Friday, August 14News That Matters

खेलकुद

उदयपुरको चौनपामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

उदयपुरको चौनपामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १० । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित दोस्रो कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको तीन दिने प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको थियो । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै प्रतियोगिताको समापन गरे । प्रतियोगितामा विभिन्न विधाका विजेताहरूलाई नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरियो । प्रदेशस्तरीय मेन्स डबल्सतर्फ विनय चौधरी (उदयपुर) र लाक्पा शेर्पा (मोरङ) को जोडीले प्रथम स्थान हासिल गर्दै रु. ३५ हजार प्राप्त गरे । सुनिल कार्की (संखुवासभा) र महेश खड्का (मोरङ) को जोडी दोस्रो भई रु. २० हजार प्राप्त गरे भने तृतीय हुने दुई जोडीले रु. ७ हजार ५ सय प्राप्त गरे । मेन्स डबल्स ४५ प्लस ओपनतर्फ भजनलाल चौधरी (झुम्का) र सन्तोष कटुवा...
त्रिनपा १५ हुवासमा खुल्ला वडा स्तरीय फुटवल प्रतियोगिता हुने

त्रिनपा १५ हुवासमा खुल्ला वडा स्तरीय फुटवल प्रतियोगिता हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, ८ मंसिर । त्रियुगा नगरपालिका १५ नं वडामा खुल्ला वडा स्तरीय फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । यहि मंसिर १३ गते देखी १५ गते सम्म वडाको हुवास स्यालगैरी मैदानमा प्रतियोगिता हुने भएको हो । आयोजक त्रियुगा नगरपालिका वडा नं १५ खेलकुद विकास समितिले प्रतियोगिता गराउन लागेको हो । प्रतियोगिताको बिजेतालाई पुरस्कार राशि २५ हजार नगद, ट्रफि र प्रमाण पत्र रहेको छ भने उपबिजेतालाई १५ हजार नगद, ट्रफि र प्रमाण पत्र रहेको छ । यस्तै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । वडा खेलकुद विकास समितिका अध्यक्ष प्रयास राईका अनुसार खेलकुद मैदानको व्यवस्थापन सँगै प्रतियोगितालाई अघि बढाईएको हो । केहि समय अघि मात्रै खेल मैदानको स्तरोन्नती तथा व्यवस्थापन सँगै वडामा फुटवल प्रतियोगितालाई प्राथामिकता दिईएको राईले जनाए । वडाकै पुरानो र ऐतिहाँसि खेल मैदान पछिल्लो समय बज...
खेलकुद बिकास समिति उदयपुरको कार्यालय प्रमुखको जिम्मेवारी प्रकाश राईलाई

खेलकुद बिकास समिति उदयपुरको कार्यालय प्रमुखको जिम्मेवारी प्रकाश राईलाई

Breaking News 1, Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, ३ मंसिर । जिल्ला खेलकुद बिकास समति उदयपुरको कार्यालय प्रमुखको जिम्मेवारी कराते प्रशिक्षक प्रकाश राईले पाएका छन् राष्ट्रिय खेलकुद परिषद्ले उदयपुर कराते प्रशिक्षक तथा सोही कार्यालयको कर्मचारी समेत रहेको राईलाई प्रमुखको जिम्मेवारी दिएको हो । परिषद्ले राईलाई कार्यालय प्रमुखमा जिम्मेवारी दिएको जानकारी गराएको छ । भिभागिय प्रमुख प्रेम मल्लद्धारा हस्तक्षर पत्रमा राईलाई प्रमुखको जिम्मेवारी दिएको जानकारी गराईएको हो । राई लामो समय देखी खेलकुद क्षेत्रमा आबद्ध छन् । उनले करातेको क्षेत्रमा निकै लामो अनुवभ बटुलिसकेका छन् भने सयौँ खेलाडीहरु उत्पादन गरिसकेको छ । राई यस भन्दा पहिले पनि कार्यलय प्रमुखमा २ बर्ष काम गरेका व्यक्ति हुन् । परिषदले राईलाई दोस्रो पटक कार्यालय प्रमुखको भुमिकामा पुराएको छ । एक महिना अघिनै परिषद्ले राईलाई प्रमुखको जिम्मेवारी दिएको भएपनि बिविध कारणबस मंसिर २ गते देखी क...
साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी अमिषा कार्की गृह जिल्ला उदयपुरमा सम्मानित

साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी अमिषा कार्की गृह जिल्ला उदयपुरमा सम्मानित

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ३० । साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेकी राष्ट्रिय महिला फुटबल खेलाडी अमिषा कार्की गृह जिल्ला उदयपुरमा सम्मानित भएकी छन् । त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुर निवासी कार्कीलाई शुक्रबार वडा कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा वडाध्यक्ष केदार थापाले कार्कीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे । साथै उनलाई नगद रु. १० हजार पनि प्रदान गरिएको छ। सम्मानपत्रमा ‘ऐतिहासिक योगदानको कदर स्वरूप तपाईंलाई हार्दिक सम्मान गर्न पाउँदा हामी निकै गौरवान्वित भएका छौं । अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उज्यालो पारेकोमा तपाईंलाई सम्मान गरिएको छ’ भनिएको छ । यसअघि बिहीबार त्रियुगा नगरपालिकाले पनि कार्कीलाई रु. ५० हजार नगद सहित सम्मान गर्दै नगर परिक्रमा गराएको थियो । वडाध्यक्ष थापाले कार्कीको प्रदर्शन...
उदयपुरमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने

उदयपुरमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १५ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने भएको छ । बिहिबार आयोजक बेल्टार ब्याडमिनटन क्लबले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ७, ८ र ९ गते प्रतियोगिता संचालन गरिने जनाएको छ । आयोजकका अनुसार प्रदेश नं. १ स्तरीय मेन्स डबल्स उपाधि विजेतालाई ३५ हजार, उपविजेतालाई २० हजार र तेस्रो पुरस्कार १५ हजार रहेको छ भने भेट्रान्स तर्फ प्रथम पुरस्कार प्रथमलाई २५ दोस्रोलाई १५ र तेस्रोलाई १० हजार रहेको आयोजकले जनाएको छ । त्यस्तै मेन्स मिक्स डबल तर्फ भने प्रथम पुरस्कार २० हजार, दोस्रो १२ र तेस्रो ८ हजार रहेको छ । त्यस्तै उदयपुर जिल्ला स्तरिय मेन्स डवल्स तर्फ प्रथमलाई ३० हजार दोस्रोलाई १२ र तेस्रोलाई ८ हजार रहेको छ ।...
फेरियो त्रिनपा १५ हुवास स्यालगैरीको  फुटवल खेल मैदान

फेरियो त्रिनपा १५ हुवास स्यालगैरीको फुटवल खेल मैदान

Breaking News 1, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १५ कार्तिक । त्रियुगा नगरपालिका १५ हुवास स्यालगैरीमा रहेको पुरानो फुटवल खेल मैदानलाई मर्मत संभार गरिएको छ । लामो समयदेखी बजेट अभावले अलपत्र परेको उक्त खेल मैदानलाई वडा सरकारको पहलमा मर्मत संभार गरिएको हो । वडा सदस्य डम्वर बहादुर राईका अनुसार खेल मैदानका लागि ६८ सालमै जग्गा खरिद गरिएको थियो । त्यो बेला खाँवु गाविस हुँदा गाउँ परिषदको सर्व दलिय बैठक बाट फुटवलका लागि खेल मैदान भनेर बजेट छुटाएर जग्गा खरिद गएिको थियो । त्यस यता फेरी ६९ सालमा ३० हजार बजेट बिनियोजन गरी मैदान सम्म आउने बाटो ल्याईयो र फेरी अर्को पटक थोरै बजेटले मैदानलाई सम्माउने काम भयो । त्यस पछि संघियता आयो संघियताले तिन तहको सरकार खडा गर्यो, त्यस पश्चात त मैदानले पूनर्जिवन पाउनेमा स्थानियहरु निकै आशावादी भए तर सोचे जस्तो काहाँ हुदोरहे छ र तिन तहको सरकार पछि त झनै बजेट बिहिन बन्यो खेल मैदान । १३ बर्ष देखी अलपत्...
दोस्रो वडा कपको उपाधि रुपनिको पोल्टोमा

दोस्रो वडा कपको उपाधि रुपनिको पोल्टोमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १४ । दोस्रो वडा कप फुटबल प्रतियोगिताको उपाधि रुपनि फुटबल क्लबले जितेको छ । बुधबार त्रियुगा नगरपालिका वडा नं. १ मलामीघाट पूर्वटोलको खेल मैदानमा भएको फाईनल खेलमा धनगढी फुटबल क्लबलाई ० गोलको विरुद्ध २ गोलले हराउँदै रुपनीले उपाधि चुमेको हो । रुपनीका लागी जर्सि नं. ११ का रुबेन राई र जर्सि नं. ११ का सन्देश कार्कीले १–१ गोल गरे । यस खेलको म्यान अफ द म्याच रुपनिका रुबेन राई बने । त्यस्तै बेस्ट गोल किपर रुपनिका कुशल महतरा, बेष्ट डिफेन्ण्र धनगढीका प्रेम राई, बेष्ट मिडफिल्डर धनगढीका ओसन चौधरी, सार्वाधिक गोल कर्ता जनहित युवा क्लबका बिक्रम सुनार र रुपनिका छितिज चौधरी मोष्ट भ्यालुएबल खेलाडी बने । त्रियुगा नगरपालिका वडा नं. १ का अध्यक्ष मनोज कुमार चौधरीले उपाधि विजेता रुपनिलाई नगद रु. १५ हजार र उपविजेता धनगढीलाई नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका...
वडा कप फुटबलको मैत्रिपुर्ण खेलमा राजनीतिक दल र जोगिदह विजयी

वडा कप फुटबलको मैत्रिपुर्ण खेलमा राजनीतिक दल र जोगिदह विजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १३ । त्रियुगा नगरपालिका वडा नं. १ मलामीघाटी पूर्वटोलमा जारी दोस्रो वडा कप फुटबल प्रतियोगिताको मैत्रिपुर्ण खेलमा स्थानीय राजनीतिक दल र जोगिदह युवा महिला क्लब विजयी भएका छन् । मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा स्थानीय राजनीतिक दलले जनप्रतिनिधि तथा सरकारी कर्मचारी टिमलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गरेको हो । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा लगिएको थियो । दोस्रो मैत्रीपूर्ण खेलमा जोगिदह महिला युवा क्लबले जनहित महिला युवा क्लबलाई १-० गोलले पराजित गर्‍यो । जोगिदहका लागि जर्सी नं. ४ की आकृति राईले पेनाल्टीमार्फत निर्णायक गोल गरिन् । यस खेलको म्यान अफ द म्याच बनेकी आकृती राईले नगद रु. ५०० रुपैँया प्राप्त गरिन् । विजेता जोगिदह टिमले नगद रु. १,००० र उपविजेता जनहित टिमले रु. ५०० प्राप्त गरे । वडा स्तरीय खेलकुद समितिद्वारा आयोजित यस प...
दोश्रो बेलका गोल्ड कपको उपाधि गाईघाटले जित्यो

दोश्रो बेलका गोल्ड कपको उपाधि गाईघाटले जित्यो

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ११ । उदयपुरको बेलका नगरपालिकामा सम्पन्न दोस्रो बेलका गोल्ड कपको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा एभरेस्ट फुटबल क्लब सुनसरीलाई २-० गोलले पराजित गर्दै गाईघाट एफसीले उपाधि चुमेको हो । "बेलकाको शान खेलकुद विकासमा हातेमालो हाम्रो अभियान" भन्ने मूल नारासहित ब्रदरहुड फुटबल क्लबको आयोजनामा वडा नं. ६ स्थित लेकाली रंगशालामा भएको फाइनल खेलमा गाईघाटका रवि संखर चौधरीले दुई गोल गरे । मध्यान्तरपछि खेलाडी संखरले लगातार दुई गोल गर्दै टोलीलाई उपाधि दिलाउन सफल भए । विजेता गाईघाट एफसीले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता एभरेस्ट एफसीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्‍यो । खेलको म्यान अफ द म्याच दुई गोलकर्ता रवि संखर चौधरी घोषित भए । विधागत पुरस्कारतर्फ गाईघाटका अनिल मगर उत्क...
दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको उपाधि सगरमाथाले जित्यो

दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको उपाधि सगरमाथाले जित्यो

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १० । दोस्रो स्वर्गिय युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको उपाधि सगरमाथा फुटबल क्लब राजावासले जितेको छ । शनिबार बगाहाको खेल मैदानमा भएको फाईनल खेलमा दमौटी फुटबल क्लबलाई टाईब्रेकरमा १ गोलको विरुद्ध ४ गोल गर्दै सगरमाथाले उपाधि चुमेको हो । निर्धारित समयमा गोल रहित बराबरी खेलेपछि पहिलो संस्करणको विजेता दमौटीलाई टाईब्रेकरमा हराउँदै सगरमाथा फुटबल क्लब राजावासले दोस्रो संस्करणको उपाधि कब्जा गरेको हो । सगरमाथाका लागी जर्सि नं. ११ का निश्चल मोक्तान, जर्सि नंं ७ का सनिष लिम्बु, जर्सि नं. ६ का सन्दिप लिम्बु र जर्सि नं. ८ का देवराज चौधरीले गोल गरे । दमौटीको लागी जर्सि नं. ८ का अजित चौधरीले गोल गरे भने जर्सि नं. ४ का गणेश भुजेल र जर्सि नं. १७ का निश्चल ठकुरीको प्रहार गोल रक्षकले रोकेका थिए । यस खेलको म्यान अफ द म्याच र बेष्ट गोलकिपर सगरमाथा फुटबल क्लब जर्सि नं. १ का निश्चल क...