Sunday, July 12News That Matters

Author: पूर्णपुष्टि खबर

माहाअभियान सफल बनाउन लिम्चुङबुङ गाउँपालिका टोल वस्तीमा

माहाअभियान सफल बनाउन लिम्चुङबुङ गाउँपालिका टोल वस्तीमा

Breaking News 2
पूर्णपुष्टि, ६ फागुन । लिम्चुङबुङ गाउँपालिकाले सुरु गरेको “एउटै पुस्तामा समृद्ध लिम्चुङबुङ” लाई पालिकाले टोल बस्तीमा जनजागरण अभियान सुरु गरेको छ । पालिका अध्यक्ष मेजर कुमार राईले पालिकावासीहरुको समस्याको लागि सबै सचेत हुनु पर्ने भन्दै अभियान टोल वस्तीमा पुराएको जनाए । समृद्ध लिम्चुङबुङको लागि जनजनमा चेतना र जागरुप उत्पन्न भएमा समृद्ध लिम्चुङबुङ सफल बन्नेबारे उनले सुझाए । महाअभियान सम्बन्धी अन्तरकृया कार्यक्रममा सकृय सहभागी भएकोमा उपस्थितहरुलाई अध्यक्ष राईले धन्यवाद समेत ब्यक्त गरे । विकास र समृद्धिको साझेदारले एक दिन लिम्चुङबुङवासीको सपना साकार हुनेमा ढुक्क रहन अनुरोध गर्दै यस अभियानमा सबै पालिकावासी जोडिन अध्यक्ष राईले आह्वान गरेका छन् । टोल विकास संस्थाकाहरुको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।...
गाईघाट खानेपानी आयोजना समितिको भवन निर्माणमा चरम लापर्वाही

गाईघाट खानेपानी आयोजना समितिको भवन निर्माणमा चरम लापर्वाही

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ फागुन । उदयपुरको वडा नंं ११ आधारभुत स्वास्थ्य सेवा केन्द्र नजिकै एउटा गाईघाट खानेपानी आयोजना उपभोक्ता समितिको भवन निर्माणमा लापर्वाही देखिएको छ । स्थानीयहरुका अनुसार कंमसल भवन निर्माण भैरहेको जनाए । हाल भवन निर्माणको काम पिलर उठाई, इटा गारो लगाउने काम भैरहेको छ । स्थानीयहरुले भवनको जग नै कमजोर र लापरवाहीढंगले बनाइएको जनाए । पिलरहरु सबै कमजोर बनेका छन् । पिलरको जडान भाग सबै कमजोर छन् स्थानीय सुरेन्द्र राईले भने, । गारोले नछेकेको एउटा पिलर भाँचिएको प्रष्ट देखिन्छ । अन्य पिलरको चर्किएको ठाउँहरुमा भने सिमेन्ट घोलेर लिप्ने काम भएको छ । भवन निर्माणमा प्रयोग हुने सिमेन्ट, बालुवा, गिटी, ढुंगा, फलामे रड प्रयोग मापदण्डविपरित रहेको स्थानीयको आरोप छ । पिलरजस्तो महत्वपूर्ण कुरा, जसले भवनलाई बलियो बनाउछ, त्यो नै अति कमजोर बनेको छ । पिलरमा सिमेन्टको मात्र कम, बालुवा बढि प्रयोग भएका...
उदयपुरको समस्या समाधान गर्न सबै निकाय एक जुट बनौँ, एआईजी : राई

उदयपुरको समस्या समाधान गर्न सबै निकाय एक जुट बनौँ, एआईजी : राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ फागुन । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले उदयपुरको समस्या समाधानका लागि सबै निकायहरुको साथ सहयोग आवश्यक देखिएको जनाए । उदयपुरमा पछिल्लो समय सुरक्षाको क्षेत्रमा देखिएको समस्या बारे प्रहरी लगायत सबै सम्बन्धित क्षेत्रहरु एक जुट भै लागि पर्नु पर्ने राईको भनाई छ । स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन, सामाजिक अभियान्ता, ब्यापार ब्यवसाय, यी सबै निकायहरु एकजुट भए समस्याहरु कम हुदै जाने राईको बुझाई छ । आफु पनि यहि जिल्लाका वासिन्दा भएको नाताले आफुले सक्ने पहल प्रहरी प्रधान कार्यालयबाट गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उनले एक जुट हुन आह्वान गरेका हुन । शान्ति सुरक्षामा उदयपुरलाई सुरक्षित गर्न केन्द्रीय प्रहरीको तर्फबाट आफु सँधै सहयोग गर्ने  जनाए । शनिवार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेका अन्तरक्रियामा...
उदयपुरका लागुऔषध प्रयोगकर्ताहरुलाई र्यापर लाउरेको तिन सुझाव

उदयपुरका लागुऔषध प्रयोगकर्ताहरुलाई र्यापर लाउरेको तिन सुझाव

Breaking News 1
पूर्णपुष्टि, ५ फागुन । प्रख्यात नेपालका र्यापर आषिश राना (लाउरे) ले लागुऔषाध प्रयोगकर्ताहरुलाई तिन ओटा सुझाव दिएको छ । उनले भनेका छन्, कि राम्रो भविष्य र सबैको प्यारो हुन कि लागु औषाध त्यात्गनुस नत्र मानवहित जिवन बिताउनुस् । उनले जिल्ला प्रहरी कार्यालय उदयपुरले संञ्चालन गरेको लागु औषाध दुव्र्यसन नियन्त्रन कार्यक्रम अन्तर्गत (आई डिएर नो ड्रग क्याम्पियन) कार्यक्रम अभियानको क्रममा त्रियुगा लागु औषाध प्रयोगकर्ताहरुलाई यसबाट टाढा रहन सुझाए । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा संञ्चालन दोस्रो प्रदेश महोत्सवमा प्रहरीद्धारा आयोजित लागु औषाध दुव्र्यसन नियन्त्रण अभियानको क्रममा र्यापर लाउरेले दशौँ हजार मानिसहरुलाई लागु औषाधबाट पर रहन सुझाएको हो । लाउरे कुनै पनि बेला आफु पनि त्यस अवस्थामा पुगेको र अहिले सामान्य जिवनमा फर्केर मानवरुपी जिवन बाँचिरहेको जनाए । उनले लागु औषाध अपराध नभई रोग ...
लागुऔषध दुव्र्यसनको दलदलबाट निष्किन सकिन्छ : उपमेयर महेश्वरी राई

लागुऔषध दुव्र्यसनको दलदलबाट निष्किन सकिन्छ : उपमेयर महेश्वरी राई

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ५ । त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले लागुऔषध दुव्र्यसनको दलदलबाट निष्किन सकिने बताएकी छिन् । शुक्रबार दोस्रो प्रदेश महोत्सवमा जिल्ला प्रहरी कार्यालय उदयपुरले संञ्चालन गरेको लागुऔषध नियन्त्रण प्रयास कार्यक्रम (आई डियर नो ड्रग तथा से नो टु ड्रग) अभियानलाई सम्बोधन गर्दै उपमेयर राईले सो कुरा बताएकी हुन् । उदयपुर जिल्लामा लागुऔषध दुव्र्यसन ठुलो समस्याको रुपमा रहेको र आई डियर नो ड्रग्स क्याम्पियको लागी महोत्सवमा आएका आशिष राना मगर उर्फ (लाउरे) को उदाहरण दिदैँ युवा, युवतीहरु दुव्र्यसनको दलदलबाट मुक्त हुन सक्ने बताईन् । त्रियुगा नगरपालिकाको समृद्धि र विकासको लागी भौतिक पुर्वाधार मात्र नभएर एउटा सक्षम, सवल युवायुवतीहरु पनि हुनुपर्ने बताईन् । सुसर्जित र सभ्य नागरिक उत्पादन गर्न सक्छौँ भन्ने उदेश्यका साथ त्रियुगा नगरपालिकाले लागुऔषध विरुद्धको अभियान ५ महिनाबाट सञ्चा...
त्रियुगा नगरलाई लागुपदार्थ मुक्त्त बनाउन लागिरहेका छौँ : मेयर बस्नेत

त्रियुगा नगरलाई लागुपदार्थ मुक्त्त बनाउन लागिरहेका छौँ : मेयर बस्नेत

समाचार
पूर्णपुष्टि, फागुन ५ । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले नगरलाई लागुपदार्थ मुक्त बनाउन लागिरहेको बताएका छन् । शुक्रबार दोस्रो प्रदेश महोत्सवमा जिल्ला प्रहरी कार्यालय उदयपुरले संञ्चालन गरेको लागुऔषध नियन्त्रण प्रयास कार्यक्रम (आई डियर नो ड्रग तथा से नो टु ड्रग) अभियानलाई सम्बोधन गर्दै मेयर बस्नेतले सो कुरा बताएका हुन् । जबसम्म युवाहरुलाई स्वच्छ, तन्दुरुस्त बनाउँन सकिदैँन तबसम्म स्वच्छ समाजको निर्माण हुन नसक्ने बस्नेतले बताए । लागुपदार्थबाट युवाहरुलाई टाढैँ राख्न, लागुपदार्थको सेवनमा कोही युवाहरु छ भने त्यसलाई पनि समाजमा पुर्नस्थापित गर्ने उदेश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताए । त्रियुगा नगरपालिकाबाट सुरु भएको “आई डियर नो ड्रग्स” अभियान जिल्लाभर सञ्चालन भईरहेको समेत उनले बताए ।...
उदयपुर प्रहरीको “आई डियर नो ड्रग क्याम्पियन” अभियानमा दशौँ हजार मानिसको उपस्थित

उदयपुर प्रहरीको “आई डियर नो ड्रग क्याम्पियन” अभियानमा दशौँ हजार मानिसको उपस्थित

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ फागुन । जिल्ला प्रहरी कार्यालय उदयपुरले संञ्चालन गरिरहेको लागु् औषाध नियनत्रण प्रयास कार्यक्रम (आई डियर नो ड्रग तथा से नो टु ड्रग) अभियानमा हजारौँ मानिस उत्रिएको छ । शुक्रबार त्रियुगा बसपार्क स्थित दोस्रो प्रदेश महोत्सवको स्थलमा आयोजित लागु औषाध नियन्त्रणको कार्यक्रममा १० हजार बढी मानिस उत्रिएको जनाईएको छ । उदयपुरमा रहेको बढ्दो लागु औषाध नियन्त्रण गर्न प्रहरीले उक्त अभियान संञ्चालन गरेका थिए । बिगतमा पनि प्रहरीले प्रयोगकर्ताहरुलाई सचेतना र डिलरहरुलाई कार्वाही गर्दै आएका थिए । प्रहरीले मंसिर ९ गते लागु औषाध दुव्र्यसनीहरुलाई एक दिनको मरामर्श र दुव्र्यसनबाट पर रहने प्रतिवद्धतानै गराएका थिए । त्यस कार्यक्रमबाट उनिहरु प्रभावित पनि भएको छ । प्रहरीले परामर्श पछि उनिहरुको लगतार निगरानी पनि गरिरहेको छ । हरेक शनिवार प्रयोगकर्ताहरुको घरघरमै गएर उनिहरुको अवस्था बुझ्ने काम प्रहरीले ग...
बरुवा बसपार्क महोत्सबको भिँडबाट मोटरसाईकल हरायो, खोजीको लागि आह्वान

बरुवा बसपार्क महोत्सबको भिँडबाट मोटरसाईकल हरायो, खोजीको लागि आह्वान

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ फागुन । शुक्रबार राति महोत्सव हेर्न गएका एक युवकको मोटरसाईकल हराएको छ । महोत्सव हेर्न बरुवा बसपार्क पुगेका उदयपुरगढी गाउँपालिका ६ नेपालटारका का ३४ बर्षिय मोहन कुमार मगरको मोटरसाईकल महोत्सवको भिँडबाट हराएको हो । मगरले मोटरसाईकल पार्किङ गरी महोत्सव भित्र छिरेको र महोत्सव सकिएसँगै बाहिर निस्कदा राखेको ठाउँमा मोटरसाईकल नभएको जनाए । मगरको प्र १–०५–००१ प ६२१८ नं को टु ट्वान्टी पल्सर मोटरसाईकल राखिएको स्थानबाटै हराएको भन्दै खोजीको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा निवेदन दिएको छ । महोत्सवमा शुक्रबार राती दशौँ हजार मानिस उपस्थित थिए । मगरले कहिकतै कसैले फेला पारेमा नजिकैको प्रहरी चौकी अथवा सम्पर्क व्यक्ति को फोन नं ९८४०९०७०९९ सम्पर्क गरी जिम्मा लगाईदिन अनुरोध गरेको छ ।...
गाईघाटमा होटल सञ्चालन गरी यौन धन्दा चलाएको आरोपमा एक महिला पक्राउ

गाईघाटमा होटल सञ्चालन गरी यौन धन्दा चलाएको आरोपमा एक महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ४ । उदययपुरको सदरमुकाम गाईघाटमा होटस सञ्चालन गरी यौन धन्दा चलाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–१ जोगीदह घर भई त्रिनपा–१२ गाईघाटमा होटल सञ्चालन गर्दै आएकी ३५ बर्षीया देवकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार ती महिलाले लामो समयदेखि युवतिहरुलाई बिभिन्न लोभ लालच देखाएर होटलमा यौन क्रियाकलापमा सहभागी गराउदै आएकी थिइन् । विशेष स्रोतबाट प्राप्त सूचनाको आधारमा जिप्रका उदयपुरबाट खटिएको विशेष टोलीले उनलाई बिहिबार नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेकी महिलालाई मानव बेचबिखन मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि पनि एक होटल संचालक यौन धन्दा चलाएको आरोपमा पक्राउ परेक...
संञ्चारकर्मीलाई जिल्लाबाटै तत्काल सूचना प्रभाव गर्न प्रहरी नायव माहानिरिक्षक खापुङको निर्देशन

संञ्चारकर्मीलाई जिल्लाबाटै तत्काल सूचना प्रभाव गर्न प्रहरी नायव माहानिरिक्षक खापुङको निर्देशन

Breaking News 1
पूर्णपुष्टि, ४ फागुन । संञ्चारकर्मीरुलाई जिल्लाबाटै तत्काल प्राररम्भिक सूचना प्रवाह गर्न कोशी प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव माहारिक्षक) चन्द्र कुवेर खापुङले निर्देशन दिएको छ । शुक्रबार गाईघाट स्थित संञ्चारर्कीहरु सँगको भेटघाटमा उदयपुरका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) एसपी रमेश थापालाई जिल्लाको घटनाहरुलाई तत्काल संञ्चारकर्मीहरुलाई प्रारम्भिक सूचना दिन निर्देशन दिएको हो । जिल्लामा घटेका घटनाहरु पहिले जिल्लाबाट आउनु पर्नेमा प्रदेश प्रहरीबाट आउने भन्दै संञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि त्यसलाई सहजीकरण गर्न उदयपुर प्रहरीलाई निर्देशन दिईएको हो । खापुङ जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गर्न लागेको लागु औषाध नियन्त्रण अभियान अन्तर्गत “आई डियर नो ड्रग तथा से नो टु ड्रग” कार्यक्रममा सहभागी हुन उदयपुर आएका थिए । सोही क्रममा जिल्लाबाटै तत्काल सूचना पठाउन निर्देशन दिएको हो । उनले प्रह...