Saturday, July 25News That Matters

Author: पूर्णपुष्टि

मदनभण्डारी राजमार्ग सुचारु

मदनभण्डारी राजमार्ग सुचारु

Breaking News Video, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २१ । निरन्तर वर्षाले ठाउँठाउँमा अवरुद्ध बनेको मदनभण्डारी राजमार्ग सञ्चालनमा रहेको छ । मदनभण्डारी राजमार्गको भिमान–बसाहा सडकखण्डसमेत हेर्दै आएको गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर सुबास तिवारीका अनुसार सो राजमार्ग सञ्चालन छ । ठाउँठाउँमा पहिरोले अवरोध खडा भएकोमा हटाइसकिएको छ । पूर्व–पश्चिम यात्र गर्ने सबै सवारी साधन हाल सुचारु रहेको जनाइएको छ ।...
सगरमाथा राजमार्गको अवरोध हट्यो, यातायात सञ्चालन

सगरमाथा राजमार्गको अवरोध हट्यो, यातायात सञ्चालन

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २१ । निरन्तर वर्षाले अवरुद्ध सगरमाथा राजमार्ग अवरोधहरु हटाएसंगै सञ्चालनमा आएको छ । गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर सुबास तिवारीका अनुसार सो राजमार्गको गाईघाट–फेक्सिन्टार सडकखण्ड हिजो सबै अवरोध हटाएपछि सञ्चालनमा छ । फोक्सिन्टारदेखि दिक्तेलसम्मको सडक पनि आजबाट सञ्चालन हुनेछ । बर्षातले बाटोहरुमा भेल, पहिरोले क्षती पुर्याउनुका साथै ढुंगा, माटो, रुखले अवरोध गरेको थियो । सो राजमार्गको अँधेरीमा पहिलोले सबैभन्दा बढी अवरोध पुर्याएको थियो । हिजोसम्ममा सबै अवरोधहरु हटाइसकिएको छ । अवरोध हटाइएसैगै सवारी साधन चलेका छन् । गाईघाटदेखि फोक्सिन्टारसम्म आजदेखि बससमेत सञ्चालनमा रहेको जनाइएको छ ।...
वादलु आकासले सजिएकाे गाईघाट

वादलु आकासले सजिएकाे गाईघाट

Breaking News 3, Breaking News Video, भिडियो, समाचार
https://youtube.com/shorts/Ww6aTsooFlU?si=93XRbk-mth_ubVwO पूर्णपुष्टि/उदयपुर, असाेज २० । उदयपुरकाे सदरमुकाम गाईघाट आज बादलकाे सेताे छानाेले सजिएकाे देख्न पाईएकाे छ । लगातारकाे वर्षातपछि विहानदेखि खुलेकाे माैसममा गाईघाटबाट आकास-धर्तीकाे सुन्दर दृष्य देख्न पाएकाे हाे । पूर्षपुष्टिले लिएकाे सुन्दर दृष्यकाे फाेटाे/भिडियाे खुवै आकर्षक देखिएकाे छ । सेताे वादलकाे छानाेले गाईघाटलाई कुनै विशेष समाराेहकाे मञ्च जस्ताै सजिएकाे देखिएकाे छ ।...
सिद्धिचरण र सगरमाथा राजमार्ग भोलीदेखि सञ्चालन हुनसक्ने

सिद्धिचरण र सगरमाथा राजमार्ग भोलीदेखि सञ्चालन हुनसक्ने

Breaking News 3, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २० । उदयपुरमा पर्ने दुई राजमार्ग भोलीदेखि सञ्चालन हुनसक्ने भएको छ । कटारी–घुर्मीको सिद्धिचरण राजमार्ग र गाईघाट–दिक्तेलको सगरमाथा राजमार्ग विग्रेको र भत्केको मर्मत कार्य आज धमाधभ भइरहेकोले भोलीदेखि सञ्चालन हुनसक्ने भएको हो । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका अनुसार ती राजमार्गहरुको मर्मत र सफाइ कार्य धमाधम भइरहेको छ । सिद्धिचरण राजमार्गको चार÷पाँच ठाउँमा सडक भत्किएर र पुरिएर सडक अवरुद्ध छ भने सगरमाथा राजमार्गको अँधेरी लगायतका केही ठाउँमा सडक भत्किएर र पुरिएर अवरुद्ध छ । दुबै राजमार्गमा सडल सञ्चालन छिटो गर्ने उद्देश्यले काम भइरहेको उहाँले बताउनुभयो । लगातारको वर्षातले ती दुबै राजमार्गमा क्षती पुगेको हो । सडक अवरुद्धसंगै सबै सवारी साधनहरु ठप्प छन् । यात्रुहरु अलपत्र परेका छन् । दशैंको मुखमा भएको भारी वर्षा र सडक अवरुद्धले जनजीवन थप कष्टकर र प्रभा...
सम्पादकीय : सरकारकाे सहि अनुमान

सम्पादकीय : सरकारकाे सहि अनुमान

Breaking News 2, समाचार
https://youtube.com/shorts/swP4e3fzH2Q?si=PIH_ZaGwK3JDC1uA पूर्णपुष्टि/उदयपुर, असाेज २० ।  यसपटक सरकारकाे माैसमी अनुमान मिलेकाे मान्न सकिन्छ । असाेज १६ देखि २० गतेसम्म देशमा भारी वर्षा हुन्छ भन्थ्याे, भयाे । उच्च सतर्कता अपनाउन नागरिकलाई आव्हान गर्याे । तर, बाढी/पहिराेमा ५३ जनाले ज्यान गुमायाे हजाराैं विस्थापित भए । याे दुःखद छ । तथापी नागरिकलाई त्यतिकाे पूर्व सुचना र सतर्कता अपनाउन नलगाएकाे भए, अझ धेरै भनजनकाे क्षती हुने थियाे । अब जनघाती वर्षा टर्याे भन्याे, त्याे पनि मिल्याे । यसरी सरकारले बेलैमा सहि अनुमान, विश्लेषण गरेर सुचित र सतर्कता गराए, सम्भावित ठुलाे धनजनकाे क्षतीबाट जाेगिन सकिन्छ । याे विपत्तिमा सरकारले गरेकाे उद्धार कार्य, संयन्त्र परिचालन र खटाई नराम्राे भन्न सकिन्न । सरकार सदैव नागरिकप्रति जिम्मेवार, उत्तरदायी हुनसक्नुपर्छ । नागरिकले सरकारबाट अनुभूति गर्न पाउनुपर्छ ।...

बेलका डुवान क्षेत्रबाट १२८ काे उद्धार

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असाेज १९ । निरन्तर वर्षापछि डुवानमा परेकाे बेलका नगरपालिका वडा नं. २, ३ र ८ मा नेपाली सेना सहितको सुरक्षा टोलीले १२८ जनालाई उद्धार गरि  सुरक्षित स्थानमा राखिएकाे छ । विरामी, वालबालिका, बृद्धबृद्धाहरुलाई उदयपुरकाे बाेक्सेस्थित पशुपती प्रसाद गणकाे नेपाली सेनम उद्धार टाेलीले बाेकेर उद्धार गरेका हुन् । सप्तकाेशी कटानकाे उच्चजाेखिममा रहेकाे साे क्षेत्रमा काेशीकाे पानी नपसे पनि त्रियुगा र अन्य खाेला, खहरेकाे भेलबाढीले डुवानमा परेकाे छ । साे क्षेत्रमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलकाे नेतृत्वकाे जिल्ला विपद कमाण्ड पोष्टका पदाधिकारीहरुले स्थलगत अनुगमन गरेका छन् ।       ...
बेलकाको कोशी बाँध आसपासमा उच्च सतर्कता, सुरक्षा समितिको अनुगमन

बेलकाको कोशी बाँध आसपासमा उच्च सतर्कता, सुरक्षा समितिको अनुगमन

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज १९ । उदयपुरको बेलका नगरपालिकाको कोशी बाँध आँसपासको क्षेत्रलाई प्रशासनले जिल्लाको सबैभन्दा उच्च जोखिम क्षेत्रको रुपमा लिएको छ । सप्तकोशीको पानीको वहाव बढ्दै जाँदा भेल पसेर डुवान हुने र धनजनको क्षती हुने भएकाले सबैभन्दा उच्च जोखिम क्षेत्रको रुपमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले बताउनुभयो । एसपी चागाईका अनुसार अहिले बेलकाको भागलपुर, एविसि कोशी टप्प क्षेत्रमा स्थानीय प्रशासन, स्थानीय सरकार, सुरक्षा निकायका प्रमुखहरुसहित सुरक्षा समितिको टोलीले अनुगमन गरिरहेको छ । हालसम्म सो क्षेत्रमा सप्तकोशीको बाढी पसेको नभए पनि स्थानीय खोला खहरेको भेलका कारण केही क्षेत्र डुवानमा परेका छन् । सो क्षेत्रका ५० घर भन्दा बढि मानिस सुरक्षित स्थानमा बसेका छन् । सो क्षेत्रमा हरेक वर्षामा सप्तकोशीको भेल पसेर डुबान हुने गरेको छ । गतवर्ष पनि डुवान परेको थियो । सो क्षेत्रमा हिजै...
बगाएकाे हायसबाट बेपत्ता महिला मृत फेला

बगाएकाे हायसबाट बेपत्ता महिला मृत फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असाेज १९ । उदयपुरकाे बेलका नगरपालिका ४ लालबजार नजिकै स्थानीय खाेला (कज-वे)काे बाढीले गएकाे मध्येराती बगाएकाे बा ४ ख १६२८ नम्बरकाे हायसबाट बेपत्ता महिला विहान मृत अबस्थामा फेला परेकी छिन् । माेरङकाे सुन्दर हरैचा नगरपालिकाकी अन्दाजी ३८ वर्षिया मञ्जु अधिकारी बेपत्ता रहेकाेमा मृत फेला परेकाे बेलका नगरपालिका-९ का वडाध्यक्ष भरत घिमिरेले जानकारी दिएका छन् । वगाएकाे ठाउँबाट करिव डेडकिलाेमिटर तल भेलले खेतमा पुर्याएकाे अबस्थामा फेला परेकाे हाे । विहानदेखि नै प्रहरी र स्थानीयले खाेजी कार्य गरेकाे थियाे । माेरङबाट काठमाडाैका लागि हिडेकाे साे हायस सिन्धुलीकाे भिमानबाट फर्किने क्रममा त्यहा बगाएकाे हाे । राती 12 बजेभन्दा पछाडिकाे समयमा हायस बगाएकाे खबर लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी सहायक निरिक्षक टीका निराैलाकाे नेतृत्वकाे प्रहरी टाेली खटेर यात्रुहरुकाे उद्धार गरेक...
भिमानबाट फर्काेकाे हायस बेलकामा बगायाे, १ बेपत्ता, २१ जनाकाे उद्धार

भिमानबाट फर्काेकाे हायस बेलकामा बगायाे, १ बेपत्ता, २१ जनाकाे उद्धार

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असाेज १९ । उदयपुरकाे बेलका नगरपालिका ४ लालबजार नजिकै स्थानीय खाेला (कज-वे)मा आएकाे बाढीले गएराती बा ४ ख १६२८ नम्बरकाे हायस हायस बगाएकाे छ । जसमा सवार १ जना बेपत्ता छन् भने २१ जनाकाे उद्धार भएकाे छ । माेरङकाे सुन्दर हरैचा नगरपालिकाकी अन्दाजी ३८ वर्षिया मञ्जु अधिकारी बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ ।  माेरङबाट काठमाडाैका लागि हिडेकाे साे हायस सिन्धुलीकाे भिमानबाट फर्किने क्रममा त्यहा बगाएकाे हाे । राती 12 बजेभन्दा पछाडिकाे समयमा हायस बगाएकाे खबर लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी सहायक निरिक्षक टीका निराैलाकाे नेतृत्वकाे प्रहरी टाेली खटेर यात्रुहरुकाे उद्धार गरेकाे थियाे । बाढीकाे अनुमान गर्न नसक्दा हायस बगाएकाे थियाे । प्रहरी पुग्दा एकजनालाई हायस भित्र बाटै सिसा फुटाएर उद्धार गरेकाे थियाे भने तीनजना महिलालाई बगाउदै गरेकाे अबस्थामा उद्धार गरेकाे थियाे ।अन्...

दशैमा सुरक्षा ब्यवस्था

Breaking News 2, भिडियो, समाचार
https://youtube.com/shorts/zuTQvLvGhB0?si=u6j8q6Acr4eREVp0 पूर्णपुष्टि/उदयपुर, असाेज १७ । दशैंमा स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था उदयपुरमा अन्य बेला भन्दा कडा पारेकाे छ । चाँडबाड विशेष सुरक्षा याेजना अन्तर्गत सुरक्षा ब्यवस्था गरिएकाे प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले जानकारी दिनुभयाे । (भिडियाे)