एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘मलाई झुक्याइयो, म माओवादीमै छु’
अर्जुन आर्चाय
पूर्णपुष्टि, असोज १८
मोरङ कानेपोखरी–४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर प्रचार गरिएको प्रचार झुटो भएको बताएका छन् । शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको र सो विषयमा आफ्नो असहमति रहेको बताएका हुन् ।
आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनले आफू माओवादी निकटको एकीकृत अखिल नेपाल शिक्षक संगठनमै रहेको र माओवादीमै गोलबद्ध हुन सबै शिक्षकलाई आव्हान पनि गरेका छन् ।
‘केही हप्ताअघि मलाई झुक्याएर मेरा आफ्नै संगठनका साथीहरूबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको घटनाप्रति मेरो असहमति रहेको सबैमा जानकारी गराउँछु’, विज्ञप्तिमा उल्लेख छ, ‘सो कार्यक्रममा म आफ्नो इच्छाले नगएको पनि स्पष्ट पार्दछु । राजनीतिक र वैचारिक रूपले उल्टोबाटो हिंडिरहेको एमाले पार्टीनिकटको शिक्षक संगठनमा म नरहेको र एकीकृत शिक्षक संगठनम...









