सिटीले पेनाल्टी सुटआउटमा युनाइटेडलाई हराउँदै जित्यो कम्युनिटी शिल्ड
पूर्णपुष्टि, साउन २७ । म्यानचेष्टर सिटीले पेनाल्टी सुटआउटमा म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ। लण्डनको वेम्बली मैदानमा भएको रोमाञ्चक खेलमा सिटीले युनाइटेडलाई ७-६ को नतिजामा हरायो।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो। युनाइटेडका अलेजान्द्रो गार्नाचोले ८२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेल सकिन एक मिनेट अगाडि सिटीका बर्नार्डो शिल्भाले बराबरी गोल गरे।
पेनाल्टी सुटआउटमा दुवै टोलीले सुरुवाती ५-५ पेनाल्टीमा समान ४ गोल गरेका थिए। युनाइटेडका ब्रुनो फर्नान्डेज, डिएगो डालोट, गार्नाचो र कासेमिरोले गोल गरे भने सिटीका केभिन डे ब्रुएना, एर्लिङ हालान्ड, साभियो र गोलकिपर एडरले गोल गरे।
थप पेनाल्टी प्रहारमा सिटीका माथेउज नुनेज, रुबेन डियाज र मानुएल अकान्जीले गोल गरे। युनाइटेडका स्कट म्याकटोमिने र...









