उदयपुरमा सुमो गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
पूर्णपुष्टि, भदौ ८ । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ द्धार खेला पुलस्थितमा सुमो गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–८ बस्ने ४८ बर्षीय बिनोद लामा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत साउन ३० गते दिउँसो साढेँ ५ बजेको समयमा द्वार खोला पुल स्थित मदन भण्डारी लोकमार्गमा धनुषाबाट धरान तर्फ जादै गरेको प्र.२–०२–००३ प ३७०८ नं को मोटरसाईकललाई ईटहरीबाट गाईघाट तर्फ आउँदै गरेको को १ च ८७९९ सुमोले ठक्कर दिएको थियो । सुमोको ठक्करबाट गम्भिर घाईते भएका चालक लामा र पछाडी सवार सोही स्थानका ४५ बर्षीय सिफल सदालाई उपचारको लागी बिराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।
उपचारको क्रममा चालक लामाको गत राती साढेँ ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते सदाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सुमो चाल...









