कटारी नगरपालिकाको निःशुल्क एसईई तयारी कक्षासँगै अतिरिक्त शुल्क लिएर पढाउँदै कालिका मावि
पूर्णपुष्टि, साउन १६ । उदयपुरको कटारी नगरपालिकाले एसईईको ग्रेडवृद्धि परीक्षाका लागि निःशुल्क तयारी कक्षाको व्यवस्था गरेको भए पनि एक विद्यालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिएको खुलासा भएको छ।
कटारी नगरपालिकाले असार २३ मा सूचना जारी गरी सात विद्यालयमा निःशुल्क तयारी कक्षाको व्यवस्था गरेको थियो। नगरपालिकाले गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षकहरूलाई पारिश्रमिक दिने गरी अतिरिक्त कक्षाको व्यवस्था गरेको थियो। तर, कटारी नगरपालिका वडा नम्बर १० स्थित जनता कालिका मावि सोरुङ्गले विद्यार्थीहरूबाट थप रकम लिएको पाइएको छ। वडाध्यक्ष क्षेत्रबहादुर खड्काले शिक्षकहरुले अतिरिक्त रकम लिएको सुन्नमा आएकाले यस विषयमा छलफल गरिने बताएका छन् ।
विद्यालयका प्रधानाध्यापक शंकर कुमार श्रेष्ठले रकम लिएको स्वीकार गर्दै उक्त रकम थप अतिरिक्त कक्षा पढाएवापत अभिभावक र विद्यार्थीहरूसँगको छलफलबाट लिएको बताएका छन् । ...









