Saturday, August 15News That Matters

खेलकुद

इन्टर मिलान १३ बर्षपछि च्याम्पियन लिगको फाईनलमा

इन्टर मिलान १३ बर्षपछि च्याम्पियन लिगको फाईनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ३ । इटालियन क्लब इन्टर मिलान १३ बर्षपछि युरोपियन च्याम्यिन लिगको फाईनलमा प्रबेश गरेको छ । इन्टरले सेमिफाईनलमा मिलान डर्बी एसी मिलानलाई समग्रमा ३–०गोलले हराउँदै  फाईनलमा स्थान बनाएको हो । सेमिफाईनलको पहिलो लेगमा इन्टरले २–० ले जितेको थियो भने मंगलबार राति भएको दोस्रो खेलमा इन्टरले एसी मिलानमाथि १–० गोलको जित निकालेको हो । इन्टरलाई जित दिलाउन खेलको ७५ औं मिनेटमा मार्टिनेजले गोल गरे । इन्टर २०१० पछि च्याम्पियन्स लिगको उपाधि नजिज पुगेको हो । इन्टरले अब जुन १० मा टर्कीयमा हुने फाइनल खेल स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यान्चेष्टर सिटी बिचको बिजेता टोलीसँग खेल्नेछ । सिटी र रियलबिचको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो लेग बुधबार राती हुनेछ ।...
चार खेल अघि नै ला लिगा च्याम्पियन बन्यो बार्सिलोना

चार खेल अघि नै ला लिगा च्याम्पियन बन्यो बार्सिलोना

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १ । स्पानिस ला लिगामा चार खेल अघि नै अंक तालिकाको शिर्ष स्थानमा रहेको बार्सिलोनाले उपाधि जितेको छ । आइतबार राति भएको क्याटलान डर्बीमा स्पानयोललाई ४–२ गोलले हराएपछि बार्सिलोनाले उपाधि हात पारेको हो । बार्सिलोनाले ३४ खेल खेल्दा ८५ अंक जोडेको छ भने समान खेलबाट दोस्रो स्थानको रियल मड्रिडको ७१ अंक छ । स्पानयोललाई हराएको बार्सिलोनाले दोस्रो स्थानको रियलमाथि १४ अंकको आग्रता लिएको छ भने अब १२ अंकको खेल मात्र बाकीँ छ । बार्सिलोनाले बाँकीको चारै खेल हार्दा समेत दोसो स्थानको रियलले भेट्ने छैन । बार्सिलोनाले ला लिगाको उपाधि सन् २०१९ पछि पहिलो पटक जितेको हो । क्लबकै पूर्वखेलाडी जाभी प्रशिक्षक बनेपछि पनि बार्सिलोनाको यो पहिलो उपाधि हो । खेलको ११ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई आग्रता दिलाएका थिए भने खेलको २० औं मिनेटमा अलेजान्द्रो बाल्डेले अग्रता दोब्बर पा...
विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान सहित नगर परिक्रमा गराईने

विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान सहित नगर परिक्रमा गराईने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २७ । कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान सहित नगर परिक्रमा गराईने भएको छ । आज नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति, मोरङ व्यापार संघ तथा उद्योग संगठन मोरङले संयुक्त रूपमा खेलाडीहरू सम्मान गर्ने भएका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप छनोटमा स्थान बनाएको तथा भर्खरै एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेर ऐतिहासिक सफलता हासिल गरेका खेलाडीहरुलाई सम्मान गर्न लागेको उद्योग वाणिज्य महासंघ प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए । उनका अनुसार आज पौने १२ बजेदेखि खेलाडीहरूलाई सम्मानस्वरूप नगर परिक्रमा गराएपछि सम्मान गरिनेछ। जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालले वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, अमेरिका र युएईसँग खेल्नेछ । एसीसी मेन्स प्रिमियर कपको...
सिटी र रियलबिचको पहिलो सेमिफाईनल खेल बराबरी

सिटी र रियलबिचको पहिलो सेमिफाईनल खेल बराबरी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २७ । युरोपियन च्याम्पियन लिगमा इंग्लिस क्लब म्यान्चेष्टर सिटी र स्पानिस क्लब रियल मड्रिडबिचको पहिलो सेमिफाईनल खेल बराबरीमा रोकिएको छ । रियलको घरेलु मैदान सान्टियागोल बर्नामेउमा भएको पहिलो सेमिफाईल खेल १–१ गोलमा सकिएको हो । भिनिसियस जुनियरले खेलको ३६ औं मिनेटमा गोल गर्दै रियललाई आग्रता दिलाएका थिए भने खेलको ७६औं मिनेटमा डे ब्रुएनाले सिटीका लागि बराबरी गोल गरे । घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा लिएको आग्रता जोगाउन नसक्दा रियल बराबरीमा रोकिएको हो । बुधबार राति घरेलु मैदानमा हुने दोस्रो लेगमा जित निकाले सिटी फाईलनमा इन्टर मिलान वा एसी मिलानविरुद्धको खेलमा पुग्ने छ । रियलले जित निकाले १५ औं उपाधि नजिक पुग्नेछ । प्रिमियर लिगमा आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा रहेको सिटी एफए कपको फाइनल पुगिसकेको छ । सिटी अहिले सबै प्रतियोगितामा २१ खेलमा अपराजित छ, जसमा १७ जित स...
बेलकामा चौथो मेयर कप फुटबल लिग सुरु

बेलकामा चौथो मेयर कप फुटबल लिग सुरु

Breaking News 1, खेलकुद, समाचार
ललित राई पूर्णपुष्टि, २६ वैशाख । बेलका नगरपालिकामा मंगलबारबाट नगर स्तरिय लिग कप नकआउट चौथो मेयर कप सुरु भएको छ। नगरपालिका वडा नं ६ बुद्धचौक स्थित बुद्धचौक खेल मैदानमा मेयर असोक कार्कीले फुटबल खेलको उद्घाटन गरे । खेलमा नगरपालिका भरीका १२ वटा टिमले प्रतियोगितामा भाग लिएको बेलका नगर खेलकुद बिकास समितीका सचिव दिपन मगरले बताए । सचिव मगरकानुसार खेल आगामी जेठ ३ गते समापन हुनेछ। खेलमा बिजेता हुने प्रथम, द्वितीय टिमले क्रमश नगद ४१ हजार ,२१ हजार र शिल्ड,मेडल र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट खेलाडीहरुले बिभिन्न बिधामा १५ सय रुपैयाका दरले नगद प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा मेन अफ दि म्याच घोषित हुने र जनही एक हजारको दरले नगद प्रदान गरीने आयोजकले बताए।त्यसैगरी अनुशासनको बिधा तर्फबाट अनुशासित खेल समुहले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछ । आज भएको उद्धघाटन खेलमा बुद्ध ए...
‘लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्र्ड’ मेस्सी र विश्वविजेता अर्जेन्टिनी टोलीलाई

‘लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्र्ड’ मेस्सी र विश्वविजेता अर्जेन्टिनी टोलीलाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २६ । ‘लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्र्ड’ सुपरस्टार लिओनल मेस्सी र विश्वविजेता अर्जेन्टिनी टोलीले पाएको छ । मेस्सीले ‘मेन्स स्पोर्ट्स पर्सन अफ दि इअर’को अवार्ड पाएका छन् भने उनको कप्तानीमा विश्वकपको उपाधि जितेको टिमले ‘टिम अफ दि इअर’ को अवार्ड पाएका हुन् । गत डिसेम्बर कतारमा भएको फिफा विश्वकपमा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले उपाधि जितेको थियो । अर्जेन्टिनाले फाईनलमा फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । ३६ बर्षपछि विश्वविजेता बनेको अर्जेन्टिनाको लागी ७ गोल र ३ असिस्ट गरेको कप्तान मेस्सीले कतारमा उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल समेत जितेका थिए । मेस्सी एकै संकरणमा दुई लाउरेस अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यस्तै महिलातर्फको लाउरेस अवार्ड जमैकन स्प्रिन्टर शेली अन फ्रेजर प्राएसले पाएकी छन् । ओरेगनमा जुलाईमा भएको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपको १०० ...
न्युकासलमाथि आर्सनलको जित, उपाधि होड रोमाञ्चक बन्दै

न्युकासलमाथि आर्सनलको जित, उपाधि होड रोमाञ्चक बन्दै

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २५ । इंगलिस प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलले न्युकासल युनाइटेडमाथि जित निकालेको छ । आर्सनलले जितसँगै शिर्ष स्थानको सिटीसँग अंक दुरी एकमा घटाएको छ । आइतबार राति न्युकासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा आर्सनलले ०–२ गोलमा जित हासिल गरेको हो । खेलको १४ औं मिनेटमा जर्गिन्होको असिस्टमा कप्तान मार्टिन आडेगार्डले गोल गर्दै आर्सनललाई आग्रता दिलाएका थिए भने एक गोल उपाहार पाएको थियो । खेलको ७१ औं मिनेटमा ओडेगार्डको प्रहारलाई जोगाउन खोज्दा फावियन सारबाट आत्मघाती गोल भएको थियो । जितसँगै आर्सनलको ३५ खेलबाट ८१ अंक भएको छ भने एक खेल कम खेलकोको म्यान्चेष्टर सिटीको ८२ अंक छ । आर्सनलसँग हारेको न्युकासलको ३४ खेलबाट ६५ अंक सहित तेस्रो स्थानमा छ भने म्यान्चेष्टर युनाइटेड ३४ खेलबाट ६३ अंकसहित चौथो स्थानमा छ । अब लिगमा सिटीले चार र आर्सनलले तीन खेल खेल्...
युवा संघ नेपाल त्रिनपा १४ को जिम्मेवारी किशोर राईलाई, साउनेमा फुटवल प्रतियोगिता गराईने

युवा संघ नेपाल त्रिनपा १४ को जिम्मेवारी किशोर राईलाई, साउनेमा फुटवल प्रतियोगिता गराईने

Breaking News 1, खेलकुद, राजनीति, समाचार
पूर्णपुष्टि, २४ वैशाख । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरपालिका १४ को नेतृत्वमा किशोर राई सर्वसहमत चयन भएका छन् । उनि सहित उपाध्यक्षमा जिवन मगर पनि चयन भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरे तथा अग्रज नेताहरु ईश्वरमणी राउत, बैकुण्ठ दाहाल र युवा नेता मन्दीप राई सहितको उपस्थितिमा नेतृत्व चयन कार्यक्रम भएका थिए । कार्य समितिमा अन्य सदस्य तथा पदाधिकारीहरु भने पुरानै रहेका छन् । केहि समय अघि देनी नेतृत्वको केहि पदाधिकारीहरु खाली रहेपछि राईलाई अध्यक्ष र मगरलाई उपाध्यक्षमा चयन गरिएका थिए । राई इमान्दारी र कर्तव्यनिष्ठ व्यक्तित्वका रुपमा आपुलाई प्रस्तुत गर्दै गाउँटोलमा छाएका व्यक्ति हुन् । आफुले १४ नं वडाका युवाहरुलाई समेटेर नेतृत्व गर्दै गर्दा एक खुसी र अर्को चुनौती पनि रहेको जनाए । उनले पार्टी भित्रका अग्रज र सहकर्मीहरुलाई इमान्दारी र कर्तव्यनिष्ठ भए...
९ बर्षपछि रियलले जित्यो कोपा डेल रे कपको उपाधि

९ बर्षपछि रियलले जित्यो कोपा डेल रे कपको उपाधि

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २४ । यस सिजनको कोपा डेल रे कपको उपाधि स्पानिस क्लब रियल मड्रिडले जितेको छ । शनिबार राती सेभियामा भएको फाईनल खेलमा ओसासुनालाई २–१ गोल अन्तरले हराउँदै रियलले सन् २०१४ पछि पहिलो कोपा डेल रेको उपाधि जित्न सफल भएको हो । रियलका लागी दुवै गोल रोड्रिगोले गरे भने ओसासुनाका लुकास टोरोले एक गोल गरेका थिए । खेल सुरु भएको २ मिनेटमा ब्राजिली युवा विंगर रोड्रिगोले गोल गर्दै रियललाई आग्रता दिलाएका थिए भने ५८ औं मिनेटमा ओसासुनाका लुकास टोरोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा रोड्गिोले गोल गर्दै रियलको जित निश्चित गरेका थिए ।...
उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधी झापालाई (भिडियो सहित)

उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधी झापालाई (भिडियो सहित)

Breaking News 1, खेलकुद
पूर्णपुष्टि,वैशाख २३ । उदयपुरको गाईघाटमा सम्पन्न प्रथम उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि अलइनवन क्लव झापाले हात पारेको छ । जिल्ला फुटबल संघ उदयपुरको आयोजना गरिएको प्रतियोगितामा शनिवार भएको फाईनल खेलमा पिएसडव्लुसी पथरी मोरङ्गलाई ३–० ले पछि पार्दै झापाले उपाधी हात परेको हो । https://www.youtube.com/watch?v=vUnyn639TSA गाईघाटको थरुहट रंगशालामा दिनको ३ः३० बजे देखि सुरु भएको फाईनल खेलको निर्धारित ८० मिनेटको खेलमा झापाको तर्फबाट पहिलो हाफको २९ औँ मिनेटमा जर्सी नम्बर १४का खेलाडि रजनी थोकरले खाता खोलेकी थिईन् । त्यस लगत्तै ३२ औँ मिनेटमा थोकरले पुःन दास्रो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन् । प्रतियोगितामा दर्जनौ दर्शकहरुबाट हुटिङ पाएका झापाले दोस्रो हाफको ३२ औँ मिनेटमा जर्सि नम्ब्र ३ का खेलाडि मेनुका आलेमगरले थप एक गोल गर्दै सहज जित निकालेकी थिईन् । यता प्रतिश्पर्धी मोरङ्...