Thursday, June 18News That Matters

राजनीति

उदयपुरमा लघुवित्त,बैंकको चर्को ब्याजदर र महंगी विरुद्ध विरोध प्रदर्शन

उदयपुरमा लघुवित्त,बैंकको चर्को ब्याजदर र महंगी विरुद्ध विरोध प्रदर्शन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २४ । जिल्लाका गाईघाटमा लघुवित्त बैंकको चर्को ब्याजदर र मंहगी विरुद भ्रष्टाचार र राष्ट्रिय,जनघात विरुद्ध बिरोध प्रर्दशनी गरेको छ । शुक्रबार त्रियुगा नगरपलिका ११ विशालनगर टोल स्थित नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्य समिति उदयपुरको आयोजनामा ३३औँ जनआन्दोलन दिवसको अवसरमा भष्टाचार र राष्ट्रघात जनघात बिरुद्को बिरोध प्रदर्शन कार्यक्रम गरिएको हो । प्रदर्शनमा उदयपुर जिल्ला ईन्चार्ज अमृत खत्रीको नेतृत्वमा बिभिन्न नाराहरु सहित गाईघाटको मुख्या चोक हुँदै बजार परिक्रमा गरेको विरोध र्याली पिपलचौकमा पुगि कोणसभामा परिणत भएको थियो । र्‍यालीमा ३३औ जन आन्दोलन दिवस सफल पारौँ, बीर सहित लाल सलाम, राष्ट्रिय स्वाधिनताको रक्षा गर, बढ्दो महङ्गि नियन्त्रण गर, लघुबित्त संस्था खारेज गर र भ्रष्ट्राचारिुलाई फाँसी दे लागाएतका नाराहरुको साथ करिव ५० जनाको सहभागितामा र्‍याली प्रदर्शनी गरेको थियो ।...
आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सरकारद्धारा सहिद घोषणा

आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सरकारद्धारा सहिद घोषणा

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २४ । सरकारले जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशमा भएको आन्दोलनमा घाइते भई उपचारको क्रममा ज्यान गुमाएको पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बुलाई सहित घोषणा गर्ने निर्णय गरेको हो । आन्दोलनको क्रममा ज्यान गुमाएका लिम्बुको परिवारलाई सरकरले क्षतिपूर्ति सम्मेत दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए । उनका अनुसार सरकारको तर्फबाट क्षतिपूर्ति कति दिने भन्न निर्णय टुङ्गो नलागेको उनले बताए । यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । गत चैत्र ५ गते विराटनगरको प्रदेशको नाम कोशी राखेको विरोध प्रदर्शनमा सहभागी लिम्बु प्रहरीको लाठी चार्जबाट घाइते भएका थिए । घाईते भएको लिम्बुलाई उपचारको क्रममा चैत्र १० गते मृत्यु भएको थियो ...
उपनिर्वाचनको लागि आजदेखि आचारसंहिता लागु

उपनिर्वाचनको लागि आजदेखि आचारसंहिता लागु

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २४ । आगामी बैशाख १० गते हुन लागिको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि (शुक्रवार) आज देखि आचारसंहिता लागु हुने भएको छ । आयोजका अनुसार आज देखि निर्वाचन सम्पन्न नभएको ठाउँपमा आचारसंहिता लागु हुने भएको हो । आचारसंहिता लागू भएपछि चुनावमा के गर्न पाइन्छ र के गर्न पाइन्न भन्ने विषय निक्र्योल हुन्छ । तर आचारसंहिता उल्लङघनमा देखिने गरी कारबाही नभएको भन्दै आलोचना समेत हुने गरेको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले उपननिर्वाचनमा आचारसंहीता उल्लंघन गर्ने कसैलाई आयोगले नछोड्ने दाबी गरेका छन् ।...
कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित कोशी प्रदेशका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु र मोर्चाका नेताहरुको टोलीले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त आश्वाशन दिएका हुन् । सुरुमा पहिचानको मुद्धा माओवादीले उठाएकोले त्यसलाई अझै पनि नछाड्ने बताउदैँ पार्टीको तर्फबाट कोशी प्रदेशको नाम सच्याउनको लागी पहल गर्ने प्रधानमन्त्रीले बताएका हुन् । कोशी प्रदेशमा मतदान गर्ने पक्षमा पार्टी केन्दको नीति नरहेको पनि प्रचण्डले बताएका थिए । गत फाुन १७ गते प्रदेश सभामा कोशी प्रदेशमा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि प्रदेशको नाम सच्याउने पक्षमा रहेको छ । १ नंम्बर प्रदेशको नाम प्रदेश सभाबाट ‘कोशी’ पारीत भएपछि पहिचानव...
त्रियुगा जनता बहुमुखी क्याम्पसका स्ववियु पदाधिकारीले लिए सपथ

त्रियुगा जनता बहुमुखी क्याम्पसका स्ववियु पदाधिकारीले लिए सपथ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २३ । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । क्याम्पसमा बुधवार एक र्यक्रमको आयोजना गर्दै सभापतिमा निर्वाचित सरोज कार्की सहितका पदाधिकारीले सपथत लिएका हुन् । निर्वाचित पदाधिकारीलाई क्याम्पु प्रमुख डा।कैलाशकुमार राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । यही चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा नेकपा माओबादीको विद्यार्थी संगठन सरोज कार्की १ मत बढीले सभापति चुनिएका थिए । उनले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९नेविसं०का उम्मेदवार चेतन पोखरेललाई पराजित गरेका थिए । कार्यक्रममा उनीहरुलाई आ–आफ्नो ओहदाको प्रमाणपत्र समेत वितरण गरिएको थियो । सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सरोज कार्की, सचिव हेमकुमार रानामगर, कोषाध्यक्ष डोमा राईले सपथ लिए । त्यस्तै सदस्यहरु प्रकृति दनुवार, सुमित्रा श्रेष्...
फौजदारी अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

फौजदारी अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २२ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेको छ । मंगलबार म्यानहटन अदालतमा सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो । बीबीसीका अनुसार अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने र आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए । अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो । उनी विरुद्ध ट्रम्पमाथि ३४ आरोप लागेका छन् ।...
उम्मेदवारी खारेजीको माग गर्दै रवि लामिछाने विरुद्ध निर्वाचन आयोगमा उजुरी

उम्मेदवारी खारेजीको माग गर्दै रवि लामिछाने विरुद्ध निर्वाचन आयोगमा उजुरी

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २१ । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल९सफल०ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी बुझाएको हो । २०७२ सालको संविधानको धारा २९१मा विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छ । तर, रवि लामिछानेले माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनर्प्राप्ति गरेको र सो अघि उनले निस्सा बुझाएको नदेखिएकाले देखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ। सोमबार मात्र लामिछानेले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।...
तनहुँमा रास्वपालाई विवेकशील साझा पार्टीले समर्थन गर्ने

तनहुँमा रास्वपालाई विवेकशील साझा पार्टीले समर्थन गर्ने

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २० । आगामी वैशाख १० गते हुन गैरहेकोे उपनिर्वाचनमा राष्ट्रिय स्तन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई तनहुँ क्षेत्र नम्बर १का तर्फबाट विवेकशील साझ पार्टीले समर्थन गर्ने भएको छ । यस पटक विवेकशील साझा पार्टीले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय पछि रास्वपालाई सहयोग गर्ने भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गर्नुभएको छ । वाग्लेलाई हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा आवश्यकता पर्ने महसुस गर्दै विवेकशील साझा पार्टी, तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थन गर्दछ,ु पार्टीले जारी विज्ञप्ति उल्लेख गरेको छ । विवेकशील तनहुँका संयोजक नगेन्द्र शर्मा ढुंगाना डा। पार्टी सभापति स्वर्णिम वाग्लेलाई पत्र दिँदै समर्थन गर्ने बताएका हुन् । गत मंसिरमा भएको निर्वाचबाट निर्वाचित राम...
रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट

रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महा–न्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार आईतबार युवराज सफलले महान्यायाधिवक्ता निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका हुन् । चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए ।...
जसपाले हटायो परिपत्रमा उल्लेख भएको कोशी प्रदेश शब्द, हाललाई प्रदेश नं १ नै मान्ने निर्णय

जसपाले हटायो परिपत्रमा उल्लेख भएको कोशी प्रदेश शब्द, हाललाई प्रदेश नं १ नै मान्ने निर्णय

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १९ । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम पहिचान सँग सम्बन्धित नै हुनु पर्ने माग राखेका छन् । प्रदेश नं १ मा जनताको माग विपरिद नामाकरण गरिएको कोशी प्रदेश पहिचानको आधारमा हुनु पर्ने पार्टीले जनाएको छ । मिति २०७९÷१२÷१ गते पार्टीबाट पठाईएको परिपत्रमा संयोगबस कोशी शब्द उल्लेख हुन गएको हुँदा त्यसलाई सच्चाएर हाललाई प्रदेश नं १ नै प्रयोग गर्ने र पछि नाम परिवर्तन भएको खण्डमा परिवर्तित नाम प्रयोग गर्ने जानकारी गराईन्छ, पार्टीको एक पत्रमा भनिएको छ । पार्टीले पहिल्यै पनि कोशी प्रदेश नामाकरण जनताहरुको माग विपरिद भएको भन्दै प्रेस विज्ञाप्ती मार्फत यसलाई सच्याउन अनुरोध गरेका थिए । प्रदेश १ को नामाकरण कोशी राखिएको प्रति असहमति जनाएको र जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामाकरण हुनु पर्दछ भन्ने माग र आन्दोलनलाई यथोचित रुपमा सम्बोधन गर्न र गराउन सर...