Tuesday, July 14News That Matters

Breaking News 1

उदयपुरमा कारको ठक्करबाट साईकल यात्री गम्भिर घाईते

उदयपुरमा कारको ठक्करबाट साईकल यात्री गम्भिर घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २६ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ भुल्के स्थितमा कारको ठक्करबाट एक साईकल यात्री गम्भिर घाईते भएका छन् । बिहिबार बिहान मदनभण्डारी लोकमार्ग अन्तर्गत बेल्टारदेखी रामपुरतर्फ जादैँ गरको बा ५ च ९९८८ नम्बरको कारले सोही दिशातर्फ जादैँ गरेको साईकललाई ठक्करदिँदा चौदण्डीगढी–४ मकमडाँडाका ६० बर्षीय जितबहादुर बस्नेत घम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । ईप्रका कार्यालय बेल्टारका प्रहरी निरिक्षक बबिन राईका अनुसार कारको ठक्करबाट टाउकोमा चोट लागेको बस्नेतलाई तत्काल उपचारको लागी नगर अस्पताल बेल्टारमा लगिएपछि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ । साईकलाई ठक्करदिने कारसहित चालक चौदण्डीगढी–९ हडियाका अन्दाजी ३६ बर्षीय युवराज खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुर प्रशासनद्धारा सुनकोशी र सप्तकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

उदयपुर प्रशासनद्धारा सुनकोशी र सप्तकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २६ । जिल्ला प्रशासन कार्यालय उदयपुले सुनकोशी र सप्तकोशी नदिको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले एक सुचना जारी गर्दै बर्षातको मौसम भएकोले कुनै पनि बेला ठुलो पानी पर्न सक्ने, सप्तकोशी नदीका सहायक नदीहरुमा बाढी आउन सक्ने जसका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने प्रवल सम्भावना रहेको भन्दै तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । रसुवा भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल लगायत धेरै महत्वपूर्ण संरचनाहरुमा गम्भिर क्षति पुर्याएको र ठुलो मानविय क्षति समेत भएको भन्दै अति आवश्यक नपरी हिड्डुल नगर्न, रातको ममयमा जोखिम क्षेत्रका मुल सडक र सहायक मार्गहरुमा सवारी साधन चलाउँदा सावधानी अपनाउन समेत आग्रह गरिएको छ । जारी सुचनामा जुनसुकै समयमा जोखिम आउन सक्ने भन्दै जिल्लाका...
पत्रकार दिवाकर शाहमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग

पत्रकार दिवाकर शाहमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २५ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समितिले एचटिपी खबरका पत्रकार दिवाकर शाहमाथि महोत्तरीको पूर्वाधार विकास कार्यालयमा दुव्र्यवहार गर्नेलाई कारवाहिको माग गरेको छ । बुधबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समितिका महासचिव शैलेन्द्र महतोले निकालेको प्रेस विज्ञप्तमा शाहमाथि भएको दुव्यवहारप्रति महासंघको ध्यानाकार्षण भएको भन्दै समाचार संकलनको क्रममा पत्रकारलाई यसरी अवरोध गर्न खोज्नु र धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप रहेको जनाएको छ । असार २३ गते राती पूर्वाधार विकास कार्यालयमा ठुलो रकमको चलखेल भईरहेको भन्ने सुचनाको आधारमा प्रहरी सहित रिपोर्टिङमा गएका शाहमाथि केहि व्यक्तिहरुले दुव्र्यवहार गरेका थिए । रिपोर्टिङ गर्न जानु अघि नेपाल प्रहरीका एक प्रहरी वरिष्ठ नायव निरिक्षक (सहि) लाई आफ्नो सुरक्षको जिम्मा लिनुहुन्छ भन्दा सुरक्षाको जिम्मा लिन्छु भने...
‘उदयपुर कोरा साईक्लिङ च्यालेन्ज २०२५’ साउन ३ गते हुने

‘उदयपुर कोरा साईक्लिङ च्यालेन्ज २०२५’ साउन ३ गते हुने

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २५ । कोरा साईक्लिङ च्यालेन्ज ‘उदयपुर कोरा २०२५’ आगामी महिना साउन ३ गते हुने भएको छ । उदयपुर साईक्लिङ संघको आयोजनामा हुन लागेको कोरा च्यालेन्ज सदरमुकाम गाईघाटदेखि सुरु गरि जलजले–चुहाडे– राजाबास हुँदै होटल वल्ड दरबार रातमाटे बोक्सेमा समापन हुनेछ । साईक्लिङ संघ उदयपुरका अध्यक्ष माधव बानियाँका अनुसार यसपटक ५० किलोमिटरको यात्रा तय भएको छ । यस कोरा च्यालेन्जमा उदयपुर सहित बिभिन्न जिल्लाबाट साईक्लिष्टहरु सहभागी हुने अध्यक्ष बानियाँले बताए । साईक्लिङ संघ उदयपुरका निवर्तमान अध्यक्ष जिनेन्द्र रोईले यस कार्यक्रमले साईक्लिङ संस्कृतिको प्रवर्धन, लागु–औषध रहित स्वास्थ जीवनशैली र वातावरण संरक्षको सन्देश फैलाउनुका साथै सामाजिक कार्यका लागि कोष संकलन गर्नु रहेको बताएका छन् । कोरा साईक्लिङ च्यालेन्ज नेपालको सबैभन्दा ठुलो साइक्लिङ कार्यक्रम हो, जुन सन् २०११ मा २५ जना साइक्लिस्टहरुबाट ...
उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २५ । उदयपुरको बेलका नगरपालिका–८ मा मंगलबार मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एकजना घाईते भएकी छन् । मृत्यु हुनेमा मोरङ बूढीगंगाका ३२ बर्षीय अनल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई साँझ ५ बजेर ४५ मिनेटमा दुर्घटना हुँदा चालक राजवंशी गम्भीर घाइते भएका थिए । चालक राजंवशीलाई उपचारको लागी विराट शिक्षण अस्पताल लगिएकोमा उनको उपचारको क्रममा राति ८ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार भोजपुर षडानन्द नगरपालिका–७ की १८ वर्षीया तुलसा कार्की सामान्य घाइते भएकी छन् । उनको उपचार भइरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरका पत्रकार बैकुण्ठ दाहालको निधन

उदयपुरका पत्रकार बैकुण्ठ दाहालको निधन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २४ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाका प्रदेश परिषद सदस्य ९प्रदेश पार्षद० बैकुण्ठ दाहालको सोमबार निधन भएको छ । गत आईतबार अस्वस्थ भई अस्पताल भर्ना भएका त्रियुगा नगरपालिका–३ बसपार्क निवासी दाहालको सोमबार राती ११ बजे ललितपुर जाउलाखेल स्थित अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखी पत्रकारीतासँगै वकालत पेशामा समेत सक्रिय रहेका दाहाल उदयपुर शाखाको कार्यसमिति सदस्य र केन्द्रिय पार्षद समेत भएका थिए । दाहालको ७१ बर्षको उमेरमा निधन भएको हो ।...
चौदण्डी सिवाईको त्रियुगा खोलामा बेपत्ता पुरुषको शव फेला

चौदण्डी सिवाईको त्रियुगा खोलामा बेपत्ता पुरुषको शव फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २३ । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई त्रियुगा खोला स्थित माछा मार्ने क्रममा बेपत्ता भएको युवाको शव मंगलबार फेला परेको छ । सोमवार करिब ६ः३० बजे सिवाई भत्केको पुलबाट बेपत्ता भएको चौदण्डीगढी ६ सिरुवानीका २९ बर्षिय राम बहादुर राईको शव फेला परेको हो । नेपाल प्रहरी शसस्त्र प्रहरी उदयपुरको गोताखोर टोली र स्थानीयहरुको सहयोगमा राईको शव फेला परेको हो । बेपत्ता भएदेखीनै खोजी कार्य राखेको राईको भोली पल्ट मात्रै मृत अवस्थामा शव फेला परेको हो । उनको थप अनुसन्धान पछि पोष्टमार्टम गर्ने काम हुने प्रहरीले जनाएको छ ।...
त्रियुगाको निशुल्क स्वास्थ्य सिविरमा ६ सय बढी बिरामीको स्वास्थ्य परिक्षण

त्रियुगाको निशुल्क स्वास्थ्य सिविरमा ६ सय बढी बिरामीको स्वास्थ्य परिक्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ असार । त्रियुगा नगरपालिकाले शनिवार आयोजना गरेको निशुल्क स्वास्थ्य सिविरमा ६ सय बढी नगरवासी विरामीहरुले स्वास्थ्य परिक्षण गराएको छ । सोम लाइफ डायग्नोस्टिक क्लिनिक गाईघाट र गोल्डेन हस्पिटल विराटनगरको समन्वय सहयोगमा सिविर संञ्चालन गरिएको हो । त्रियुगा नमुना मावि गाईघाटमा संञ्चालन एक दिवसीय शिविरमा सिनियर जनरल फिजिसियन डाक्टर श्याम रौनियार लगायतको टोलीले महिला रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा, हाड जोर्नी सेवा, न्युरो सर्जन विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो । उक्त शिविरमा निशुल्क ल्याब सेवा समेत उपलब्ध गराइएको थियो । स्वास्थ्य शिविरबाट नगर क्षेत्र भित्रका स्थानीयबासी लगायत पहाडी वडाहरूबाट समेत बिरामीहरूले स्वास्थ्य उपचार तथा परामर्श सेवा प्राप्त गरी लाभ लिएका छन् । सिविरमा सेवा दिन आएका गोल्डेन हस्पिटल विराटनगरका संञ्चालक तथा स्वास्थ्यकर्मीहरुलाई नगर प्रमुख वसन्त वस्...
उदयपुरमा जेसिबि दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा जेसिबि दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २२ । उदयपुरको कटारी नगरपालिका–८ सिरिसेमा गएराती जेसिबि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेरुङछबिसेका २२ बर्षीय नविन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । इलाका प्रहरी कार्यालय कटारीका (डिएसपी) कमल बजगाईका अनुसार मिर्चया–कटारी–घुर्मी सडक सिद्धिचरण लोकमार्गअन्तर्गत सिरिसेमा राति ८ बजेर ५ मिनेटको समयमा को १ क २७९५ नम्वरको जेसिबी साईटबाट फर्कने क्रममा आफै अनियन्त्रित भएर सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो । वडाको सडक खन्ने काम गरेर कटारी फर्कदै गरेको जेसिबी घुम्ती सडकमा असन्तुलित भई दुर्घट्ना हुँदा पछाडिको चक्काले किचेर श्रेष्ठको घट्नास्थ्लमै निधन भएको प्रहरीले जनाएको छ । मृतकको शब पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कटारीमा राखिएको र घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
गाईघाटमा सुनचाँदी व्यवसायीहरुले गरे सिठ्ठी जुलुस

गाईघाटमा सुनचाँदी व्यवसायीहरुले गरे सिठ्ठी जुलुस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० असार । गाईघाट स्थित सुनचाँदी व्यवसायीहरुले सिठ्ठ जुलुस गरेको छ । शुक्रबार पसल बन्द गरेर सडकमा उत्रेका व्यवसायीहरुले सुनमा सरकारले लगाएको अब्यवहारीक करको बिरुद्धमा आन्दोलन जारी राखेको छ । उदयपुर सुनचाँदी ब्यवसायी संघ उदयपुर, सगरमाथा सुनचाँदी ब्यवसायी संघ र कालिगढ सुनचाँदी ब्यवासायी संघले यसको बिरुद्धमा संयुक्त आन्दोलन गरिरहेको छ । गत असार ३ गते अनिश्चितकालिन बन्द घोषणा गरेका केन्द्रले घोषणा गरेर असार १३ गतेदेखि शान्तिपूर्ण आन्दोलन जारी राखेको हो । आन्दोलन सशक्त बनाउन उदयपुरको विभिन्न पालिकाहरुमा आन्दोलन चलिरहेको छ । व्यवसायीको आन्दोलनले सुनचाँदीको कारोवार सबै ठप्प परेको छ भने यसले ग्राहकहरुमा ठुलो असर परेको छ । सुनमा लगाईएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदीको कारोवारको लागि प्रष्ट नित...