सगरमाथा दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको फाईनलमा
पूर्णपुष्टि, कार्तिक ७ । त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको फाईनलमा सगरमाथा फुटबल क्लब (राजावास) पुगेको छ । बुधबार बगाहाको खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा बेल्टार एकता युवा क्लबलाई पेनाल्टी सुटआउटमा २–४ गोल अन्तरले हराउँदै राजावास फाईनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिइएको हो । सगरमाथाका लागी जर्सि नं. ११ का निश्चल मोक्तान, जर्सि नं. ८ का देवराज चौधरी, जर्सि नं. ७ का सनिष लिम्बु र जर्सि नं. ३ का रमेश राजवंशीले गोल गरे । त्यस्तै बेल्टारका लागी जर्सि नं. १३ का सागर राई र जर्सि नं. ९ का विश्वास राईले गोल गरे भने जर्सि नं. ११ का कप्तान सरद राई र जर्सि नं. ४ का मनिक राईको प्रहार गोल रक्षकले रोकेका थिए ।
यस खेलको म्यान अफ द म्याच सगरमाथा फुटबल क्लबका जर्सि नंं २० का...








