Monday, July 6News That Matters

Author: पूर्णपुष्टि

त्रियुगा सहित उदयपुरको ६ पालिकाले आज बजेट प्रस्तुत गर्ने

त्रियुगा सहित उदयपुरको ६ पालिकाले आज बजेट प्रस्तुत गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, ९ असार । उदयपुरको ६ ओटा पालिकाहरुले आजा निति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गर्ने भएको छ । त्रियुगा नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकाले आज बजेट ल्याउने तयारी रहेको छ । चौदण्डीगढी र बेलकाले भने हिजै बजेट सार्वजानिक गरिसकेको छ । उनहिरुले जनतामुखी बजेट ल्याउन सफल भएको दावी गरेको छ । अन्य पालिकाहरुले केमा प्राथामिकता दिएर बजेट ल्याउने भन्नेवारे हेर्न बाँकी छ ।...
गाईघाटमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

गाईघाटमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ असार । गाईघाटमा बिहिबारदेखी संञ्चालन भएको ५ दिने आधारभूत पत्रकारिता तालिम आज सम्पन्न भएको छ । गाईघाट स्थित त्रियुगा उद्योग बाणिज्य संघको भवनमा अयोजित तालिमको समापन भएको हो । तालिममा ३१ जनाले सहभागी जनाएका थिए । नयाँ पुस्ताहरुले पत्रकारितामा देखिएको आकर्षणलाई मध्यनजर गर्दै तालिम संञ्चालन गरिएको थियो । नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको समन्वय र नेपाल पत्रकार महासंघ उदयपुरको सहजीकरणमा तालिमको आयोजना गरिएको थियो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ भने तालिमको सहजीकरण बरिष्ठ पत्रकार कौशल चेम्जोङ र पत्रकार भोटराज राईले सहजीकरण गर्नुभएको थियो ।...
ट्राफिक सप्ताह : स्लो मोटरसाईकल रेसमा सन्तोष मगर प्रथम

ट्राफिक सप्ताह : स्लो मोटरसाईकल रेसमा सन्तोष मगर प्रथम

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ९ । उदयपुरको सदरमुकाम गाईघाटमा ट्राफिक सप्ताहको अवसरमा आयोजित स्लो मोटरसाईकल प्रतियोगितामा सन्तोष मगर प्रथम भएका छन् । जिल्ला ट्राफिक कार्यालय उदयपुरले सप्ताहको चौथो दिन सोमबार गाईघाट स्थित पिपल चोकमा स्लो प्रतियोगिता गराएका थिए । प्रतियोगितामा सहभागी ३० जना मध्ये मगरले ४८.८२ सेकेन्ड सम्म बिस्तारै मोटरसाईकल चलाएर प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । त्यस्तै राजु शाहले ४७.५१ सेकेन्ड सम्म बिस्तारै मोटरसाईलक चलाएर दोस्रो स्थान हासिल गरेका छन् भने बसन्त गजमेरले ४७.४४ सेकेन्डमा पुरा गर्दै तेस्रो भए । उदयपुरमा तिव्र गतिका कारण बढी दुर्घटना हुने गरेको भन्दै बिस्तारै सवारी साधन चलाउन सचेतना फैलाउने उदेश्यका साथ स्लो मोटरसाईकल प्रतियोगिता आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ ।...
चौदण्डीगढीको बजेट १ अर्व १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैया

चौदण्डीगढीको बजेट १ अर्व १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैया

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ असार । १ अर्व १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैया बजेटसहित उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को कार्यक्रम तथा बजेट सोमवार ल्याएको छ । मेयर कालुमान लामाले जनताकाबीच लामो अन्तरक्रिया र छलफलसंगै कार्यक्रम तथा बजेट ल्याएको बताउनुभयो । उपमेयर मणिकादेवि दुलालले बजेटले पालिकाको समग्र विकासलाई समेटेको बताउनुभयो । प्रमुख प्रकाशकीय अधिकृत काजिमान राईका अनुसार यो आर्थिक वर्षलाई भौतिकपूर्वाधार वर्षको रुपमा मनाइनेछ । पालिकाले आप्mनै लगानीमा ५० किलोमिटर सडकको स्तरोन्न्ती गर्ने, कृषि क्षेत्रका साथै टोलविकासलाई चलायमान बनाउने योजना छ । प्रत्येक टोलविकास संस्थालाई एउटा योजना अनिबार्य हुनेछ । त्यसैगरी बेलका नगरपालिकाले पनि ७७ करोड २६ लाख ४१ हजार बजेटसहित कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । उदयपुरका अन्य पालिकाहरु भोली तयार भइरहदा चौदण्डीगढी र बेलकाले भने आजै बजेट...
बेलकाले ल्यायो ७७ करोड २६ लाख ४१ हजार बजेट

बेलकाले ल्यायो ७७ करोड २६ लाख ४१ हजार बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ असार । उदयपुरको बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बजेट पारित गरेको छ । सोमवार नगरको १६ औँ नगरसभा बाट उक्त बजेट पारित गरेको हो । “सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार, बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नाराका साथ संञ्चालन भएको नगरसभाले बजेट ल्याएको हो । नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न नगरसभामा उप(प्रमुख जिरा राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य लगायत नगरका ९ वटा वडाबाट वडा अध्यक्ष, सदस्य, तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति, कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका नागरिकहरूको समेत सक्रिय सहभागिता रहेको थियो। नगर प्रमुख कार्कीले आगामी बजेट जनताको आवश्यकता र स्थानीय स्तरको विकासलाई के...
जिल्ला ट्राफिक कार्यालय उदयपुरद्धारा आर्थिक वर्ष २०८१–०८२ मा १ करोड बढी राजस्व संकलन

जिल्ला ट्राफिक कार्यालय उदयपुरद्धारा आर्थिक वर्ष २०८१–०८२ मा १ करोड बढी राजस्व संकलन

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ९ । जिल्ला ट्राफिक कार्यालय उदयपुरले आर्थिक बर्ष २०८१–०८२ मा १ करोड २४ लाख २१ हजार रुपैँया राजस्व संकलन गरेको छ । २०८१ साउन देखी ०८२ असार सम्म कारवाहिमा परेको जम्मा १५ हजार ५ सय ३८ वटा सवारी साधनबाट उक्त राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरको तथ्याङ्क अनुसार यस अवधिमा ट्रक २ हजार ४ सय १७ वटा, टिपर ६ सय ४४ वटा, बस १ हजार २ सय ९१ वटा, कार–जिप ४ हजार ९ सय ७८ वटा, ट्याक्टर ६ सय ६२ वटा, मोटरसाईकल ४ हजार ४ सय २३ वटा, टेम्पो–अटो १ हजार १ सय ६ वटा र अन्य १७ वटा सवारी साधनलाई कारवाहि गरिएको छ । सबै भन्दा बढी राजस्व कार र जिप बाट संकलन भएको छ । कारवाहिमा परेको कार र जिपबाट ३८ लाख ८५ हजार रुपैँया राजश्व संकलन गरिएको हो । त्यस्तै मोटरसाईकलबाट ३३ लाख ९३ हजार ५ सय, ट्रकबाट १९ लाख ५ हजार ९ सय, टेम्पो–अटोबाट ११ लाख २७ हजार ५ सय, बसबाट ९ लाख ९४ हज...
रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ९ ।  भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति वा न्यायिक आयोग गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसा प्रकरणलाई "जघन्य संगठित र अन्तर्राष्ट्रिय अपराध" भन्दै तत्कालीन छानबिनको माग गरे । सांसद नेपालीले सरकार परिवर्तन भए पनि मानव तस्करीको गतिविधि निरन्तर जारी रहेको बताए । "सरकार फेरिन्छन्, मन्त्री फेरिन्छन् तर मानव तस्कर सधैं उन्मुक्त किन हुन्छन् ?" उनले प्रश्न गरे । उनका अनुसार भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा बेच्ने यो र्‍याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा संचालित भइरहेको छ । "दुःखको कुरा अपराधीलाई कारबाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ," उनले आक्रोश व्यक्त गरे । रा...
अस्ताए त्रियुगा नगरगानको सर्जक खिलराज घिमिरे

अस्ताए त्रियुगा नगरगानको सर्जक खिलराज घिमिरे

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ८ असार । उदयपुरको त्रियुगा नगरपालिकाका नगर गान सर्जक खिलराज घिमिरेको निधन भएको छ । घिमिरेको आईतबार बिहान निधन भएको हो । घिमिरे साहित्यकार समेत हुन् । सामाजिक क्षेत्र तथा सर्जक समेत रहेका घिमिरेले त्रियुगा नगरपालिकाको नगरगानको रचना गरेका थिए । नगरको परिवेश र अवस्थालाई मध्यनजर गरी नगरगान तयारी गर्नु पर्ने भन्दै सर्जकहरुलाई नगरगानको रचना गर्न भनिएको थियो । सबै भन्दा उत्कृट घिमिरेको रचना भएपछि उनकै रचनालाई नगरगानमा प्रस्तुत गरिएको थियो । नगरपालिकाले उत्कृष्ट रचनाकार घिमिरेलाई ५० हजार नगद समेत पुरस्कार प्रदान गरेका थिए । घिमिरेको असायमिक निधनले नगरलाई र सर्जकहरुलाई क्षती पुराएको भन्दै सम्मान स्वरुप एकदिने शोक विदा दिईएको हो ।...
रौतामाईका वडाअध्यक्ष र ताप्लीका वडा सदस्यको निधन

रौतामाईका वडाअध्यक्ष र ताप्लीका वडा सदस्यको निधन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ८ असार । उदयपुरको रौतामाई गाउँपालिका २ का वडा अध्यक्ष होम वहादुर दाहालको निधन भएको छ । उनको आईतबार निधन भएको हो । स्वास्थ्य समस्याका कारण काठमाण्डौँमा उपचार भैरहेको दाहालको अचानक निधन भएको बुझिएको छ । दाहालको निधनमा गाउँपालिकाले एक दिने शोक विदा समेत दिएको छ । दाहालको निधन प्रति दुख व्यक्त गर्दै पालिकाको आकस्मिक सेवा बाहेक अन्य सबैखाले सेवाहरु ठप्प पार्ने निर्णय गरेको छ । यस्तैगरी ताप्ली गाउँपालिका स्थित वडा सदस्यको पनि निधन भएको छ । ताप्ली ३ का वडा सदस्य छवि जर्गा मगरको पनि निधन भएको हो । मगरको शनिवार निधन भएको परिवारले जनाएको छ । मगरको निधनमा पालिकाले शोक विदा दिएको छ ।...
रास्वपा उदयपुरले रक्तदान गरेर मनायो स्थापना दिवस

रास्वपा उदयपुरले रक्तदान गरेर मनायो स्थापना दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले रक्तदान गरेर आफ्नो स्थापना दिवस मनाएको छ । रास्वपा उदयपुरले शनिवार गाईघाटको पिपलचोक स्थित रक्तदान गरेर तेस्रो स्थापना दिवस मनाएको हो । रक्तदान जिवन दान भन्दै रक्तदान गरिएको हो । ५० जना भन्दा बढीले रक्तदानमा सहभागी जनाएको आयोजकले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी देश र जनताको लागि मानविय क्रियाकलापहरु गर्दै आएको भन्दै रक्तदान मानवियता कार्य रहेको जनाए । विहानको समय पारेर जिल्लाका नेता तथा कार्यकर्ताहरुले रक्तान कार्यक्रमको आयोजना गरेको हो ।...