मोरङका दुई स्थानका फार्ममा बर्डफ्लु संक्रमण
पूर्णपुष्टि, माघ १८
मोरङका दुई स्थानका फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । जिल्लाको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लू संक्रमण पुष्टि भएको पशुसेवा विभागले जनाएको छ ।
उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १६ गते बर्डफ्लु पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले बताउनुभयो ।
उहाँका अनुसार उक्त स्थानमा संक्रमण फैलन नदिन विभागले तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोेग सार्न सक्ने अन्य वस्तु समेत आइतबार नै नष्ट गरिएको छ ।
मन्त्रालयले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्थास्थ्यपरीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्...






