Saturday, August 15News That Matters

खेलकुद

मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ११ र २ भिड्ने

मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ११ र २ भिड्ने

Breaking News 1, खेलकुद
पूर्णपुष्टि,असार १५ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा जारी स्वर्गीय लालशेर राई मेयर कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफानल खेल सम्पन्न भएको छ । शुक्रवार गाईघाटको थरुहट रंगशालामा भएको अन्तिम सेमीफाइनमा वडा नम्बर-८ राजाबारलाई ट्राइवेकरमा २को विरुद्ध ३ गोल अन्तरले पछि पार्दै वडा नम्बर २ जोगिदहले फाइनलमा प्रवेश पाएको हो । यता विहिवार दोस्रो खेलमा वडा नम्बर ११ले वडा नम्बर ५लाई १ गोलको विरुद्ध २ गोल गर्दै फाइनलको बाटो तय गरेको थियो । जसमा वडा ११को लागि जर्सी नम्बर ११का खेलाडि सुनिल खड्काले टिमका लागि २ गोल गरेको थियो । यस्तै आज भएको अन्तिम सेमिफाइनल खेलमा दुवै टिमका खेलाडिहरुले फाइनलको लागि प्रतिस्पर्धा भएको थियो । खेलको निर्धारीत समय सम्ममा पनि दुवै टिमका तर्फबाट स्कोर गर्न नसके पछि खेल ट्राइवेकरमा परिणत भएको थियो । निकै प्रतिस्पर्धात्क देखिको खेलमा अन्तत वडा नम्बर ८ले हार व्यवहोर्नु...
मेयर कप फुटबल प्रतियोगिता : वडा नं.५ र १३ बिजयी

मेयर कप फुटबल प्रतियोगिता : वडा नं.५ र १३ बिजयी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि,असार १४ । जिल्ला फुटवल संघ उदयपुको आयोजनामा जारी स्व.लालसेर राई स्मृति २३औँ मेयरकप फुटबल प्रतियोगिताको क्वाटर फाईनल खेलमा वडा नम्बर ८ र १३ विजयी भएको छ । बुधवार सम्पन्न पहिलो खेलमा वडा नम्बर ८ संग वडा नम्बर १३ बिच प्रतिस्पर्धा भएको थियो । क्वाटर फाइनल खेलको पहिला चरणमा वडा नम्बर ८लाई वडा नमबर १३लाई १ गोलको विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश पाएको हो । पहिलो हाफको ६औँ मिनेटको खेल चलिहँदा जर्सी नम्बर ७का खेलाडि हेम दनुवारले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । प्रतियोगिताको निर्णायक खेल प्रदर्शन गरेका हेमले पूर्ण टिमका लागि २ गोल गर्दै टिमलाई दोव्वर अग्रता दिलाएको थियो । यता विपक्षी टिममा रहेको वडा नम्बर १३को तर्फबाट खेलको अन्तिम चरणको समयमा जर्सी नम्बर ११का खेलाडि दिपेश प्रधानले गोल गर्दै टिमको लागि खाता खोलेका थिए । जस अनुसार पहिलो खेलको प्रतियोगितामा व...
मेयर कप फुटबल प्रतियोगिता : आयुवको निर्णयक गोलमा वडा न. ११को विजयी

मेयर कप फुटबल प्रतियोगिता : आयुवको निर्णयक गोलमा वडा न. ११को विजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार १२ । उदयपुर गाईघाटमा जारी २३औ लालशेर राई स्मृति मेयर कप फुटबल प्रतियोगिताको चौथौ दिनको दोस्रो खेलमा आयुव राईको निर्णायक गोलले वडा नम्बर ११ बिजयी भएको छ । मंगलवार सझँको करिव ४ः४५ देखि सुरु भएको खेलमा वडा नम्बर ३ मोतिगडालाई १–० गोलले पराजित गर्दै वडा नम्बर ११ बिजयी भएको हो । गाईघाटको थरुहट रंगशालामा सम्पन्न दोस्रो खेलको पहिलो हाफको २३औँ मिनेटमा गोल गर्दै आयुवले उत्कृष्ट गोल गर्दै ११ वडालाई अग्रता दिलाएका थिए । खेलको सुरुवातमै दुवै टिमका तर्फबाट काउन्टर अट्याकिङ खेल प्रदर्शन भएको थियो । त्यसपछि दुवै टिमवाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैवाट पनि गोल हुन सकेन । अन्ततः खेल १–० मा नै टुंग्याउँदै वडा नम्बर ११ बिजयी भयो । प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ११का आयुव राईले नगद रु १००० प्राप्त गरेका छन् । भोली हुँने खेलमा वडा नम्बर १३ संग वडा नम्बर ८ ले पहिलो ख...
मेयर कप फुटबल प्रतियोगिता : चौथौ दिन वडा नम्बर १४ साउने बिजयी

मेयर कप फुटबल प्रतियोगिता : चौथौ दिन वडा नम्बर १४ साउने बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार १२ । उदयपुरको त्रियुगा नगरपालिकाका प्रमथ मेयर स्वर्गीय लालशेर राईको ३३औँ स्मृतिमा जारी फुटबल प्रतियोगितामा वडा नम्बर १४ साउने विजयी भएको छ । मंगलबार विहानको करिव ८ बजे देखि थरुहट रंगशालामा सुरु भएको खेलमा साउनेले वडा नम्बर ७ राजाबासलाई ०को विरुद्द १ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको खेलमा दुवै टिमले उत्कृष्ट खेल प्रदशर्नी गर्दापनि कुनै परिणम स्वरुपम गोल हुन सकेन् । दुवै टिमका खेलाडिहरु गोल आफ्नो पक्षमा पार्नको धेरै प्रयास गर्दा पनि उक्त प्रयास असफल रह्यो । यद्दपी दोस्रो हाफको खेल सुरु भएको केहि समयमा साउनेले काउन्टर अट्याकिङ खेल प्रदर्शन गर्दै जीत आफ्नो पोल्टामा पारेको छ । दोस्रो हाफको ५६औँ मिनेटमा जर्सी नम्बर ७ का खेलाडि खिल राज मगरले आशिष राईको पासमा गोलपोस छेउमा आएको बललाई सदुपयोग गर्दै विपक्षी टिमका पोसजाली चुमाउँदै निर्णायक गोल गरेका थिए । प्रतियोगिताको ...
गाईघाट मेयर कप फुटबल प्रतियोगिता : वडा नं.१३ र ५ बिजयी

गाईघाट मेयर कप फुटबल प्रतियोगिता : वडा नं.१३ र ५ बिजयी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि,असार १२ । उदयपुर गाईघाटमा अवस्थित थरुहट रंगशालामा जारी २३औ स्वर्गीय लालशेर राई स्मृति मेयर कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नम्बर १३ र ५ बिजयी भएका छन् । सोमबार सम्पन्न तेस्रो दिनको पहिलो खेलमा वडा नम्बर १३ र दास्रो खेलमा वडा नम्बर ५ले सहज जीत निकालेका हुन् । पहिलो चरणको खेल १३ नम्बरले ९ नम्बर (राजाबास)को सामना गरेका थिए । खेलको सुरुवाती चरण देखिनै खेल निकै रोमाञ्चक देखिएता पनि दुवै टिमले निर्धारीत समय सम्म एक अर्काको गोलपोसमा बल चुमाउँन नसक्दा खेल पेनाल्टि सुटआउटमा परिणत भएको थियो । पेनाल्टि सुट आउटमा टिमका ५ जना खेलाडीले पेनाल्टी सुट गरेका थिए । पेनाल्टिमा वडा नम्बर १३का तर्फबाट जर्सी नम्बर १३का दिपेश प्रधान, जर्सी नम्बर ३ अनोज चौधरी र जर्सी नम्बर ९का टिका चौधरी गोल गरे । यता राजावाको तर्फबाट ५ जना मध्य जर्सि नम्बर ११का सन्तोश श्रेष्ठले प्रहार गरेको बल मा...
२३आँ मेयर कप फुटबल प्रतियोगिताः वडा २ र ३ बिजयी

२३आँ मेयर कप फुटबल प्रतियोगिताः वडा २ र ३ बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार १० । उदयपुरको गाईघाटमा जारी २३औ स्वर्गीय लालशेर राई मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा वडा नम्बर २ र ३ बिजयी भएको छ । जिल्ला फुटबल संंघ उदयपुरको आयोजनामा शनिवार देखि सुरु भएको प्रतियोगितामा (आईतवार) भएको दुई खेलमा वडा नम्बर २ जोगिदहर र ३ मोतिगडाले सहज जीत निकालेको हो । गाईघाटको थरुहट रंगशालामा सम्पन्न दोस्रो दिनको पहिलो चरणको खेलमा बोक्से र जोगिदह बिच प्रतिस्पर्धा भएको थियो । पहिलो हाफको अन्तीम समय सम्म पनि दुई टिमले पनि खाता खोल्न नसक्दा खेल निकै रोमाञ्चक बनेको थियो । सवैले रुचाएको टिम बोक्सेले भने यसपाली मेयर कपको उपाधी उचाल्ने अवसर गुमाएको छ । बोक्से र जोगिदह बिच भएको खेलमा ० को विरुद्ध २ गोल गर्दै बोक्सेलाई जोगिदहले पाखा लगाएको हो । बोक्सेले पहिलो खेलमै खराव खेल प्रदर्शन गरेपछि त्यसको भरपुर फाईदा लिँदै जोगिदहले बोक्से प्रतिद्दन्धीको रुपमा आफुलाई...
गाईघाटको थरुहट रंगशालामा मेयर कप फुटबल प्रतियोगिता सुरु

गाईघाटको थरुहट रंगशालामा मेयर कप फुटबल प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, समाचार
उदयपुर, असार ९ । उदयपुरको त्रियुगा नगरपालिकाका प्रथम मेयर स्वर्गीय लालशेर राईको स्मृतिमा २३ औ मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा स्थानीय थरुहट रंगशालामा सप्ताहव्यापी हुने खेल उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका वर्तमान प्रमुख बशन्त बस्नेतले संसारमै सबै भन्दा लोकप्रिय खेलको रुपमा फुटबल खेल परिचित रहेकाले नेपाली फुटबल टिमले दक्षिण एसिया खेलहरु खेल्ने अवसर पाएको बताए । खेलको माध्यमबाट संसारलाई चिनाउँने अवसर नेपाले पाएको छ । उनले भने ‘उदयपुर जिल्लाको हकमा खेलकुद क्षेत्रमा प्रयाप्त बजेट व्यवस्थापन गर्न देशमा रहेको आर्थिक संकटको कारणले धेरै कठिनाईहरु आई परको छ ।’ विगतको समयमा नगरले २९ देखी ३० लाख सम्म खेलकुदको लागि बजेट छुट्याएको बताउँदै प्रमुख बस्नेतले नगरका भरीका १६ वटै वडाहरुमा खेलकुदका लागि छुटाएको रकम एकिकृत गर्ने ...
नेदरल्याण्ड्स विरुद्धको महत्वपूर्ण खेलमा नेपाल १६७ रनमै अलआउट

नेदरल्याण्ड्स विरुद्धको महत्वपूर्ण खेलमा नेपाल १६७ रनमै अलआउट

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ९ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अलआउट हुँदै नेपालले नेदरल्याण्ड्सलाई १६८ रनको लक्ष्य दिएको छ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै ८ विकेट गुमाएर १६७ रन बनाएको हो । टप सिक्सको सम्भावना कायम राख्न आज नेदरल्यान्ड्सलाई जित्नै पर्ने दबाबमा खेलेको नेपालले कमजोर ब्याटिङ गरेको छ । नेपालका लागी कप्तान रोहित पौडेलले सार्वाधिक ३३ रन बनाए । ओपनर ब्याटर आशिफ शेख रन बिहिन हुँदै आउट भए भने कुशल भुर्तेलले २७ रन बनाएर आउट भए । भिम सार्कीले २२ रन बनाएर आउट भए सन्दिप लामिछानेले २७ रन र दिपेन्द्र शिंह ऐरीले १४ रन बनाए । गुल्सन झा ले १५ रन र कुशल मल्लले १२ रन बनाए । नेदरल्याण्डका लागी भान वीकले ४ विकेट लिए भने डि लीड र भिक्रम शिंहले समान २–२ विकेट लिए । यदी नेपालले नेदरल्याण्ड्लाई हराए पनि...
दक्षिण एसियाकै पहिलो ड्रागन बोट रेसमा नेपाल दास्रो स्थान

दक्षिण एसियाकै पहिलो ड्रागन बोट रेसमा नेपाल दास्रो स्थान

खेलकुद, समाचार
पूर्णपुष्टि,असार ९ । पोखरामा दक्षिण एसियाकै पहिलोपट आयोजना गरिएको ड्रागन बोट रेसमा नेपालले दोस्रो स्थान हाप पारेको छ । बिभिन्न चरणहरु पार गर्दै शनिवार अन्तिम चरण प्रतियोगिता अन्तर्गत पाँच मिटर रेसमा चीनको युनान प्रथम भएको हो । प्रतियोगितामा नेपालको २ टिम र चिनियाँ २ टिम बीच उपाधीका लागि प्रतिस्पर्धा भएको थियो । यस अन्तर्गत नारा नेपाल टिम दोस्रो र सिचुवान ड्रागन बोट टिम तेस्रो भएका छन् । नेपालकोतर्फ बाट प्रतिस्पर्धामा सहभागी ४ टिम मध्ये ‘नारा ड्रागन बोट टीम’ र ‘एनआसीए ड्रागन बोट टीम’ले अन्तिम ४ मा स्थान लिएको जनाइएको छ।...
आज नेदरल्याण्ड्सलाई जित्नै पर्ने दबाबमा खेल्दै नेपाल

आज नेदरल्याण्ड्सलाई जित्नै पर्ने दबाबमा खेल्दै नेपाल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ९ । भारतमा हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आज नेपालले नेदरल्याण्ड्सँग खेल्दैछ । यसअघिको तिन खेल खेलेको नेपालले एक खेलमा मात्र जित हात पारेको छ भने आज हुने नेदरल्याण्ड्सँगको खेल जित्नै पर्ने दबाबमा मैदन उत्रदैछ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२:४५ बजे खेल सुरु हुनेछ । शिर्ष छ को सम्भावना कायम राख्न नेपालले नेदरल्याण्ड्लाई हराउँनु पर्नेछ छ भने अर्को खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजमाथि जित निकालेमा नेपाल सुपर सिक्समा पुग्नेछ । यदी यो खेल हारेमा नेपाल समुह चरणबाटै बाहिरिने छ । पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो भने वेस्ट ईन्डिजसँग फराकिलो रन अन्तरमा हारेको थियो । समूह ए मा चार खेल खेलेको वेस्ट इन्डिज ४ अंक सहित पहिलो र समान खेल सहित ४ अंक जोडेको जिम्बा...