Monday, May 4News That Matters

Author: पूर्णपुष्टि

उदयपुरमा खोलाले बगाएर एक जनाको मृत्यु

उदयपुरमा खोलाले बगाएर एक जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ६ । उदयपुरको उदयपुरगढी गाउँपालिकामा बैजनाथ खेलाले बगाउँदा एक जना पूरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–६ धपर बस्ने अन्दाजी ४० बर्षीय तोप बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुयरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार साझँ ५ बजेको समयमा नेपालटार बजारबाट घर जादै गरेका सार्कीलाई बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाएको थियो । खोलाले बगाएको स्थानबाट अन्दाजी ५ सय मिटर तल सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा स्थानीयले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराउनसाथ प्रहरी टोली खटिई गई आवश्यक कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याई राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।...
घटस्थापना सँगै सुरु भयो दशैँ, घरघरमा जमरा राखिँदै

घटस्थापना सँगै सुरु भयो दशैँ, घरघरमा जमरा राखिँदै

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ६ गते । नेपालीको घरघरमा आजबाट दशैँ भित्रिएको छ । महान पर्वको रुपमा रहेको बडादशैं आजबाट सुरु भएको हो । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जौबाहेक अरु अन्नको जमरा राख्ने शास्त्रीय विधि छैन’ विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर...
माटोको ढिस्कोले पुरिएर उदयपुरमा महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर उदयपुरमा महिलाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ५ गते । उदयपुरमा रातो‌ माटो लिन गएकी एक युवतीको ढिस्कोले पुरिएर मृत्यु भएको छ। मृत्यु हुनेमा ‌त्रियुगा नगरपालिका-३ की २४ बर्षीय रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार आइतबार बिहान ११ बजेको समयमा त्रियुगा नगरपालिका- ३ गेरुवा खोला सि्थत त्रियुगा सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनको घटना स्थलमा नै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
प्रहरीको रिपोर्ट:१२७६ हतियार लुटिए, ९८ हजार बढी गोली बेपत्ता

प्रहरीको रिपोर्ट:१२७६ हतियार लुटिए, ९८ हजार बढी गोली बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज ४ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनाले सुरक्षा निकायको तयारी र रणनीतिमा गम्भीर कमजोरी देखाएको छ । दुई दिनको घटनामा ७४ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते अझै अस्पतालमा उपचाररत छन् । नेपाल प्रहरीको आन्तरिक रिपोर्टअनुसार आन्दोलनका क्रममा १२ सय ७६ वटा राइफल र पिस्तोल हराएका छन् । त्यसैगरी ९८ हजार ४ सय ९१ राउन्ड गोली बेपत्ता भएका छन् । यसमध्ये कति प्रहरीले प्रयोग गर्यो र कति लुटिएका हुन् भन्ने स्पष्ट छैन। १३ सय १५ राउन्ड रबर बुलेट पनि अभिलेखमा कम देखिएका छन् । प्रहरीले दुई दिनमा २२ सय २० पटक हवाई फायर गरेको छ भने ३२ सय २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा दिएको वक्तव्यमा प्रहरीसँग स्वचालित हतियार नभएको दाबी गरे पनि घटनास्थलबाट फरक तथ्य बाहिरिएको छ । नेपालका सुरक्षा निकायसँग भीड नियन्त्रणका लाग...
ओलीले तानेका तीन विभाग पुरानै मन्त्रालयमा फर्काइने

ओलीले तानेका तीन विभाग पुरानै मन्त्रालयमा फर्काइने

Breaking News 1, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज ४ ।  प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्वपूर्ण विभागलाई तिनीहरूको मूल मन्त्रालयमा फिर्ता पठाउने निर्णय गर्ने तयारी गरेकी छिन् । राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पुनः पूर्वको संरचनामा फर्काउने योजना अघि बढेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूत्रहरूका अनुसार प्रधानमन्त्री कार्कीले शासकीय सुधार महाशाखालाई यस सम्बन्धमा प्रस्ताव तयार गर्न निर्देशन दिएकी छिन् । आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा यो विषयमा निर्णय हुने अपेक्षा गरिएको छ । विगत केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालको फागुन १६ गते यी तीनै विभागलाई प्रधानमन्त्रीको कार्यालय मातहत ल्याएको थियो । यसअघि राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग अर्थ मन्त्रालयको अधिकारक्षेत्रमा थिए भने राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमा रह...
जेनजी घटनाको छानबिन आयोग बन्दै

जेनजी घटनाको छानबिन आयोग बन्दै

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज ४ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँच आयोग गठन प्रक्रिया सुरु भएको छ । सरकारले यस घटनामा राज्यका निकायहरूबाट भएको कमजोरी र त्रुटिहरूको विस्तृत अनुसन्धान गर्ने उद्देश्यले आयोग स्थापना गर्न लागेको हो । गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार आगामी मन्त्रिपरिषदको पहिलो बैठकबाटै यस सम्बन्धमा औपचारिक निर्णय हुनेछ । मन्त्रालयमा विज्ञहरूको सूची तयार गरी आयोग गठनका लागि आवश्यक तयारी पूरा गरिएको छ । आयोगको अधिकारक्षेत्र र कार्यविधि निर्धारण गरिसकिएको छ । सूत्रहरूका अनुसार आयोगको नेतृत्व विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गर्ने प्रबल सम्भावना रहेको छ । उनको भ्रष्टाचार विरोधी स्पष्ट छवि र न्यायिक क्षेत्रको व्यापक अनुभवलाई मध्यनजर गर्दै उनलाई आयोगको नेतृत्व दिने विचार गरिएको हो । आयोग तीन सदस्यीय संरचनामा गठन हु...
नेपाल बाल संगठन “उदयपुर” बालवालिकामैत्री की, एमाले मैत्री ?

नेपाल बाल संगठन “उदयपुर” बालवालिकामैत्री की, एमाले मैत्री ?

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ५ गते। शनिवार मात्रै गाईघाटमा नेपाल बाल संगठन उदयपुरले ९ औँ जिल्ला सभा सम्पन्न गर्यो । उक्त जिल्ला सभामा एमाले युवा नेता तथा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारकी सोकिय सचिव समेत रहेका भुवन दाहालनै दोस्रो पटक सभापति बने । दाहाल पहिले पनि सभापति बनिसकेका नेतृत्व हुन् । दाहालका अनुमानित समय अनुसार २०७७ सालतिर उनि संगठनमा पहिलो पटक सभापति बनिसकेका थिए । ९ औँ जिल्ला सभामा पनि दाहालकै सभापतित्वमा हाल ७ सदस्यीय कार्यसमिति चयन भएको छ । ५ बर्ष अघि ८ औँ जिल्ला अधिवेशन भने जिल्ला समन्वय समितिको सभाहलमा गरिएको थियो । त्यस पछि एकै चोटी २०८२ साल असोज ४ गते गाईघाट स्थित एक रिसोर्टमा ९ औँ जिल्ला सभा सम्पन्न गरेको हो । सभापति दाहालको तेतृत्वमा सदस्यहरु हेम वहादुर मगर, सुसान्त राउत, शितल अधिकारी, सुसिला सिलवाल, सुनिता गजमेर रहेकी छिन् । दाहालको समिति पूर्ण रुपमा एमाले मैत्...
पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव

पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ४ ।  अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले डा महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेकी छिन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की विभिन्न व्यक्तिहरूसँग छलफलमा छिन् । यसैक्रममा उनले महावीर पुन र केही युवा पत्रकारहरूसँग पनि छलफल गरेकी छन् । छलफलका क्रममा कार्कीले महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेको स्रोतले बतायो । तर पुनले भने स्पष्ट जवाफ दिएका छैनन् । अन्तरिम चुनावी सरकारमा हाल तीन जना मात्र मन्त्री छन् । अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुन मन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त भईसकेका छन् । वैज्ञानिक तथा सामाजिक अभियन्ताका रूपमा चिनिएका पुनलाई पनि सरकारमा समेट्नुपर्ने आवाज जेनजी युवा पुस्ताबाट उठिरहेको छ । पुनले नेपाल...
बल्ल सफा देखियाे गाइघाट (भिडियाे)

बल्ल सफा देखियाे गाइघाट (भिडियाे)

Breaking News 2, समाचार, स्वास्थ्य
https://www.youtube.com/watch?v=Rqwj-UShn9M पूर्णपुष्टि/गाइघाट, असाेज ५ । जेनजी प्रदर्शनमा भदाै २३ र २४ गते नगरपालिकामा ताेडफाेड र अागजनी भएपछि नउठेकाे गाइघाट बजार क्षेत्रकाे फाेहर १४ दिनपछि उठ्न सुरु भएकाे छ । पालिकाले अाजबाट बजार क्षेत्रमा सफाइकर्मी खटाएर फाेहर उठाउन थालेकाे हाे ।