Wednesday, September 2News That Matters

राजनीति

रौतामाईमा गठबन्धनले अग्रता लियो

रौतामाईमा गठबन्धनले अग्रता लियो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ उदयपुरको रौतामाई गाउँपालिकामा सुरुको अवस्था अग्रता लिएको नेकपा एमाललेलाई उछिन्दै गठबन्धनले अग्रता लिएको छ । पालिकाको वडा नं. १ र ३ को मत गणनामा अग्रतामा रहेको एमालेलाई वडा नं. ६ को मतगणनाले पछाडि पारेको हो । अग्रता लिएको गठबन्धनतर्फको अध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका विरेन्द्र मगरको १,३५३ मत रहेको छ । उनको निकटतम प्रतिद्वन्द्वि एमालेका भरतबहादुर थापाको १,२१३ रहेको छ । उपाध्यक्षमा पनि गठबन्धनकै अग्रता रहेको छ । गठबन्धनतर्फ उपाध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका भुपेन्द्र थापाको १,२१३ रहेको छ भने एमालेका कुमारी राना ज्यू ठकुरीको १,१७० रहेको छ । सो पालिकको तीनवटा वडाको मत परिणामबाट १ र ३ वडामा एमालेको प्यानल विजयी भएको छ भने वडा नं. ६ मा गठबन्धनतर्फको जीत भएको छ ।...
उदयपुरमा दुई वडा गठबन्धन र दुई वडामा एमालेको जीत

उदयपुरमा दुई वडा गठबन्धन र दुई वडामा एमालेको जीत

Breaking News 1, राजनीति, समाचार
उदयपुर, बैशाख ३१ गेत । ७५ वटा वडाहरु रहेको उदयपुरमा चारवडाको अन्तिम मत परिणाम आएको छ । मत परिणाम अनुसार दुई वडा गठबन्धन र दुई वडामा नेकपा एमालेको जीत भएको छ । लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षमा विजयी प्राप्त भएको छ भने रौतामाई गाउँपालिका १ र ताप्ली गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट जीत हात परेको छ । लिम्चुङबुङ–४ मा क्षत्र राई र वडा ५ मा बसन्त राई विजयी भएका छन् भने रौतामाई १ मा रुद्रबहादुर कार्की र ताप्ली १ मा उद्धव हमाल विजयी बनेका छन् । एमालेको दुबै वडामा प्यानल जीत भएको हो ।...
रौतामाईको १ नं. मा एमाले प्यानल विजयी

रौतामाईको १ नं. मा एमाले प्यानल विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ । उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं. १ मा एमालेका वडाध्यक्ष उम्मेदवार रुद्रबहादुर कार्कीसहितको प्यानल विजयी बनेको छ । स्थानीय तहको हिजो सम्पन्न निर्वाचनबाट वडा नं. १ मा नयाँ जनप्रतिनिधिहरु चयन भएका हुन् । कार्कीले निकटतम प्रतिष्पर्धीलाई १३६ को मतान्तरमा ४२६ मत प्राप्तगरी विजय हाँसिल गरेका हुन् । वडाको खुल्ला सदस्यहरुमा तिलकबहादुर खड्का, मंगलबहादुर तामाङ विजयी भएका छन् । महिला सदस्यमा ज्ञानकुमारी मगर विजयी बनेका छन् भने यसअघि दलित महिला सदस्यमा फुलमाया विश्वकर्मा दियाली सर्बसहमत बनिसकेकी छिन् । सो पालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा एमाले नै अग्रस्थानमा रहेको छ । वडा नं. १ बाट एमालेका अध्यक्ष उम्मेदवार भरतबहादुर थापाले ३८६ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा कुमारी रानाज्यू ठकुरीले ३८३ मत प्राप्त गरेकी छिन् । निकटतम प्रतिद्वन्द्वि गठबन्धनको अध्यक्ष उम्मेदवार न...
लिम्चुङबुङमा नव निर्वाचित जनप्रतिनिधी

लिम्चुङबुङमा नव निर्वाचित जनप्रतिनिधी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । यही वैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा लिम्चुङबुङका २ वटा वडामा नयाँ जनप्रतिधिनी चयन भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनको मत गणनाको परिणमका आधारमा वडा नं. ४ बलम्ता र ५ जातेमा नयाँ जनप्रतिनिधी चयन भएका हुन् । वडा नं.४ बाट वडा अध्यक्ष पदमा गठबन्धनको जनता समाजवादी पार्टीका छत्रबहादुर राई ४ सय २८ मतले विजय भएको हो । त्यस्तै महिला सदस्यमा नेकपा एमालेको चामु राई ३ सय १९, दलित महिला सदस्य माओवादी केन्द्रकाट भक्त माया विश्वकर्मा ३ सय २३ र खुल्ला सदस्यहरुमा माओवादीबाटै चिनबहादुर राई ३ सय ६७ र मन्दिप राई ३ सय ६० मतका साथ वडा नं. ४ बाट बिजय भएका हुन् । १ नं. वडाबाट माओवादी केन्द्रका दलित महिला सदस्यमा देवी कुमारी कामी निरविरोध चयन भइसकेकी थिइन् । यता वडा नं. ५ मा नेपाली काँग्रेसकाबाट कविचन्द्र राई ३ सय ४ मतका साथ वडा अध्यक्ष पदमा चयन भएको हो । वडा नं. ५...
उदयपुरगढीमा गठबन्धको अग्रता

उदयपुरगढीमा गठबन्धको अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । उदयपुरको उदयपुरगढी गाउँपालिकामा हालसम्म ३ सय मत गणना गरिएकोमा १ सय ३५ मतका साथ गठबन्धनका अध्यक्ष उम्मेदवारको अग्रता रहेको छ । यता नेकपा एमालेको १ सय ११ मत आएको छ । त्यस्तै उदयपुरगढी गाउँपालिका–१ का वडा अध्यक्षमा पनि गठबन्धनको अग्रता देखिन्छ । गठबन्धनको अध्यक्ष उम्मेदवारको १ सय ३३ मत आएको छ भने एमालेको १ सय १६ मत ल्याएको छ ।...
खुकुरी प्रहार गरेको अभियोगमा स्वतन्त्र उपमेयर उम्मेदवार पक्राउ

खुकुरी प्रहार गरेको अभियोगमा स्वतन्त्र उपमेयर उम्मेदवार पक्राउ

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । खुकुरी प्रहार गरेको अभियोगमा स्वतन्त्र पदका उपमेयर उम्मेदवार पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार सशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर–४ स्थित उम्मेदवार गन्धर्वकै घर नजिकै दुईपक्षबीच झडप भएको हो । खुकुरी प्रहारबाट अन्य ४ जना घाइते भएका छन् । पूजाको बेलामा मदिरा सेवन गरेपछि विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए । दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको हुन सक्ने प्रहरीले बताएको छ ।...
बालेन शाहाको अग्रता कायमै

बालेन शाहाको अग्रता कायमै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । काठमाण्डौँ माहानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहाले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार लौरो चिन्ह स्वतन्त्र उम्मेदवार शाहाको ५२, एमालेका उम्मेदवार केशव स्थापितको ४३ र कांग्रेस उम्मेदा सिर्जना सिंहको ४१ मत आएको छ । सुरुवाती देखीनै शाहाले प्रारम्भीक अग्रता कायम गरेका थिए । अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
ताप्लीमा एमालेको अग्रता, स्वतन्त्र दोस्रो

ताप्लीमा एमालेको अग्रता, स्वतन्त्र दोस्रो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ३१ ताप्ली गाउँपालिकामा हाल सम्मको मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ । एमालेका पालिका अध्यक्ष उम्मेदवार बावुराम राईले ३७५ मत प्राप्त गर्दे अग्रता लिएको हो । त्यस्तै मुढा छापका स्वतन्त्र उम्मेदवार माहादेव रास्कोटीले दोस्रो मत प्राप्त गरेको छ । उनले २१६ मत ल्याउँदै दोस्रो स्थान ओगटेको छ । यसैगरी माओवादी र एकीकृत समाजवादीको संयुक्त गठबन्धनले ९४ मत प्राप्त गर्दै तेस्रो स्थान लिएको छ । कांग्रेसले भने हाल सम्म ५ मत मात्रै प्राप्त गरेको छ । यस्तै उपप्रमुखमा भने कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवारले ४०८ मत प्राप्त गर्दै उपाध्यक्षको अग्रता कायम गरेको छ । एमालेका उम्मेदवारले भने १३१ मत प्राप्त गर्दै दोस्रोमा छ । यता वडामा पनि एमालेकै उम्मेदवार अगाडी बढेको छ । एमालेका उम्मेदवारले २९७ मत लिएर वडाको अग्रता लिएको छ भने कांग्रेसले २४९ मत प्राप्त गरेको छ । ताप्लीको...
फर्जी मतदान गरेको अभियोगमा एक युवक पक्राउ

फर्जी मतदान गरेको अभियोगमा एक युवक पक्राउ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । अर्काको नाममा फर्जी मत हालेको अभिायोगमा जनकपुरधामबाट एक जना युवक पक्राउ परेको छ । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका– १४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रमा अर्काको नाममा मतदान गरिरहँदा जनता समाजवादी पार्टी नेपालबाट वडा सदस्यकी उम्मेदवार शिवदेवी सादा मुसहरनीको २० वर्षीय छोरा अमलेश सदालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । मतदान केन्द्रमा फर्जी मत खसाइरहेको अवस्थामा वडा सदस्य सादाका छोरा पक्राउ गरेको धनुषा प्रहरीले बताएको छ ।...
विराटनगर महानगरको वडामा मतगणना सुरु

विराटनगर महानगरको वडामा मतगणना सुरु

Breaking News Video, राजनीति, समाचार
काठमाडौं, वैशाख ३१ गते । विराटनगर महानगरपालिकाको छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ । महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८९६७ दशमलव ३५ प्रतिशत० मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । रासस...