Monday, August 10News That Matters

संसार

एलन मस्क पुन : विश्वको धनी व्यक्तिको शिर्ष स्थानमा

एलन मस्क पुन : विश्वको धनी व्यक्तिको शिर्ष स्थानमा

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, फागुन १६ । टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क पुनः एक पटक विश्वका सर्वाधिक धनी व्यक्तिको शीर्ष स्थानमा परेका छन् । ब्लुमबर्ग बिलियनेर इन्डेक्सको तथ्याकं अनुसार दोस्रो स्थानमा झरेका एलन मस्क पुन शिर्ष स्थानमा पुगेका हुन् । मस्कको सम्पत्तिमा २४ घण्टाभित्र ६.९८ अर्ब डलर वृद्धि भएको छ भने कुल सम्पत्ती १८७ अर्ब डलर पुगेको छ । हालसम्म शीर्ष स्थानमा बसेका फ्रान्सका अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरको कूल सम्पत्ति सहित दोस्रो स्थानमा झरेका छन् । पछिल्ला केही दिनदेखि मस्कको सम्पत्ति वृद्धि भइरहेको थियो, त्यसैले उनी पुनः शीर्ष स्थानमा पुग्ने सम्भावना प्रबल बन्दै गइरहेको थियो । मस्कले विश्वको सबैभन्दा धनी व्यक्ति र ईतिहासमा धेरै घाटा व्यहोर्ने व्यक्तिको रेकर्ड राखेका छन् । गत वर्षको अन्त्यमा मस्क २०० बिलियन डलरको सम्पत्ति गुमाउने पहिलो व्यक्ति बनेका थिए । उनको कुल सम्पत...
रुस–युक्रेन युद्धको १ बर्ष पुरा : संयुक्त राष्ट्र संघको महासभाबाट युद्ध रोक्नुपर्ने प्रस्ताव बहुमतले पारित

रुस–युक्रेन युद्धको १ बर्ष पुरा : संयुक्त राष्ट्र संघको महासभाबाट युद्ध रोक्नुपर्ने प्रस्ताव बहुमतले पारित

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, फागुन १२ गते । आज रुस–युक्रेन युद्धको १ बर्ष पुरा भएको छ । यस युद्धको वार्षिकीत्सवको पूर्वसन्ध्यामा संयुक्त राष्ट्र संघको महासभामा युक्रेनमाथि गर्दै आएको आक्रमण रुसले रोक्नुपर्ने प्रस्ताव बहुमतले पारित भएको छ । उक्त प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत खसालेको थियो भने प्रस्तावको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआको मत थियो । त्यस्तै तटस्थ बस्नेमा चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश रहेका छन् । सो महासभामा रुसले युक्रेनमाथि गर्दै आएको आक्रमणको भत्सर्ना भएको छ भने बिनाशर्त युद्ध रोक्ने, युक्रेनमा भएका रुसी सेना फिर्ता गर्नुपर्ने र सक्दो चाँडो शान्ति कायम गर्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित भएको छ । रुसले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेपछि बढेको तनाव युद्धमा परिणत भएको थियो । २०२२ को फेब्रुअरी २४...
टर्कीको भुकम्प प्रभावित क्षेत्रका २ नेपाली महिला अझै सम्पर्क विहिन

टर्कीको भुकम्प प्रभावित क्षेत्रका २ नेपाली महिला अझै सम्पर्क विहिन

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, माघ २६ गते । गैरआवासीय नेपाली संघका अनुसार टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २ जना नेपाली महिल अझै सम्पर्क विहिन रहेका छन् । भुकम्प प्रभावित क्षेत्रमा ३३ जना नेपाली रहेको पुष्टि भएको टर्की समेत हेर्ने पाकिस्तान स्थित नेपाली दुतावासले जनाएको छ । ३१ जना नेपाली नागरिक दूतावासको सम्पर्कमा आईसकेका छन् भने २ जना सम्पर्कमा नआएको टर्कीमा रहेका गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलले बताए । महासचिव पौडेलका अनुसार सम्पर्कमा आएका एक जना नेपाली समान्य घाइते छन् । सञ्चार सम्पर्क टुटेका कारण भूकम्पग्रस्त सबैठाउँमा सम्पर्क हुन नसकेको पौडेलको भनाई छ । उनीहरु त्यहाँ घरेलु कामदारको रुपमा काम गर्दै आएका थिए । भूकम्प गएको टर्कीको गाजियान्टेपमा कति नेपाली छन भन्ने यकिन तथ्यांक छैन । भूकम्पग्रस्त क्षेत्रमा नेपाली विद्यार्थी र घरेलु कामदार रहेकाछन् । कतिपय घरेलु कामदार गैरकानूनी र...
टर्कीका भुकम्प पिडितलाई मेस्सिले ३.५ बिलियन युरो सहयोग गर्ने

टर्कीका भुकम्प पिडितलाई मेस्सिले ३.५ बिलियन युरो सहयोग गर्ने

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, माघ २६ गते । कतारमा विश्व विजेता बनेका लियोनेल मेस्सीले टर्की र सिरियाको भुकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो सहयोग गर्ने भएका छन् । अर्जेन्टिनाले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन निर्देशन दिएको टर्कीका सञ्चारमाध्यम भक्स न्युजले जनाएको छ । लियो मेस्सी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो । यस फाउन्डेसनले विश्वभरका बालबालिकाको स्वास्थ्य र शिक्षाको ख्याल राख्छ । लियोका जेठा भाइ म्याटियासले युनिसेफ सँगको साझेदारीमा सहयोगका गतिविधिहरू आयोजना गर्छन्। युनिसेफसँगको सहकार्यमा सो रकम टर्की र सिरियाका भुकम्प पीडितका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । टर्की र सिरियामा गएको बिनाशकारी भुकम्पले ठुलो मानविय तथा भौतिक क्षती गरेको छ । विश्व स्वास्थ्य संगठनले सो भुकम्पमा परी २० हजार जनाको ज्यान गएको प्रक्षेपण गरेको छ । संसारभर देखि नै टर्की र सिरियाका भ...
टर्कीलाई अत्यावश्यक सामाग्री सहित मेडिकल टिम पठाउने सरकारको तयारी

टर्कीलाई अत्यावश्यक सामाग्री सहित मेडिकल टिम पठाउने सरकारको तयारी

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, माघ २५ गते । टर्कीमा गएको विनाशकारी भुकम्पपिडितका लागि नेपाल सरकारले राहत तथा पुनर्स्थापनाका लागि मेडिकल टिमसहित अत्यावश्यक सामाग्री पठाउने भएको छ । टर्कीमा सोमबार गएको दुई शक्तिशाली भुकम्पले ठुलो मानविय तथा भौतिक क्षति भएको छ । बुधबार दिउँसो राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठकले सो निर्णय लिएको हो । उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले बैठकमा टर्की नेपालको असल मित्रराष्ट्र भएकाले सहयोग गर्नुपुर्ने बताए । दाहालले भने हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको थियो । टर्की सरकारको दु:खमा हामिले सहयोग गर्नु पर्ने भन्दै छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गर्नुपर्ने दाहालले भने । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु ...
टर्कीमा विनाशकारी भुकम्पको कारण जमिन साढे ३ मिटर सर्‍यो

टर्कीमा विनाशकारी भुकम्पको कारण जमिन साढे ३ मिटर सर्‍यो

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, माघ २५ गते । टर्कीमा गएको विनाशकारी भुकम्पले त्याहाको भौगोलिक अवस्थिति नै परिवर्तन गरिदिएको छ । भुकम्पको कारण टर्की अवस्थित रहेको टेक्टोनिक प्लेट १० फिट पर सरेको भूगर्भविदले जनाएको छ । त्यसैले टर्कीको भौगोलिक अवस्थिति नै साढे ३ मिटर सरेको छ । टर्कीमा सोमबार ७.८ र ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको झट्काले गर्दा टर्किमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । टर्किमा गएको पहिलो ७.८ म्याग्निच्युडको भुकम्पको उद्गम जमिनभन्दा १८ मिटर गहिराइमा थियो । त्यस्तै ९ घण्टापछि गएको ७.५ म्याग्निच्युडको झट्का १० किलोमिटर गहिराइमा उत्पन्न भएको थियो । वैज्ञानिकहरुका अनुसार भूकम्पका कारण एनाटोलियन प्लेट र अरेबियन प्लेटबीचको १४० मिटर लामो फल्टलाइनमा चिरा परेको छ । टर्कीको भौगर्भिक अवस्थिति उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रमा छ । यो मुलुक एनाटोलियन प्लेट, अरेबियन प्लेट र युरेसियन प्...
बेलायतका नागरिक सरकार बिरुद्ध सडकमा

बेलायतका नागरिक सरकार बिरुद्ध सडकमा

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, माघ १९ गते ।  बेलायतका नागरिक सरकार बिरुद्ध सडकमा उत्रिएका छन् । करिब ५ लाख भन्दा बढि नागरिक सडकमा उत्रिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध बुधबार नागरिकहरु सडकमा उत्रिएका छन् । अधिकांश शिक्षक, निजामती कर्मचारी र रेल चालकहरू सहभागी रहेका छन् । उनिहरुको तलब वृद्धि प्रमुख माग रहेको साथै मुद्रास्फिति नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन् । प्रदर्शनमा करिब ३ लाख शिक्षक मात्र सहभागी रहेको अलजजिराले जनाएको छ । कोरोना र त्यसपछि युक्रेन युद्धका कारण बढेको मुद्रास्फितिका जीवनशैली मुस्किल बनेको बताएका छन् । आन्दोलनमा सहभागी शिक्षकहरूले दैनिक १० घण्टा काम गरेता पनि पास्ता खाएर दिन काट्नु परेको उनिहरुको भनाई छ । हड्तालअघि प्रधानमन्त्री कार्यालयले अराजकता निम्तने गरी प्रदर्शन नगर्न चेतावनी दिएता पनि प्रदर्श...
अष्ट्रलियामा वृद्धालाई कुटपिट गरेको अभियोगमा नेपाली नर्स पक्राउ

अष्ट्रलियामा वृद्धालाई कुटपिट गरेको अभियोगमा नेपाली नर्स पक्राउ

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, माघ १६ गते । अष्ट्रलियामा वृद्धालाई कुटपिट गरेको अभियोगमा नेपाली नर्स पक्राउ परकी छन् । पक्राउ पर्नेमा अस्मिता पाण्डे रहेकी छन् । उनि इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत रहेकी थिईन् । आफ्नै सहकर्मिले ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धमाथि कुटपिट गरेको उजुरी दिएपछी उनलाई केहि दिनअघि पक्राउ गरिएको नाइन न्युजले जनाएको छ । पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार भएको सुन्नु निक्कै दुखदायी भएको बताइन् । पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।...
चर्चमा आगो लाग्दा १५ बालबालिबासहित ४१ जनाको मृत्यु

चर्चमा आगो लाग्दा १५ बालबालिबासहित ४१ जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, साउन ३० गते । चर्चमा आगो लाग्दा १५ जना बालबालिकासहित ४१ जनाको इजिप्टमा ज्यान गएको छ । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको भए पनि विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उद्धारमा खटिएका चार प्रहरीसहित १६ जना घाइते भएका छन् । आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालिएको राष्ट्रपति अबदेल फताह अल सिसीले बताएका छन् ।...
सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

Breaking News 2, संसार
पूर्णपुष्टि, साउन ३० गते । सुनचाँदीको मूल्यमा आज गिरावट भएको छ । सुन तोलामा ४ सय रुपैयाँले र चाँदीको मूल्यमा तोलाको १५ रुपैयाले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ४ सय र तेजावी सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबर छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ८ सय र तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । इता, चाँदीको मूल्य तोलामा १ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ । आइतबर चाँदीको मूल्य एक हजार २ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।...