६९ सालमा (नेरेसो) उदयपुरले गरेको बदमासी, अक्षय कोष बापतको ३ लाख बेपत्ता
पूर्णपुष्टि, ६ कार्तिक
नेपाल रेडक्रस सोसाईटी उदयपुर (नेरेसो) हाल दुई समूहमा बिभाजित बनेको छ । लामो समय बिनोद कुमार बस्नेतले नेतृत्व गरेको नेपाल रेडक्रस सोसाईटीलाई अपार्दशि ढंगले तहस नहस बनाएको आरोप लागेपछि बिवादित बन्यो ।
हाल उदयपुरमा मदनराज कटुवाल र शम्भु पौडेको छुट्टाछुट्टै समिति छ । यी दुवै समूहले आफ्नै आफ्नै तरिकाले काम गरिरहेको छ । रेडक्रस सोसाईटी उदयपुर यो अवस्था सम्म आईपुग्दा एक पटक ६९ सालको नेतृत्वलाई फर्केर हेर्नु पर्ने अवस्था आएको छ ।
उदयपुरवासीहरुलाई निशुल्क रगत उपलब्ध गराउने भन्दै ब्लड बैँकको रुपमा अक्षय कोष खडा गर्ने भन्दै विदेशमा बस्ने नेपालीहरुले उठाएर दिएको पैसाको बेखबर छ । उक्त रकम यतिवेला मलेसियामा बसेर पसिना बगाईरहेका नेपालीहरुले सोधी खोजी गर्न थालेको छ ।
२०६८ सालमा मलेसिया बस्ने एक सय दश जना नेपालीहरुले उदयपुरवासीहरुलाई निशुल्क रगत उपलब्ध गराउने भनेपछि र...









