Thursday, September 10News That Matters

राजनीति

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १७ । नागरिक उन्मुक्ती पार्टीको तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी मन्त्री बन्ने भएकी छन् । सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार (नाउपा) ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको सांसद गंगाराम चौधरीले बताएका छन् । नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा चार सांसद रहेको मध्ये अध्यक्ष चौधरीलाई नै मन्त्री बनाउने पार्टीले निर्णय गरेको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । आज दिउँसो तिन बजे मन्त्रीहरुले सपथ ग्रहण गर्नेछन् ।...
अर्थशास्त्री स्वर्णिम वाग्लेले औपाचारिक रुपमा कांग्रेस परित्याग गरेको घोषणा

अर्थशास्त्री स्वर्णिम वाग्लेले औपाचारिक रुपमा कांग्रेस परित्याग गरेको घोषणा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १६ । अर्थशास्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको छ । उनले पार्टि परित्याग गर्दै बलियो बैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु,’ उनले भनेका छन् । वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ मा उपनिर्वाचन लड्ने चर्चा छ। यसबारे वाग्लेले केही खुलाएका छैनन्।...
संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको प्रकाशमानको टिप्पणी

संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको प्रकाशमानको टिप्पणी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १३ । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरेका छन् । २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको उनको भनाई छ । सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सो कुरा बताएका हुन् । २०४६ सालसम्म मूल्य मान्यता र आदर्शको रानजीतिमा दलहरुले बढी जोड दिएको थियो ‘उनले भने’ तर २०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस्ड पोलिटिक्समा रुपान्तरण भएको छ । हाम्रा आदरणीय संस्थापक नेताहरुले देखाएको बाटोमा हामी कतिको हिडिरहेको छौं ‘उनले भने’ त्यसमा सबैले मनन गर्नुपर्छ । कार्यक्रममा नेता सिंहले संकटको अवस्थामा पनि नविन्द्रराज जोशीसँग मिलेर काठमाडौंमा संगठन विस्तार लगायतका काम सम्झीएका छन् ।...
मुलुक आर्थिक संकटमा धकेलिरहेको बेला अहिलेको सरकारको ध्यान पदमा मात्र : विष्णु पौडेल

मुलुक आर्थिक संकटमा धकेलिरहेको बेला अहिलेको सरकारको ध्यान पदमा मात्र : विष्णु पौडेल

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १२ । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुक अहिले ठुलो आर्थिक संकटमा धकेलिरहेको बेला सरकारले ध्यान पदमा मात्र भएको बताएका छन् । आईतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित रहेको र यो गठबन्धनबाट देशको भविष्य नरहेको बताए । ‘मुलुक अहिले ठुलो आर्थिक संकटमा धकेलिरहेको बेला अहिलेको गठबन्धन सरकारको ध्यान पद र जिम्मेवारीमा मात्रै भएको बताएका छन् । यो गठबन्धनको सरकारबाट केही आश गर्न नसकिने उनले बताए । ‘हामी सुन्दैछौं ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ । दलहरु हामीलाई यति सिट, उति सिट चाहिन्छ भनेर दाबी गरिरहेका छन् । जनताले गठबन्धनको तमासा हेरिहेका पौडेलले बताए । प्रधानमन्त्री दाहालले संसदबाट दोस्रो पटक विश्वासको मत पाएको लामो समय बित्दा पनि मन्त्रीपरिषद् विस्तार गर्न नसकेको...
कोशी प्रदेशको नामकरण : सरकारले छानबिन समिति गठन गर्ने

कोशी प्रदेशको नामकरण : सरकारले छानबिन समिति गठन गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ११ । गत चैत्रको ५ गते कोशी प्रदेश नामकरण विवादपछि भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा छानबिन समिति गठन गर्ने निर्णय भएको हो । छलफलमा कोशी प्रदेश नामकरणमा देखिएको विवादपछि घटनाक्रमप्रति सरकार गम्भीर रहेकोे प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ ।...
स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्त ११ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो। अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ। त्रिविबाट प्राप्त विवरण अनुसार अनेरास्ववियु १९, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले १८, अखिल (क्रान्तिकारी) चार, समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत सङ्घले एक क्याम्पसमा विजयी प्राप्त गरेका छन् । अन्य क्याम्पसको विवरण प्राप्त भइरहेको त्रिविले जनाएको छ । त्रिविले पुनः निर्वाचन गर्न निर्देशन दिएपछि केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ । चैत १२ गते पोखरा वन क्याम्पस, चैत १७ गते आयुर्वेद क्याम्पसका र कृषि क्याम्पस चितवन र चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्वाचन गर्ने ...
मन्त्रीपरिषद् बैठकले नयाँ (आईजीपी) बारे निर्णय गर्ने

मन्त्रीपरिषद् बैठकले नयाँ (आईजीपी) बारे निर्णय गर्ने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १० । आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । सो बैठकले प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्तिबारे निर्णय गर्ने भएको छ । आज (शुक्रबार) सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ प्रहरी महानिरीक्षक नियुक्तीबारे निर्णय गर्नेछ । महानिरीक्षक (आईजीपी) को दाबेदारमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् । हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ महानिरीक्षक नियुक्तिको तयारी थालिएको हो ।...
काेशी नाम खारेजी आन्दाेलनका घाईते लाजेहाङकाे मृत्यु https://wp.me/pbHTHl-g6f

काेशी नाम खारेजी आन्दाेलनका घाईते लाजेहाङकाे मृत्यु https://wp.me/pbHTHl-g6f

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १० । काेशी प्रदेशकाे `काेशी´ नाम खारेजी र पुन: नामाकरणकाे आन्दाेलनमा प्रहरीकाे लाठीचार्जबाट गम्भीर घाईते लाजेहाङ सुक्वाबाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । बिराटनगरमा प्रहरी र प्रदर्शनकारीबीचकाे झडपमा टाउकाेमा गम्भीर चाेट लागेका उनकाे बिपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान २:३० बजे मृत्यु भएकाे किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले जानकारी दिएका छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह-कमाण्डर समेत रहेका लाजेहाङ्को थप उपचारको लागि काठमाडौ लाने तयारी थियो । तेह्रथुमको जिरिखिम्ती निबासी लाजेहाङ सुक्वाबाको घटनाको विषयमा सङघर्ष समितिले आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष येक्तेनले जनाएका छन् । प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले  जनप्रदर्शन गर्दा प्रदर्शनकारीले निशेधाज्ञ क्षेत्र ता...
रौतामाई–४ मा टोलभेला तथा सार्बजनिक सुनुवाई

रौतामाई–४ मा टोलभेला तथा सार्बजनिक सुनुवाई

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ९ । गाईघाट । उदयपुरको रौतामाई गाउँपालिका–४ पोखरीमा टोलभेला तथा सार्बजनिक सुनुवाई आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बिरेन्द्रकुमार मगरको प्रमुख आतिथ्य तथा वडाध्यक्ष रविन्द्रकुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रमले टोलको विकास र समृद्धिमा एकजुुट भएर लाग्ने निर्णय गरेको छ । कार्यक्रममा पालिका उपाध्यक्ष भुपिन्द्रकुमार थापा, प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेल, लेखा प्रमुख भुपध्वज रायमाझी, सामाजिक विकास समिति संयोजक तथा २ नं. वडाअध्यक्ष होमबहादुर दाहाल, ६ नं. वडाध्यक्ष पृथ्वीकुमार राई, ७ नं. वडाध्यक्ष मनोजकुमार राना मगर, ८ नं. वडाध्यक्ष घमानसिंह थापा लगायतको उपस्थिति रहेको थियो ।...
एमाले नेतृत्व कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै

एमाले नेतृत्व कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ९ । नेकपा एमाले नेतृत्व कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रको समर्थन हाल कायमै रहने भएको छ । सत्ता गठबन्धन भित्र भागबण्डाको मोडालिटी तयार नभएसम्म मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने माओवादी नेता ईन्द्रबहादुर आङ्बोले बताएका छन् । केन्द्रमा सत्ता समीकरणको मोडालिटी तयार भएपछि मात्रै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने बताए । प्रदेश सरकारको बिषयमा (केन्द्रमा) छलफल भएको छैन् । प्रदेशको अवस्था विशिष्ट रहेको छ ‘आङ्बोले भने’ अहिले नै समर्थन फिर्ता लिनेबारे सोचेका छैनौं । सरकारको बिषयमा केन्द्रबाट निर्देशन नआएको र नेतृत्वले भाग भागबण्डा गर्दा प्रदेशको अवस्थालाई बुझेर गर्नुपर्ने आङ्बोको भनाइ छ । एमाले नेतृत्व कोशी प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । ९३ सदस्यीय प्रदेशसभामा दुवै पक्षसँग स्पष्ट बहुमत छैन...