Tuesday, June 2News That Matters

Breaking News 1

लिम्चुङबुङ गाउँपालिकाले ल्यायो ४३ करोड १० लाख बढी बजेट

लिम्चुङबुङ गाउँपालिकाले ल्यायो ४३ करोड १० लाख बढी बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ११ असार । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले ४३ करोड १० लाख ९८ हजार २२६ रुपयाँ बजेट पारित गरेको छ । मंगलबार पालिकाको निति तथा कार्यक्रमबाट आगामी आर्थिक बर्ष २०८२÷०८३ को लागि उक्त बजेट पारित गरेको हो । पालिकाले पर्यटन, कृषि, शिक्षालाई विशेष प्राथमिक्ता राखेर बजेट सार्वजनिक गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले विशेषगरी आगामी आर्थिक बर्ष विगत झै पूर्वाधार विकासलाई समेत विशेष जोड दिईने जनाएको छ । पालिका अध्यक्ष मेजर कुमार राईले जनपक्षिय बजेट पारित गर्न सफल भएको जनाए । पालिकाको सबै क्षेत्रहरुलाई समेट्ने खाले बजेट निर्माण गरिएको अध्यक्ष राईका दावी छ । राईले उक्त बजेट पारित गर्नका लागि लिम्चुङबुङका जनता र पालिका विकास गर्ने प्रतिनिधिहरु सहितको उपस्थिति रहेको हुँदा बजेट सफल तरिकाले कार्यन्वयन हुने विश्वास राखेको छ ।...
रौतामाई गाउँपालिकाको बजेट ६६ करोड ९९ लाख ६१ हजार, शिक्षा, स्वास्थ्य र पूर्वधारमा जोड

रौतामाई गाउँपालिकाको बजेट ६६ करोड ९९ लाख ६१ हजार, शिक्षा, स्वास्थ्य र पूर्वधारमा जोड

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १० असार । उदयपुरको रौतामाई गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि अनुमानित बजेट प्रस्तुत गरेको छ । मंगलबार पालिकाको १७ औँ गाउँसभाको निति तथा कार्यक्रमले ६६ करोड, ९९ लाख ६१ हजार बजेट आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरेको हो । पालिका अध्यक्ष बिरेन्द्र मगरका अनुसार उक्त बजेटलाई शिक्षा, स्वास्थ्य र भौतिक पूर्वधारमा प्राथामिकता दिएको जनाए । जनप्रतिनिधि, कर्मचारी, पालिकावासी, शिक्षक, बुद्धिजिवी लगायतको उपस्थितिमा गाउँसभा सम्पन्न भएको हो ।...
कटारी नगरपालिकाले ल्यायो ८७ करोड ६५ लाख ३ हजार ४३९ रुपयाँ बजेट

कटारी नगरपालिकाले ल्यायो ८७ करोड ६५ लाख ३ हजार ४३९ रुपयाँ बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, १० असार । उदयपुरको दोस्रो ठुलो नगरपालिका कटारीले ८७ करोड ६५ लाख ३ हजार ४३९ रुपयाँ बजेट आगामी आर्थिक बर्षको लागि ल्याएको छ । मंगलबार पालिकाको १५ औँ नगर सभाबाट उक्त बजेट पारित भएको हो । नगरको निति तथा कार्यक्रम अन्तर्गत ल्याएको बजेटमा नयाँ योजनाहरु खासै देखिएको अवस्था छैन् । पुरानै योजनाहरु कृषि, स्वास्थ्य शिक्षामै बजेटलाई समेटेको छ ।...
त्रियुगाको आगामी बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार, शिक्षा, स्वास्थ्य र कृषिमा जोड

त्रियुगाको आगामी बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार, शिक्षा, स्वास्थ्य र कृषिमा जोड

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १० असार । त्रियुगा नगरपालिकाले आगामी बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा नगरले उक्त बजेट प्रस्तुत गरेको हो । नगरपालिकाको १५ औं नगरसभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक सँगै बजेट प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्न नगर उप प्रमुख महेश्वरी राईले आगामी आर्थिक बर्षको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । उप प्रमुख राइले प्रस्तुत गरेको बजेटमा पुजीगत तर्फ ८८ करोड ९४ लाख ६ हजार २ सय २० रहेको छ भने चालु तर्फ ६४ करोड ४० लाख ५२ हजार ७ सय ८० रुपैया बजेट बिनियोजन गरिएको छ । नगर प्रमुख बस्नेतले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कृषिमा पहाडी वडालाई कफी जोन...
नेपाल पत्रकार महासंघ उदयपुरलाई अक्षयकोषका लागि स्रोत व्यवस्थापन गरिने

नेपाल पत्रकार महासंघ उदयपुरलाई अक्षयकोषका लागि स्रोत व्यवस्थापन गरिने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १० असार । नेपाल पत्रकार महासंघ उदयपुरलाई अक्षयकोष व्यवस्थापन गरिने भएको छ । मंगलबार त्रियुगा नगरपालिकाको १५ औँ नगरसभाको निति तथा कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार बस्नेतले महासंघको अक्षयकोषका लागि बजेट व्यवस्थापन गर्ने जनाए । वस्नेतले यो सँगै नगरमा रहेको पत्रपत्रिका, रेडियो लगायत संञ्चारमाध्यमहरु सँग सहकार्य गरेर जाने समेत जनाएको छ ।...
त्रियुगा सहित उदयपुरको ६ पालिकाले आज बजेट प्रस्तुत गर्ने

त्रियुगा सहित उदयपुरको ६ पालिकाले आज बजेट प्रस्तुत गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, ९ असार । उदयपुरको ६ ओटा पालिकाहरुले आजा निति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गर्ने भएको छ । त्रियुगा नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकाले आज बजेट ल्याउने तयारी रहेको छ । चौदण्डीगढी र बेलकाले भने हिजै बजेट सार्वजानिक गरिसकेको छ । उनहिरुले जनतामुखी बजेट ल्याउन सफल भएको दावी गरेको छ । अन्य पालिकाहरुले केमा प्राथामिकता दिएर बजेट ल्याउने भन्नेवारे हेर्न बाँकी छ ।...
गाईघाटमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

गाईघाटमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ असार । गाईघाटमा बिहिबारदेखी संञ्चालन भएको ५ दिने आधारभूत पत्रकारिता तालिम आज सम्पन्न भएको छ । गाईघाट स्थित त्रियुगा उद्योग बाणिज्य संघको भवनमा अयोजित तालिमको समापन भएको हो । तालिममा ३१ जनाले सहभागी जनाएका थिए । नयाँ पुस्ताहरुले पत्रकारितामा देखिएको आकर्षणलाई मध्यनजर गर्दै तालिम संञ्चालन गरिएको थियो । नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको समन्वय र नेपाल पत्रकार महासंघ उदयपुरको सहजीकरणमा तालिमको आयोजना गरिएको थियो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ भने तालिमको सहजीकरण बरिष्ठ पत्रकार कौशल चेम्जोङ र पत्रकार भोटराज राईले सहजीकरण गर्नुभएको थियो ।...
ट्राफिक सप्ताह : स्लो मोटरसाईकल रेसमा सन्तोष मगर प्रथम

ट्राफिक सप्ताह : स्लो मोटरसाईकल रेसमा सन्तोष मगर प्रथम

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ९ । उदयपुरको सदरमुकाम गाईघाटमा ट्राफिक सप्ताहको अवसरमा आयोजित स्लो मोटरसाईकल प्रतियोगितामा सन्तोष मगर प्रथम भएका छन् । जिल्ला ट्राफिक कार्यालय उदयपुरले सप्ताहको चौथो दिन सोमबार गाईघाट स्थित पिपल चोकमा स्लो प्रतियोगिता गराएका थिए । प्रतियोगितामा सहभागी ३० जना मध्ये मगरले ४८.८२ सेकेन्ड सम्म बिस्तारै मोटरसाईकल चलाएर प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । त्यस्तै राजु शाहले ४७.५१ सेकेन्ड सम्म बिस्तारै मोटरसाईलक चलाएर दोस्रो स्थान हासिल गरेका छन् भने बसन्त गजमेरले ४७.४४ सेकेन्डमा पुरा गर्दै तेस्रो भए । उदयपुरमा तिव्र गतिका कारण बढी दुर्घटना हुने गरेको भन्दै बिस्तारै सवारी साधन चलाउन सचेतना फैलाउने उदेश्यका साथ स्लो मोटरसाईकल प्रतियोगिता आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ ।...
चौदण्डीगढीको बजेट १ अर्व १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैया

चौदण्डीगढीको बजेट १ अर्व १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैया

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ असार । १ अर्व १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैया बजेटसहित उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को कार्यक्रम तथा बजेट सोमवार ल्याएको छ । मेयर कालुमान लामाले जनताकाबीच लामो अन्तरक्रिया र छलफलसंगै कार्यक्रम तथा बजेट ल्याएको बताउनुभयो । उपमेयर मणिकादेवि दुलालले बजेटले पालिकाको समग्र विकासलाई समेटेको बताउनुभयो । प्रमुख प्रकाशकीय अधिकृत काजिमान राईका अनुसार यो आर्थिक वर्षलाई भौतिकपूर्वाधार वर्षको रुपमा मनाइनेछ । पालिकाले आप्mनै लगानीमा ५० किलोमिटर सडकको स्तरोन्न्ती गर्ने, कृषि क्षेत्रका साथै टोलविकासलाई चलायमान बनाउने योजना छ । प्रत्येक टोलविकास संस्थालाई एउटा योजना अनिबार्य हुनेछ । त्यसैगरी बेलका नगरपालिकाले पनि ७७ करोड २६ लाख ४१ हजार बजेटसहित कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । उदयपुरका अन्य पालिकाहरु भोली तयार भइरहदा चौदण्डीगढी र बेलकाले भने आजै बजेट...
बेलकाले ल्यायो ७७ करोड २६ लाख ४१ हजार बजेट

बेलकाले ल्यायो ७७ करोड २६ लाख ४१ हजार बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ असार । उदयपुरको बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बजेट पारित गरेको छ । सोमवार नगरको १६ औँ नगरसभा बाट उक्त बजेट पारित गरेको हो । “सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार, बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नाराका साथ संञ्चालन भएको नगरसभाले बजेट ल्याएको हो । नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न नगरसभामा उप(प्रमुख जिरा राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य लगायत नगरका ९ वटा वडाबाट वडा अध्यक्ष, सदस्य, तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति, कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका नागरिकहरूको समेत सक्रिय सहभागिता रहेको थियो। नगर प्रमुख कार्कीले आगामी बजेट जनताको आवश्यकता र स्थानीय स्तरको विकासलाई के...