Thursday, May 21News That Matters

राजनीति

स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, उदयपुरमा दुइ वडामा उपनिर्वाचन

स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, उदयपुरमा दुइ वडामा उपनिर्वाचन

Breaking News 1, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, असाेज १० । निर्वाचन आयोगले आगामी स्थानीय तह उपनिर्वाचन २०८१ को मिति र कार्यतालिका घोषणा गरेको छ । उपनिर्वाचन मंसिर १६ गते हुने निश्चित भएको छ । मनोनयन दर्ता मंसिर २ गते, बिहान १०:०० देखि बेलुका ५:०० बजेसम्म हुनेछ । उम्मेदवारको सूची प्रकाशन मंसिर २ गते, बेलुका ५:०० देखि ६:०० बजेसम्म हुनेछ भने उम्मेदवारीबारे उजुरी दर्ता मंसिर ३ गते, बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म हुनेछ ।  त्यस्तै अन्तिम नामावली प्रकाशन मंसिर ५ गते, दिउँसो १:०० देखि ३:०० बजेसम्म र निर्वाचन चिह्न वितरण मंसिर ५ गते, दिउँसो ३:०० देखि बेलुका ५:०० बजेसम्म हुने आयोगले विज्ञप्तीमा जनाएकाे छ । प्रचारप्रसार निषेध अवधि मंसिर १३ गते राति १२:०० बजेदेखि लागू हुने जनाइएकाे छ भने उम्मेदवारहरूले मंसिर ५ गते बिहान ९:०० देखि दिउँसो १:०० बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने जनाइएकाे छ । उदयपुरमा दुइ वडामा उपनिर्वाचन त्रिय...
क्रान्तिकारी विद्यार्थी संगठनको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

क्रान्तिकारी विद्यार्थी संगठनको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १० ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार चारदिनसम्म चल्ने यो सम्मेलनमा नयाँ नेतृत्व चयनका साथै शैक्षिक मुद्दाहरूमा छलफल हुनेछ । सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा देशभरबाट दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने जनाइएको छ । यस सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । अध्यक्ष सिंहले दिएको जानकारी अनुसार नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुनेछ ।        ...
नेकपा एमाले उदयपुरद्वारा नयाँ कार्यविभाजन सार्वजनिक

नेकपा एमाले उदयपुरद्वारा नयाँ कार्यविभाजन सार्वजनिक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १० । नेकपा एमाले उदयपुरले बिहीबार नयाँ कार्यविभाजन सार्वजनिक गरेको छ । पार्टीका जिल्ला अध्यक्ष भागवत राउतले हस्ताक्षर गरेर जारी गरेको कार्यविभाजनमा रिक्त जिल्ला कमिटी सदस्यदेखि विभिन्न विभागसम्म गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरिएको छ । नयाँ कार्यविभाजन अनुसार २१ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको छ । जिल्ला कमिटी सचिवालयमा पाँच जना पदाधिकारी सहित ३२ सदस्यीय कमिटी निर्माण गरिएको छ । साथै, १२१ सदस्यीय सल्लाहकार समिति र ८१ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरिएको छ । पार्टीले विभिन्न २७ वटा विभागहरू गठन गरेको छ, जसमा पार्टी स्कूल, स्थानीय विकास, संगठन, कानून, प्रचार तथा प्रकाशन लगायत विभागहरू रहेका छन् । प्रत्येक विभागमा नेताहरूलाई जिम्मेवारी दिइएको छ । जनसंगठन समन्वय संयन्त्र प्रमुखमा हेम ब. खड्का र सचिवमा भुवन दाहाललाई मनोनित गरिएको छ । पार्टीका २३ वट...
प्रतिपक्षी एकता: माओवादी र रास्वपा सरकार विरोधी मोर्चामा

प्रतिपक्षी एकता: माओवादी र रास्वपा सरकार विरोधी मोर्चामा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असोज ६ ।  कांग्रेस र एमालेको सत्ता समीकरणले नेपालको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याएको छ। यस परिवर्तनसँगै, प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नजिकिने संकेत देखिएको छ। माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकले विचार मिल्ने दलहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ। यसैगरी, रास्वपाले पनि मुद्दा मिल्ने दलसँग सहकार्य गर्ने बताएको छ। दुवै दलले सरकारलाई खबरदारी गर्ने विषयमा संसद्मा एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्। संसद्मा तेस्रो र चौथो स्थानमा रहेका यी दलहरूले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अघोषित मोर्चा खडा गरेका छन्। उपसभामुख इन्दिरा रानामगरको पदीय आचरणको मुद्दामा यी दुई दल एकसाथ उभिएका थिए। माओवादी उपमहासचिव शक्ति बस्नेतका अनुसार भ्रष्टाचारविरुद्ध, सुशासन र जनताका सरोकारका विषयमा रास्वपासँग सहका...
उदयपुरमा नेकपा एकिकृत समाजवादीको सन्देश सभा सम्पन्न

उदयपुरमा नेकपा एकिकृत समाजवादीको सन्देश सभा सम्पन्न

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भाद्र २८ । नेकपा एकीकृत समाजवादीको सन्देश सभा आज उदयपुरको सदरमुकाम गाईघाटस्थित पिपल चोकमा सम्पन्न भएको छ। "दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेले सही मार्ग नअपनाएको आरोप लगाए। उनले एमालेमाथि संविधानको मूल मर्म कुल्चने र दक्षिणपन्थी विचारधारामा भासिएको आरोप लगाउँदै भने, "सामूहिकता, विधि र न्यायलाई बिर्सेर व्यक्तिको पेवा बनाउन खोजिएको छ।" नेपालले आफूहरूले नयाँ पार्टी खोल्नुको कारण बताउँदै एमालेले बाटो बिराएकैले सबैको न्यायका लागि समाजवादको बाटो रोजेको उल्लेख गरे। यस सन्देश सभामा जिल्ला, प्रदेश र केन्द्रीय पार्टी पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न पार्टीबा...
पूर्वमन्त्री सुदन किराँतीको सुझावमा नवीन रणनीति : नेपाली मौलिकतामा आधारित समाजवादको खोजी

पूर्वमन्त्री सुदन किराँतीको सुझावमा नवीन रणनीति : नेपाली मौलिकतामा आधारित समाजवादको खोजी

Breaking News 1, बिचार, राजनीति, समाचार
देश महायात्रा, ऋतु आधारित संगठन परिचालन र स्थानीय तह केन्द्रित कार्यक्रम मार्फत जनतासँग नजिक हुने योजना उदयपुर, भदौ २४ । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री सुदन किराँतीले नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन सम्बन्धी सुझाव बैठकमा राख्नुभएके छ । पार्टीलाई जनताको नजिक लैजाने र नेपाली परिप्रेक्ष्यमा समाजवादी मोडेल विकास गर्ने महत्वाकांक्षी लक्ष्य अनुरुपकाे सुझाव उहाँकाे छ । विचार निर्माणका रणनीतिहरूस्थ देश महायात्रा : पार्टीका नेता किरातीले प्रस्तुत गरेको योजना अनुसार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डु)को नेतृत्वमा देश महायात्रा सञ्चालन गरिनुपर्ने । यस यात्राको उद्देश्य नेपाली समाजको वर्तमान अवस्था र जनजीवनलाई नजिकबाट बुझ्नु रहेको छ । "यो महायात्राले हिमाल, पहाड र मधेशको संस्कृतिलाई मिहिन ढंगले बुझ्न मद्दत गर्नेछ । हामी जनताको दैनिक जीवन, उनीहरूका समस्या ...
क्रान्तिकारी विद्यार्थी नेता रेग्मीद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

क्रान्तिकारी विद्यार्थी नेता रेग्मीद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २३ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी शर्माले आगामी २३ औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। आज त्रियुगा जनता बहुमुखी क्याम्पस मोडिगताको स्व.वि.यु. भवनमा पत्रकार सम्मेलनमा बोल्दै रेग्मीले वर्तमान शैक्षिक व्यवस्थामा रहेका विसंगति र समस्याहरूलाई सम्बोधन गर्न विद्यार्थी आन्दोलनलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, "हामीले समाजवादी शिक्षाको कुरा गरिरहेका छौं, तर व्यवहारमा त्यसलाई लागू गर्न सकिरहेका छैनौं।" रेग्मीले प्रमुख शैक्षिक चुनौतीहरूमा सामुदायिक विद्यालयहरूको गिर्दो स्तर, विश्वविद्यालय शिक्षाको गुणस्तर र प्राविधिक शिक्षाको अपर्याप्तता रहेको उल्लेख गरे। उनले भने, "हाम्रा विश्वविद्यालयहरू केवल प्रमाणपत्र वितरण केन्द्र जस्ता भएका छन्। हामीले शिक्षालाई रोजगारीसँग जो...
प्रचण्डद्वारा सप्तरीमा जनयुद्धका प्रथम सहिदहरूको शालिक अनावरण हुँदै

प्रचण्डद्वारा सप्तरीमा जनयुद्धका प्रथम सहिदहरूको शालिक अनावरण हुँदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २३ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ रक्साहामा जनयुद्धका दुई प्रथम सहिदहरूको शालिक अनावरण हुने भएको छ। सोमबार दिउँसो ३ बजे पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जनयुद्धका प्रथम सहिद कमरेड दुर्गाराज पौडेल (सुरज) र उपेन्द्र बहादुर कोइराला (अर्जुन) को शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ। नेकपा माओवादी केन्द्र सुरुङ्गा नगरपालिका सप्तरीले यस कार्यक्रमको आयोजना गरेको छ।  ...
कटारी नगरपालिकाले अनियमितता लुकाउन ग¥यो विनियोजन ऐनमा हेरफेर

कटारी नगरपालिकाले अनियमितता लुकाउन ग¥यो विनियोजन ऐनमा हेरफेर

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरको कटारी नगरपालिकाले १ करोड ७६ लाख ५८ हजार रुपैयाँको अनियमितता लुकाउन विनियोजन ऐन नै हेरफेर गरेको गरेको पाईएको छ। नगर उपप्रमुख गिता खड्काका अनुसार नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले वन रोयल्टी र खनिज तथा खानी रोयल्टीबाट प्राप्त यो रकम टिप्पणी आदेशका भरमा आफूखुशी खर्च गरेका छन्। साउन २७ गते बसेको तेह्रौं नगर सभामा यस विषयमा व्यापक विरोध भएपछि नगरपालिकाले विनियोजन ऐन, २०८० मा हेरफेर गरेको पाइएको छ। ऐनमा थपिएको नयाँ बुँदा अनुसार अनुमान गरिएको भन्दा फरक आम्दानी प्राप्त भएमा त्यसलाई योजना तथा कार्यक्रममा विनियोजन गर्ने अधिकार नगर प्रमुखलाई दिइएको छ। उपप्रमुख खड्काले यो कदम स्थानीय सरकार सञ्चालन ऐनको धारा ७३(७) विपरीत रहेको बताएकी छन्, जसमा कार्यपालिकाले सभाबाट स्वीकृत सीमा र शीर्षक बाहिर गई बजेट खर्च गर्न नपाइने व्यवस्था छ। उहाँले नगरपालिकाको वेबसाइटमा राखिएको विनियो...