Saturday, August 15News That Matters

खेलकुद

प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबलको उपाधि बोक्से युवा संजाललाई

प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबलको उपाधि बोक्से युवा संजाललाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २ । प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबल प्रतियोगिताको उपाधि बोक्से युवा संजालले जितेको छ । शनिबार भएको फाईनल खेलमा बोक्से युवा संजालले फ्युजन फुटबल क्लब बोक्सेलाई १–० गोलले हराउँदै उपाधि कब्जा गरेको हो । त्रियुगा नगरपालिका–१० गंगा खेल मैदानमा भएको खेलमा आर्यन दनुवारले गरेको एक मात्र गोल बोक्से युवा संजालको जितको लागी निर्णायक गोल बन्यो । उपाधि विजेता बोक्से युवा संजालले नगद रु. १० हजार ५ सय रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता फ्युजन फुटबल क्लबले नगद रु. ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।...
युरो कप आजदेखी सुरु, उद्घाटन खेल जर्मनी र स्कल्याण्डबिच हुने

युरो कप आजदेखी सुरु, उद्घाटन खेल जर्मनी र स्कल्याण्डबिच हुने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ३२ । युरो कप फुटबल प्रतियोगिता २०२४ आजदेखी सुरु हुँदैछ । आजदेखी सुरु हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक जर्मनी र स्कल्याण्डबिचको खेल जर्मनीको म्युनिखमा नेपाली समय अनुसार रातिको १२:४५ बजे सुरु हुनेछ । जर्मनीले तेस्रो पटक आयोजना गरेको युरोको १७ औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म संञ्चालन हुनेछ । यसअघि जर्मनीले युरो कप सन् १९८८ मा आयोजना गरेको थियो भने सन् २०२० को संस्करण युरोकपको ११ देशमा युरोका खेल हुँदा जर्मनीको म्युनिखमा चार खेल भएको थियो । त्यस्तै सन् २००६ मा जर्मनीले विश्वकै सबैभन्दा ठुलो फुटबल प्रतियोगिता फिफा विश्वकप आयोजना गरेको थियो । यस प्रतियोगितामा युरोपका २४ राष्ट्रले प्रतिष्पर्धा गर्नेछ । सहभागी २४ राष्ट्रलाई ६ समुहमा विभाजन गरिएको छ जसमा एक समुहमा ४–४ टिम समावेश गरिएको छ । (समुह ‘ए’ मा जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीट्जरल्याण्ड) (समुह ‘बि’ मा स्पेन...
बाहिनिपति रनिङ शिल्डको उपाधि श्री रणभिम गण खोटाङलाई

बाहिनिपति रनिङ शिल्डको उपाधि श्री रणभिम गण खोटाङलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ३० । उदयपुरमा आयोजित वाहिनिपति रनिङ शिल्डको उपाधि श्री रणभिम गण खोटाङले जितेको छ । जिल्लाको त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा विभिन्न विधामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रणभिम गण खोटाङले रनिङ शिल्डको उपाधि हात पारेको हो । रणभिम गण खोटाङले रनिङ शिल्डमा २० वटा स्वर्ण, ६ वटा रजत र २ वटा कास्य गरी २८ वटा पदक जित्दै शिल्ड उठाउन सफल भएको हो । रणभिम गण खोटाङले ८ विधामध्ये ४ विधाको उपाधि जितेको छ । रणभिम गण खोटाङले भलिवल, बास्केटबल, स्विमिङ र ऐथ्लेटिक्सको उपाधि जितेको छ । त्यस्तै आज भएको बाहिनिपति ट्रफी फुटबल प्रतियोगिताको फाईनल खेलमा श्री दुर्गा बक्स गण ओखलढुङ्गाले श्री पशुपति प्रसाद गण बोक्सेलाई ४–१ गोलले पराजित गर्दै उपाधि जितेको छ । खेलको ७५ औं मिनेटमा श्री पशुपति गण बोक्सेका जर्सि नं. १ का गोल रक्षक राजहाङ राईले आत्मघाती गोल गरेका थिए । तर, खेलको ८९ ...
टी–२० विश्वकपमा आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल

टी–२० विश्वकपमा आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २२ । टी–२० विश्वकपमा आज नेपालले समुह चरणको आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालस ग्राड प्रेरी क्रिकेट रंगशालामा ९ स् १५ मा सुरु हुनेछ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । सोमबार राति ग्राण्ड प्रेरीमा भएको समूह डी को पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको छ । सुपर–८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । नेपाल र नेदरल्यान्ड्सबीच टी–२० आईमा १२ खेल भएका छन् । जसमध्ये नेपाल ५ खेलमा विजयी भएको छ भने ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको थियो ।...
टि–२० विश्वकपमा घरेलु टोली अमेरिकाको विजयी सुरुवात

टि–२० विश्वकपमा घरेलु टोली अमेरिकाको विजयी सुरुवात

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २० । आजदेखी सुरु भएको आईसीसी टि–२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिकारले जित हात पारेको छ । आईतबार बिहान घरेलु मैदान डालासमा भएको खेलमा अमेरिकारले क्यानाडालाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । क्यानाडाले दिएको १९५ रनको पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको हो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६।३ ओभरमा ४२–२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अमेरिकाको सुरुआत भने त्यति राम्रो हुन सकेको थिएन । कलिम सानाको दोस्रो बलमै स्टिभ टेलर शून्यमा एलबी डब्लू आउट भएका थिए । त्यसपछि कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा ...
टि–२० विश्वकप आजदेखी सुरु

टि–२० विश्वकप आजदेखी सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २० । टि–२० क्रिकेट विश्वकप आजदेखी सुरु हुदैँछ । आजदेखी सुरु हुने विश्वकप संयुक्त राज्य अमेरिका र वेष्ट ईन्डिजमा हुनेछ । विश्वकपको उद्घाटन खेल आज घरेलु टोली अमेरिका र क्यानाडा बिच हुनेछ । पहिलो पटक टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको छ । सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५–५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि टोलीलाई ४–४ को २ समूहमा विभाजन गरिनेछ । सुपर–८ पछि सेमिफाइनल र फाइनलको बाटो तय हुनेछ । समूह ए मा भारत, पाकिस्तान, आयरल्याण्ड, अमेरिका र क्यानडा छ भने समूह बी मा इङ्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेको छ । त्यस्तै समूह सी मा न्यूजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छ भने समूह डी दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड र ने...
रियल मड्रिडले जित्यो कीर्तिमानी १५ औं पटक च्याम्पियन लिगको उपाधि

रियल मड्रिडले जित्यो कीर्तिमानी १५ औं पटक च्याम्पियन लिगको उपाधि

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २० । स्पानिस क्लब रियल मड्रिडले च्याम्यिन्स लिगको उपाधि जितेको छ । शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनल खेलमा रियल मड्रिडले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–० गोल अन्तरले हराउँदै उपाधिमाथि कब्जा गरेको हो । रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे । रियलका लागी दोस्रो हाफको ७४औं मिनेटमा कार्भाजल र ८३औं मिनेटमा भिनिसियलले गोल गरे । च्याम्पियन्स लिगमा सधैं फेभरेट टोलीको रुपमा रहने रियलले कीर्तिमानी १५ पटक उपाधि जितेको हो ।...
उदयपुर ए डिभिजन लिगको उपाधि गाईघाट फुटबल क्लबलाई

उदयपुर ए डिभिजन लिगको उपाधि गाईघाट फुटबल क्लबलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १६ । उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ । बुधबार भएको फाईनल खेलमा गाईघाट फुटबल क्लबले फ्युजन फुटबल क्लब बोक्सेलाई १–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । गाईघाटलाई जित दिलाउन जर्सि नं १२ का संदिप लिम्बुले खेलको ८३ औं मिनेटमा गरेको गोल नै जितको लागी निर्णायक बन्यो । यस प्रतियोगिताको म्यान अफ द म्याच संदिप लिम्बु बने । गाईघाट फुटबल क्लबले नगद रु. ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । विजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले पुरस्कार हस्ताण्तरण गरेका हुन् । उपविजेता फ्युजन फुटबल क्लब बोक्सेले नगद रु. ३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै प्रतियोगिता भरकै उत्कृष्ट गोलकिपर फ्युजन फुटबल क्लब जर्सि नं ३२ का आशिष बुर्जा मगर भए । उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । गा...
गाईघाट फुटबल क्लब उदयपुर ए डिभिजन लिगको फाईनलमा

गाईघाट फुटबल क्लब उदयपुर ए डिभिजन लिगको फाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १४ । गाईघाट फुटबल क्लब उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । सोमबार भएको दोस्रो सेमिफाईनलमा गाईघाट फुटबल क्लबले नव प्रभात नेपाल पोर्ताहालाई २–० गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको हो । गाईघाटका लागी जर्सि नं १२ का संदिप लिम्बुले दुई गोल गरे । उनले खेलको १६ र ५५ औं मिनेटमा गोल गरे । यस प्रतियोगिताको म्यान अफ द म्याच सोही जर्सि नं १२ का संदिप लिम्बु भए । अब उपाधिका लागी गाईघाट फुटबल क्लब र फ्युजन फुटबल क्लब बोक्से बिच प्रतिष्पर्धा हुनेछ । फाईनल खेल बुधबार हुनेछ । लिग विजेताले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।...
आईपिएलको उपाधि कोलकातालाई

आईपिएलको उपाधि कोलकातालाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १४ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आईतबार भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सनराइजर्स हैदराबादले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । कोलकाताका लागी वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६–६ रन बनाए । हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक–एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा अल आउट भएको थियो । हैदराबादका प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए । एडे...