Friday, July 24News That Matters

Author: पूर्णपुष्टि

सीटिईभीटीका उत्तर पुस्तिका जलेर नष्ट भएपछि पुन:परीक्षा मंसिर ४ मा हुने

सीटिईभीटीका उत्तर पुस्तिका जलेर नष्ट भएपछि पुन:परीक्षा मंसिर ४ मा हुने

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज २४ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको आगजनीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुन:परीक्षा गरिने भएको छ । प्रहरी कार्यालयमा सुरक्षका लागि राखिएको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुन:४ मंसिरदेखी परिक्षा हुने सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यले जानकारी दिए । सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेको उनले बताए ।...
तेश्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता २५ गतेदेखी

तेश्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता २५ गतेदेखी

Breaking News 1, समाचार
गाईघाट÷पूर्णपुष्टि, असोज २३ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा तेश्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता यहि असोज २५ गतेदेखी हुने भएको छ । बगाहा युवा समुहको आयोजना र जिल्ला फुटबल संघ उदयपुरको समन्वयमा बगाहाको खेल मैदानमा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल आर.वाई.सी. सिराहा र इलाभेन स्टार बोक्सेबिच हुनेछ । यस प्रतियोगिताको विजेता टोलीले नगद रु. ५१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको छ । यहि असोज २५ गतेदेखी सुरु हुने प्रतियोगिताको फाईनल खेल कार्तिक १ गते हुनेछ । यस प्रतियोगितामा हरेक दिन म्यान अफ द म्याच र विद्यागत पुरस्कार समेत वितरण गरिने आयोजकले जनाएको छ । स्व. कैलाश राई बगाहा युवा समुहका संस्थापक अध्यक्ष समेत हुन् ...
उदयपुरमा विभिन्न कारागारबाट फरार भएका ९ कैदी पक्राउ

उदयपुरमा विभिन्न कारागारबाट फरार भएका ९ कैदी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २३ । उदयपुरमा विभिन्न जिल्ला कारागारबाट फरार भएका ९ जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राजन चापागाईका अनुसार जेन्जी पुस्ताद्धारा भएको आन्दोलन पश्चात फरार भएका कैदीहरुलाई भदौ र असोज महिनाको विभिन्न मितिमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा झुम्का कारागारबाट फरार भएका प्रविण सुन्दार÷धन बहादुर राई÷नरेश वि.क.÷योगेन्द्र राई, केन्द्रिय कारागार सुन्धाराबाट फरार ज्ञान बहादुर सार्की÷सन्त बहादुर राई, नक्खु कारागार ललितपुरबाट फरार दिले भन्ने दिलिप कार्कीसन्जिव अछामी भन्ने सन्जिव दर्जी, र जिल्ला कारागार बैतडीबाट फरार प्रेम बहादर तामाङ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरु लागूऔषध, जबर्जस्ति करणी, कर्तव्य ज्यान, सवारी अंग भंग र डाका चोरी उधोग मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।...
आफुलाई पक्राउ गरेर देखाउन महेश बस्नेतको चुनौती

आफुलाई पक्राउ गरेर देखाउन महेश बस्नेतको चुनौती

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज २३ काठमाण्डौँ । एमाले नेता महेश वस्नेतले जेनजी आन्दोलनलाई लक्षित गर्दे आफुलाई पक्राउ गरी देखाउनु चुनौती दिएको छ । एमाले पोलिट ब्यूरो सदस्य समेत रहेको बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको हिसाब राखेको भन्दै आफूहरुलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् । बस्नेतले गृहमन्त्रीलाई अपराधीलाई कारबाही गर्न आग्रह गर्दै डिजीटल जेनरेसन फोर्स बनाएर उजुरी दिने योजना बताएका छन् । उनले भ्रष्टाचार छानबिन वर्तमान मन्त्री रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्न अनुरोध गरेका छन्। उनले पञ्चायत र राजतन्त्रविरुद्ध लडेका एमालेहरू छाती फर्काएर नहिँड्ने उल्लेख गरे । ‘तिमीहरुको एक(एक हिसाब हुन्छ’ उनले भने । अपराधीलाई कारबाही गर्न उनले गृहमन्त्रीको ध्यानकर्षण गराए । एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सक्ने भए कारबाही गर्न गृहमन्त्रीलाई चुनौत...
जेनजी आन्दोलनमा भागेका कैदीले घर पुगेर आत्महत्या गरे

जेनजी आन्दोलनमा भागेका कैदीले घर पुगेर आत्महत्या गरे

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २२ । जेनजी समुहको प्रदर्शनको क्रममा कारागारबाट फरार भएका एक कैदीले उदयपुरमा घर आएर हिजो आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका ८ शाहीखोला (राजाबास) का तुलबहादुर दनुवारका ३५ वर्षिया छोरा गम्भीरबहादुर दनुवारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईले जानकारी दिनुभयो । एसपी चागाईका अनुसार दनुवारले कर्तब्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए । जेनजीको आन्दोलन भदौ २३ र २४ गते झुम्का कारागारबाट उनी फरार भएका थिए । फरार भएपछि घर आएका उनी घर नजिकैको सिसौको रुपमा झुण्डी मृत अवस्थामा फेला परेका थिए । सुनसरी जिल्ला अदालतले ०७७ चैत्र १३ गते कर्तब्य ज्यान मुद्दामा दोषी ठहर गरी कैद फैसला सुनाएको जनाइएको छ । २० वर्ष जन्मकैद तोकिएको थियो । आवश्यक कानूनी प्रकृयापछि उनको शब आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धा...
जिल्ला प्रहरी कार्यालयमा प्रहरी नयाँ भर्तीका लागि नाम दर्ता सुरु

जिल्ला प्रहरी कार्यालयमा प्रहरी नयाँ भर्तीका लागि नाम दर्ता सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २१ । नेपाल प्रहरीले आजबाट खुलाएको नयाँ भर्नामा पहिलो दिन उदयपुर जिल्ला प्रहरी कार्यालयमा आज १३ जनाले नाम दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी सहायक निरिक्षक तिलक कटुवालका अनुसार आजबाट दर्ता प्रक्रिया सुरु भएको छ । पहिलो दिन १३ जना युवा, युवतीले नाम दर्ता गराएका छन् । भर्ना आगामी कार्तिक २८ गतेसम्म खुल्ला रहनेछ । भोलीदेखि नाम दर्ताको संख्या बढ्ने अनुमान गरिएको छ ।...
सुनकोशीमा पुरुषको शब देखियो

सुनकोशीमा पुरुषको शब देखियो

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २१ । उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने सुनकोशीमा एक पुरुषको शब देखा परेको छ । माछा मार्ने क्रममा स्थानीयहरुले कोशीमा एक पुरुषको शब देखेको र प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख राजन चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार रौतामाई गाउँपालिकाको वडा नं. ३ बिमिरे गाउँमुनी कोशीमा शब देखिएको हो । शब अप्ठेरो ठाउँमा अल्झिरहेको छ । शब देखिएको स्थान जिल्ला सदरमुकामदेखि निकै टाढा रहेकोले आज प्रहरी पुग्न सक्ने अवस्था छैन । भोली विहानै प्रहरी खटिएर जाने भएको छ । राती कोशीमा थप बाढी आएमा भने बगाउन सक्ने अबस्था छ । उक्त शब बाढी पहिरोमा परि कतैबाट बग्दै आएर त्यहाँ अल्झिएको हुनसक्ने स्थानीयको अनुमान छ ।...
उदयपुरमा पर्ने तीनवटै राजमार्ग सुचारु

उदयपुरमा पर्ने तीनवटै राजमार्ग सुचारु

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २१ । निरन्तर वर्षाले अवरुद्ध सगरमाथा राजमार्ग, शिद्धिचरण राजमार्ग र मदनभण्डारी राजमार्ग सबै सुचारु भएका छन् । उदयपुरमा पर्ने यी सबै राजमार्गमा उदयपुर क्षेत्रमा हाल अवरोध नरहेको स्थानीय प्रशासनले जनाएको छ । अवरोधहरु हटाएसंगै राजमार्गहरु सञ्चालनमा आएको हो । गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर सुबास तिवारीका अनुसार सो राजमार्गको गाईघाट–फेक्सिन्टार सडकखण्ड अवरोध हटाएपछि सञ्चालनमा छ । फोक्सिन्टारदेखि दिक्तेलसम्मको सडक पनि आजबाट सञ्चालन हुनेछ । ठाउँठाउँमा अवरुद्ध बनेको मदनभण्डारी राजमार्ग पनि अवरोध हटाइएसंगै सञ्चालनमा रहेको छ । मदनभण्डारी राजमार्गको भिमान–बसाहा सडकखण्डसमेत हेर्दै आएको गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर सुबास तिवारीका अनुसार सो राजमार्ग सञ्चालन छ । पूर्व–पश्चिम यात्र गर्ने सबै सवारी साधन हाल सुचारु रहेको जनाइएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत कट...
सिद्धिचरण राजमार्ग सञ्चालनमा

सिद्धिचरण राजमार्ग सञ्चालनमा

समाचार
पूर्णपुष्टि/उदयपुर २१ असोज सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण खसेको पहिरो पन्छाएपछि सो राजमार्ग सञ्चालनमा आएको हो । सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएपछि यातायात सुचारु भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंका अनुसार सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुङ्गा खोटाङ यातायात आवतजावत सञ्चालन भएको हो । रात्रिकालीन समयमा भने सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको जनाइएको छ ।...
हर्क साम्पाङ गाईघाट आउदै

हर्क साम्पाङ गाईघाट आउदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि उदयपुर, असोज २१ । श्रमदान अभियानता एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आगामी ३० गते गाईघाट आउने भएका छन् । उनी किन, के का लागि र कसरी आउदै छन् भन्ने स्पष्ट भइ सकेको छैन । तथापी उनी संगठन विस्तारको उद्देश्यले आउन लागेको हुनसक्ने अनुमान धेरैको छ । उनले केही समयअघि श्रम संस्कृती पार्टी खोलेका छन् । उनी धरानको मेयर भएपछि र श्रम अभियान अगाडि भएपछि उदयपुरको सदरमुकाम गाईघाटमा औपचारिक आगमन पहिलो पटक हो । उदयपुरमा उनको प्रशंसक र उनको अभियानमा जोडिने अभियानता छन् । उनीहरुले निकै अगाडिदेखि नै साम्पाङलाई ल्याउने प्रयत्न गरिरहेका थिए । उनीहरुको गएरातीको बैंठकले आगामी ३० गते साम्पाङलाई गाईघाट ल्याउने निधो गरेको बताइएको छ । श्रम तथा सफाइ अभियानता एवम् पत्रकार बुद्धि चामलिङले साम्पाङ गाईघाट आउने बारे फेसबुक स्टाटसमा जानकारी दिएकाछन् । “असोज ३० गते बिहिबार दिउँसो १ बजे गाइघाटमा हर्...