीत र साहित्यको प्रवद्र्धनमा सहयोग गर्न ध्यानाकर्षण गराएका हुन् । राजधानीमा बसेर कलाकारितामा संलग्न कलाकारले कलाकारिताको प्रवद्र्धनमा कसैको चासो पुग्न नसकेको भन्दै खोटाङमा हरेक वर्ष राष्ट्रिस्तरको खोटाङ हलेसी महोत्सव आयोजना गर्न, नाटक, लघुनाटक मञ्चन, साहित्यिक भेला गर्न साँस्कृतिक भवन बनाउन एवम् संग्रहालय, स्रष्टाहरुको प्रतिमा र मौलिक होमस्टे सहितको नमु...
रसुवाघाट–कालापानी खानेपानी आयोजानको काम ७० प्रतिशत पूरा

रसुवाघाट–कालापानी खानेपानी आयोजानको काम ७० प्रतिशत पूरा

समाचार
पूर्णपुष्टि/खोटाङ, पुस १२ गते । पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजानको ७० प्रतिशत काम सकिएको छ । सुनकोसीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गर्न २०७२ साल चैत्र ११ गते उद्घाटन गरिएको आयोजानको हालसम्म ७० प्रतिशत काम पूरा भएको हो । नदी किनारमा मेसिन राख्ने पम्प हाउस निर्माण, पानी सङ्कलन ट्याङ्की, नदी र गाउँकोबीचमा दुई वटा आरभिटी ट्याङकी तथा सबैभन्दा माथि गाउँमा ३० हजार लिटरको आरसिसि ट्याङ्की निर्माण भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो । गाउँमा पानी निकाल्ने प्रयास स्वरुप थालिएको आयोजनाको एक हजार २०० मिटर जिआई पाईप वेल्डिङ गरेर जडान गरिसकिएको छ । सुख्खाग्रस्त क्षेत्र मानिएको उक्त क्षेत्रमा पाईप अड्याउने १०० वटा पिलर पनि बनाइसकिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । आयोजनाका लागि निर्माण...
अस्पतालको लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले के भने ? (हेर्नुहोस् भिडियो)

अस्पतालको लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले के भने ? (हेर्नुहोस् भिडियो)

Breaking News 1
दुर्घटनाका गम्भिर घाइतेहरुको सामान्य उपचार पनि हुन नसक्दा जिल्ला अस्पताल उदयपुरको लापरवाही छताछुल्ल भएको छ । प्रमुख जिल्ला अधिकारी, सम्बन्धीत व्यक्ति र सर्बसाधारणसंग कुरा गरेर अस्पतालको लापरवाहीको बृतान्त पाठक, स्रोता, दर्शक सामु राखेका छौं । यसप्रति सम्बन्धीत निकाय गम्भिर हुन जरुरी छ । स्थानीय तहले जनप्रतिनिधि पाएको छ, तर यहाँका जनताले सामान्य स्वस्थ्य सेवा पनि पाउन सकेका छैनन् । यसप्रति जनप्रतिनिधि पनि गम्भिर हुन जरुरी छ । विस्तृतका लागि तल क्लिक गर्नुहोस् । https://youtu.be/dCZVqtFZC6w...
दुर्घटनाका गम्भिर घाइतेहरुले उदयपुरमा डाक्टरको मुख देख्न पाएनन, अस्पतालको लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले के भने ? (हेर्नुहोस् भिडियो)

दुर्घटनाका गम्भिर घाइतेहरुले उदयपुरमा डाक्टरको मुख देख्न पाएनन, अस्पतालको लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले के भने ? (हेर्नुहोस् भिडियो)

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ११ गते । जिल्ला अस्पताल उदयपुरको चरम लापरवाहीका कारण मंगलबार बोलेरो जीप दुर्घटना भई गम्भिर घाइते भएकाहरुले उपचार पाउन सकेनन् । एकजनाको घटनास्थलमै मृत्यु भएको दुर्घटनाका तीनजना गम्भिर घाइतेहरुलाई अस्पताल ल्याइएपनि डाक्टर नहुँदा उपचार पाउन नसकेको हो । रौतामाई गाउँपालिकाको सल्लेबाट गाईघाटतर्फ आउदै गरेको स १ च १२२८ नम्बरको बोलेरो जीप सोही गाउँपालिकाको वडा नं. ६ स्थित सितेनी भन्ने ठाउँमा भएको दुर्घटनामा त्रियुगा नगरपालिका १० का कमल मगरको मृत्यु भएको हो भने चालक रौतामाई गापा ४ का ३५ बर्षिय रत्न राई, यात्रुहरु रौतामाई गापा ४ कै ४० बर्षिया निर्मला राई र ४५ बर्षिय भक्तबहादुर सार्की गम्भिर घाइते भएका हुन् । अर्का एक यात्रु १४ बर्षिय बालक सन्देश राई भने हामफालेर सकुशल हुन सफल भएको प्रहरीले जनाएको छ । अस्पतालमा डाक्टर नभेटेकामा घाइतेका आफन्तहरुले अस्पतालमा आक्रोस व्...
सितेनीमा बोलेरो दुर्घटना, १ को मृत्यु, ३ गम्भिर

सितेनीमा बोलेरो दुर्घटना, १ को मृत्यु, ३ गम्भिर

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ११ गते । उदयपुरमा मंगलबार एक बोलेरे दुर्घटना हुँदा एकजनाको मृत्यु हुनका साथै तीनजना गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० का कमल मगर रहेका छन् । रौतामाई गाउँपालिकाको सल्लेबाट गाईघाटतर्फ आउदै गरेको स १ च १२२८ नम्बरको बोलेरो जीप रौतामाई गापा ६ स्थित सितेनी भन्ने ठाउँमा भएको दुर्घटना हुदा चालक रौतामाई गापा ४ का ३५ बर्षिय रत्न राई, यात्रुहरु रौतामाई गापा ४ कै ४० बर्षिया निर्मला राई र ४५ बर्षिय भक्तबहादुर सार्की गम्भिर घाइते भएका हुन् । अर्का एक यात्रु १४ बर्षिय बालक सन्देश राई भने हामफालेर सकुशल हुन सफल भएको प्रहरीले जनाएको छ । ५ जना यात्रु चढेको बोलेरो अनियन्त्रित भई सडकबाट तीनसय मिटर तल खसेको प्रहरी चौकी साउनेले जनाएको छ । दिउसो करिब डेड बजेको समयमा भएको दुर्घटनाको खबर लगत्तै घटनास्थलतर्फ...
आऊ नारी, मसला पिस्ने हातहरुले तिम्रो चोली उधार्ने नर पिपासुलाई फाँसीदिने मेसिन बनाऊ

आऊ नारी, मसला पिस्ने हातहरुले तिम्रो चोली उधार्ने नर पिपासुलाई फाँसीदिने मेसिन बनाऊ

बिचार
रिना चाम्लिङ राई नारी तिमी अझै पनि १८ औ शताब्दीको ढुंगेयुगमा छौ । कमिले युगमा छौ । हेर, हामी सङ्गै बस्ने यहि समाजभित्रैका पुरुषहरु २२ औ शताब्दीतिरका परिबर्तीत युगमा पुगिसके । आजका नारी अझै पनि पर्खालभित्र, घरको चौघेराभित्र । चुलो र चौकाभित्र सिमित । आउ खुल्ला आकाशमुनि । आउ तिम्रो त्यो पर्खाललाई हटाएर । आउ घरको तडबन्धनलाई तोडेर । आउ तिम्रो समानता न्यायको लागि जन्जिर तोडेर । आउ चुलो र चौकाभित्रको दमनलाई फोडेर । अब तिमी कर्फ्यु जारी गरिएर राखिएको बस्ती जस्तो शान्त हुने कोशिस नगर । किनकि आजका नारी भोलिका देशको हरेक अङ्गमा महिला सशत्तीकरणको हाबी हुनेछ। सिपाही झै अड्डा, अदालत समानताको लेखाजोखा गर्ने तिमी हिट्लर बन्नु छ । समाजका हरेक पुरुषबादी चिन्तनलाई पर्दाफास गर्नुछ । पुरुषबादी चिन्तनलाई सफाई गर्नुछ । आउ नारी तिम्रो अधिकार तिमी आफैले लडेर खोसेर लिनुछ । तिम्रो हक र अधिकार कसैले दाइजो दि...
जम्मा अढाईबर्षको प्रयास

जम्मा अढाईबर्षको प्रयास

Breaking News 1
जम्मा अढाईबर्षको प्रयासमा उदयपुरमा कृषि/तरकारीखेतीमा उल्लेख्य प्रगति । यसैगरी गर्ने हो भने तरकारी आयातमा निर्भर उदयपुरले बाहिर निर्यात गरेर समृद्ध बन्ने देखिन्छ । कृपया, यो अन्तरवार्ता पुरै सुनेर/हेरेर सल्लाह, सुझाव केमन्टमा लेखिदिन हुन अनुरोध छ । धनकुटापछि उदयपुरमा समृद्धिको सुत्र https://youtu.be/kDzMqOBaLAE
रमिला राष्ट्रिय युवा प्रतिभाबाट पुरुस्कृत

रमिला राष्ट्रिय युवा प्रतिभाबाट पुरुस्कृत

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ८ गते । राष्ट्रिय ह्यान्डबल खेलाडी रमिला बस्नेतलाई राष्ट्रिय युवा प्रतिभा पुरुस्कार दिईएको छ । पूर्व प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) द्वारा अन्तराष्ट्रिय संगठन नेपाल जेसिजले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरुस्कारबाट पुरस्कृत हुनुभएको हो । नेपाल जेसिजले नेपालभरबाट खेलकुद तथा बाताबरण विकास सन्तुलनमा आवेदन आव्हान गरेको थियोे । उक्त पुरुस्कारका लागि नेपालभर बाट १८ देखिन ४० वर्षका युवाहरूलाई आफु उक्त खेलकुद विधामा योग्य भएको तथा विधामा योग्य भएको प्रमाणसमेत पेश गर्न नेपाल जेसिज सचिवालयले सार्वजनिक सुचनासमेत जारी गरेको थियो । सुचना प्रकाशित भए प्रश्चात उदयपुर जेसिजले राष्ट्रिय महिला ह्यान्डबल खेलाडी र नेपालकै कान्छी महिला खेलाडी रमिला बस्नेतलाई पुरस्कृत गरिएको उदयपुर जेसिज अध्यक्ष रुपम अनुराग गुप्ताले जानकारी दिएका हुन् । बस्नेतले नेपाली खेल क...
प्रजिअद्वारा हिरासतमा कम्मल प्रदान

प्रजिअद्वारा हिरासतमा कम्मल प्रदान

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ८ गते । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले जाडो मौसमलाई मध्यनजर गर्दै शनिबार हिरासतमा कम्बल प्रदान गर्नुभएको छ । प्रजिअ कडेलले जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका थुनामा रहेकाहरुका लागि कम्मल प्रदान गर्नुभएको हो । शनिबार जिल्ला आएसंगै कडेल आफैले किनेर ल्याउनुभएको कम्मल पत्रकारहरुकाबीच हिरासतमा प्रदान गर्नुभएको हो । पत्रकार महासंघका अध्यक्ष भरत खड्काले थुनामा रहेका जेष्ठ उमेरकाको हातमा हस्तान्तरण गर्नुभयो । उक्त कम्मलहरु ओढ्ने नभएका र कमजोरहरुले मिलाईमिलाई ओढ्न निर्देश गर्नुभयो । केको उपलक्षमा हो भन्ने पत्रकारको प्रश्नमा प्रजिअ कडेलले मानवियता र मानवअधिकारको पक्षमा यस्तो व्यवहार गरिएको बताउनुभयो । चिसोमा थुनामा रहेकाहरुको स्वस्थ्यमा असर पुग्नसक्ने भएकोले त्यसबाट बच्नका लागि कम्मल उपयुक्त ठानेर प्रदान गरिएको उहाँले बताउनुभयो । शनिबार ह...