Sunday, July 5News That Matters

Author: पूर्णपुष्टि

प्रेस सेन्टर उदयपुरले मनायो  कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवस

प्रेस सेन्टर उदयपुरले मनायो कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १३ जेष्ठ । उदयपुरमा २३ औँ कृष्ण सेन इच्छुकको स्मृति दिवस मनाईएको छ । मंगलबार नेपाल पत्रकार महासंघको सभाहलमा गणतन्त्र र जनपक्षीय पत्रकारिता सम्बन्धी अन्तर सम्वाद सहित स्मृति दिवस मनाईएको हो । बरिष्ठ पत्रकार कौशल चेम्जोङको प्रमुख आथित्यमा भएको अन्तर सम्वादमा कृष्ण सेन जनपक्षिय र गणतन्त्रवादी पत्रकारको रुपमा रहेको स्मरण गरिएको छ । आजकै दिन जेष्ठ १३ गते कृष्ण सेनलाई राज्यले बेपत्ता बनाएको जनाएको छ । निष्पक्ष पत्रकारिताको क्रममा राज्यबाट बेपत्त भएको सेनको खोजी कार्यमा सरकार लाग्नु पर्ने संवादमा कुरा उठेको छ । महान सहित पत्रकार तथा साहित्यकार समेत रहनु भएको सेनलाई हरेक बर्ष प्रेस सेन्टर नेपालले बिभिन्न कार्यक्रम गरी सम्झीने गर्दछ । सोही अनुरु प्रेस सेन्टर नेपाल उदयपुरको आयोजनामा स्मृति दिवस मनाईएको हो ।...
०८४ को स्थानिय तह निर्वाचनमा सबै पालिका र क्षेत्रबाट उम्मेदवारी दिने मेयर साम्पाङ्गको घोषणा

०८४ को स्थानिय तह निर्वाचनमा सबै पालिका र क्षेत्रबाट उम्मेदवारी दिने मेयर साम्पाङ्गको घोषणा

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १३ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा देशभरका सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिने महत्वाकांक्षी घोषणा गरेका छन् । मेयर साम्पाङले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यो घोषणा गर्दै लेखेका छन्, "८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरू हाम्रा उम्मेद्वार बन्नेछन् ।" साम्पाङले आफ्ना उम्मेदवारहरू छनोट गर्दा बेदाग र इमानदार व्यक्तित्व, काम गर्न इच्छुक र सक्षम व्यक्ति तथा भ्रष्टाचारमा संलग्न नभएका व्यक्तिहरूलाई प्राथमिकता दिने बताएका छन् । गत मंसिर १६ गते भएको कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा साम्पाङले मानव अधिकार संगठनका राजमान महर्जनलाई समर्थन गरेका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका थिए भने सा...
उदयपुरमा लागुऔषध सहित एक जना पक्राउ

उदयपुरमा लागुऔषध सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १३ । उदयपुरको बेलका नगरपालिका–९ रामपुरबजारबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानबस्ने ३२ बर्षीय कम्लेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत आईतबार ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा निजको बस्नेतको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम फेलापारी बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बस्नेतको सम्बन्धमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...
रौतामाईमा दलित सशक्तीकरण ऐन मस्यौदा उपर छलफल

रौतामाईमा दलित सशक्तीकरण ऐन मस्यौदा उपर छलफल

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १२ । उदयपुरको रौतामाई गाउँपालिकाले दलित सशक्तीकरण ऐन मस्यौदा तयारि सुझाव संकलन सरोकारवाला सङ्ग छलफल कार्यक्रम सम्पन्न गरेको छ । यो सङ्गै रौतामाई गाउँपालिका दलित सशक्तीकरण ऐन बनाउन तयारि गर्ने उदयपुरको तेस्रो पालिका रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना तथा पालिका स्तरिय दलित संजालको समन्वमा उक्त कार्यक्रम संचालन गरिएको थियो । गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरको अध्यक्षता संचालन भएको सो कार्यक्रममा ४० जना भन्दा बडिको सक्रिय सहभगिता रहेको थियो । नेपालको संविधान २०७२ को धारा २४, धारा ४० ले दिएको अधिकार सुनिश्चित गर्न दलित सशक्तीकरण ऐन आवश्यक रहेको दलित अभियानकर्मिहरुले बताएका छन । पहिलाको तुलनामा कमि आएता पनि समाजमा अझै बिभेदको गहिरो जरो गाडिएको जिकिर छलफलमा आएको छ । यस प्रस्तावित ऐन मा दलितहरुको सशक्तीकरणको निमित्त शिक्षा,स्वास्थ्य, जिबिकोपार्जन,...
१० बर्षपछि पुरानै घर फर्किए गंगानारायण श्रेष्ठ

१० बर्षपछि पुरानै घर फर्किए गंगानारायण श्रेष्ठ

Breaking News Video, समाचार
पूर्णपुष्टि, बैशाख १२ । नेकपा समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन् । समायोजनसँगै श्रेष्ठले माओवादी केन्द्रमा केन्द्रीय सचिवको पद पाएका छन् । २०७२ सालको असोज ९ गते डा बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए । त्यतिबेला माओवादीको पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ आज १० वर्षपछि पुरानै घर फर्किएका हुन् । उनी भट्टराईसँग मिलेर तत्कालीन नया शक्ति पार्टी नेपाल गठनमा सहभागी भएका थिए । नया शक्तिका संस्थापक नेताहरूमध्ये भट्टराई र हिसिला यमीले फेडरल समाजवादी...
उदयपुरका किरण कार्की यु–२० महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त

उदयपुरका किरण कार्की यु–२० महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १२ । उदयपुरको गाईघाट फुटबल क्लबका प्रशिक्षक किरण कुमार कार्की साफ यु–२० महिला टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । आईतबार नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सातदाबाटोस्थि एन्फा क्म्प्लेक्स आधिकारीक नियुक्ति पत्र हस्ताण्तरण गर्दै किरण कार्कीलाई सहायक प्रशिक्षमा नियुक्ति गरेका हुन् । उनिसहित मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ, सहायक प्रशिक्षकमा सन्देश कुमार श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा मीन बहादुर बस्नेत र टोली व्यवस्थापकमा इन्दु दुवाललाई नियुक्त गरिएको हो । बंगलादेशमा आगामी जुलाई ११ देखी २१ सम्म आयोजना हुने साफ यु–२० महिला च्याम्पियन सिप २०२५ को लागी मुख्य प्रशिक्षक सहित ५ जनालाई (एन्फाले) नियुक्त गरेको हो ।...
प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति राजावादी समूहको आपत्ति

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति राजावादी समूहको आपत्ति

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १२ । राजावादी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गरेको अभिव्यक्तिलाई आपत्तिजनक र उत्तेजक भन्दै कडा आपत्ति जनाएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार जारी गरेको प्रेस वक्तव्यमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई गैरजिम्मेवार र संविधान तथा लोकतन्त्रको मर्म विपरीत भएको आरोप लगाएका छन् । आइतबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई जेठ १५ गते काठमाडौंलाई पार्टीको नियन्त्रणमा लिन निर्देशन दिएका थिए । सुवेदीका अनुसार प्रधानमन्त्रीको जिम्मेवारी शान्ति, संविधानको पालना र जनताको सुरक्षामा केन्द्रित हुनुपर्नेमा उल्टो द्वन्द्व भड्काउने खालको भाषा प्रयोग गर्नु आश्चर्यजनक र आपत्तिजनक छ । उनले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई संविधानप्रदत्त अधिकारको दुरुपयोग मानेको बताए । राजावादी समूहले संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै ...
हुम्लामा ५ हजार मिटर उचाइमा तीन हिमताल पत्ता

हुम्लामा ५ हजार मिटर उचाइमा तीन हिमताल पत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १२ ।  हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न पठाइएको प्राविधिक टोलीले समुद्री सतहदेखि ५ हजार ३ सय ५० मिटर उचाइमा तीन वटा हिमताल पत्ता लगाएको छ । यही जेठ १ गते राति आएको अचानक बाढी र सुख्खा पहिरोका कारण तिलगाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । प्राकृतिक प्रकोपको वास्तविक कारण पत्ता लगाउन पठाइएको प्राविधिक टोलीले हिमताल फुटेर बाढी आएको हुनसक्ने संभावना व्यक्त गरेको छ । यसअघि स्थानीय युवाहरूले यस क्षेत्रमा दुई वटा हिमताल रहेको जानकारी दिएका थिए । तर प्राविधिक अध्ययनपछि तीन वटा हिमताल रहेको पुष्टि भएको छ । अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले हिमतालहरूको बारेमा थप अध्ययन जारी रहेको जानकारी दिए । अध्ययन कार्यमा तीन वटा सरकारी निकायका विशेषज्ञहरू संलग्न छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
‘सेटिङ’मा नपरेपछि साढे तीन वर्षमा २० हजार यात्रु विमानस्थलबाटै फिर्ता

‘सेटिङ’मा नपरेपछि साढे तीन वर्षमा २० हजार यात्रु विमानस्थलबाटै फिर्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १२ । भिजिट भिसाको आवरणमा मौलाएको मानव तस्करीको सेटिङमा नपर्दा पछिल्लो साढे तीन वर्षमा २० हजारभन्दा बढी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएका छन् । यो तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चलिरहेको अनुसन्धानबाट खुलेको हो । चार गृहमन्त्रीको कार्यकालमा २० हजार यात्रु फिर्ता बालकृष्ण खाण, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेका बेला अन्तर्राष्ट्रिय विमानस्थलबाट 'बोर्डिङ पास' लिएर सुरुवाती सुरक्षा जाँच पार गरिसकेका २० हजार ४ सय ९६ जना यात्रु अध्यागमनबाटै फिर्ता गरिएका हुन् । यी यात्रुहरूसँग गन्तव्य मुलुक प्रवेश गर्न आवश्यक सबै कानुनी अनुमति भएको भए पनि उनीहरूलाई 'गिरोहको सेटिङ' मा नपर्दा विमानस्थलबाटै फर्काइएको अनुसन्धानबाट पुष्टि भएको छ । गृह प्रशासनका कर्मचारीसहित ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स ...
गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : नेकपा माओवादी

गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : नेकपा माओवादी

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १२ ।  नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको छ । बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्री लेखकको राजीनामाको पक्षमा पार्टीको अवस्थान सार्वजनिक गरे । उनले भने, ‘भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीमाथि प्रश्न उठेको छ । यस्तो अवस्थामा उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुन्छ।’ हालै सार्वजनिक भएको भिजिट भिसा प्रकरणमा केही अधिकारीहरूको संलग्नता रहेको आरोप लागेको थियो । यस प्रकरणमा गृहमन्त्री लेखकको नाम पनि चर्चामा आएको थियो ।  ...