Thursday, July 9News That Matters

समाचार

उदयपुरमा पत्रकारिता आचारसंहिता तथा क्षमता अभिवृद्धि सम्बन्धि अनुशिक्षण तालिम सुरु

उदयपुरमा पत्रकारिता आचारसंहिता तथा क्षमता अभिवृद्धि सम्बन्धि अनुशिक्षण तालिम सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २४ । उदयपुरमा पत्रकारिता आचारसंहिता तथा क्षमता अभिवृद्धि सम्बन्धि २ दिने अनुशिक्षण तालिम आजदेखी सुरु भएको छ । शनिबार नेपाल पत्रकार महासंघ शाखा उदयपुरको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा अनुशिक्षण तालिम संचालन गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अनुशिक्षण तालिममा प्रशिक्षक वरिष्ठ पत्रकार कौशल चेम्जोङ र अर्का प्रशिक्षक पत्रकार डा. विजय प्रसाद मिश्रले पत्रकारिता आचार संहिता, खोज पत्रकारीता एआई लगाएत विषयको बारेमा प्रष्ट पार्नुभयो । कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत, उपप्रमुख महेश्वरी राई लगायत जिल्लाका सबै पत्रकारहरुको उपस्थिति रहेको थियो ।...
उदयपुरमा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु

उदयपुरमा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २३ । उदयपुर जिल्लामा विपद् जोखिम कम गर्ने उद्देश्यले १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । शुक्रबार शसस्त्र प्रहरी बल नं. ५ गण हेडक्वाटर त्रियुगाको आयोजना तथा बेलका नगरपालिकाको सहयोगमा समुदाय विपद् स्वयंसेवक तालिम सुरु गरिएको हो । बेलका नगरपालिका वडा नं. ९ रामपुरस्थित नगरपालिकाको सभाहलमा आजदेखी सुरु भएको तालिममा ९ वटा वडाबाट छानिएका ४८ जनालाई १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम दिईएको हो । यस तालिमले स्वयम सेवक तालिम विपद् पूर्व तयारी तथा प्रतिकार्यको क्षेत्रमा स्थानीय समुदायलाई सक्षम बनाउने छ । नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको समुदाय विपद् स्वयंसेवक तालिमको योजना अनुसार तालिम सुरु गरिएको हो । उदयपुर जिल्लाका प्रत्येक पालिकाको प्रत्येक वडाबाट २५–२५ जनालाई व्यावहारिक अभ्यास सहितको तालिम प...
विपदमा परेका विरामीलाई व्यवस्थित र छिटो उपचार कसरी दिने भन्नेबारे अभ्यास

विपदमा परेका विरामीलाई व्यवस्थित र छिटो उपचार कसरी दिने भन्नेबारे अभ्यास

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २३ जेष्ठ । जिल्ला अस्पताल उदयपुरले विपद्मा परेका विरामीहरुलाई कसरी छिटो र ब्यवस्थित उपचार प्रदान गर्ने भन्ने बारे अभ्यास गरेको छ । शुक्रबार जिल्ला अस्पताल उदयपुर परिसरमा डाक्टर, कर्मचारी, विरामी, प्रहरी र पत्रकारहरु सहितको भुमिकामा आधारित अभ्यास गरिएको हो । यो बर्षको बर्षा प्रवेश गरिसके सँगै यस बीचमा आई पर्ने विपदलाई उपचार मार्फत व्यस्थित गर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै अभ्यास गरिएको हो । त्यसका लागि अस्पतालमा आईपर्ने समस्याहरुलाई अभ्यासमा देखाईएको छ । अस्पतालमा अचानक बिरामीहरु आउने गर्छन सबैले छिटो र व्यवस्थित उपचार चाहान्छ, तर अस्पतालको व्यवस्थापनको कमिकमजोरी र बिरामीहरुको जवरजस्तीले पनि अस्पतालको उपचारमा अस्तव्यस्त बनाउने गर्छ । सोही अवस्थाको समधान गर्न अस्पतालले रेड, यल्लो, ग्रिन र ब्लयाक गरी ४ भागमा छुटाएको छ । यी सबै खाले अवस्थाको व्यवस्थापन समेत गरिएको छ । यसलाई...
हडिया र बेल्टारलाई जोड्न त्रियुगा नदीमा डुङ्गा सञ्चालन

हडिया र बेल्टारलाई जोड्न त्रियुगा नदीमा डुङ्गा सञ्चालन

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २२ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको हडिया र बेल्टार बजार आवत-जावत गर्न त्रियुगा नदीमा मंगलबारदेखि डुङ्गा सेवा संचालन गरिएको छ । बर्षाको समयमा स्थानियलाई त्रियुगा नदी तर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले डुङ्गा सेवा संचालन गर्न ठेक्का लगाएसँगै डुङ्गा संचालन भएको हो । हडियाका समाजसेवी चन्द गिरीका अनुसार हिउँदमा नदीमा ह्युमपाइप राखेर हडिया–बेल्टार बजार बीचको यातायात सञ्चालन हुने गरे पनि बर्षाको बेला बाढीको कारणले आवतजावतमा कठिनाइ हुने गरेको थियो । हिउँदको अवधिमा दुबै तर्फका बासिन्दाहरू गाईघाट हुँदै घुमाउरो लामो यात्रा गर्न बाध्य हुने गरेको उनले बताए । वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश राउतका अनुसार डुङ्गा सेवा नि:शुल्क गर्ने कुरा भएतापनि माझीलाई सेवा सुबिधा दिनुपर्ने भएकोले डुङ्गा चड्नकोलागि सामान्य शुल्क लिने निर्णय गरिएको हो । नदी तर्न सेवा शुल्क प...
संघीयतामाथि एकै दिन केन्द्र सरकारको दोहोरो हमला

संघीयतामाथि एकै दिन केन्द्र सरकारको दोहोरो हमला

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २२ । मंगलबार दुई महत्वपूर्ण घटनाले संघीयताको वास्तविकतालाई प्रश्नमा राखेको छ । गण्डकी प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गरेर ल्याएको राइड सेयरिङ नियमावली केन्द्र सरकारको दबाबमा स्थगित गर्न बाध्य भयो भने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुखलाई प्रमुख प्रशासकीय अधिकृतले निलम्बन गरे । यी दुवै घटनाले संघीयताको शासकीय संरचनामा केन्द्र सरकारको बढ्दो दबदबा र प्रदेश तथा स्थानीय तहको जनप्रतिनिधिमूलक संस्थाहरूको कमजोर अवस्थालाई उजागर गरेको छ । गण्डकी प्रदेश सरकारले केही दिनअघि राइड सेयरिङ नियमावली जारी गरेको थियो। नेपालको संविधानले दिएको अधिकार र सर्वोच्च अदालतको आदेशका आधारमा प्रदेश मन्त्रिपरिषद्बाट पारित भएर राजपत्रमा प्रकाशन भएको यो नियमावली लागू पनि भइसकेको थियो । तर उक्त नियमावली खारेज गर्नुपर्ने माग गर्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिए । गण्डकी प्रदेश सरकारल...
सरस्वती सामुदायीक बन उपभोक्ताले गर्यो ६८ विपन्न घर परिवारलाई जस्ता वितरण

सरस्वती सामुदायीक बन उपभोक्ताले गर्यो ६८ विपन्न घर परिवारलाई जस्ता वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २१ जेष्ठ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ का श्री सरस्वती सामुदायीक वन उपभोक्ता समूहले विपन्न घर परिवारलाई जस्ता वितरण गरेको छ । समूहको आर्थिक बर्ष २०८१÷०८२ को कार्य योजना अनुसार फुसको छानो विस्थापित गर्ने उदेश्य सहित समूहको ६८ विपन्न घर परिवारलाई आईतबार जस्ता वितरण गरेको हो । समूहका अध्यक्ष टोप बहादुर मगरका अनुसार आईतबार जाँते स्वास्थ्य चौकी परिसरमा जस्ता वितरण गरेको हो । मगरले बर्षेनी सामुदायीक वनको आम्दानीबाट उपभोक्ताहरुलाई आवश्यक कुराहरुमा सहयोग गर्दै आएको बताउनुभयो । वडाअध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधि र कर्मचारी टोली सँगै संञ्चारकर्मीहरु समेतको बृहत उपस्थितिमा जस्ता वितरण गरिएको अध्यक्ष मगर बताउनुभयो । समूहका सचिव कोपिला राउत (कार्की) ले ६८ घर परिवारलाई ४० एमएम को ३ बन्डलको दरले २०४ बन्डल हरियो रंगको जस्ता वितरण गरिएको बताउनुभयो । समूहमा रहेका १७०...
ढुसी पाउरोटी काण्ड : कुटपिटमा संलग्नलाई कार्वाही गर्न माग गर्दै प्रेस बिज्ञाप्ती

ढुसी पाउरोटी काण्ड : कुटपिटमा संलग्नलाई कार्वाही गर्न माग गर्दै प्रेस बिज्ञाप्ती

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० जेष्ठ । ढुसी परेको पाउरोटीबारे सचेत गराउन गएका एकीकृत समाजवादी युवा संघ त्रियुगा नगरका अध्यक्ष समेत रहेका सुभनारायण ठाकुर बेनी माथी भएको निर्घात कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेको छ । मंगलबार ठाकुर आफै अध्यक्ष रहेका संघले प्रेस बिज्ञाप्ती जारी गर्दै कुटपिटमा संलग्न पसल संञ्चालक दिनेश चौधरीको भतिज प्रसान्त चौधरी लगायत कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन बिज्ञाप्तीमा माग गरिएको छ । ठाकुरलाई गुणासो गर्ने क्रममा पत्रकार लिएर गएको भन्दै पछाडीबाट आक्रमण गरी कुटपिट गरेको थियो । मुनाफाको नाममा गुणस्तरहिन पाउरोटी बेच्दै स्वास्थ्यमा खेलबाँड गर्ने व्यपारी र उद्योगलाई पनि कानुनी दायरामा ल्याउने र कार्वाही गर्न माग गरिएको छ । यता प्रहरीले भने अझै पनि फरार व्यक्तिहरुलाई पक्राउ नगरेको पिडितले जनाएको छ ।...
पारा खेलकुदको बिजेताहरुलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र वितरण

पारा खेलकुदको बिजेताहरुलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र वितरण

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, २० जेष्ठ । गणतन्त्र दिवसको अवसर पारी आयोजना गरिएको पारा खेलकुदका प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई पुरस्कार प्रदान गरिएको छ । त्रियुगा नगरपालिकाको सामाजिक विकास शाखाको आयोजनामा जेष्ठ १५ गते बिहिबारका दिन अपाङ्गता भएका व्यक्तिहरुका लागि पारा खेलकुद अन्तर्गतका खेलहरु लुँडो, वल पास र म्युजिकल चियर जस्ता खेल खेलाईएको थियो । उक्त खेलमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई नगद पुरस्कार, सम्मान पत्र र मेडलल प्रदान गरिएको हो । त्रियुगा नगर प्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, सामाजिक बिकाश शाखाका प्रमुख राज कुमार खड्का लगायतको उपस्थितिमा पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको हो । आउँदो समयमा यति मात्रै खेलहरुलाई सिमित नबनाई थप खेलहरु पनि सहभागी गराईने जनाईएको छ ।...
त्रियुगा ११ वाल संञ्जालको अध्यक्षमा पिसजोनकी सुस्मिता र उपाध्यक्षमा पुष्पान्जलीकी रोनिया निर्वाचित

त्रियुगा ११ वाल संञ्जालको अध्यक्षमा पिसजोनकी सुस्मिता र उपाध्यक्षमा पुष्पान्जलीकी रोनिया निर्वाचित

Breaking News 1, Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, २० जेष्ठ । त्रियुगा नगरपालिका वडा नं ११ को वाल संञ्जाल अध्यक्षमा पिसजोन एकेडेमीकी सुस्मिता थापा र उपाध्यक्षमा पुष्पान्जली बोर्डिङ्की रोनिया वि.क निर्वाचित भएकी छिन् । मंगलबार त्रियुगा नगरपालिकाको सभाहलमा भएको निर्वाचनमा अध्यक्षका लागि ६ जना र उपाध्यक्षका लागि ५ जना भिडेका थिए । ठुलो टकरावकाबीच पिसजोनकी थापा र पुष्पान्जलीकी रोनिया अध्यक्ष र उपाध्यक्षमा निर्वाचि भए । यता सचिवमा भने त्रियुगा नमुना माध्यमिक विद्यालयका थिरोजा गजमेर र कोषाध्यक्षमा नमुना बोर्डिङका जोसिव थापा निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा प्याराडाईज बोर्डिङ्का रियाज राउत, रिदम राउत, लालिगुँरास बोर्डिङ स्कुलका नितु चौधरी, समता स्कुल गाईघाटका सौरभ राई, उदयपुर बोर्डिङका बिनु थापा, सोना शेर्पा, गाईघाट माविका अनिस बराईली, क्यानभास एकेडेमीका भिजन कार्की र किन्जल बस्नेत निर्वाचित भएका छन् । उक्त निर्वाचनका लागि...
लिम्चुङबुङ गाउँपालिकामा अमेरिकी पर्यटक, पालिकाले गर्यो स्वागत

लिम्चुङबुङ गाउँपालिकामा अमेरिकी पर्यटक, पालिकाले गर्यो स्वागत

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, पर्यटन, समाचार
पूर्णपुष्टि, २० जेष्ठ । उदयपुरकै पहाडी पालिका लिम्चुङबुङमा गाउँपालिकामा विदेशी पर्यटक पुगेको छ । सोमवार काठमाण्डौँ हुँदै लिम्चुम्वुङ पुगेका अमेरिकी विदेशी पर्यटकहरुलाई पालिकाले भव्य स्वागत गरेको छ । करिब १० जनाको टोली रहेका उनिहरुलाई पालिकाले स्वागत तथा न्यानो मायाँ देखाएको छ । लिम्चुङबुङ गाउँपालिकाको बारेमा उनिहरुले थाहा पाएपछि त्यस ठाउँमा आउने निधो गरेका थिए । पालिका स्थित एभरेष्ट भ्यु टप, राई चोक र छाँगे झर्नामा उनिहरु रमाएका छन् । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णशेर राईको समन्वय र सहजीकरणमा उनिहरुलाई स्वागत गरिएको थियो । उनिहरुलाई रमणीय स्थानहरुमा घुमाउन पनि अधिकृत राईले नै सहजीकरण गरेका छन् । उनिहरु बिषेशतया त्यहाँका वातावरण र भुगोल सँग रमाईरहेको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए । खानपान र हावापानी बिषेश रुचाएका उनिहरु ३ दिन सम्म त्यस ठाउँमा रहने अध्यक्ष...