Thursday, August 20News That Matters

समाचार

स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, उदयपुरमा दुइ वडामा उपनिर्वाचन

स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, उदयपुरमा दुइ वडामा उपनिर्वाचन

Breaking News 1, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, असाेज १० । निर्वाचन आयोगले आगामी स्थानीय तह उपनिर्वाचन २०८१ को मिति र कार्यतालिका घोषणा गरेको छ । उपनिर्वाचन मंसिर १६ गते हुने निश्चित भएको छ । मनोनयन दर्ता मंसिर २ गते, बिहान १०:०० देखि बेलुका ५:०० बजेसम्म हुनेछ । उम्मेदवारको सूची प्रकाशन मंसिर २ गते, बेलुका ५:०० देखि ६:०० बजेसम्म हुनेछ भने उम्मेदवारीबारे उजुरी दर्ता मंसिर ३ गते, बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म हुनेछ ।  त्यस्तै अन्तिम नामावली प्रकाशन मंसिर ५ गते, दिउँसो १:०० देखि ३:०० बजेसम्म र निर्वाचन चिह्न वितरण मंसिर ५ गते, दिउँसो ३:०० देखि बेलुका ५:०० बजेसम्म हुने आयोगले विज्ञप्तीमा जनाएकाे छ । प्रचारप्रसार निषेध अवधि मंसिर १३ गते राति १२:०० बजेदेखि लागू हुने जनाइएकाे छ भने उम्मेदवारहरूले मंसिर ५ गते बिहान ९:०० देखि दिउँसो १:०० बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने जनाइएकाे छ । उदयपुरमा दुइ वडामा उपनिर्वाचन त्रिय...
क्रान्तिकारी विद्यार्थी संगठनको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

क्रान्तिकारी विद्यार्थी संगठनको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १० ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार चारदिनसम्म चल्ने यो सम्मेलनमा नयाँ नेतृत्व चयनका साथै शैक्षिक मुद्दाहरूमा छलफल हुनेछ । सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा देशभरबाट दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने जनाइएको छ । यस सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । अध्यक्ष सिंहले दिएको जानकारी अनुसार नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुनेछ ।        ...
इटहरीको यातायात कार्यालयबाट नक्कली चिकित्सकसहित १७ जना बिचौलिया पक्राउ

इटहरीको यातायात कार्यालयबाट नक्कली चिकित्सकसहित १७ जना बिचौलिया पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १० । यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो कार्यालय परिसरबाट यी व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यालयहरूको स्थलगत अनुगमनका क्रममा आफूलाई डाक्टर भनी चिनाउने एक व्यक्तिसहित १७ जना बिचौलियालाई पक्राउ गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले दिएको जानकारीअनुसार पक्राउ परेकाहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । हाल पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।                      ...
नेकपा एमाले उदयपुरद्वारा नयाँ कार्यविभाजन सार्वजनिक

नेकपा एमाले उदयपुरद्वारा नयाँ कार्यविभाजन सार्वजनिक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १० । नेकपा एमाले उदयपुरले बिहीबार नयाँ कार्यविभाजन सार्वजनिक गरेको छ । पार्टीका जिल्ला अध्यक्ष भागवत राउतले हस्ताक्षर गरेर जारी गरेको कार्यविभाजनमा रिक्त जिल्ला कमिटी सदस्यदेखि विभिन्न विभागसम्म गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरिएको छ । नयाँ कार्यविभाजन अनुसार २१ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको छ । जिल्ला कमिटी सचिवालयमा पाँच जना पदाधिकारी सहित ३२ सदस्यीय कमिटी निर्माण गरिएको छ । साथै, १२१ सदस्यीय सल्लाहकार समिति र ८१ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरिएको छ । पार्टीले विभिन्न २७ वटा विभागहरू गठन गरेको छ, जसमा पार्टी स्कूल, स्थानीय विकास, संगठन, कानून, प्रचार तथा प्रकाशन लगायत विभागहरू रहेका छन् । प्रत्येक विभागमा नेताहरूलाई जिम्मेवारी दिइएको छ । जनसंगठन समन्वय संयन्त्र प्रमुखमा हेम ब. खड्का र सचिवमा भुवन दाहाललाई मनोनित गरिएको छ । पार्टीका २३ वट...
मौसम विभागले ५६ जिल्लामा जारी गर्‍यो ‘रेड अलर्ट’

मौसम विभागले ५६ जिल्लामा जारी गर्‍यो ‘रेड अलर्ट’

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १० । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सातै प्रदेशका ५६ जिल्लामा 'रेड अलर्ट' जारी गरेको छ । यो अलर्टले उच्च जोखिमको सम्भावनालाई संकेत गर्दछ । यसअघि असोज ७ गते जारी गरिएको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखिएको थियो । महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला मुगु र हुम्ला मात्र न्यून जोखिममा छन् । मौसमविद गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण गरेका छन् । असोज १० गते बिहीबारदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने अनुमान ग...
दशैंको मुखमा भीषण वर्षाको खतरा: २७ जिल्ला उच्च जोखिममा

दशैंको मुखमा भीषण वर्षाको खतरा: २७ जिल्ला उच्च जोखिममा

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ९ ।  मौसमविद्हरूले नेपालभर मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा. विनोद पोखरेलका अनुसार केही स्थानमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरी असोज ८ देखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले २७ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ, जसमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरू पर्दछन् । मौसमविद् गोविन्द झाले यो वर्षाले विपदको जोखिम निम्त्याउने सम्भावना भएकाले उच्च सतर्कता आवश्यक रहेको बताएका छन् । उनका अनुसार कृषि, यातायात र पर्यटन क्षेत्र बढी प्रभावित हुनसक्ने देखिन्छ । विभागको पूर्वानुमान अनुसार विहीबारदेखि आइतबारसम्म विभिन्न प्रदेशमा भारी देखि अति भारी वर्षाको सम...
चाड पर्व नजिकिँदा पनि रोकिएन विदेश पलायन : भदौमा विदेशिए ५७ हजार नेपाली

चाड पर्व नजिकिँदा पनि रोकिएन विदेश पलायन : भदौमा विदेशिए ५७ हजार नेपाली

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ९ । चाडपर्व नजिकिँदै गर्दा पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा मात्र ५७,४९३ नेपाली विदेशिएका छन्। यसमध्ये ५०,७७० पुरुष र ६,७२३ महिला रहेका छन्। विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले दिएको जानकारी अनुसार, सबैभन्दा धेरै नेपाली युएई (१८,६०५), कतार (११,२९१) र साउदी अरेबिया (१०,८३५) गएका छन्। उल्लेखनीय रूपमा, मलेसिया जाने श्रमिकको संख्यामा भने ठूलो गिरावट आएको छ। भदौमा मात्र १,१९३ श्रमिक मलेसिया गएका छन्, जुन गत वर्षको तुलनामा निकै कम हो। युरोपेली देशहरूमा पनि नेपाली श्रमिकको संख्या बढेको देखिन्छ। विभागको तथ्यांक अनुसार, रोमानियामा १,८८८, क्रोएसियामा ७०९, र साइप्रसमा ६१२ नेपाली गएका छन्। विदेश जानेमध्ये १३,१७१ अदक्ष श्रमिक छन् भने ३७,७८३ दक्ष श्रमिक रहेका छन्। अर्धदक्ष ६,१७५ जना वि...
चौदण्डीगढीको नगर अस्पताल सार्वजनिक बिदामा पनि खुल्ने

चौदण्डीगढीको नगर अस्पताल सार्वजनिक बिदामा पनि खुल्ने

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ९ । चौदण्डीगढी नगरपालिकाको बेल्टारस्थित आधारभूत नगर अस्पतालले सार्वजनिक बिदाको दिनमा समेत सेवा दिने भएको छ। पूर्णपुष्टि, असोज ९ । अस्पताल व्यवस्थापक मोहन सुबेदीले मंगलबार एक सूचना जारी गर्दै दशैं, तिहार र शनिबार बाहेक अन्य सार्वजनिक बिदामा पनि अस्पताल खुला रहने जानकारी दिए। अस्पतालको सेवा समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ। नगर प्रमुख कालुमान लामाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन अस्पताल व्यवस्थापकको जिम्मेवारी अनुभवी व्यक्ति मोहन सुबेदीलाई दिएको बताए। उनले अस्पतालले जनताको अपेक्षा भन्दा पनि फरक र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै, अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेपछि बिमाको औषधीमा समस्या नआएको समेत जानकारी दिए।                         &n...
बेलका बस दुर्घटना : घाईते २९ मध्ये ४ गम्भीर, बिवरण सहित

बेलका बस दुर्घटना : घाईते २९ मध्ये ४ गम्भीर, बिवरण सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असोज । मंगलबार दिउँसो १२ : ४० बजेतिर उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं। ८ स्थित सेतीखोलामा एक मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाईते भएको छ। चतराबाट रामपुरतर्फ मलामी बोकेर फर्किंदै गरेको प्रदेश १(०२(००१ ख ८२५३ नम्बरको बस मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा २९ जना घाईते भएको हो । घाइतेहरूमध्ये १७ जनाको बेलका नगर अस्पतालमा र १२ जनाको धरान घोपा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ, जसमा २ पुरुष र २ महिला छन् । बाँकी २५ जनाको अवस्था सामान्य रहेको छ, जसमा १५ पुरुष र १० महिला छन्। बसका चालक ३५ वर्षीय शम्भु साह ९जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका(१, भण्डारीटार निवासी० लाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र सडक अवरोध नभएको जनाइएको छ। प्र...
डान्सबार सञ्चालकसहित तीन जना ग्राहक लुटपाट आरोपमा पक्राउ

डान्सबार सञ्चालकसहित तीन जना ग्राहक लुटपाट आरोपमा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ७ । काठमाडौंको माछापोखरीस्थित फ्लोरिडा डान्सबारका सञ्चालकसहित तीन जनालाई ग्राहकमाथि लुटपाट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डान्सबार सञ्चालक काभ्रेको पाँचखालका ३२ वर्षीय शरद तामाङ, काभ्रेकै नमोबुद्धका २१ वर्षीय कृष्ण तामाङ र २६ वर्षीय अजय तामाङलाई पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यका अनुसार, सञ्चालक शरद तामाङकै योजनामा डान्सबारमा आएका ग्राहकहरूमाथि लुटपाट भएको थियो। यो समूहले डान्सबारका ग्राहकहरूसँग अनुचित रकम लिने, नदिए कुटपिट र लुटपाटसम्म गर्ने गरेको पाइएको छ। यस घटनाबारे ४ असोजमा प्रहरीमा निवेदन परेपछि अनुसन्धान थालिएको थियो। पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ। प्रहरीले यस प्रकरणमा थप अनुसन्धान जारी राखे...