मलेसियालाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि
पूर्णपुष्टि, असार १९ । एसीसी पूरुष यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई फराकिलो रन आन्तरमा हराउँदै उपाधि जितेको छ । मंगलबार भएको फाईनल खेलमा नेपालले मलेसियालाई २२१ रन अन्तरमा पराजित गर्दै उपाधि चुमेको हो ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले मलेसियालाई २५३ रनको लक्ष्य दिएको थियो । निर्धारित ३५ ओभर खेलेको नेपालले ८ विकेट गुमाएर २५२ रन बनायो । नेपालले दिएको बिशाल रनको लक्ष्य पछ्याएको मलेसियाले १४.५ ओभरमा अलआउट हुँदै ३१ रनमात्र बनायो ।
नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा मलेसियाको ब्याटरहरु धेरै समय मैदानमा टिक्न सकेनन् । नेपालका लागी कप्तान अभिषेक तिवारीले ५ विकेट लिए भने सन्तोष यादवले ३ विकेट लिए । सागर गिरी र अशोक धामीले समान १–१ विकेट लिए ।
नेपाली टोलीका लागी नरेन भट्टले शतक प्रहार गरे । ८९ बल खेलेका उनले दश चौका र दुई छक्का मद्दतमा सार्वाधिक ११२...









