नेपालटारलाई टाईब्रेकरमा हराउँदै गाईघाट फाईनलमा
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, असोज ३० । त्रियुगा नगरपालिका–४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको फाइनलमा गाईघाट युनाईटेड फुटबल क्लब पुगेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा आदर्श युवा क्लब नेपालटारलाई टाईब्रेकरमा १–३ गोलले हराउँदै गाईघाट युनाईटेड फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाईब्रेकरमा धकेलिएको खेलमा गाईघाट युनाईटेडले बाजी मारेको हो । दोस्रो हाफको ७ औँ मिनेटमा नेपालटारका लागी जर्सी नं. १९ का मनिश मगरले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको १७ औँ मिनेटमा गाईघाटका लागी जर्सी नं. १४ का सनम राईले बराबरी गोल फर्काए । त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको हो । यस खेलको म्यान अफ द म्याच गाईघाट युनाईटेडका गोल रक्षक अनिल मगर बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे ।
नेपालटारला...









