Monday, July 13News That Matters

Breaking News 1

कार्यक्रम स्थलबााटै लखेटिए चौदण्डीगढीका मेयर लामा र उपमेयर दुलाल

कार्यक्रम स्थलबााटै लखेटिए चौदण्डीगढीका मेयर लामा र उपमेयर दुलाल

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक २ गते । शुभकामना आदान प्रदान कार्यक्रममा पुगेका उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र उपमेयर मणिकादेवी दुलाललाई कार्यक्रम स्थलबाटै स्थानीयले लखेटेका छन् । तिहार बिषेश कार्यक्रममा शुभकामना आदान प्रदानका लागि हडिया पुगेको मेयर लामा र उपमेयर दुलाललाई स्थानीयले बिरोध समेत गरे । ९ र १० नम्बर वडाले हडियामा आयोजना गरेको तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय युवाहरुले ‘भ्रष्ट जनप्रतिनिधि बहिष्कार गरौं’ भन्ने नारा लगाउँदै मेयर, उपमेयरलगायतका जनप्रतिनिधिलाई लखेटेका हुन् । शुभकामना आदानप्रदान कार्यक्रम सुरु हुनासाथ स्थानीय जेन–जी युवाहरुले कार्यक्रम स्थलमा मेयर र उपमेयरलाई भ्रष्ट जनप्रतिनिधि भन्दै नाराबाजी गरेका थिए । उनीहरुले कार्यक्रम स्थलमा टाँसिएको व्यानर, माईक र कुर्सी मिल्काउन थालेपछि मेयर र उपमेयर कार्यक्रम स्थल छाडरे भागेको वडा नम...
तेस्रो स्वर्गीय युवराज (कैलाश) राई स्मृति फुटबल प्रतियोगिताको उपाधि बोक्सेलाई

तेस्रो स्वर्गीय युवराज (कैलाश) राई स्मृति फुटबल प्रतियोगिताको उपाधि बोक्सेलाई

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, कार्तिक १ । कार्तिक २५ गतेदेखी त्रिनपा-४ बगाहा खेलमैदानमा जारी तेस्रो स्व। युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको उपाधि इलाभेन स्टार फुटबल क्लब बोक्सेले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा गाईघाट युनाइटेडलाई ०-३ गोलले हराउँदै इलाभेन स्टार बोक्से ले उपाधि चुमेको हो । बोक्सेका लागि जर्सी नम्बर १० का रविशंकर चौधरीले खेलको १० औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको ४४ औँ मिनेटमा जर्सी नम्बर २१ का सन्दीप लिम्बुले गोल गर्दै बोक्सीको अग्रता दोब्बर बनाए । त्यस्तै ६ मिनेटको थप अतिरिक्त समयमा चौधरीले एक गोल थप्दै सहज जित निकालेको हो । फाईनल खेलको म्यान अफ द म्याच बोक्सेका जर्सी नम्बर १० का रविशंकर चौधरीनै बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे । , खेल अबधीभर गाईघा युनाईटेडले कुनै पनि गोल गर्न सकेन । यो टिम उपबिजेतामै ...
त्रियुगा नगरपालिकाको अस्थायी, ज्यालादारी तथा सेवा करार कर्मचारीको सम्झौता रद्ध

त्रियुगा नगरपालिकाको अस्थायी, ज्यालादारी तथा सेवा करार कर्मचारीको सम्झौता रद्ध

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट, कार्तिक १ गते । त्रियुगा नगरपालिकाले यहि कार्तिक १ गते देखी लागु हुने गरी अस्थायी, ज्यालादारी र करार सेवाका कर्मचारीहरुको सम्झौता रद्ध गरेको छ । मन्त्रिपरिषदको निर्णयलाई लागु गर्दै त्रियुगाले पनि करार लगायतका कर्मचारीहरु हटाउने निर्णय गरेको हो । उक्त निर्णय नेपाल सरकारले २०८२÷६÷५ गतेको मन्त्रिपरिषदको निर्णय र अर्थ मन्त्रालयको २०८२/६/८ को पत्र अनुसार प्रदेश र स्थानीय तहकै दरवन्दी बाहेकका कर्मचारी हटाउने निर्देशन दिईएकको थियो । सोही पत्रलाई आधार मान्दै त्यस्ता कर्मचारीहरु हटाउन २०८२÷६÷३१ गते नगरले निर्णय गर्दै कार्तिक १ देखी लागु हुने गरी कर्मचारी हटाएको हो ।...
सूचना लुकाएर काठ दाउरा बिक्रि वितरण गरिएको भन्दै विवरण माग

सूचना लुकाएर काठ दाउरा बिक्रि वितरण गरिएको भन्दै विवरण माग

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट, कार्तिक १ गते । सूचना लुकाएर स्वास्थ प्रतिस्पर्धा बिनै मिलेमतोमा काठ दाउरा बिक्रि गरेको भन्ने पत्र आएपछि डिभिजन वन कार्यालय उदयपुरले ७ ओटा उद्योगहरुलाई बिभिन्न कागजातको विवरण माग गरेको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी संघले वन कार्यालयलायको समेत मिलेमतो रहेको आरोप लगाउँदै टेन्डर रद्ध गर्न निवेदन दिएको थियो । पैदावारले २०८२÷०६÷२९ गतेको पत्रमा टेन्टर रद्धको माग गरेको छ । त्यस लगत्तै २०८२/०६/३० मा डिभिजन वन उदयपुले पनि उद्योगहरु सित कागजात माग गरेको हो । कार्यालयले ८२÷७÷१ भित्र कागजात बुझाउनु पर्ने र सोही अनुरुप नभए आवश्यक कार्वाही गर्ने उल्लेख गरेको छ ।...
गाईघाटमा एलबिन प्रोडक्सनको कार्यालय उद्घाटन

गाईघाटमा एलबिन प्रोडक्सनको कार्यालय उद्घाटन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट, कार्तिक १ गते । एलबिन प्रोडक्सनले गाईघाटमा आज कार्यालय उद्घाटन गरेको छ । त्रियुगा नगरपालिकाको मेयर वसन्त बस्नेतले उद्घाटन गर्नुभयो । कार्यक्रममा उपमेयर, स्थानीय नागरिक समाज, सामाजिक अगुवार पत्रकारहरुको उपस्थिति थियो । भिडियो र अडियो निर्माण क्षेत्रमा काम गर्ने र स्थानीय प्रतिभालाई अगाडि ल्याई उनीहरूको सिर्जनशीलतालाई चिनाउने उद्देश्य रहेको जनाईएको छ । संगीत भिडियो, डकुमेन्ट्री, विज्ञापन, र पोडकास्ट निर्माणमा केन्द्रित हुने प्रोडक्सनमा युवायुवतीहरुले काम पाएका छन् । १५ वर्षअघि गरेको एक कन्सर्टलाई प्रेरणाको सुरुवात मान्दै कामको थालनी गरेको प्रोडक्सनका प्रमुख एलबिन बस्नेतले जनाए ।...
मुगिलन–नारायणगढ सडक खण्डमा एकैसाथ ठोक्किए सात गाडी

मुगिलन–नारायणगढ सडक खण्डमा एकैसाथ ठोक्किए सात गाडी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १ गते । मुगिलन–नारायणगढ सडक खण्डमा वस र ट्रक सहित एकैसाथ ७ ओटा गाढी ठक्कर खाएको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार र्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ । शनिवार बिहान ७ः३० बजे दुर्घटना भएको खानालले जनाएको छ ।...
दल खोल्दै जेनजी अभियान्ता मिरज ढुँगाना

दल खोल्दै जेनजी अभियान्ता मिरज ढुँगाना

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असोज ३१ गते । जेन्जी अभियान्ता मिरज ढुँगानाले राजनितिक दल खोल्ने भएको छ । उनि नयाँ राजनीतिक दल खोल्ने तयारीमा लागेका छन्। ुगरिखान देऊु भन्ने अभियानका संयोजकसमेत रहेका उनले राजनीतिक दल खोल्नेबारे सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् । ‘अब हामीले राजनीतिक दल खोल्नैपर्ने अवस्था देखेका छौं,’ उनले भने, ‘राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि( हामी देशको अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौं । जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्न नागरिक तहको संरचना बन्दैन तबसम्म हामी निर्वाचनमा जानेवाला छैनौं ।’...
नेताको पिछा छाडेर श्रमको पछि लाग्न उदयपुरवासीलाई हर्क साम्पाङको आह्वान

नेताको पिछा छाडेर श्रमको पछि लाग्न उदयपुरवासीलाई हर्क साम्पाङको आह्वान

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ३१ ग्ते । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले सम्पूर्ण उदयपुरवासी जनताहरुलाई श्रममा जोडिन आह्वान गरेको छ । बिहिबार गाईघाट पिपलचोकमा शुभचिन्तकहरुलाई सम्बोधन गर्दै मेयर साम्पाङले श्रममा जोडिन आह्वान गरेको हो । उनले नेताको पिछा छोडेर श्रमको पछि लाग्न आह्वान गरेको हो । पाखुरा भन्दा ठुलो अरु बजेट हुनै नसक्ने साम्पाङले सुझाए । उनले आज सम्म नेताको पछि लागेकै कारण देश नाजुक अवस्थामा पुगेको जनाए । नेताहरुबाट धोका पाएको जनताहरुले अव पनि कुरा नबुझे देश थप संकटमा जाने उनले जनाए । श्रम गर्ने बानी हराउँदै गएपछि उत्पादन नहुने र उत्पादन नभएपछि आर्थिक पार्जन नहुने हुँदा देशलाई आर्थिक भार परेको उनको भनाई थियो । देशमै सम्भव हुने सानासाना कुराहरु पनि विदेशबाटै निर्यात गर्नु पर्ने अवस्थाले देशले कहिले आर्थिक सुधार गर्न नसक्ने पनि उनले जनाए । हाम्रो देश तिहारमा लाउने स...
हर्क साम्पाङ अ रेभुलेशन त्रियुगाको संयोजकमा बुद्धि चामलिङ

हर्क साम्पाङ अ रेभुलेशन त्रियुगाको संयोजकमा बुद्धि चामलिङ

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ३१ ग्ते । उदयपुरको त्रियुगा नगरपालिकामा पनि हर्क साम्पाङ अ रेभुलेशन नगर कार्य समिति बनेको छ । बुद्धि चामलिङको संयजकत्वमा त्रियुगा नगर कार्य समिति निर्माण भएको हो । समितिमा हाल संयोजक मात्रै तोकिएको छ । कार्य समिति एक सय ३० भन्दा बढी बन्ने आकलन गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उपस्थितिमा गाईघाट पिपलचोकमा समिति बनाईएको हो ।...
नेपालटारलाई टाईब्रेकरमा हराउँदै गाईघाट फाईनलमा

नेपालटारलाई टाईब्रेकरमा हराउँदै गाईघाट फाईनलमा

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, असोज ३० । त्रियुगा नगरपालिका–४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको फाइनलमा गाईघाट युनाईटेड फुटबल क्लब पुगेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा आदर्श युवा क्लब नेपालटारलाई टाईब्रेकरमा १–३ गोलले हराउँदै गाईघाट युनाईटेड फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाईब्रेकरमा धकेलिएको खेलमा गाईघाट युनाईटेडले बाजी मारेको हो । दोस्रो हाफको ७ औँ मिनेटमा नेपालटारका लागी जर्सी नं. १९ का मनिश मगरले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको १७ औँ मिनेटमा गाईघाटका लागी जर्सी नं. १४ का सनम राईले बराबरी गोल फर्काए । त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको हो । यस खेलको म्यान अफ द म्याच गाईघाट युनाईटेडका गोल रक्षक अनिल मगर बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे । नेपालटारला...