Monday, July 13News That Matters

Breaking News 1

तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिता : दमौटीमाथि नेपालटार विजयी

तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिता : दमौटीमाथि नेपालटार विजयी

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २६ । त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको दोस्रो खेलमा आदर्श युवा क्लब नेपालटार विजयी भएको छ । आइतबार बगाहाको खेलमैदानमा भएको खेलमा दमौटी फुटबल क्लबलाई ०-१ गोलले हराउँदै आदर्श युवा क्लब नेपालटारले जित हासिल गरेको हो । आदर्श फुटबल क्लब नेपालटारका लागि आशिष राईले दोस्रो हाफको २८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच आदर्श युवा क्लबका आशिष राई बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे । भोलि हुने तेस्रो खेल आयोजक बगाहा युवा समूह र स्टार फुटबल समूह जोगीदह बीच हुनेछ । बगाहा युवा समूहद्वारा आयोजित यस फुटबल प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३० हजार सहित ट्रफी मेडल र प्...
विपिन जोशीको नाम जीवित बन्धकको सूचीमा

विपिन जोशीको नाम जीवित बन्धकको सूचीमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २६ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरण अन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ जसमा नेपाली नागरिक विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि विपिनसहित २ जनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले टाइम्स अफ इजरायल, एपीसहित प्रमुख सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा विपिन पनि रहेको उल्लेख गरेका छन् । शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ । यस सम्झौताअन्तर्गत इजरायलले करिब दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ । जीवित ठानिएका २२ बन्धकमध्ये जोशी फिर्ता आउने अपेक्षामा देश छ । विपिन जोशी इजरायलमा कृषिशास्त्र अध्ययनका लागि गएका थिए ...
तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता सुरु, सिराहाको पोस्टमा बोक्सेको ९ गोल

तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता सुरु, सिराहाको पोस्टमा बोक्सेको ९ गोल

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई/गाईघाट, पूर्णपुष्टि, असोज २५ । त्रियुगा नगरपालिका-४ बगाहामा तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । शनिबार बगाहा खेल मैदानमा भएको उद्घाटन खेलमा (आरवाइसि) सिराहालाई ० गोलको विरुद्ध ९ गोल गर्दै इलाभेन स्टार फुटबल क्लब बोक्सेले उत्कृष्ट विजयी सुरुवात गरेको हो । पहिलो हाफमा १ गोल गरेको बोक्सेले दोस्रो हाफमा भने ८ गोल थपेको हो । बोक्सेका लागि जर्सी नम्बर १२ का शिशिर लेखीले ह्याट्रिक गरे । उनले खेलको १२ औँ मिनेटमा गोल गर्दै बोक्सेलाई अग्रता दिलाएका थिए भने ५५औ र ६२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै बोक्सेका लागि जर्सी नम्बर ७ का विशाल चौधरीले २ गोल गरे भने, जर्सी नम्बर ५ का योगेश बिष्ट, जर्सी नम्बर ४ का आशिष भुजेल, जर्सी नम्बर ३० का सोईसन राई र विवेक चौधरीले १-१ गोल गरे । यस खेलको म्यान अफ दि म्याच बोक्सेका जर्सी न...
शीतल निवासमा जेनजी छलफल, बाहिर विरोध प्रदर्शन

शीतल निवासमा जेनजी छलफल, बाहिर विरोध प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार आयोजना गरेको जेनजी युवाहरूसँगको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् । शीतल निवास अगाडि भेला भएकाहरुले जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीलाईमात्र शितल निवासभित्र प्रवेश गर्न दिएको भन्दै नाराबाजी समेत गरेका छन् । अहिले शीतल निवास अगाडि ठूलो संख्यामा जम्मा भएका युवाहरूले आफूहरूलाई पनि छलफलमा सहभागी गराउन माग गरिरहेका छन् । प्रहरीले परिस्थिति नियन्त्रणमा लिन उनीहरूलाई सम्झाउने प्रयास गरिरहेको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल आयोजना गरेका छन् । अहिले शीतल निवासमा छलफल जारी छ ।...
मौसमी प्रणाली बाहिरिँदा चिसो बढ्यो, हुम्लाको तापक्रम माइनसमा झर्‍यो

मौसमी प्रणाली बाहिरिँदा चिसो बढ्यो, हुम्लाको तापक्रम माइनसमा झर्‍यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २५ । मौसमी प्रणाली देशबाट बाहिरिएपछि तापक्रम घट्न थालेको छ । मौसम सफा रहे पनि चिसो बढ्दै गएको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार काठमाडौंलगायत देशभरको तापक्रम निरन्तर घटिरहेको छ । यसले गर्दा बिहान र साँझको समयमा जाडो अनुभूति बढेको छ । शनिबार बिहान हुम्लाको न्यूनतम तापक्रम १।३३ डिग्री सेल्सियस मापन गरिएको छ । माथिल्लो हुम्लामा हिमपात भएपछि तापक्रममा गिरावट आएको हो । हिमपातले न्यालु सडकखण्ड अवरुद्ध भएको छ । जुम्लाको तापक्रम पनि ३.१ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंको आजको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस रहेको छ, जुन शुक्रबारको १५.६ डिग्री सेल्सियसभन्दा कम हो । यो अझै घट्ने अनुमान गरिएको छ । केही दिनअघि भएको उल्लेखनीय वर्षाले पूर्वी नेपालमा ठूलो क्षति पुर्‍याएको थियो । हाल मौसमी प्रणाली देशका सबै भूभागबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनु...
गाइघाट धाउनुपर्ने बाध्यता अन्त्य गर्न कटारीमै राहदानी सेवा र मतदाता दर्ताको माग

गाइघाट धाउनुपर्ने बाध्यता अन्त्य गर्न कटारीमै राहदानी सेवा र मतदाता दर्ताको माग

Breaking News 1, समाचार
गाईघाट÷पूर्णपुष्टि, असोज २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उदयपुर जिल्लाको पश्चिमी भागमा रहेको कटारी नगरपालिकाबाटै राहदानी वितरण तथा नवीकरण सेवा उपलब्ध गराउनुपर्ने माग माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कमिटी कटारीले बिहिबार जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेललाई ज्ञापनपत्र बुझाउँदै यो माग गरेको हो । जिल्लाको पश्चिमी क्षेत्रका नागरिकहरूले राहदानी बनाउन वा नवीकरण गर्न सदरमुकाम गाइघाट जानुपर्ने बाध्यता रहेको गुनासो छ । यसले सेवाग्राहीहरूलाई आर्थिक रूपमा बोझ थपिनुका साथै समय र श्रम बर्बाद भएको उल्लेख गर्दै कटारीबाटै यो सेवा सञ्चालन गर्न आग्रह गरिएको छ । नगर सभापति सुरेन्द्र जयसवाल, जिल्ला सभापति चित्रकुमार कार्कीसहित यस क्षेत्रका रास्वपाका विभिन्न नेताहरूले हस्ताक्षर गरेको ज्ञापनपत्रमा स्थानीय नागरिकहरूको सहजताका लागि यो...
जेनजी वार्ता टोलीले राष्ट्रपती पौडेललाई बुझायो आठ बुँदे माग

जेनजी वार्ता टोलीले राष्ट्रपती पौडेललाई बुझायो आठ बुँदे माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २४ ।  जेनजी युवा प्रतिनिधिहरूले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न सुधारका लागि आठ बुँदे माग पेश गरेका छन् । वार्ता टोलीका सदस्य प्रवेश दाहालका अनुसार असोज २२ गते भएको भेटमा प्रस्तावित सम्झौतापत्रमार्फत मागहरू बुझाइएको हो । भदौ २३ र २४ गते भएको आन्दोलनमा सहभागी व्यक्तिहरूलाई कुनै किसिमको अभियोजन नगर्ने र उचित सुरक्षा प्रदान गर्नुपर्ने माग गरिएको छ । राज्यका निकाय र राजनीतिक दलबाट हुनसक्ने आक्रमणबाट पनि सुरक्षा दिनुपर्ने माग छ । हालसम्म सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको सम्पत्ति छानबिन गरी आवश्यक भएमा अभियोजन चलाउनुपर्ने र त्यस्ता सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखिएको छ । निजामती कर्मचारीहरूलाई जनउत्तरदायी बनाउन आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने माग समेत राखिएको छ । आगामी निर्वाचनपछिको संसदबाट सबै संवैधानिक आयोगहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख...
तेश्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता २५ गतेदेखी

तेश्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता २५ गतेदेखी

Breaking News 1, समाचार
गाईघाट÷पूर्णपुष्टि, असोज २३ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा तेश्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता यहि असोज २५ गतेदेखी हुने भएको छ । बगाहा युवा समुहको आयोजना र जिल्ला फुटबल संघ उदयपुरको समन्वयमा बगाहाको खेल मैदानमा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल आर.वाई.सी. सिराहा र इलाभेन स्टार बोक्सेबिच हुनेछ । यस प्रतियोगिताको विजेता टोलीले नगद रु. ५१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको छ । यहि असोज २५ गतेदेखी सुरु हुने प्रतियोगिताको फाईनल खेल कार्तिक १ गते हुनेछ । यस प्रतियोगितामा हरेक दिन म्यान अफ द म्याच र विद्यागत पुरस्कार समेत वितरण गरिने आयोजकले जनाएको छ । स्व. कैलाश राई बगाहा युवा समुहका संस्थापक अध्यक्ष समेत हुन् ...
आफुलाई पक्राउ गरेर देखाउन महेश बस्नेतको चुनौती

आफुलाई पक्राउ गरेर देखाउन महेश बस्नेतको चुनौती

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज २३ काठमाण्डौँ । एमाले नेता महेश वस्नेतले जेनजी आन्दोलनलाई लक्षित गर्दे आफुलाई पक्राउ गरी देखाउनु चुनौती दिएको छ । एमाले पोलिट ब्यूरो सदस्य समेत रहेको बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको हिसाब राखेको भन्दै आफूहरुलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् । बस्नेतले गृहमन्त्रीलाई अपराधीलाई कारबाही गर्न आग्रह गर्दै डिजीटल जेनरेसन फोर्स बनाएर उजुरी दिने योजना बताएका छन् । उनले भ्रष्टाचार छानबिन वर्तमान मन्त्री रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्न अनुरोध गरेका छन्। उनले पञ्चायत र राजतन्त्रविरुद्ध लडेका एमालेहरू छाती फर्काएर नहिँड्ने उल्लेख गरे । ‘तिमीहरुको एक(एक हिसाब हुन्छ’ उनले भने । अपराधीलाई कारबाही गर्न उनले गृहमन्त्रीको ध्यानकर्षण गराए । एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सक्ने भए कारबाही गर्न गृहमन्त्रीलाई चुनौत...
कार्की परिवारद्धारा वडा भरिका बिपन्न घर परिवारलाई रकम सहित खाधान्न सहयोग

कार्की परिवारद्धारा वडा भरिका बिपन्न घर परिवारलाई रकम सहित खाधान्न सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज १४ । नेपालीहरुको माहान चाड वडा दशैंको रौनक यतिबेला घर दलौमा छाएको छ । नयाँ लुगा किन्ने, घरमा सर समान जोड्ने, दशैंकै लागि भनेर खसि बोका किनेर ल्याउने एक किसिमको होड बाजीनै चलेको छ भन्दा फरक नपर्ला तर घरको आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारलाई यो चाडबाड नआइदिए नि हुने भन्ने लाग्छ । ऋणको जोहो गरेर चाडपर्व मनाउने बाध्यता छ । बिहान बेलुकाको एक छाक जोहो गर्न नै गाह्रो छ । यस्तै बेला यस्तो एउटा परिवार छ जसले आफनो वडा भरिका अति विपन्न, अशक्त र आर्थिक अवस्था कमजोर भएका ५२ जना घर परिवारलाई नेपालीहरुको महान चाड बडा दशैको अवसरमा दशैं मनाउन केहि सहयोग पुगोस भन्ने उद्धेश्यले केहि रकम सहित खाधान्न सहयोग गरेका छन् । त्रियुगा नगरपालिका वडा नम्वर ८ साहिखोला निवासी रत्न बहादुर कार्कीको परिवारले सोमवार साहिखोला आधारभुत बिधालयमा एक कार्यक्रमको आयोजना गरि वडा भरिका ५२ जना घर प...