Friday, July 10News That Matters

Author: पूर्णपुष्टि खबर

प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबलको उपाधि बोक्से युवा संजाललाई

प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबलको उपाधि बोक्से युवा संजाललाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २ । प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबल प्रतियोगिताको उपाधि बोक्से युवा संजालले जितेको छ । शनिबार भएको फाईनल खेलमा बोक्से युवा संजालले फ्युजन फुटबल क्लब बोक्सेलाई १–० गोलले हराउँदै उपाधि कब्जा गरेको हो । त्रियुगा नगरपालिका–१० गंगा खेल मैदानमा भएको खेलमा आर्यन दनुवारले गरेको एक मात्र गोल बोक्से युवा संजालको जितको लागी निर्णायक गोल बन्यो । उपाधि विजेता बोक्से युवा संजालले नगद रु. १० हजार ५ सय रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता फ्युजन फुटबल क्लबले नगद रु. ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।...
एमाले त्रियुगा नगर १२ नं वडाको अध्यक्षमा रमेश राउत

एमाले त्रियुगा नगर १२ नं वडाको अध्यक्षमा रमेश राउत

Breaking News 1
पूर्णपुष्टि, २ असार । एमाले त्रियुगा नगरपालिका १२ नं वडाको अध्यक्षमा रमेश राउत चयन भएको छ । शनिवार १२ नं वडा पार्टी कमिटीको आयोजना भएको दोस्रो अधिवेशनले राउतको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी चयन गरेको हो । उपाध्यक्ष निर्मला मगर, सचिव हिरण चौधरी, उपसचिव अनिता भगत, विमला बस्नेत रहेको छ । जिल्ला अध्यक्ष भागवत राउन सहित अन्य पार्टीका पदाधिकारीहरुको उपस्थितिमा अधिवेशन तथा समिति चयन भएको थियो ।...
दुर्घटना बिमाले नवउदय सामुदायिक वनका उपभोक्ताहरु खुसी

दुर्घटना बिमाले नवउदय सामुदायिक वनका उपभोक्ताहरु खुसी

Breaking News 1
पूर्णपुष्टि, २ असार । श्री नवउदय सामुदायिक वनले उपभोक्ताहरुलाई विमालेख प्रमाण पत्र हस्तान्तरण गरेको छ । शनिवार त्रियुगा नगरपालिका १० र ११ चप्पन बरुवाधार स्थित आफ्नो ३ सय ५ जना उपभोक्ता सदस्यहरुलाई मिालेख प्रमाण पत्र हस्तान्तरण गरेको समूहका अध्यक्ष जिवन पाण्डेले जनाए । पाण्डेका अनुसार प्रति व्यक्ति १ सय ४५ का दरले रु १ लाख बराबरको दुर्घटना बिमा गरिएको हो । प्रति व्यक्तिलाई ४४ हजार २ सय २५ रुपयाँको लगानीमा बिमा गरिएको पाण्डेको भनाई छ । पाण्डेले वनको आम्दानी उपभोक्ताहरुलाईनै लगानी गरिएको समेत जनाए । नवउदय सामुदायिक वनले सामुदायिक वनको सम्पत्ति उपभोक्ताहरुलाई नै सेवा सुविधाको रुपमा उपलब्ध गराउँदै आएको अध्यक्ष पाण्डेको भनाई छ । यता दुर्घटना बिमाको बिमालेख प्रमाण पत्र पाएपछि उपभोक्ताहरु खुसी भएका छन् । बिमाको महत्व बुझी उपभोक्ताहरुको सामुहिक बिमा बनकै लगानीमा गरेको भन्दै उनिहरु खुसी ब...
उदयपुरको कटारीमा सडक बत्ति जडान सुरु

उदयपुरको कटारीमा सडक बत्ति जडान सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १ । उदयपुरको कटारी नगरपालिकामा सडक बत्ति जडान सुरु गरिएको छ । कटारी–४ स्थित मदन भण्डारी राजमार्गबाट पहिलो चरणको सडक बत्ति जडान सुरु गरिएको हो । कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले रातको समयमा हुने जोखिम न्युनिकरण र नगरलाई उज्यालो बनाउने अभियान अन्र्तगत वत्ती जडानको काम थालिएको बताएका छन् । उनका अनुसार वत्ती जडानको काम नगरको विभिन्न आवश्यक बजार र वस्तीहरुमा गरिने छ । काम सुरु भएको र जारी रहेकाले अहिले नै यति लागतको भन्ने यकिन नभएको मेयर श्रेष्ठले बताए । ‘उज्यालो नगर अभियान अन्र्तगत काम सुरु गरेका छौं ।’मेयर श्रेष्ठले भने, ‘नगरको अन्य बजारहरु, घुर्मी बजार, तथा आवश्यक गाउँ वस्ती र बजारहरुमा लगाउने भन्ने बारे छलफल भईरहेको छ ।’...
उदयपुरका मधेशी युवाहरुलाई दुई दिने नेतृत्व विकास तालिम

उदयपुरका मधेशी युवाहरुलाई दुई दिने नेतृत्व विकास तालिम

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १ । उदयपुरमा मेधशी युवाहरुलाई दुई दिने नेतृत्व विकास तालिम दिईएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित होटल टाउन हलमा शनिबारबाट मेधशी युवाहरुलाई नेतृत्व विकास तालिम दिईएको हो । नेपाल पिछडी वर्ग (OBC) महासंघ जिल्ला कार्य समिति उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगमा तालिम संञ्चालन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले ब्यानर पढ्दै मधेशी युवा नेतृत्व विकास तालिमको उद्घाटन गरेका हुन् । उद्घाटनको क्रममा बोल्दै मेयर बस्नेतले दुई दिने नेतृत्व विकास तालिम अत्यन्त फलदाई हुने बताएका छन् । यस तालिमले मधेशी युवाहरुलाई नेतृत्वमा पुग्न मद्दत मिल्ने मेयर बस्नेतले बताए । मधेशी समाजको विकासको निम्ति त्रियुगा नगरपालिकाले सदैव साथ सहयोग गरिरहने मेयर बस्नेले बताए । कार्यक्रम संञ्चालक तथा नेपाल पिछडी वर्ग (OBC) महासंघ जिल्ला का...
त्रियुगामा व्यपारीहरुको ढक तराजु दर्ता तथा नविकरण सुरु

त्रियुगामा व्यपारीहरुको ढक तराजु दर्ता तथा नविकरण सुरु

Breaking News 1
पूर्णपुष्टि, १ जेष्ठ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले ब्यपारीहरुको ढक तराजु दर्ता तथा नविकरण गर्न सुरु गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको समन्वयमा ढक तराजु दर्ता तथा नविकरणको काम सुरु गरेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार शनिवार जलजलेमा उक्त नविकरणको काम गरिने छ भने आईतबार र सोमवार भने त्रियुगा उद्योग बाणिज्य संघको हलमा गरिने अधयक्ष रसाईलीको भनाई छ ।...
लिम्चुङबुङमा एमाले वडाअधिवेशन सम्पन्न, को–को भए अध्यक्ष ?

लिम्चुङबुङमा एमाले वडाअधिवेशन सम्पन्न, को–को भए अध्यक्ष ?

Breaking News 1, राजनीति, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, १ असार । नेकपा एमाले उदयपुरले जिल्ला, नगरदेखी वडा अधिवेशन धमाधम गरिरहेको छ । जिल्ला अधिवेशन सकेर पालिका अधिवेशनमा होमीएको एमाले उदयपुर वडाहरुकाे अधिवेशनमा रहेको छ । पार्टीले जिल्लाको सबै पालिकाहरुमा वडा अधिवेशनको कामलाई अघि बढाईरहेको छ । पार्टीले लिम्चुङबुङ गाउँपालिकामा वडा अध्यक्ष टुँगो लगाएको छ । एमाले जिल्ला सदस्य राजकुमार राईका अनुसार वडा नं १ बास्बोटेमा विष्णुराज राई, वडा नं २ ताम्लिछामा रामबहादुर माझी, वडा नम्वर ३ बाराहामा डम्बर कार्की, वडा न. ४ वालम्तामा मनोज राई र वडा नं ५ जाँतेमा मेगबहादुर कार्की अध्यक्षमा चयन भएका छन् । पार्टीले लिम्चुङबुङसहित बिभिन्न पालिकाहरुमा वडा अधिवेशन सम्पन्न गर्दै आएको छ । भर्खरै पालिका अधिवेशन सकेर वडाअधिवेशन तर्फ पार्टी होमिएको हो ।...
माओवादी मजदुर पार्टीको जिल्ला र केन्द्रमा ६ जना मनोनित

माओवादी मजदुर पार्टीको जिल्ला र केन्द्रमा ६ जना मनोनित

Breaking News 1
पूर्णपुष्टि, ३२ जेष्ठ । माओवादी मजदुर पार्टीले केन्द्रीय कमिटी र जिल्ला कमिटी मनोनयन गरेको छ । बिहिबार त्रियुगा नगरपालिका ३ मोतिगडामा पार्टीको सचिवालय सदस्य हिमाल सिंह राईको संयोजकत्वमा तिन जना केन्द्रीय सदस्य र तिन जना जिल्ला कमिटीमा मनोनयन गरिएको हो । केन्द्रिय कमिटिमा निर्जला राई, मुना राई र ननिला राई मनोनयन हुँदा जिल्लामा कस्टिना मगर, रिता राई र सानु राई मनोनयन भएको हो । संयोजक हिमाल सिंह राईका अनुसार पूर्ण रुपमा केन्द्रीय कमिटी राख्नका लागि सदस्यहरु मनोनित गरिएको हो । हाल सचिवालय सदस्यहरुमा हिमाल सिंह राई, जगत कटुवाल, प्रदिप फुयाँल र गोरेन्द्र राई रहेको छ ।  ...
सिटि सफारीको ठक्करबाट बेलका–९ का वडा अध्यक्ष खड्का गम्भिर घाईते

सिटि सफारीको ठक्करबाट बेलका–९ का वडा अध्यक्ष खड्का गम्भिर घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ३२ । उदयपुरको बेलका नगरपालिका–९ का वडा अध्यक्ष पदम खड्का सवारी दुर्घटनामा परी गम्भिर घाईते भएका छन् । बिहिबार बुधबार राति ८ बजे इटहरी देखि रामपुर तर्फ फर्कदै गर्दा खड्का सवार मोटरसाईकललाई सुनसरीको नहडा चोकमा सिटिसफारीले ठक्कर दिएको थियो । सिटि सफारीको ठक्करबाट गम्भिर घाईते भएका अध्यक्ष दाहाललाई उपचारको लागी धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान भर्ना गरिएको थियो । उनको धरानमा पनि उपचार सम्भव नभएपछि थप उपचारको लागी हेलिकप्टर मार्फत बुधबार नै काठमाडौ स्थित नर्भिक अस्पतालमा रेफर गरिएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए । दुर्घटनामा परी खड्काको हेड इन्जुरी भएको रहेछ, चिकित्सकको परामर्श र सल्लाहमा अनुसार थप उपचारको लागि काठमाण्डौँ रेफर गरिएको मेयर कार्कीले बताए । अध्यक्ष खड्कालाई ठक्कर दिने सिटिसफारीका चालकलाई प्रहरीले राति नै पक्राउ गरेको सुनसरी प्रह...
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ३२ । भक्तपुरमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । एक १५ बर्षीयलाई जबरजस्ती गरेको आरोपमा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ पक्राउ परेका छन् । तामाङलाई बिहीबार साँझ भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई बलात्कार कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक बलात्कार गरेको आरोप छ । पछिल्लो पटक १२ जेठमा तामाङले ती बालिकालाई बलात्कार गरेको आरोप छ । तामाङले बालिकालाई १२ जेठमा दिउँसो भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा लगि ललाई फकाई, डर र धाक धम्की देखाई बलात्कार गरेको आरोपमा छ ।...