विपिन जोशी जीवित छैनन्: इजरायली सेना
पूर्णपुष्टि, असोज २७ । इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा जानकारी दिएको छ ।
इजरायली सेना आईडीएफका एक अधिकारीले स्थानीय समयअनुसार आज बिहान साढे ७ बजे भिडियो कन्फरेन्समार्फत यो दुःखद समाचार दिएका हुन् । भिडियो कन्फरेन्समा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका दाजु किशोर र इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारी सहभागी थिए । राजदूत पण्डितले आईडीएफका अधिकारीले स्पष्ट रूपमा विपिन जीवित नरहेको बताएका छन् ।
कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल गएका थिए । गत वर्ष अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा उनी बन्धक बनाइएका थिए । सोही आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजाको अल शिफा अस्पतालमा देखिएका थिए । त्यसपछ...








