Wednesday, June 3News That Matters

Breaking News 1

राष्ट्रिय स्वतन्त्र पार्टीले त्रियुगा नगरपालिकामा २५ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझायो

राष्ट्रिय स्वतन्त्र पार्टीले त्रियुगा नगरपालिकामा २५ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्वपा) उदयपुरले त्रियुगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेटलाई लक्षित गर्दै २५ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार त्रियुगा नगरपालिकामा राष्वपाका नेता कार्यकर्ताहरूले प्रमुख प्रशासकीय अधिकृत रामकुमार कोइरालालाई उक्त सुझावपत्र हस्तान्तरण गरेका हुन् । राष्वपाले आफ्नो सुझावपत्रमा अघिल्लो आर्थिक वर्षहरूको बेरुजु रकम तत्काल असुली गरी समग्र नगरको हितमा प्रयोग गर्न आग्रह गरेको छ । पार्टीले नगरपालिकाको अनावश्यक खर्च न्यूनीकरण गरी विकास खर्च बढाउनुपर्ने र वित्तीय अनुशासन कायम राख्नुपर्ने बताएको छ । बजेट कार्यक्रममुखी नभएर उत्पादन, रोजगारीमूलक र विकासमुखी बनाउन सुझाव दिएको छ । यसले स्थानीय जनताको जीवनस्तर सुधार गर्न र दिगो विकासमा योगदान पुर्‍याउने बताइएको छ । नगरको फोहोर व्यवस्थापनका लागि ...
प्रभातफेरी र्याली सहित उदयपुरमा ट्राफिक सप्ताह सुभारम्भ

प्रभातफेरी र्याली सहित उदयपुरमा ट्राफिक सप्ताह सुभारम्भ

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, ६ असार । उदयपुरमा ट्राफिक सप्ताह सुरु भएको छ । शुक्रबार गाईघाटको पिपलचोक देखी त्रियुगा बसपार्क सम्म प्रभातफेरी र्याली सहित सप्ताह सुरु गरिएको हो । सप्ताहको मुख्य उदेश्य भनेको दुर्घटना न्युनिकरणमा सचेतना कार्यक्रम रहेको छ । कार्यक्रमलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको छ । स्थानीय सरकार प्रमुख वसन्त कुमार वस्नेत, जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल लगायत शुरक्षा प्रमुख, यातायात व्यवसायी संस्थाहरु, विद्यार्थी, पत्रकार लगायत सम्बन्धित सबै क्षेत्रहरुको उपस्थितिमा सप्ताह सुरु गरिएको छ । एक हप्ता सम्म संञ्चालन हुने सप्ताह कार्यक्रमा दुर्घटना न्युनिकरण सम्बन्धि बिभिन्न सचेतना कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ । दुर्घटना न्युनिकरण अन्तर्गत यात्रुहरुले तिव्र गति,...
उदयपुरमा ५ दिने आधारभूत पत्रकारिता तालिम सुरु

उदयपुरमा ५ दिने आधारभूत पत्रकारिता तालिम सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ असार । उदयपुरको गाईघाटमा ५ दिने आधारभूत पत्रकारिता तालिम बिहिबारदेखी सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको समन्वय तथा पत्रकार महासंघ उदयपुरको व्यवस्थापनमा तालिम सुरु भएको हो । त्रियुगा उद्योग बाणिज्य संघको कार्यालयमा संञ्चालन तालिममा ३० जना सहभागी छन् । नयाँ पुस्तालाई पत्रकारिता क्षेत्रमा उत्पादन गर्ने उदेश्यले तालिम आयोजना गरिएको जनाईएको छ । तालिमको सहजीकरण बरिष्ठ पत्रकार कौशल चेम्जोङ र पत्रकार भोटराज राईले गरिरहेको छ ।...
सरसफाईले फेरियो रौता पोखरीको मुहार

सरसफाईले फेरियो रौता पोखरीको मुहार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ४ असार । उदयपुरकै प्रमुख पर्यटक तथा धामिर्क स्थल रौता पोखरीको मुहार फेरिएको छ । श्रमदान मार्फत चलाईएको सरसफाई अभियानले पोखरीको मुहारै फेरिएको हो । झार र पतिङगारले दुषित पोखरी हेर्न लायक बनेकोे छ । पत्रकार तथा समाजसेवी समेत रहेका बुद्धि चाम्लीङ नेतृत्वको टोलीले सरसफाई गरेका थिए । श्रमदानकै लागि २१ जनाको टोलीले मङ्गलबार विहान ९ः०० बजेदेखि सुरु गरेको झार उखल्ने काम ३ः०० बजेसम्म पोखरी सफा गरेको हो । मन्दिर पछाडिको थोरै भागबाहेक सम्पूर्ण भाग झारले भरिएपछि खोसिएको पोखरीको सुन्दरता फर्केको अभियन्ता चामलिङले बताए । स्थानीय पत्रकारसमेत रहेका अभियन्ता चामलिङले श्रमदानका लागि त्रियुगा नगरपालिका ६ जलजलेका ६ जना युवा र बाँकी रौतामाई गाउँपालिका ६ पोखरी आसपास र विभिन्न वडाका युवाहरुले साथ दिएको बताए । सातादिनअघि रौता पोखरी पुगेका अभियन्ता चामलिङले त्यसबेला स्थानीय ४ जना भक्तजन...
गाईघाटमा औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सुरु

गाईघाटमा औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, असार ४ । उदयपुरको सदरमुकाम गाईघाटमा चौथो औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सुरु भएको छ । दुई दिन सम्म चल्ने महोत्सवको औपचारिक रुपमा उद्घाटन बुधबार कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले गरिन् । महोत्सवमा रैथाने परिकार र आफ्नै स्थानीय उद्योगहरुमा उत्पादित वस्तुहरुको प्रदर्शनी गरिएको छ । यस अन्तगर्त आयुर्वेदिक औषधि, अर्गानिक आलु, औद्योगिक उत्पादनका लत्ता कपडा–ब्याग–गुडिया–स्कुलको युनिफर्म लगायत अन्य सामाग्रीहरुको प्रदर्शन गरिएको छ । महोत्सवमा करिब ३० वटा स्टल राखिएको छ । महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ कार्य समिति उदयपुरको आयोजनामा भएको हो भने पर्यटन कार्यालय धरान र नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सहयोग गरेको छ ।...
उदयपुरको चौदण्डीगढीमा युवा र युवतीको शव फेला

उदयपुरको चौदण्डीगढीमा युवा र युवतीको शव फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ४ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरी गाउँमा एक किशोरी र एक युवाको शव फेला परेको छ । बुधबार एका विहानै बाटो छेवैमा लडिरहेको अवस्थामा अन्दाजी १७ वर्षीया मन्जु राईको शव फेला परेको हो भने नजिकै आँपको रुखमा झुण्डिएको अवस्थामा २८ वर्षीय रविन राईको शव फेला परेको हो । स्थानीयहरुका अनुसार यी दुईका बिच माया प्रेम थियो । स्थानीयहरुका अनुसार के कुन विषयामा कुरा नमिले पछि यो घटना भएको हुन सक्ने जनाए । घटनाको प्रकृति अनुसार सबैले त्यही अनुमान गरेका छन् । शव परीक्षणको लागि कानुनी प्रक्रिया भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । मृतक दुवै जना छिमेकी हुन् । घटनाबारे थप जानकारीहरु आउन बाँकी रहेको छ ।...
त्रिनपा १६ मा आरसीसी सिंचाई निर्माणले कृषक उत्साहित

त्रिनपा १६ मा आरसीसी सिंचाई निर्माणले कृषक उत्साहित

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३ असार । त्रियुगा नगरपालिका वडा नं १६ मा ३० लाख बढी लगानीमा आरसीसी सिंचाई कुलो निर्माण पछि कृषकहरु उत्साहित बनेको छ । मंगलबार नव निर्मित सिँचाईको औपचारिक उद्घाटन सँगै कृषकको खेतमा पानी पुगेको छ । वडाको भोर्ले स्थित सिंचाईको उद्घाटन त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत, उपमेयर महेश्वरी राई र वडा अध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधिले उद्घाटन गरे । स्विस सरकारको ३० प्रतिशत, संघिय, प्रदेश र स्थानीय सरकारको २०/२० प्रतिशत गरि ६० प्रतिशत र १० प्रतिशत स्थानीय जनसहभागीता १० सहित ३० लाख ७६ हजार  आरसीसी सिंचाई निर्माण गरिएको वडाअध्यक्ष मान वहादुर राईले जनाउनुभयो । राईका अनुसार उक्त आरसीसी सिंचाई भोर्ले खोला देखि ७ सय ८ मिटर रहेको छ । यस सिंचाई कुलोले भोर्लेका १८ घर परिवारको १ सय १२ रोपनी जग्गाको आवश्यकतालाई पुर्ति गर्नेछ । आरसीसी सिंचाई योजना आफैमा मजबुद र दिर्घकालिन रहेको...
औद्योगिक पर्यटन तथा रैथाने खाना महोत्सवको तयारी पुरा, भोली उद्घाटन हुँदै

औद्योगिक पर्यटन तथा रैथाने खाना महोत्सवको तयारी पुरा, भोली उद्घाटन हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, ३ असार । गाईघाटमा भोली बाट सुरु औद्योगिक पर्यटन तथा रैथाने खाना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल घरेल तथा साना उद्योग महासंघ कार्य समिति उदयपुरको आयोजनामा हुने महोत्सव ४ र ५ गते दुई दिन संञ्चालन हुने छ । गाईघाट स्थित बाबारानी मार्ग रामजानकी पार्टी प्यालेर्समा हुने उक्त महोत्सवको उद्घाटन कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले गर्ने छिन् । महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शन सँगै रैथाने खानाको परिकार झल्काईने छ । जस्ले गर्दा पर्यटनहरुलाई आकर्षित गर्नुका साथै उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्ने छ । संघले बिगत देखीनै यस खाले महोत्सवहरु संञ्चालन गर्दै आईरहेको छ । महोत्सवमा जिल्लामा रहेका उत्पादनहरुलाई स्थान दिईएको छ । महोत्सवलाई पर्यटन कार्यालय धरान र नेपाल घरेलु तथा साना उद्योक कार्यालय उदयपुरले सहयोग गरेको छ ।...
गाईघाटमा दुई दिने उद्यौगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुँदै

गाईघाटमा दुई दिने उद्यौगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, ३ असार । उदयपुरको गाईघाटमा उद्योगिक प्रदर्शनी, पर्यटन तथा रैथाने खाना महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला समिति उदयपुरको आयोजनामा यहि जेष्ठ ४ र ५ गते महोत्सव हुन लागेको हो । महोत्सवको लागि तयारी भैरहेको छ । गाईघााट स्थित रामजानकी पार्टी प्यालेर्शमा हुने महोत्सवमा पर्यटन आकर्षण, रैथाने खानाको जगेर्णा सँगै उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन हुने गरी प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवलाई पर्यटन कार्यालय धरान र घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सहयोग गरेको छ । महोत्सव बिहान ९ बजेदेखी बेलुकीको ६ बजे सम्म संञ्चालन हुने छ ।...
उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १ । उदयपुरको बेलका नगरपालिका वडा नं. ९ रंगलक्ष्मी पेट्रोलपम्प स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत शुक्रबार बुद्दचोकबाट रामपुरतर्फ आउदै गरेको प्रदेश १–०५–००१ प १९१३ नं.को मोटरसाईकल कलबटको पिल्लरमा ठक्कर खाई दुर्घटना हुँदा चालक बेलका–६ बस्ने ४५ बर्षीय नबिन राईको मृत्यु भएको हो । शनिबार बिहान ६ बजे स्थानीय बासीले मोटरसाईकल दुर्घटना भएको खबर दिनसाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामाबाट खटिएको प्रहरी टोलीले शव पोष्टमार्टका लागी अस्पताल पठाएको प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...