पूर्णपुष्टी/उदयपुर, माघ ५ गते ।
नेपालको उच्च शिक्षामा सामुदायिक क्याम्पसको भुमिका उच्चस्थानमा रहेको भएपनि राज्यले सो अनुसारको मुल्याङ्कन र सहयोग नगरेको प्राध्यपक डाक्टर युवराज संग्रौलाले बताएका छन् ।
उदयपुरको नारदआदर्श क्याम्पस, बसाहामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा प्रा.डा. संग्रौलाले गाउँगाउँमा शिक्षाको ज्योती छरेर सामुदायिक क्याम्पसले उच्च शिक्षामा उच्चस्थानको भुमिका गरेको बताए । “हुनेखानेहरु शहर गएर उच्च शिक्षा हाँसिल गर्छन्, शहर जान नसक्नेहरुलाई सामुदायिक क्याम्पसले गाउँमै उच्च शिक्षा दिइरहेको छ ।” उनले भने । त्यसमा पनि छोरी बुहारीहरुलाई विशेष अवसर दिइरहेको उनले बताए ।
उनले सरकारले शिक्षामा लगानीको नाममा हुनेखाने, धनी सम्पन्नलाई नै पोसिरहेको आरोप उनको छ । अव त्यस्ता कुरा सहेर बस्न नहुने प्रतिवाद र विरोध गरेर अहिलेको ब्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे ।
शिक्षाको नाम...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुर निर्वाचन क्षेत्र नं. २ का लागि सशक्त टिकट दावी गरेका उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पार्टीबाट टिकट प्राप्न नगरे पनि राजिनामा दिएका छन् । आउ दिउसो ४ बजे सामाजिक सञ्जालमा आएर अध्यक्ष राईले राजिनामा घोषणा गरेका हुन् । उनले दोस्रो पटक पनि स्थानीय तहको चुनाव जितेर अध्यक्ष दोहोर्याएका थिए ।
उनले पार्टीबाट टिकट नपाए पनि स्वतन्त्ररुपले भएपनि निर्वाचनमा उम्मेदवारको रुपमा उभिने संकेत गरेका छन् । उनले पदको लोभ भन्दा पनि जनता र ठाउँको विकासका लागि यो साहस गरेको बताएका छन् ।
“पालिका अध्यक्षको बाँकी कार्यकालका लागि लोभिने भन्दा भावि दिनमा जनताको विकास र समृद्धिको हुटहुटीले जनतामाझ चुनावमा जान राजिनामा दिएको हुँ ।” उनले भनेका छन् ।
राजिनामा पछि उनले दुईदुई पटक निर्वाचनमा जिताउने जनतालाई धन्यवाद ज्ञापन ग...
पूर्णपुष्टि उदयपुर, माघ ५ ।
दोस्रो उदयपुर महोत्सव २०८२ माघ २३ गतेदेखि फागुन ८ गतेसम्म त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा आयोजना हुने भएको छ । उदयपुर जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित महोत्सव हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरी आज जानकारी दिएको हो ।
जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको आयोजनामा सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको जानकारी आयोजकले दिएको छ ।
“कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मूल नारासहित आयोजना गरिने महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई उदयपुर जिल्लासहित कोशी प्रदेशका किसान, उद्योगी, व्यवसायी, सहकारी, महिला तथा युवा उद्यमीका उत्पादनलाई एउटै थलोमा प्रदर्शन, प्रवर्द्धन र बजारीकरण गर्ने साझा मञ्च हुने बताइएको छ ।
१५ दिनसम्म चल्ने महोत्सवमा ...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा उदयपुर क्षेत्र नम्बर १ बाट बिदुर बस्नेत र २ नम्बर क्षेत्रबाट रामकुमार राई उठाएकाे छ ।
बस्नेत पार्टीका पूर्वजिल्ला सभापति हुन भने राई गत प्रतिनिधिसभाकाे चुनावमा स्वतन्त्र उठेका उम्मेद्वार हुन् । क्षेत्रिय सभापति रहेका राई काङ्ग्रेसबाट बाघि उठेकाेमा उनलाई कारवाही पछि फुकुवा गरि टिकट दिईएकाे हाे ।...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
नेपाली कम्युनिस्ट पार्टीले उदयपुर निर्वाचन क्षेत्र नं. १ मा बलदेव चौधरी र क्षेत्र नं २ बाट सुरे कुमार राई (हिमाल) लाई उम्मेदवार बनाएकाे छ ।
पार्टीले त्रियुगा नगरपालिकाका निबर्तमान मेयर चाैधरी र पूर्वप्रतिनिधिसभा सदस्य राईलाई उम्मेद्वार बनाएकाे हाे ।
पार्टीलाई उदयपुरकाे उम्मेद्वार टुङ्ग्याउन लामाे अभ्यास परेकाे हाे । उम्मेद्वार टुङ्गाे लागेसंगै भाेली मनाेनयन दर्ताकाे तयारीमा पार्टी जुटेकाे जनाएकाे छ ।...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
नेकपा एमाले उदयपुरले आज दुई निर्वाचन क्षेत्रका प्रतिनिधीसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार र एक समानुपातिकको बन्दसुचीमा नाम परेका उम्मेदवारलाई पार्टी कार्यालयमा स्वागत गरेको छ ।
निर्वाचन क्षेत्र १ का उम्मेदवार दुर्गाकुमार थापा (स्वस्ती) र निर्वाचन क्षेत्र २ का उम्मेदवार अम्बर रायमाझीलाई स्वागत गरेको हो । समानुपातिकतर्फकी कान्ता राईलाई पनि स्वागत गरेको हो । पार्टीका जिल्ला अध्यक्ष भागवत राउत र जिल्लास्थित सबै पार्टी तहका नेता कार्यकर्ताहरुले उम्मेदवारहरुलाई स्वागत गर्दै जीतको शुभकामना दिए ।
“पार्टीको तर्फबाट उम्मेदवारहरुलाई स्वागत र शुभकामना दियौं ।” अध्यक्ष राउतले भने । अध्यक्ष राउतका अनुसार उम्मेदवारहरुको स्वागतसंगै भोली हुने मनोनयनका लागि पार्टी तयार भएको छ । भोली दिउसो १ बजेपछिको समय मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसंग लिइएको जनाइएको ...
पूर्णपुष्टि/उदयपुर, माघ ४ ।
उदयपुर र भोजपुर जिल्ला जोड्ने सुनकोशी नदीमा फेरीबाट तार्दै गरिएको एक यात्रुवाहक बस आज डुबेको छ । स्थानीय स्रोत साधन प्रयोग गरी प्लाष्टिकका ड्रमलाई जोडेर बनाइएको फेरीमाथि राखेर उदयपुरबाट भोजपुरतर्फ तार्दै गरेको अवस्थामा बीचमा सन्तुलन विग्रेर बस डुबेको हो । बस फेरी सञ्चालकहरु मध्येको एक रत्न तामाङको नै रहेको बताइएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नंं १ का पूर्व अध्यक्ष रोहित तामाङका अनुसार इटहरीबाट भोजपुरको बालखातर्फ जाँदै गरेको बा ३ ख ६३३९ नम्बरको यात्रुवाहक बस डुबेको हो । बससंगै बसको चालक डुबेकोमा माछा मार्दै गरेका स्थानीयहरुले उद्धार गरेको छ । बसबाट यात्रुहरु उतारेर तार्ने भएकाले मानवीय क्षती नभएको हो ।
फेरीलाई जेनेरेटरमा जोडेर फलामे लठ्ठाको सहायताले जोखिम मालेर कोशी वारपार गराउने र त्यसमाथि बस, बोलेरो, ट्याक्टर जस्ता ठूला सवारी साधनसमेत तार्दै आएको थियो । प्...