जनमत पार्टीले छाडे सरकार, मन्त्री खानद्धारा राजिनामा
पूर्णपुष्टि चैत्र १७ । आफुले चाहेका मन्त्रालय नपाएपछि सिके राउत नेतृत्वका जनमत पार्टीले सरकार छाडेका छन् । सरकार छाडेपछि खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्।
शुक्रबार दिउँसो बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्। जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन्।...









