Saturday, June 27News That Matters

खेलकुद

देउराली फुटबल क्लब सिसुवारी दोर्पाली स्मृती फुटबल प्रतियोगिताको सेमिफाईनलमा

देउराली फुटबल क्लब सिसुवारी दोर्पाली स्मृती फुटबल प्रतियोगिताको सेमिफाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २५ । देउराली फुटबल क्लब सिसुवारी प्रथम स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाईनलमा सगरमाथा फुटबल क्लब राजावासलाई २–० गोल अन्तरले हराउँदै सिसुवारीले सेमिफाईनलमा स्थान बनाएको हो । देउराली फुटबल क्लबको लागी जर्सि नं ६ का पारस नेपालीले खेलको १८ औं मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको १६ औं मिनेटमा सुजिल खुलाल मगरले गोल गरे । उक्त प्रतियोगिताको म्यान अफ द म्याच देउरालीका जर्सि नं १० का खेलाडी विपिन मगर बनेका छन् । भोली बुधबार आयोजक साकेला युवा समुह बि र भचुवा फुटबल क्लब रामपुरबिच हुनेछ । त्यस्तै दोस्रो सेमिफाईनल खेल २७ गते देउराली फुटबल क्लब सिसुवारी र फ्युजन क्लब बोक्सेबिच हुनेछ । फाईनल खेल भने शनिबार हुनेछ ।...
प्रथम दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिता भोली देखी, सम्पूर्ण तयारी पुरा

प्रथम दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिता भोली देखी, सम्पूर्ण तयारी पुरा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, २१ बैशाख । गाईघाट स्थित साकेला टोलमा भोलीदेखी सुरु हुने प्रथम दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । खेलका लागि तयारी सामाग्री, फिल्ड, घेराबेरा, टिम, लगायतको सम्पूर्ण व्यवस्थाको व्यवस्थापन तयारी अवस्थामा रहेको आयोजकले जनाएको छ । उद्घाटन खेलमा औपचारिक कार्यक्रमको लागि स्टेज पनि तयारी अवस्थामा रहेको छ । खेलमा आयोजक ए र बि सहित १० ओटा टिम सहभागी हुने छ । प्रतियोगिताको बिजेता टिमले रु २५ हजार नगद ट्रफि र प्रमाण पत्र पाउनेछ भने उपबिजेताले नगद रु १५ हजार ट्रफि र प्रमाण पत्र पाउने आयोजक साकेला युवा समूहले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक स्वर्गिय दिपक राईको श्रीमती गिता राई रहेकी छिन् । खेलको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार वस्नेतले गर्ने भएको छ । प्रतियोगिता भोली २ बजेदेखी सुरु हुने भएको छ ।...
प्रथम स्व. दिपक राई स्मृति फुटवल प्रतियोगितालाई खेल सामाग्री र आर्थिक सहयोग जुट्दै

प्रथम स्व. दिपक राई स्मृति फुटवल प्रतियोगितालाई खेल सामाग्री र आर्थिक सहयोग जुट्दै

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १७ बैशाख । प्रथम स्व. दिपक राई स्मृति फुटवल प्रतियोगितालाई सहयोग जुटिरहेको छ । यहि बैशाख २२ गतेदेखी गाईघाट स्थित साकेला खेल मैदानमा हुने प्रतियोगिताका लागि खेलप्रेमी खेलाडी, बुद्धिजीवी, समाजसेवी, कर्मचारी लगायत व्यक्तित्वहरुबाट निरन्तर सहयोग जुट्दै आएको हो । आयोजक साकेला युवा समूहको नेतृत्वमा हुन लागेको प्रतियोगितालाई स्वर्गिय दिपक राईको श्रीमती गिता राईको मुख्य सहयोग रहेको छ । राईले प्रतियोगितामा लाग्ने सम्पूर्ण व्यवस्थापकीय खर्चको जिम्मेवारी लिएकी छिन् । यस सँगै खेललाई सफल बनाउन बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुले पनि सहयोग गर्दै आईरहेको छ । पहिलो पटक हुन लागेको उक्त प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्ने भन्दै आयोजक थप सहयोगहरु जुटाउँन लागि परेको हो । गिता राई बाहेक अन्यले पनि आर्थिक सहयोग गरेमा प्रतियोगितालाई सोचेको भन्दा बढी स्तरीय गर्न सकिने आयोजको भनाई छ । प्रत...
प्रथम स्व. दिपक राई (दोर्पार्ली) स्मृती फुटवल प्रतियोगिताको पुरस्कार राशी थपियो

प्रथम स्व. दिपक राई (दोर्पार्ली) स्मृती फुटवल प्रतियोगिताको पुरस्कार राशी थपियो

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १७ बैशाख । गाईघाट स्थित साकेला टोलमा आयोजना हुन लागेको प्रथम स्व. दिपक राई (दोर्पार्ली) स्मति फुटवल प्रतियोगिताको पुरस्कार राशी थप गरिएको छ । प्रतियोगितालाई अझै उचाईमा पुराउनका साथै खेलाडी, खेलप्रेमी र बिजयी टिमको मनोवल बढाउन पुरस्कार राशी बढाईएको आयोजक साकेला युवा समूहले जनाएको छ । स्वर्गिय दिपक राईकी श्रीमती गिता राईको पहलमा हुन लागेको प्रतियोगितामा पुरस्कार राशीलाई थप गर्ने निर्णय गरेको समुहका कार्यवाहक अध्यक्ष दिवस श्रेष्ठले जनाए । अब प्रतियोगिताको बिजयी टिमले रु २५ हजार नगद सहित ट्रफि र प्रमाण पत्र पाउने छन् भने उपविजेताले रु १५ हजार नगद सहित ट्रफि र प्रमाण पत्र पाउने छन् । प्रथम पुरस्कारमा र दोस्रो पुरस्कारमा रु ५ हजारको दरले बढाएईको श्रेष्ठले जनाए । बिजेता टिमलाई २० हजार र उपविजेतालाई १० हजार भनिएको ठाउँमा ५ हजारको दरले बढाएर २५ र १५ बनाईएको हो । प्रतियोगितालाई ...
ब्याड्मिन्टन संघको नयाँ पदाधिकारीको पदस्थापन

ब्याड्मिन्टन संघको नयाँ पदाधिकारीको पदस्थापन

Breaking News 1, खेलकुद, समाचार
उदयपुर, वैशाख १६ । उदयपुर जिल्ला ब्याड्मिन्टन संघका नयाँ पदाधिकारीको सपथग्रहण तथा पदस्थापन शनिबार भएको छ । संघका नवनिर्वाचित अध्यक्ष किसन राई (कालिदास राई), चार उपाध्यक्षहरु नारायण तामाङ, देविराज राई, अनिल आले मगर, नमस कार्की, सचिव मेधजुद्ध मगर र कोषाध्यक्ष बादल खतिवडाले सपथ ग्रहण गरेका हुन् । त्यस्तै सदस्यहरु देवनारागण चौधरी, राजकुमार थापा, शर्मिला राई, लिलाकान्त चौधरी, सुनिल पोखरेल, निलम खड्का लगायतले सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । जिल्ला न्यायधिश हरिश्चन्द्र इन्माङको प्रमुख आतिथ्य, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीको विशेष आतिथ्य, सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता उत्तम श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक सरोजसिंह बस्नेत, राष्ट्रिय अनुसन्धान उपनिर्देशक कुमार बुढाथोकी, ब्याडमिन्टन संघ कोशी प्रदेश प्रतिनिधि दिपक राई, जिल्ला खेलकुद विकास समिति अध्यक्ष पर्वत दा...
गाईघाटमा २२ गतेदेखी प्रथम स्व. दिपक (दोर्पाली) स्मृति फुटवल प्रतियोगिता हुने

गाईघाटमा २२ गतेदेखी प्रथम स्व. दिपक (दोर्पाली) स्मृति फुटवल प्रतियोगिता हुने

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १५ बैशाख । गाईघाट स्थित साकेला टोलमा प्रथम स्व. दिपक (दोर्पाली) स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । त्रियुगा नगरपालिका ११ साकेला खेल मैदानमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजक साकेला युवा समुहले शनिवार प्रतियोगिताबारे पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । खेलमा १० ओटा टिमहरु सहभागी भएको जस मध्ये त्रियुगा नगरपालिका बाहिरको पनि टिम सहभागी रहेको अयोजकले जनाएको छ । प्रतियोगिताका बिजेताले रु २० हजार नगद ट्रफि र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले रु १० हजार नगद र ट्रफि र प्रमाण पत्र पाउने छ । खेल २२ गते देखी सुरु भई २९ गते समापन हुने आयोजकले जनाए ।...
उदयपुर ब्याड्मिन्टन संघमा किसन राईको नेतृत्वमा नयाँ कार्यसमिति

उदयपुर ब्याड्मिन्टन संघमा किसन राईको नेतृत्वमा नयाँ कार्यसमिति

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ८ । उदयपुर जिल्ला ब्याड्मिन्टन संघको आज चौदण्डीगढी नगरपालिकामा सम्पन्न जिल्ला अधिवेशनले किसन राई (कालिदास राई) को नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्बसहमत चयन गरेको छ । १५ सदस्यीय समितिको उपाध्यक्षहरुमा नारागण तामाङ (बसाहा), देविराज राई (बेल्टार), अनिल आले मगर (कटारी), नमस कार्की (बेलका), सचिवमा मेधजुद्ध मगर (ज्याक) र कोषाध्यक्षमा बादल खतिवडा सर्बसहमत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा देवनारायण चौधरी, राजकुमार थापा,  शर्मिला राई, लिलाकान्त चौधरी, सुनिल पोखरेल, निलम खड्का रहेका छन् । निर्वाचित समितिको केही दिनपछि गाईघाटमा सपथ ग्रहण हुने जनाइएको छ । निवर्तमान अध्यक्ष राजेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पर्वत दाहाल, विशिष्ट अतिथि कोशी प्रदेश ब्याड्मिन्टन संघका तदर्थ समिति सदस्य दिपक राई रहेका थिए । कार्य...
१४ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा कराते तर्फ उदयपुरका जिवेसलाई स्वर्ण पदक, उत्कृष्ट खेलाडी घोषित

१४ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा कराते तर्फ उदयपुरका जिवेसलाई स्वर्ण पदक, उत्कृष्ट खेलाडी घोषित

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ७ बैशाख । उदयपुरका जिबेस राईले १४ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक हात पारेका छन् । २०८१ बैशाख ४ देखी ६ गते सम्म भएको प्रतियोगितामा उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ बालाम्ताको जिबेसले कराते प्रतियोगितामा ६२ कजेी तौल तर्फ स्वर्ण पदक जित हात पारेका हुन् । साथै राईलाई छात्र तर्फ उत्कृष्ट खेलाडी समेत घोषित गरी पुरस्कृत गरिएको छ । सातै ओटा प्रदेशबाट सहभागी खेलाडीहरु मध्ये राई कोशी प्रदेशबाट सहभागी भएका थिए । सात प्रदेशबाट ८४ जना खेलाडीहरु सहभागी मध्ये कोशीबाट छात्रा ६ जना र छात्रा ६ जना गरी जम्मा १२ जना खेलाडीहरु सहभागी थिए । २ स्वर्ण, ६ रजत १ कास्य पदक सहित कोशी प्रदेश प्रतियोगिताको दोस्रो भएको छ । जिबेशले पहिले पनि त्रियुगा नगरपालिका अन्तर विद्यालय प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए भने पालिका स्तरीय प्रतियोगितामा पनि प्रथम भई कोशी प्रदेश ...
एसिसि प्रिमियर कप : सेमिफाईनलमा नेपाल युएईसँग खेल्दै

एसिसि प्रिमियर कप : सेमिफाईनलमा नेपाल युएईसँग खेल्दै

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ७ । एसिसि प्रिमियर कपमा आज नेपालले युएईसँग सेमिफाईनल खेल खैल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ । ओमानमा जारी प्रतियोगिताको समुह चरणको खेलमा नेपाल ४ खेलमा अपराजित रहँदै ८ अंकका साथ समुह विजेता बन्दै सेमिफाईनल पुगेको हो । त्यस्तै युएई भने ४ खेलमा ३ मा जित र १ हार सहित ६ अंकका साथ समुह उपविजेता बनेसँगै नेपालसगँ सेमिफाईनलमा खेल्ने भएको हो । नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो भने ओमानसँग युएई ९ विकेटले हारेको थियो । प्रतियोगिता विजेताले टी–२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । दोस्रो सेमिफाइनल खेल आज हङकङ र ओमानबीच हुनेछ । ...
सानो उमेरमै ब्याडमिन्टनमा उदाएकी उदयपुरकी रोजी राईलाई खेलाडी दिपक राईको सम्मान

सानो उमेरमै ब्याडमिन्टनमा उदाएकी उदयपुरकी रोजी राईलाई खेलाडी दिपक राईको सम्मान

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ५ बैशाख । सानो उमेरमै ब्याडमिन्टनबाट सफलता चुमेकी उदयपुरकी रोजी राईलाई खेलाडी दिपक राईले सम्मान गरेको छ । राईले ब्याडमिन्टन खेलेरै देश विदेशमा उदाएकी चौदण्डीगढी नगरपालिका ७ बेल्टारकी १७ बर्षिया ब्याडमिन्टन खेलाडी रोजी राईलाई बुधबार गाईघाट स्थित कवर्ड हलमा सम्मान गरेको हो । राई आफै पनि ब्याडमिन्टनको सक्रिय खेलाडी हुन् । करिब २० बर्षदेखी ब्याडमिन्टन खेल्दै आएको राईले आज ब्याडमिन्टन खेलबाटै पहिचान बनाउन सफल उदयपुरकी खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी ब्यक्त गरे । राईले खादा, मायाको चिनो र नगद सहित सम्मान गरेको छ । ब्याडमिन्टन संघ कोशी प्रदेशको सदस्य समेत रहेका राईले प्रदेशभरीको ग्यामहरुमा सबै भन्दा बढी आफु सहभागी रहेको दावी गर्छन् । उनले अनिगिन्ती ग्यामहरुमा सहभागी भएको जनाए । “गनेर साध्य छैन्, कयौँ ग्याम खेलि सकेको छु र सयौँ उपाधी हात पारिसकेको छु । “राईले भने” । उनि ६० ब...