भोली फोहोर उठाउँने भनेको तिन दिन भो
पूर्णपुष्टि/गाईघाट, असोज ३ । गाईघाट बजारको फोहोर उठाउछु भनेको तिन दिन भएको छ । नगरपालिका र ११ नं. वडा कार्यालयले तीनदिनदेखि भोली उठाउछु भन्दै रहेको फोहोर फेरी पनि भोली उठाउने भनिएको छ ।
जेनजी आन्दोलन पछि नउठेको फोहोर १२ दिनदेखि थुप्रिबसेको छ । बजारका घर तथा पसल अगाडी सडक किनारमा थुप्रिएका फोहोर अब्यवस्थित र दुर्घन्धित बनेको छ । दैनिक जसो बजार क्षेत्रबाट उठाउने गरेको फोहोर लामो समयदेखि नउठाउँदा प्रदुर्षण बढेर जनजीवन नै अस्तब्यवस्त बन्दै गएको छ ।
गाईघाटका व्यापारी बिजय गुप्ताले फोहारका कारण दुर्गन्धित बन्दै गएको बजारमा हिड्दा नाक थुनेर हिड्नु पर्ने अवस्था आएको बताए । फोहरमैला ब्यबस्थापन शाखाका कर्मचारी दिलिप श्रेष्ठले फोहोर फ्याक्ने उचित ठाउको ब्यबस्थापन हुन नसक्दा बजार क्षेत्रको फोहर नउठेको बताएका छन् । वडाध्यक्ष सुमन्त कोइरालाले फोहोर ब्यवस्थापन गर्ने ठाउँ ब्यवस्था भइसकेकोले छिटै उठा...









