दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको उपाधि सगरमाथाले जित्यो
पूर्णपुष्टि, कार्तिक १० । दोस्रो स्वर्गिय युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको उपाधि सगरमाथा फुटबल क्लब राजावासले जितेको छ । शनिबार बगाहाको खेल मैदानमा भएको फाईनल खेलमा दमौटी फुटबल क्लबलाई टाईब्रेकरमा १ गोलको विरुद्ध ४ गोल गर्दै सगरमाथाले उपाधि चुमेको हो ।
निर्धारित समयमा गोल रहित बराबरी खेलेपछि पहिलो संस्करणको विजेता दमौटीलाई टाईब्रेकरमा हराउँदै सगरमाथा फुटबल क्लब राजावासले दोस्रो संस्करणको उपाधि कब्जा गरेको हो । सगरमाथाका लागी जर्सि नं. ११ का निश्चल मोक्तान, जर्सि नंं ७ का सनिष लिम्बु, जर्सि नं. ६ का सन्दिप लिम्बु र जर्सि नं. ८ का देवराज चौधरीले गोल गरे । दमौटीको लागी जर्सि नं. ८ का अजित चौधरीले गोल गरे भने जर्सि नं. ४ का गणेश भुजेल र जर्सि नं. १७ का निश्चल ठकुरीको प्रहार गोल रक्षकले रोकेका थिए ।
यस खेलको म्यान अफ द म्याच र बेष्ट गोलकिपर सगरमाथा फुटबल क्लब जर्सि नं. १ का निश्चल क...









