Sunday, August 23News That Matters

समाचार

त्रियुगाकाे नगरसभा अबेर सुरु

त्रियुगाकाे नगरसभा अबेर सुरु

राजनीति, समाचार
पूर्णपुष्टि, असार १० । त्रियुगा नगरपालिका उदयपुरकाे नगरसभा आज अबेर सुरु भएकाे छ । विहान ११:०० बजे हुने भनिएकाे सभा अपरान्ह ४ बजेदेखि सुरु भएकाे हाे । वडाध्यक्ष तथा कार्ययपालिका सदस्यहरुले शिक्षक दरबन्दि मिलान तथा विद्यालय घटुवा विषयमा विमति जनाएपछि सभा अबरुद्ध बनेकाे थियाे । विमतिबारे लिखित रुपमा निर्णय गरि मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई  बुझाएपछि सभा अगाडि बढेकाे जनाईएकाे छ ।...
त्रियुगाकाे नगरसभा अबेरसम्म सुरु भएन

त्रियुगाकाे नगरसभा अबेरसम्म सुरु भएन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार १० । आज हुने भनिएकाे उदयपुरकाे त्रियुगा नगरपालिका नगरसभा आज अबेरसम्म पनि सुरु हुन सकेकाे छैन । वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुकाे विमतीका कारण सभा सुरु हुन नसकेकाे हाे । नगर शिक्षाले हालै गर्न खाेजेकाे शिक्षक दरबन्दी मिलान तथा विद्यालय घटुवाकाे विषयमा विमती रहेकाे जनाईएकाे छ ।...
गाईघाट ट्राफिकद्धारा ७० जना सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

गाईघाट ट्राफिकद्धारा ७० जना सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० असार । जिल्ला ट्राफिक कार्यालय उदयपुरले ७० जना सवारी चालकहरुको निशुल्क स्वास्थ्य जाँच गरेको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्कमा सोमावार लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई स्वास्थ्य परिक्षण गराईएको हो । कर्यालयका ट्राफिक इन्चार्ज श्याम सुन्दर पोखरेलले दुर्घटना न्युनिकरणका लागि चालकहरुको अनिवार्य स्वास्थ्य जाँचको आवश्यक रहने जनाए । चालक सबैभन्दा बढी स्वास्थ्य रहनु पर्ने हुँदा उनिहरुलाई सँधै चेकजाँचको आवश्यक रहने पोखरेलले जनाए । पोखरेलका अनुसार ७० जना चालकहरुले आँखा र प्रेसरको जाँच गरेका छन् । उनिहरुको बिषेशगरी प्रेसर र आँखा दन्दुरुष्त हुनु पर्ने इन्चार्ज पोखरेलको भनाई छ । चालकको स्वास्थ्य अवस्था राम्रो भए दुर्घटनाहरु कम हुँदै जाने भन्दै सके सम्म चालकहरुका लागि महिनामा एक पटक सम्म चेक जाँचको वातावरण मिलाउने पोखरेलले बनाए । चेक गरिएका मध्ये दुई जना चालकहरुमा...
गाईघाटमा सम्पन्न भयो यस बर्षको साकेला उभौली, तस्विर सहित

गाईघाटमा सम्पन्न भयो यस बर्षको साकेला उभौली, तस्विर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ असार । करिब एक महिना सम्म संञ्चालन भैएको किराती समुदायहरुको संस्कार संस्कृतिमा आधारित साकेला उभौली सम्पन्न भएको छ । शनिवार गाईघाट स्थिति साकेला थानमा साकेला नाच तथा साकेला शिल्ली प्रतियोगिता गरेरे साकेला सम्पन्न गरिएको हो । किरात राई यायोख्खा त्रियुगा नगरपालिका ११, १२ र १३ को संयुक्त आयोजनामा साकेला समापन गरिएको हो । साकेला उदयपुरमा गत जेष्ठ १० गते सिकारी भुमि पुजाआजा सहित सुरु गरिएको थियो । १६ ओटा प्राकाशा रहेकाउ गाईघाटमा सबै स्थानमा साकेला उभौलीको आयोजना गरिएको थियो । उक्त साकेलाको एकमुष्ट रुपमा समापन गाईघाटमा गरिएको हो । गाईघाटमा ७ र ८ गते गरी दुई दिन साकेला मनाईएको थियो । पहिलो दिन साकेला नाचगान र पुजाअजा दोस्रो दिन भने प्रतियोगिता गरी साकेला नाचका समापन गरिएको आयोजक समितिका अध्यक्ष सर्वधन राईले जनाए । उनले यो बर्षको लागि साकेला उभोली सम्पन्न भएको समेत जानकारी गराए । ...
स्व. गिता स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिताको उपाधी इटहरीले जित्यो

स्व. गिता स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिताको उपाधी इटहरीले जित्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ असार । स्वर्गिय गिता स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिताको उपाधी इटहरीले पच गरेको छ । २ पटक बिजेता ईटहरी उपमहानगरपालिका सुनसरीले यो पटक पनि जित हात पार्दै शिल्ड पच गरेको हो । प्रतियोगिताको बिजेता सँगै उक्त टिमले नगद रु ३० हजार सहित ट्रफि जितेको छ । यस्तै प्रतियोगितामा त्रियुगा नगरपालिका कमिटी दोस्रो, धरान १५ साकेला समूह तेस्रो भएको छ । दोस्रो हुने टिम त्रियुगाले नगद रु २० हजार र तेस्रो हुने धरानले नगद रु १५ हजार प्राप्त गरे । त्यस्तै ११ औँ गिता स्मृति रनिङ साकेला संघ लेटाङ मोरङ, कोवाई बुङ साकेला समूह त्रिनपा ३ चाप, चौनपा साकेला संघ, किरात राई चाम्लीङ खाम्वात्तिम, त्रिनपा नगर कमिटीले पनि सान्त्वना पुरस्कार पाएको छ । उनिहरु क्रमश चौथो, पाँचौ, छैँठौ र सार्तौबन्न सफल भएको हो । प्रथम पुरस्कारलाई नरध्वज राई, दोस्रो पुरस्कारलाई प्रेम कुमार राई, तोस्रो पुरस्कार भुपजित पुमा राई...
उदयपुरको सान उच्चो बनाउन सफल चार साइक्लिष्ट खेलाडी

उदयपुरको सान उच्चो बनाउन सफल चार साइक्लिष्ट खेलाडी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ८ । राष्ट्रिय माउनटेन बाइक प्रतियोगितामा उदयपुर जिल्ला साइकल संघका चार खेलाडीले उत्कृष्ठ प्रस्तुती दिएका छन् । प्रतियोगिताको जुनियर क्रसकनट्रीतर्फ निमा शेर्पाले प्रथम स्थान हाँसिल गरेका छन् । उनी गतसाल पनि विजेता हुन् । उनले आफ्नाे पुरानो रेकर्डलाई फेरी बचाउन सफल भएका हुन् । डाउनहिलतर्फ अबतार राईले छैठौं स्थान हाँसिल गरेका छन् । उनी जिल्लाकै आशलाग्दा खेलाडी हुन् । उनले विभिन्न प्रतियोगितामा उत्कृष्ठ खेल देखाइसकेका छन् । त्यसैगरी युथ क्याटागोरीतर्फ पहिलो पटक सहभागि कुसाङ शेर्पा पाँचौ र साजन कार्की छैठौं स्थानमा आउन सफल भएका छन् । जिल्लाका चारै खेलाडीले सम्मानजनक स्थान ल्याएर जिल्लाको नाम उज्वल गरेको संघका संस्थापक अध्यक्ष तथा साइक्लिङ अभियानता जितेन्द्र रोइलाले बताउनुभयो । प्रथम हुने निमा शेर्पाले आप्mनो पुरानो रेकर्ड बचाएर उपाधी उदयपुरको नाममा सुरक्षित गरेकोमा खुसी ब्य...
शिक्षामा त्रियुगा नगरपालिकाको मनपरी भएकाे भन्दै दलहरुकाे विरोध

शिक्षामा त्रियुगा नगरपालिकाको मनपरी भएकाे भन्दै दलहरुकाे विरोध

Breaking News 1, शिक्षा, समाचार
सुनिल राई (उदयपुर) पूर्णपुष्टि, ८ असार उदयपुरका राजनितिक दलहरुले त्रियुगा नगरपालिकाले शिक्षा क्षेत्रमा लापर्वाही र विद्यार्थीहरुको पठनपाठनमा प्रभावित बनाएर बेतिथी निम्ताएको भन्दै बिरोध गरेका छन् । जिल्लाको ६ ओटा राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकमा माओवादी, राप्रपा, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीले संयुक्त बिज्ञाप्ती जारी गर्दै त्रियुगा नगरपालिकामा ठाडो निर्देशनबाट मापदण्ड विपिरिद पूर्वाग्राहि हिसावले विद्यालयको घटुवा र जथाभावी शिक्षक सरुवा गरेको भन्दै बिरोध गरेको हो । हालै त्रियुगा नगरपालिकाले नगरभित्रका बिभिन्न सामुदायिक विद्यालयहरुलाई शैक्षिकसत्र सुरुवात भई तिन महिना व्यतित भैसकेको अवस्थामा बालवालिकाहरुले आफ्नो घर पायक पर्ने ठाउँमा अध्यान गरिरहेको अवस्थामा मापदण्ड निर्माण नगरी हचुवा तथा पूर्वाग्राहि ढंगले विद्यालयहरुको तह घटुवा र दरबन्दी मिलानको ना...
बिषनपुर र त्रिवेणीको बिचमा थुपारिएको फोहोर बैशाख सम्म हटाउने  सहमती

बिषनपुर र त्रिवेणीको बिचमा थुपारिएको फोहोर बैशाख सम्म हटाउने सहमती

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असार । त्रियुगा नगरपालिकाले १२ नं वडा स्थित बिसनपुर र त्रिवेणी असपास थुपार्दै आएको फोहोर अन्यत्र सार्न स्थानीयले माग गरेको छ । अव्यवस्थित रुपमा थुपारिएको फोहोरले त्यस आसपास बसोवास गर्ने स्थानीयहरुलाई दुर्गन्धित पारेको भन्दै त्यस ठाउँबाट अन्यत्र सार्न स्थानीयहरुले माग गरेको छ । नगरपालिकाभरीका फोहोरहरु एउटा टोलमा ल्याएर थुपार्दै त्यहाँको जनताहरुलाई असर पार्ने काम नगरले गरेको भन्दै स्थानीयहरुले फोहोर हटाउन बिरोध गर्दै आएका थिए । शुक्रबार त्रियुगा नगरपालिका र स्थानीयहरुबीच भएको छलफलमा फोहोरलाई व्यवस्थित गर्ने र गराउने निर्णय भएको छ । स्थानीयहरुले बिभिन्न १३ बुदामा फोहोर व्यवस्थापनको लागि माग राखेको छ । उनिहरुले यस ठाउँबाट फोहोर हटाउन पहिलो माग राखेको छ । यस मागहरुको सुनुवाई गर्दै नगरपालिकाले आउँदो बैशाख सम्ममा फोहोर अन्यत्र सार्ने जनाएको छ । त्यस समय सम्म स्थानीयहरुले माग...
बेलका नगरपालिका–९ का वडा अध्यक्ष खड्काको निधन

बेलका नगरपालिका–९ का वडा अध्यक्ष खड्काको निधन

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असार । उदयपुरको बेलका नगरपालिका ९ का वडा अध्यक्ष पदम खड्काको निधन भएको छ । खड्काको बिहिबार उपचारको क्रममा निधन भएको हो । उनी केही दिनअघि सुनसरीको इटहरी जाने क्रममा नहडामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । ४५ वर्षीय खड्काको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति खगेन्द्र राईले जानकारी दिए । खड्का नेपाली कांग्रेस प्रदेश कमिटी ९क० का सचिव हुन् । स्व। अध्यक्ष राईले खड्काको पार्थिव पार्थिव शरीरलाई गृहनगर ल्याउने तयारी गरेको जानकारी दिए । स्व। खड्काका श्रीमती, दुई छोरी र एक छोरा छन् ।...
यस्तो बन्यो लिमचुङबुङ गाउँपालिकाको प्रशासकिय भवन

यस्तो बन्यो लिमचुङबुङ गाउँपालिकाको प्रशासकिय भवन

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ६ । लिम्चुङबुङ गाउँपालिकाले लामो समेपछि आफ्नै प्रशासकीय भवन पाएको छ । स्थानीय सरकारको दुई कार्याकाल पछि पालिकाले व्यवस्थित प्रसाशकीय भवन पाएको हो । उक्त भवनको उद्घाटन वन पर्यटन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले गरेको छ । उदयपुरको बिकट पालिकाको रुपमा विकासित बन्दै आएको उक्त पालिकाको भवनबाटै सेवा विस्तार भएको हो । बुधबार मात्रै मन्त्री बुर्जा र पालिका अध्यक्ष मेजर कुमार राईले संयुक्त भवन उद्घाटन गरेपछि कर्मचारी र पालिकावासीहरुमा खुसी छाएको छ । भवन उद्घाटन गर्दै मन्त्री बुर्जा मगरले गाउँपालिकाको सुविधा समपन्न नयाँ प्रशासकिय भवनबाट जनता लाभान्वित हुने बताए । जनताले सरल रुपमा छिटो, छरितो सुविधा पाउने विश्वास लिएको छु ‘मन्त्री बुर्जा मगरले भने’ जनताको समस्या समाधान गर्न सहयोग आफुले पनि अन्य सहयोगहरु गर्नेछु । उनले पहिले पनि सेवा प्रभावकारी नै रहेको जनाउँदै अव थप सहज र ...