Sunday, May 10News That Matters

समाचार

मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान, जनमतको नेतृत्वमा सरकार बनाउने तयारी

मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान, जनमतको नेतृत्वमा सरकार बनाउने तयारी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २४ । मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आव्हान गरेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त्त भएपछि संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आव्हान गरेकी हुन् । प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको लागी दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् । बुधबार संविधान २०७२ को धारा १८८ को उपधार २ बमोजिम विश्वासको मत लिएका मुख्यमन्त्री यादवले ५० मत पाए भने विपक्षमा ५३ मत पर्‍यो । २७ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । मधेश प्रदेशमा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन् । एकीकृत समाजवादी, न...
बालयौन दुरुपयोग गरेको आरोपमा इन्स्पेक्टर शिवाकोटी प्रहरी नियन्त्रणमा

बालयौन दुरुपयोग गरेको आरोपमा इन्स्पेक्टर शिवाकोटी प्रहरी नियन्त्रणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २४ । बालयौन दुरुपयोग गरेको आरोपमा इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटी बिरुद्ध बालयौन दुरुपयोग गरेको आरोप छ । उनिमाथि अनुसन्धान गर्नुपर्ने भएको हुनाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । प्रहरी वृत्त सोह्रखुट्टेबाट केही दिनअघि सरुवा भई इन्टेलिजेन्स शाखामा कार्यरत रहेका शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।...
उदयपुरमा शिक्षकले विद्यार्थीलाई विद्यालय समयमै रक्सी किन्न पठाएपछि हंगामा

उदयपुरमा शिक्षकले विद्यार्थीलाई विद्यालय समयमै रक्सी किन्न पठाएपछि हंगामा

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, जेठ २३ । उदयपुरमा शिक्षकले विद्यार्थिलाई रक्सी लिएर आउन लगाएपछि हंगामा मच्चिएको छ । चौदण्डीगढी नगरपालिका ४ बसामा रहेको श्री महादेवेश्वर आधारभुत विद्यालयका शिक्षक सञ्जिवकुमार यादवले विद्यार्थिलाई रक्सि किन्न पठाए पछि हंगामा मच्चिएको हो । स्थानीयहरुले रक्सि किन्न पठाएको र रक्सि लिएर आएको फेला पारेपछि विद्यालय परिसरमै विरोध जनाएको छ । शिक्षक जस्तो व्यक्तिले विद्यालय समयमै रक्सि विद्यार्थीलाई ल्याउन भनेपछि यो असह्य भएको जनाए । यसले राम्रो शिक्षा नदिएको र विद्यार्थीलाई कुलत तथा मादक पदार्थ जस्ता नकरात्मक कार्यमा शिक्षा दिन खोजिएको जनाईएको छ । उक्त घटना सामाजिक संञ्जालमा यतिवेला फैलिरहेको छ । रक्सी किन्न पठाएपछि स्थानीयहरुले बिरोध गरेको भिडियोमा देखिन्छ । शिक्षकले भने अब बाट यस्तो कार्य नगर्ने जनाईरहेको भिडियामो देखिन्छ भने पटक पटक शिक्षकले यस्तो कार्य गरेको भन्दै माफ नदिन भन्...
प्रशासन कार्यालय उदयपुरद्धारा पानी उद्योग र पाउरोटी उद्योगमा ब्यापक अनुगम, ३५ हजार जरिवाना

प्रशासन कार्यालय उदयपुरद्धारा पानी उद्योग र पाउरोटी उद्योगमा ब्यापक अनुगम, ३५ हजार जरिवाना

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ जेष्ठ । जिल्ला प्रशासन कार्यालय उदयपुरले पानी उद्योग र पाउरोटी उद्योगमा अनुगमन गरेको छ । त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको नेपाल स्प्रिङको पानी उद्योग, रौता पानी उद्योग र त्रियुगा नगरपालिका १३ मा रहेको उदयपुर पानी उद्योगमा अनुगमन गरिएको हो । यस्तै रुक्सना पाउरोटी उद्योग, डोको बेकरी क्याफे र पाथिभारा दुग्धडेरीमा पनि अनुगमन गरेको छ । अनुगमनको क्रममा मापदण्ड बिपरिद संञ्चाल गरिएको उद्योगहरुमा जरिवाना समेत गरिएको छ । नेपाल स्प्रिङ पानी उद्योगलाई रु १० हजार, रौता पानी उद्योगलाई रु २० हजार र रुक्सना पाउरोटी उद्योगलाई ५ हजार गरी रु ३५ हजार जरिवाना गराईएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार अधिंकाश उद्योगहरुले आवश्यक मापदण्ड र सरसफाईमा ध्यान नदिएको जनाए । नेपाल स्प्रिङले प्याकेजिङ सेक्सन, फ...
उदयपुरको कटारीमा लोपोन्मुख घाईते सालकको उद्धार

उदयपुरको कटारीमा लोपोन्मुख घाईते सालकको उद्धार

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २३ । उदयपुरको कटारी नगरपालिकामा लोपन्मुख प्रजातिको सालक फेला परेको छ । मंगलबार नरपालिकाको वडा नंं ११ सल्लेरीमा घाईते अवस्थामा सालक फेला परेको हो । स्थानिय सुमन सुनुवारका अनुसार कुकुरले टोकेर घाईते बनाएको अवस्थामा सालक फेला परेको थियो । घाईते सालकलाई नित्रन्त्रणमा लिएर सामान्य घरेलु उपचार पश्चात डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) लाई जिम्मा दिएको सुनुवारले बताए । डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) का प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले स्थानीयको जानकारी पश्चात सालकको उद्धार र उपचार गरेर संरक्षित क्षेत्रमा छोडिएको बताएका छन् । प्रमुख साहका अनुसार घाईते अवस्थामा फेला परेको सालक भारतीय प्रजातिको हो । नेपालमा भारतिय र चाईनिज गरी दुई प्रजातिको लोपोन्मुख सालक पाईने उनले बताए । कार्यालयले उद्धारपश्चात कटारीकै वडा नम्बर ५ मा रहेको सिसाघारी सिमसारसँगै रहेको संरक्षित क्...
विस्फोटक पदार्थ सहित २ युवक पक्राउ

विस्फोटक पदार्थ सहित २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २३ । संखुवासभामा विस्फोटक पदार्थ सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–९ तुम्लिङ्गटारका २७ वर्षीय विकास कुमाल र २७ बर्षीय वसन्त कुमाल रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार विशेष सुचनाको आधारमा सोमबार दिउँसो साढेँ ११ बजेको समयमा चैनपुर नगरपालिका–११ सभामा अस्थायी प्रहरी पोस्ट सभाखोलाले पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले १७ प ११८९ नंको मोटरसाइकल चेकजाँच गर्दा डेटोनेटर, इमल्सन एक्सप्लोसिभ लेखिएको विस्फोटक पदार्थ २ सय ग्राम र बारुद १०० ग्राम बरामद गरेको हो । विस्फोटक पदार्थ बरामद भएसँगै उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय चैनपुरले थप अनुसन्धान गरिरहेको छ । मुलुकी फौजदारी अपराध संहिताको विस्फोटक पदार्थ सम्बन्धी...
मादक पदार्थ सेवन गरेका एक पूरुषले श्रीमती र तिन छोरी सहित आफैलाई आगो लगाए

मादक पदार्थ सेवन गरेका एक पूरुषले श्रीमती र तिन छोरी सहित आफैलाई आगो लगाए

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २३ । काठमाण्डौँको चाबहिलमा एक पूरुषले मादक पदार्थ सेवन गरी श्रीमती र तिन छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती बिन्दु सिंह, २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएपछि आफैलाई आगो लगाएका हुन् । काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेका अनुसार आगोबाट घाईते भएका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको छ । २४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको डिएसपी थेबेले बताए । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको छ भने अन्य तीन जनाको शरीरको ८ देखि १० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । मंगलबार राति मादक पदार्थ सेवन गरेका सिंहले झगडा गरी घटना घटाएको प्रहरीले जनाएको छ ।  ...
लिम्चुङबुङमा अपांगता भएकालाई घुम्ति शिविर मार्फत परिचय पत्र वितरण

लिम्चुङबुङमा अपांगता भएकालाई घुम्ति शिविर मार्फत परिचय पत्र वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २३ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा अपांगता भएकाहरुलाई घुम्ति शिविर मार्फत परिचय पत्र वितरण गरिएको छ । जेठ १७ गते बिहिबारबाट संञ्चालन गरिएको घुम्ति शिविर जेठ २२ गते मंगलबार सम्पन्न भएको हो । गाउँपालिका केन्द्रसम्म आएर परिचयपत्र लिन नसक्ने अशक्त अपांगता भएकाहरूलाई वडावडामा घुम्ती शिविर सञ्चालन गरी परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत गुरुङका अनुसार घुम्ति शिविरबाट सबै वडाका अपांगता भएका ७० महिला र ९५ पुरुष गरी १६५ जना लाभान्वित भएका छन् । प्रशासकिय अधिकृत गुरुङ नेतृत्वको टोलीले गाउँपालिकाको ५ वटै वडामा पुगेर शिविर संञ्चालन गरेको हो । गुरुङका अनुसार वडा नं. १ मा १८ महिला र २६ पुरुष गरी ४४ जना, वडा नं. २ मा १४ महिला र १३ पुरुष गरी २७ जना, वडा नं. ३ मा १९ महिला र २० पुरुष गरी ३९ जना, वडा नं. ४ मा ६ मह...
प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुन्छ : मुख्यमन्त्री कार्की

प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुन्छ : मुख्यमन्त्री कार्की

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुने बताएका छन् । मुख्यमन्त्री कार्कीले सोमबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण तथा अवलोकन भ्रमणको क्रममा सो कुरा बताएका हुन् । विपद्को घटना देखि लिएर समाजमा हुने विभिन्न अपराधिक गतिबिधि नियन्त्रणमा नेपाल प्रहरीले पहिलो पंक्तिमा रही महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको बताउदै प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको मुख्यमन्त्री कार्कीले बताए । कुनै पनि नागरिक प्रहरी कार्यलयमा समस्या लिएर आउँदा निराशा लिएर फर्कन नपर्ने गरी प्रहरी सेवा प्रदान गर्न र बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी नागरिकहरुको चेतनाको स्तर बृद्धि गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । ...
रतुवा खोलाले जिप बगाउँदा एक महिला सहित बालकको मृत्यु

रतुवा खोलाले जिप बगाउँदा एक महिला सहित बालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २२ । ईलाम चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलामा आएको बाढीले जिप बगाउँदा एक महिला सहित बालकको मृत्यु भएको छ । मत्यु हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका–५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ-३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाईते निरु लिम्बुको उपचार भइरहेको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख प्रभु ढकालका अनुसार इलामको लारूम्बाबाट दमक आउँदै गरेको लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी रतुवा खोलाले बगाएको थियो । जिपमा ६ जना सवार थिए । बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए । प्रहरीले सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई नियन्त्रणमा लिएको छ ।...