Thursday, May 7News That Matters

समाचार

मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र बिजुली उत्पादन हुने

मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र बिजुली उत्पादन हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ६ ।  सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन सुरु हुने भएको छ। चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा निर्माण भइरहेको यस आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्म प्रसारण लाइन जोड्ने काम भइरहेको छ। बाँधक्षेत्रको निर्माण सकिएको र पानी हालेर परीक्षणसमेत गरिएको छ। विद्युतगृहमा उपकरण जडान र परीक्षण चलिरहेको छ। हालै ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निरीक्षण गरी एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्न निर्देशन दिएका छन्। आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुने अनुमान गरिएको छ। प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८०...
आमाछोराको हत्यारा पक्राउ

आमाछोराको हत्यारा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि (उदयपुर), असोज ४ । उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबीसेमा दुईसाताअघि आमा छोराको हत्या गर्ने ब्यक्ति पक्राउ परेको छ । आमा अन्दाजी ४० वर्षीया निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापाको हत्या गरेको प्रमाणको आधारमा स्थानीय ३२ वर्षिय ताराबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । घटनामा प्रयोग भएका र घटनास्थलबाट बरामद भएका सामानहरुसमेत सार्बजनिक गरिएको छ । घटनास्थल नजिकै घर भएका मगरले धारिलो हतियार खुकुरी प्रयोग गरी आमा छोराको हत्या गरेको स्विकार गरेको र प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताए । प्रहरी नायव उपरिक्षक राजन चापागाइको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले उक्त घटना अवैध सम्बन्धका कारण घट्न गएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । हत्याराले चलाखीपूर्वक प्रमाणहरु लु...
त्रियुगा नगरपालिकामा नगर अस्पताल सञ्चालन

त्रियुगा नगरपालिकामा नगर अस्पताल सञ्चालन

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ३ असोज । त्रियुगा नगरपालिकाले आफ्नो ५ नम्बर वडामा नगर अस्पताल सञ्चालनमा ल्याएको छ । बिहीबार नगर प्रमुख बसन्त बस्नेतले अस्पतालको औपचारिक उद्घाटन गरेसँगै अस्पताल सेवा शुरु भएको हो । ५ शय्याको यस अस्पतालमा एमबिबिएस डाक्टर अनिल आचार्य सहित १६ जना कर्मचारीहरु खटाइएका छन् । नगर प्रमुख बस्नेतका अनुसार वडा नं ५ को स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको रूपमा विकास गरिएको हो । अस्पतालले प्रसूति सेवा, खोप, आकस्मिक सेवा, फार्मेसी, प्रयोगशाला, भिडियो एक्स(रे लगायतका सेवाहरू प्रदान गर्नेछ। स्थानीय सरकारले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी यो अस्पताल निर्माण गरेको नगर प्रमुख बस्नेतले बताए । अस्पताल सञ्चालन समितिमा बसन्त बस्नेत अध्यक्ष, महेश्वरी राई उपाध्यक्ष, बिष्णुभक्त सिग्देल, उद्धव कुमार थापा, तनुकलाल चौधरी, चीन बहादुर राई, लक्ष्मी थापा र किरण कुमार कार्की सदस्य तथा ड...
आजबाट नागरिकका लागि धरहरा आंशिक खुल्ला

आजबाट नागरिकका लागि धरहरा आंशिक खुल्ला

Breaking News 1, समाचार
पूर्णपुष्टि, असाेज ३ । आज असाेज ३ गते संविधान दिवस । २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दस वर्ष प्रवेशको दिन आज । यस अवसरमा आज देसभर राष्ट्रिय दिवस मनाइँदैछ । आज सरकारी तथा सार्वजनिक संस्थाशरुमा झण्डोत्तोलनसहित घरघरमा दिपावली गर्न सरकारले सबैलाई आग्रह गरेको छ । काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुको सहभागितामा दिवस मुल समाराेह हुदैछ । आज दिउँसो दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट हुदैछ । यसै अबसरमा धरहरा पनि आजबाटै सर्वसाधारणका लागि आशिंक खुला गरिने जनाईएकाेछ । संविधान दिवसको खुसियालीमा नागरिक स्तरबाट पनि विभिन्न कार्यक्रम गरिएका छन् ।...
नेपालटार र मुर्कुची बजारमा अनुगमन : १६ हजार रुपैयाँ बराबरको म्याद सकिएको सामान नष्ट

नेपालटार र मुर्कुची बजारमा अनुगमन : १६ हजार रुपैयाँ बराबरको म्याद सकिएको सामान नष्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २ । उदयपुरको उदयपुरगढी गाउँपालिको नेपालटार बजार र रौतामाई गाउँपालिकाको मुर्कुची बजार बुधबार संयुक्त बजार अनुगमन गरिएको छ। उदयपुरको नेपालटार र मुर्कुची बजारमा बुधबार संयुक्त बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुर लगायत विभिन्न कार्यालयहरूको संयुक्त टोलीले गरेको अनुगमनमा करिब १६,१५५ रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीको नेतृत्वमा गरिएको अनुगमनमा चिप्स, पेय पदार्थ, मसला, बियर, बिस्कुट र मदिरा जन्य सामग्रीहरू बरामद गरिएको थियो। यी सामानहरू मुर्कुची नजिकैको छौडे खोलामा लगेर नष्ट गरिएको छ। पहिलो पटक अनुगमनमा परेको कारण व्यापारीहरूलाई जरिवाना नगरी चेतावनी दिइएको छ। तर, अर्को पटकको अनुगमनमा पनि यस्तै म्याद गुज्रिएको सामान फेला परेमा कारबाही प्रक्रिया अगाडि बढाइने अधिकारी रेग्मीले ब...
रास्वपाको पहिलो राष्ट्रिय भेला आजदेखि सुरु

रास्वपाको पहिलो राष्ट्रिय भेला आजदेखि सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो दुई दिने भेला असोज १ गतेदेखि २ गतेसम्म चल्नेछ। कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान र विधान संशोधन लगायतका विषयमा छलफल हुनेछ। सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन र कार्यवाहक महामन्त्री बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। यस भेलाले पार्टीको प्रथम महाधिवेशनको मिति पनि तय गर्ने बताइएको छ। पार्टीका अनुसार देशभरबाट १५०० भन्दा बढी प्रतिनिधि भेलामा सहभागी हुन काठमाडौं आइपुगेका छन्।...
ओजोन तह पुनर्स्थापनातर्फ: विश्व मौसम संगठनको आशावादी प्रतिवेदन

ओजोन तह पुनर्स्थापनातर्फ: विश्व मौसम संगठनको आशावादी प्रतिवेदन

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले पृथ्वीको ओजोन तहमा सुधार भइरहेको जानकारी दिएको छ। विश्व ओजोन दिवसको अवसरमा सार्वजनिक गरिएको एक नयाँ अध्ययनले यो तथ्य उजागर गरेको हो। ओजोन तह पृथ्वीको एक महत्वपूर्ण रक्षा कवच हो, जसले सूर्यबाट आउने हानिकारक अल्ट्राभायोलेट किरणबाट जीवनलाई सुरक्षित राख्छ। विगतमा यो तह पातलिँदै गएको थियो, तर अहिले यसमा सुधार देखिएको छ। डब्ल्यूएमओका अनुसार, ओजोन तहको यो सुधार १९८० को अवस्थासम्म पुग्न सक्ने सम्भावना छ। अन्टार्कटिका क्षेत्रमा पनि ओजोन तहमा सुधार देखिएको छ। तर यहाँ पूर्ण सुधार हुन २०४५ सम्म र अन्य क्षेत्रमा २०४० सम्म लाग्न सक्ने अनुमान गरिएको छ। यद्यपि, वातावरणीय परिवर्तनहरूले यस सुधारलाई प्रभावित पार्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ओजोन तहमा देखिएको ...
१८ लाख बढी नगद सहित जुवा खालबाट ९ जना पक्राउ

१८ लाख बढी नगद सहित जुवा खालबाट ९ जना पक्राउ

Breaking News 3, समाचार
मोरङको ग्रामथान गाउँपालिका-४ मा प्रहरीले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान र आगामी चाडपर्वलाई सुरक्षित बनाउने उद्देश्यले गरिएको यस कारबाहीमा १८ लाख ४९ हजार ५ सय रुपैयाँ नगद पनि बरामद गरिएको छ। भदौ २९ गते राति ८ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले विशेष सूचनाको आधारमा छापा मारेको थियो। ग्रामथान-४ कटहरा टोलस्थित महिला समूहको सामुदायिक भवनमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा मोरङका अहिलाल माझी (५५) र शिवनारायण माझी (५९), सुन्दरहरैंचाका जय किशोर साह (४५), जनक कुमार मास्के (५०) र प्रताप भन्ने इच्छा राई (३०), लेटाङका लोकनाथ सापकोटा (३८), झापाका ऋतुबर्ण नेम्वाङ (४६), सुनसरीका युबक राई (४५) र महोत्तरीका महेश साह (४५) रहेका छन्। प्रहरीले ...
त्रियुगा नगरपालिका १६ मा विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न

त्रियुगा नगरपालिका १६ मा विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, १ असोज । त्रियुगा नगरपालिका वडा नं १६ ले आर्थिक वर्ष २०८१र०८२ को वडागत कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक र सांस्कृतिक गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरेको छ । ५० हजार रुपैयाँको बजेटमा वडा भित्रका विद्यालयहरूमा अतिरिक्त कार्यक्रमहरू संचालन गरिएको थियो । कार्यक्रममा हाजिरी जवाफ, वक्तृत्वकला, हस्तलेखन र म्युजिकल चेयर प्रतियोगिताहरू समावेश थिए । हाजिरी जवाफमा मावि भोर्ले प्रथम, मावि चिलाउने द्वितीय र मावि भोर्ले तृतीय भए । वक्तृत्वकला प्रतियोगितामा सावित्रा राई मावि चिलाउने प्रथम, करुणा राई मावि भोर्ले द्वितीय र सम्झना बिक चिलाउनें तृतीय, भए । यस प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका २१ जना विद्यार्थीहरूले भाग लिएका थिए । हस्तलेखन प्रतियोगितामा कमला मगर मावि भोर्ले प्रथम, बिमिसा तामाङ द्वितीय र प्रतिमा मगर मावि भोर्ले तृतीय भए। यसमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले भाग...
सहकारी ठगीमा मुछिए कांग्रेस उपसभापति गुरुङ

सहकारी ठगीमा मुछिए कांग्रेस उपसभापति गुरुङ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र ३१ । कांग्रेस उपसभापति धनराज गुरुङ र उनकी पूर्व श्रीमती ज्योति ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा मुछिएका छन्। सहकारी संस्थाका सञ्चालकहरूले दिएको उजुरीपछि संसदीय छानबिन विशेष समितिले स्थलगत अध्ययन गरेको थियो। समितिका सदस्यहरूका अनुसार यो विषय गम्भीर छ र गुरुङ दम्पतीबीचको सम्बन्धविच्छेदको उद्देश्यमाथि पनि प्रश्न उठेको छ। सहकारीका अध्यक्षले कानुनी दायित्वबाट बच्नका लागि मात्रै धनराजले कागजी सम्बन्धविच्छेद गरेको दाबी गरेका छन्। गुरुङ दम्पतीले २०७६ फागुनमा सम्बन्धविच्छेद गरे पनि २०७७ फागुनमा सहकारीबाट ऋण लिँदा धनराजले हकवालाका नाममा ज्योतिकै नाम लेखेको पाइएको छ। यद्यपि, संसदीय समितिको कार्यादेशमा मितेरी सहकारीको नाम नभए पनि यस विषयमा अनुसन्धान गर्न राज्यका निकायलाई लेखी पठाउने भएको छ।...