Saturday, September 12News That Matters

राजनीति

एमाले मिसन ग्रासरुट अभियान अन्तर संवाद तथा प्रगति विवरण सार्वजनिक

एमाले मिसन ग्रासरुट अभियान अन्तर संवाद तथा प्रगति विवरण सार्वजनिक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र २८ । नेकपा एमाले उदयपुरले मिसन ग्रासरुट अभियान लिएर जिल्लाको सबै ठाउँ पुगेको जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै पार्टी जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले आठ स्थानीय तहको ७५ वडामा ६५० टोल कमिटि बनाएको जनाए । संगठनात्मक कामलाई प्राथमिकता दिदैँ जिल्ला कमिटीमा ११८, पालिका कमिटिमा ७२०, वडा कमिटिमा २ हजार ३२५ र टोल कमिटिमा ९ हजार ७५० जना आवद्ध गराएको बताए । एमालेले स्थानीय तहमा जहाँ अगुवाई त्यहाँ राम्रो काम गर्ने, जनताको सुखदुुःखका साथी बन्ने, कम्यूनिष्ट आचार र योगदानको सम्मान गर्ने, निर्वाचनको प्रतिवद्धता सुनुवाई गर्ने र बामपन्थी एकता बढ्ने जनाएको छ । “समृद्धिका लागी सञ्चार कर्म, प्रेस चौतारीको मुल मर्म” भन्ने नारका साथ सञ्चालन गरिएको कार्यक्रम गाईघाटको आर एन होटलमा गरिएको थियो । प्रेस चौतारीको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी र...
सांसद ढाकाकुमारको अर्को अडिओ टेप पनि सार्वजनिक

सांसद ढाकाकुमारको अर्को अडिओ टेप पनि सार्वजनिक

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २८ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको दुई करोड पैसा मागेको अडिओ टेप सार्वजनिक भएको छ । आइतबार मन्त्री बन्न सभापति रवि लामिछानेलाई २ करोड बुझाउनु पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको (रास्वपा) सांसद श्रेष्ठको अर्को अडियो टेप पनि सार्वजनिक भएको हो । दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको छ । सांसद श्रेष्ठले आइतबारको अडिओ सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरेको र सो क्रममा उनले चुनावको मुखमा रहेकोले रवि लामिछानेको बिषयमा राम्रो कुरा भनिदिन भनेको कपुरबोटले उल्लेख गरेको छ । अडिओको पछिल्लो भागमा ढाकाकुमारले दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै गौतमलाई फोन गरेको सुनिन्छ । https://www.youtube.com/watch?v=q4t8z2nlO0w ’दुर्गा...
ढाकाको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित छ, यसको निष्पक्ष छानबिन होस : उपसभापति धनराज गुरुङ

ढाकाको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित छ, यसको निष्पक्ष छानबिन होस : उपसभापति धनराज गुरुङ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २७ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन संवाद भ्रष्टाचार संग सम्बन्धित छ यस्को निष्पक्ष छानबिनको माग गरेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताउनुभएको हो । फोन संवादमा साढे २ करोड कोर टिमलाई बुझाउनुपर्छ भनेको छ। कोर टिम भनेको हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन सभामुख महोदय ? गुरुङले भने, ‘संसद सदस्यले गरेको कमिसन, भ्रष्टाचारसँग सम्बन्धित वार्तालापका सन्दर्भमा संसद चुप लागेर बस्नुहुँदैन । आजको बैठकबाट संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गर्दछु।’ मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आफू स्वास्थ्य मन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड माग गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले उनलाई निलम्बन गरेर छानबिन गरिरहेको छ।...
कांग्रेस शभापति देउवालाई प्रमुख विपक्षी दलको सुविधा दिने

कांग्रेस शभापति देउवालाई प्रमुख विपक्षी दलको सुविधा दिने

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सुविधा पाउने भएको छ । मंसिर ४ मा भएको निर्वाचनदेखी निर्वाचित संसदहरुले पुष ७ मा सपथ लिएका थिए भने पुष १० मा माओवादी नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार निर्माण गरेका हुन् । प्रचण्डको नेतृत्वमा सरकार बन्दा काग्रेस संसदमा प्रमुख विपक्षी दलको बेन्चमा बसेको थियो भने पुष २६ मा प्रधानमन्त्रीलाई काग्रेसले विश्वासको मत दिएको थियो । मतदिएपछि पनि कांग्रेस विपक्षी दलको बेन्चमा नै बसेको थियो । सरकारलाई विश्वासको मत दिएको दल प्रमुख विपक्षी दल हुन नसक्ने नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले दाबी गरेको थियो भने सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ । कांग्रेसलाई विपक्षी दलको मान्यता दिन नहुने माग सहित सर्वौच्चमा परेको रिट विचाराधीनमा रहेको बेला संघीय संसद सचिवालयले सरकारमा...
दुई करोड अडियो प्रकरणबारे छानबिन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

दुई करोड अडियो प्रकरणबारे छानबिन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २७ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मागेको अडियो प्रकरणबारे अनुसन्धान हुने बताएको छ । आज चितवनमा संञ्चारकर्मीहरुको प्रश्नमा श्रेष्ठले भने ‘दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ ।’ आईतवार रास्वपाका सांसद डा.श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । अडियोमा श्रेष्ठले रास्वपाका सभापति रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन् । अडियो सार्वजनिक भएलगत...
काठमाडौँका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउनेबारे बालेनको १४ बुँदे स्पष्टीकरण

काठमाडौँका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउनेबारे बालेनको १४ बुँदे स्पष्टीकरण

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २७ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारभित्रको फोहोर नउठाउन दिएको निर्देशनबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। संघीय सरकारले कुनै पनि काममा महानगरसँग समन्वय नगरेको र समन्वय गरिएका काममा पनि कार्यान्वयनमा चासो नदिएको बालेनले जनाएका छन्। आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएको मेयर शाहको भनाइ छ। त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो। जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो, बालेनले लेखेका छन् । यसबारेमा सरोकारवालालाई थाहा भए पनि सर्वसाधारणलाई थाहा नहुँदा मिडिया र सर्वसाधारणबाट धेरै प्रश्नहरु उठेको र त्यो स्वाभाविक भएको उनले उल्लेख गरेका छन्। महानगरको कार्यालयबाट ५०० मिटरको दूरीमा रहेको सिंह...
त्रियुगा नगरपालिकाको सेवा प्रवाह नाजुक र निराशाजनक भएको भन्दै ६ राजनीतिक दलको विज्ञप्ती

त्रियुगा नगरपालिकाको सेवा प्रवाह नाजुक र निराशाजनक भएको भन्दै ६ राजनीतिक दलको विज्ञप्ती

Breaking News 1, राजनीति, समाचार
पूूर्णपुष्टि, चैत्र २६ । गाईघाट । त्रियुुगा नगरपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिदा विगत दुुई महिनादेखि सेवा प्रवाह अबरुद्ध भएको भन्दै पाँच राजनीतिक दलले विज्ञप्ती जारी गर्दै ध्यानाकृष्ट गरेको छ । नेपाली काङ्ग्रेस लगायत ६ वटा पार्टीले गम्भिर ध्यानकर्षण भएको भन्दै नगरको सेवा सुविधाबाट नागरिकलाई बञ्चित र सास्ती खेपाएकोमा चिन्ता ब्यक्त गरेको छ । नेपाली काङ्ग्रेस मेयर बसन्त बस्नेतको आफ्नाे पार्टी हाे । उपमेयर महेश्वरी राईकाे पार्टी नेकपा एमालेकाे भने विज्ञप्तीमा सहभागी छैन । १६ नं. वडाध्यक्षसमेत रहेका नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मानबादुर राई, नेपाली काङ्ग्रेस त्रियुुगा नगरसभापति प्रकाश कुुमार खड्का, नेकपा एकिकृत समाजवादी त्रियुुगा नगर अध्यक्ष जनार्दन रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरका प्रतिनिधि उद्धव अधिकारी, लोकतान्त्रीक समाजवादी पार्टी उदयपुरका...
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईसँग २ करोड मागेको अडियो बाहिरियो

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईसँग २ करोड मागेको अडियो बाहिरियो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र २६ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो बाहिरिएको छ । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा सहभागी हुनुअघिको अडियो बाहिर आएको हो । कपुर डटकमले सार्वजनिक गरेको अडियोमा आफु स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम दिनुपर्ने भन्दै उनले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईसँग २ करोड मागेका हुन् । श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् । गत माघ ३ मा मन्त्रिपरिषद् विस्तार हनु अगाडी भएको संवादमा सांसद श्रेष्ठले स्वास्थ्य हामिले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भनेका थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर उनले भने । उनले अगाडि भनेका छन्, ‘मन्त्री पनि बन्नुपर्‍यो, धोइ...
भष्ट्रचारीले मात्र रास्वपाको आलोचना गर्छ : रवी लामिछाने

भष्ट्रचारीले मात्र रास्वपाको आलोचना गर्छ : रवी लामिछाने

राजनीति, समाचार
पूर्णपुष्टि,चेत्र २५ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापती रवी लामिछानेले भ्रष्ट्रचारीले मात्र रास्वपाको र आफ्नो आलोचना गर्ने गरेको बताएका छन् । शनिबार तनहुँको चुनावी सभामा बोल्दै उनले आफ्ना आलोचकको इतिहास र काम हेर्दा त्यस्ता व्यक्तिहरुलाई भ्रष्ट्रचार अभियोगमा जेल हाल्नुपर्ने खालको रहेको बताएका हुन् । हामिलाई प्रश्न गर्ने मानिसहरुलाई हाम्रो सरकार बन्यो भने भ्रष्ट्रचारको आरोपमा जेल हाल्नको लागी त्यस्ता व्यक्तिहरुको लिष्टसम्म तयार गरिरहेको छौं ‘उनले भने’ त्यस्तो व्यक्तिलाइ मैले जवाफ दिन जरुरी छैन । सर्वसाधरणले सोधेको प्रश्नको जवाफ जहाँ पनि दिन तयार रहेको र त्यस्ता भ्रष्ट्र मान्छेको एउटा पनि जवाफ दिदिन किनकी त्यस्तालाई त जेल कुच्ने हो उनले भने । मुलुक आज यो अवस्था तिर पुग्नु बर्षौदेखी शासन गर्नेहरुको कारण रहेको भन्दै उनिहरु जवाफदेही हुनुपर्ने बताए । जनताको भोट लिएर गएपछि देश छाड्न बाध्य ...
वरिष्ठ नेता मुकुन्द न्यौपानेद्धारा एकिकृत समाजवादी त्याग

वरिष्ठ नेता मुकुन्द न्यौपानेद्धारा एकिकृत समाजवादी त्याग

राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र २५ । वरिष्ठ नेता मुकुन्द न्यौपानले नेकपा एकिकृत समाजवादी पार्टी त्यागेका छन् । शनिबार उनले काडठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी त्याग गरेको जानकारी गराएका हुन् । पार्टीले परिचय दिएपनि पहिचान दिन नसकेको र पार्टी अवसरवादमा गएको उनले आरोप लगाए । माधव कुमार नेपाल नेत्तृत्वको पार्टीमा सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै रहेको उनको दाबि गर्दै ‘उनले भने’ अब देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी छ । उनको दाबि अनुसार एकिकृत समाजवादीका सम्मानिय नेता झलनाथ खनालसमेत सम्मानित पद पाए एमालेमा फर्किने मनस्थितिमा रहेका छन् । सांसदहरूलाई पार्टीले ९–९ महिनामा मन्त्री दिने भनेर आश्वासन समेत दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नटिक्ने पनि दाबी गरे।...