गाईघाट ब्याडमिन्टन प्रतियाेगिता सञ्चालन
पूर्णपुष्टि, कार्तिक ९ ।
मेन्स डबल्स ब्याडमिन्टन प्रतियाेगिता गाईघाटमा आज सञ्चालन भएकाे छ । ब्याडमिन्टनप्रेमी समुहले दिपावली तथा छठपर्व शुभकामनासहित प्रतियाेगिता गरेकाे हाे । प्रतियाेगितासंगै पिकनिक आयाेजना गरिएकाे छ ।
ब्याडमिन्टनका सिनियर तथा जुनियर दुबैलाई मिलाएर मैत्रीपूर्ण खेल प्रतियाेगिता गरिएकाे कार्यक्रम संयाेजक बलबहादुर कार्कीले बताउनुभयाे । प्रतियाेगितामा ३२ टिमले भाग लिएकाे अफिसियल रेफ्री दिपक राईले जानकारी दिनुभयाे ।
खेल उद्घाटन त्रियुगा नगरपालिका मेयर वसन्त बस्नेतले गर्नुभयाे ।
मैत्रिपूर्ण खेलका लागि स्थानीय खेलप्रेमी ब्यक्तित्वहरुले ब्यक्तिगतरुपमा सहयाेग गरेका छन् ।
प्रतियाेगिताकाे फाईनल खेल भाेली हुने र पिकनिकसंगै विजयी टिमलाई पुरस्कृत गरिने जनाईएकाे छ ।
कार्यक्रममा उपमेयर महेश्वरी राई, जिल्ला न्यायधिस हरिसचन्द्र ईङनाम, जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ याेगि, सशस्त...








