Friday, July 24News That Matters

Author: पूर्णपुष्टि

चाँडबाँडमा शान्ति सुरक्षाका लागि नेपाली सेनासहितको संयुक्त सुरक्षागस्ती परिचालित

चाँडबाँडमा शान्ति सुरक्षाका लागि नेपाली सेनासहितको संयुक्त सुरक्षागस्ती परिचालित

Breaking News 2, भिडियो, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ८ । चाँडवाँड विशेष सुरक्षाका लागि उदयपुरमा नेपाली सेनासहितको सुरक्षाटोली खटिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे स‌युक्त सुरक्षा गस्तीले चाँडबाँडमा शान्ति सुरक्षा कायम गर्न खटिएको जनाइएको छ । पशुपती प्रसाद गण बोक्सेका गणपति मनोज कार्कीका अनुसार १८ नं. वाहिनी माताहत क्षेत्रमा चोरी, डकैती तथा अन्य अवान्छित गतिविधि नहोस् भन्ने उद्देश्यले संयुक्त गस्ती टोली खटाइएको हो । दिवा तथा रात्रीकालिन रुपमा संयुक्त गस्ती टोलीले सुरक्षा दिदै आएको छ । बजार क्षेत्र, बैंक तथा वित्तिय कार्यालय, सरकारी कार्यालय तथा सुरक्षा आवश्यकता परेको ठाउँहरुमा गस्ती दिदै आएको जनाइएको छ । दशैं, तिहार सकिसकेको छ । यी दुवै पर्व सौहाद्रपूर्वक सम्पन्न भएका छन् । दशैं, तिहारमा कतै पनि अप्रिय घटना भएन । अव छठ पर्व विशेषरुपले तयारी छ । गस्तीटोलीले नागरिकलाई सुरक्षाको प्रत्याभुती दिलाए...
बेलकामा घडीयाल गोही खेतकाे कुलाेमा फेला, कसरी आयो सबैकाे चासाे

बेलकामा घडीयाल गोही खेतकाे कुलाेमा फेला, कसरी आयो सबैकाे चासाे

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ६ । ठुला नदिमा मात्र बस्ने गोही उदयपुरको एक सिचाइ कुलोमा आज फेला परेको छ । बेलका नगरपालिका–३ दोङटोलको खेतमा सिंचित कुलोमा घडीयाल गोही फेला परेको हो । कोशीदेखि निकै टाडाको दुरीमा रहेको कुलोमा गोही स्थानीयले फेला पारेपछि कसरी आयो भन्ने कुरा चासोमा परेको छ । मुर्तीखोलाबाट निकालिएको कुलोमा गोही फेला परेको हो । गोही करिब पाँच फिट लामो रहेको छ । विहानै उद्धार गरिएको गोही १० वजेतिर नै कोशीमा छाडिएको जनाइएको छ ।  स्थानीयले देखेर इलाका प्रहरी रामपुर र सब डिभिजन वन कार्यालय मैनामैनीलाई खबर गरेको थियो । प्रहरीको विशेष सहयोगमा वन कर्मचारी र स्थानीयले गोहीको सुरक्षित उद्धार गरि सप्तकोशीमा लगेर छाडिएको वन अधिकृत जागेश्वर गुप्ताले जानकारी दिनुभयो । ९ नम्बर वडाध्यक्ष भरत घिमिरेका अनुसार मुर्तीखेला गिदेरी खोलासंग जोडिन्छ र गिदेरी खोरा कोशीसंग जोडिन्छ । केही समय अघि कोशीमा बाढ...
आज भाइटिका, चेलीले माइतीलाई लाइदिने टिका र माला

आज भाइटिका, चेलीले माइतीलाई लाइदिने टिका र माला

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ६ । आज तिहारको विशेष दिन भाइटिका । चेलीले माइतीलाई पुजेर आशिष दिए । टिका र माला लगाई दिएका छन् । माइतिले चेलीलाई विशेष सम्झने र भेटेर आशिष लिएका छन् । चेलीले माइतीको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामनासहित सेलरोटी, मिठाई र मिठो भोज खुवाएका छन् । माइतीहरुले आफुले सकेअनुसार उपहार र दक्षिणा दिएका छन् । चेलीमाइतीको पवित्र सम्बन्धलाई अझ प्रगाढ बनाउने र एक आपसको प्रगतिका लागि कामना गर्ने, भेटघाट गर्ने दिन हो आज ।  ...
नेपाल सम्बत ११४६ न्हूदँया भिन्तुना विशेष  (भिडियाे)

नेपाल सम्बत ११४६ न्हूदँया भिन्तुना विशेष (भिडियाे)

Breaking News 1, Breaking News 3, Breaking News Video, भिडियो, समाचार
https://youtu.be/wvATh5lPKTQ पूर्णपुष्टि/उदयपुर, कार्तिक ५ ।
नयाँ नेपाल संवद सुरु, सांस्कृकि सन्देश प्रवाह गर्र्दैै नगर परिक्रमा

नयाँ नेपाल संवद सुरु, सांस्कृकि सन्देश प्रवाह गर्र्दैै नगर परिक्रमा

Breaking News 3, भिडियो, मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ५ । तिहारको रमाइलो माहौलसंगै आजदेखि भित्रिएको नयाँ नेपाल सम्बत् उदयपुरका नेवारी समुदायले विशेषरुपले मनाएका छन् । शुभकामना आदानप्रदान कार्यक्रम गाईघाटको पिपलचौकमा आयोजना गरी मोटरसाइकल र्यालीसहित नयाँ सम्बतको स्वागत गरिएको छ । विशेषरुपले नेवारी समुदायले मनाउने नेपाली नयाँ सम्बत् अर्थात नेपाल सम्बत ११४६ आजबाट सुरु भएको हो । “नेपाल सम्बत ११४६ न्हूदँया भिन्तुना (नयाँवर्षको शुभकामना) कार्यक्रम गरी नयाँवर्षको स्वागत गरियो ।” – शशि तुलाधरले भन्नुभयो । झिगु नेवाः पुचः गाईघाटको आयोजनामा उनीहरुले नेवारी पोशाकमा सजिएर बाजागाजा बजाउदै हर्षोउल्लास मनाएका छन् । संस्कार संस्कृती जगेर्नाका लागि सन्देश प्रवाह गर्दै मोटरसाईकल र्याली गाईघाटको मुख्यचौकदेखि मोतिगडा–बगहा–देउरी–जलजले–चुहाडे–राजाबास–गैरुन–आँखा अस्पताल हुँदै बोक्से –करमगाछी–सिमलटार–संगमटोलबाट पिपलचौक आइपुगेर समापन रहे...
अझै फेला परिनन् दुधकाेशीमा बेपत्ता बालिका (भिडियाेसहित)

अझै फेला परिनन् दुधकाेशीमा बेपत्ता बालिका (भिडियाेसहित)

Breaking News 2, भिडियो, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ५ । तीनदिन अघि दुधकोशीमा डुबेर बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका १४ साउने, ढुंग्रेकी ७ वर्षिया बालिका अनुसा तामाङ अझै फेला पर्न सकेकी छैनन् । वडाध्यक्ष हेम मगरका अनुसार प्रहरी र स्थानीयले खोजिकार्य लगातार गरिरहेको छ तर, फेला पर्न सकेको छैन । साथीसंग ११ बजे ढुंग्रेखोला छेउ कोशीमा पौडी खेल्ड गएकी उनी डुबेर बेपत्ता भएकी थिइन् । तीनदिन देखि लगातार डुबेको स्थानदेखि तल्लोभेगमा खोजि कार्य भइरहेको छ । बालिका कोशीमा बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ । तिहारको बेला बालिकाको खोजि र शोकमा छ परिवार । https://youtu.be/ZzEtEecJa3g...
जेनजी आन्दोलनका प्रत्येक घाइतेलाई २० हजार र मृतकको परिवारलाई १५ लाख रुपैँया राहत

जेनजी आन्दोलनका प्रत्येक घाइतेलाई २० हजार र मृतकको परिवारलाई १५ लाख रुपैँया राहत

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ४ ।  जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्चका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रतिवेदनअनुसार प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले रकम वितरण गर्न झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा पैसा पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्ले असोज १२ गते घाइतेहरूलाई तत्कालीन राहत उपलब्ध गराउने निर्णय गरेको थियो । प्राविधिक समितिले वर्गीकरण गरेपछि थप उचित राहतको व्यवस्था गरिनेछ । घाइतेको विवरण र उपचार हालसम्म स्वास्थ्य मन्त्रालयले २ हजार ४२९ घाइतेको विवरण गृह मन्त्रालयलाई उपलब्ध गराएको छ । भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइतेहरूलाई सहज उपचारका लागि २ हजार ८७६ परिचयपत्र जिल्ला प्रशासनमार्फत वितरण गरिएको छ । ३८ वटा परिचयपत्र अस्पतालबाटै दिइएको छ । पुनः उपचारका लागि विभिन्न अ...
राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि

राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ४ । हमास समूहको बन्धकमा रहँदा ज्यान गुमाएका कञ्चनपुरका युवक विपिन जोशीको मंगलबार भुजेला घाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । महाकाली नदी किनारमा रहेको भुजेला घाटमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाइदिनुभयो। सशस्त्र प्रहरीले सलामी दिँदै अन्त्येष्टिमा सम्मान प्रकट गरेको थियो । शवयात्रामा नेपालका लागि इजरायली दूतावासका कर्मचारीले पनि इजरायलको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । यसअघि सोमबार काठमाडौं ल्याइएको जोशीको शव साँझ नेपाली सेनाको विमानमार्फत धनगढी विमानस्थल पुर्‍याइएको थियो । त्यसपछि धनगढी उपमहानगरपालिकाको शव वाहनमा राखेर भीमदत्त नगरपालिका–३ स्थित उनको घरमा ल्याइएको थियो । मंगलबार बिहान घरबाट सुरु भएको शवयात्रामा हजारौं स्थानीय बासिन्दा सहभागी भएका थिए । शवयात्रामा नेपालका लागि इजरायली राजदूत, पूर्वपरराष्ट्...
विपन जोशीको मलामी धेरै

विपन जोशीको मलामी धेरै

Breaking News 2, भिडियो, समाचार
https://www.youtube.com/shorts/rQVZ68dFWzY पूर्णपुष्टि/उदयपुर, कात्तिक ४ । कञ्चनपुरको भिमदत्त नगरपालिकामा विपिन जोशीको मलामी आज ठुलो संख्यामा उपस्थित भए । महाकाली नदी किनारमा अन्त्येष्टि गर्न लगिएको उनको मलामी ठुलो संख्यामा उपस्थित भएका हुन् । शवयात्रासहित अन्त्यष्टीका लागि लगिएको उनको शबको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा राष्ट्रिय सम्मानसहित गरिएको सुरक्षा अधिकारीले सञ्चारमाध्यमलाई जनाएका छन् । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका जोशी हमासले बन्धक बनाइएका थिए । गत २०२३ अक्टुबर ७ मा अपहरणपछि अज्ञात रहेका उनी गत असोज २७ गते मृत्यु पुष्टि भएको थियो ।    ...