मनसुनको उच्च जोखिममा ३० जिल्ला, तीन दिन सतर्कता अपनाउन आग्रह
पूर्णपुष्टि, असार २१ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मनसुन अत्यधिक सक्रिय हुने भन्दै ३० जिल्लालाई उच्च जोखिममा राखेको छ। विभागले असार २१ देखि २३ गतेसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लालाई ‘रेड जोन’ मा वर्गीकरण गरेको हो।
विभागका अनुसार यस अवधिमा देशभर साधारणदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी रेड जोनमा परेका जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखाका कारण मनसुन सक्रिय भएको र यो अवस्था केही दिन कायम रहने देखिन्छ। यसले गर्दा भारी वर्षा, बाढी–पहिरो, निम्न भूभागमा डुबान, सडक अवरोध र हवाई यातायातमा समेत प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ।
विभागले दैनिक जनजीवन, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै सर्वसाधारण तथा स...









