Sunday, April 26News That Matters

Breaking News 2

उदयपुरमा जमेको पानी (होली) मा डुबेर एक पूरुषको मृत्यु

उदयपुरमा जमेको पानी (होली) मा डुबेर एक पूरुषको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ४ । उदयपुरको बेलका नगरापलिका–२ स्थित शान्तिनगर टोलमा जमेको पानी (होली) मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५७ वर्षीय तिखे तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमवार दिउँसो करिब २ बजे धानखेत गोड्न एबिसी टापुतर्फ हिडेका तामाङ बेलुका सम्म घर नफर्किए पछि परिवार र गाउँलेहरूले खोजी कार्य थालेका थिए । परिवार र गाउँलेहरुले उनलाई नभेटेपछि प्रहरीलाई खबर गरिएको थियो । उनको खोजी गर्ने क्रममा आज बिहान ७:२० बजेको समयमा शान्तिनगरको बुधबारे पश्चिम स्थित होलीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयहरूका अनुसार पछिल्लो समय परेको अविरल वर्षाका कारण बाटोमा रहेको जमुवा पानी बढेको थियो । यही जमुवा पानी तर्ने क्रममा तामाङ डुबेको अनुमान गरिएको छ । हाल मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्...
जिल्ला ब्याटमिन्टन संघ उदयपुरद्धारा जिल्ला न्यायाधिश र प्रहरी प्रमुखलाई बिदाई

जिल्ला ब्याटमिन्टन संघ उदयपुरद्धारा जिल्ला न्यायाधिश र प्रहरी प्रमुखलाई बिदाई

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३ । जिल्ला ब्याटमिन्टन संघ उदयपुरले जिल्ला न्यायाधीश हरिस चन्द्र इङ्नाम र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरिहरनाथ योगीलाई बिदाई गरेको छ । मंगलबार जिल्ला ब्याटमिन्टन संघको कबर्डहलमा एक कार्यक्रमको आयोजना गरी न्यायाधीश इङ्नाम र प्रहरी प्रमुख योगीलाई बिदाई गरिएको संघका अध्यक्ष कालिदास राई (किसन) ले बताउनुभयो । जिल्लाबाट काजसरुवा भएका उहाँहरुलाई अगामी कार्यकाल सफलताको सुभकामना ब्यक्त गर्दै अध्यक्ष राईले मायाको चिनो स्वरुप जिल्ला ब्याटमिन्टन संघको टिसर्ट हस्ताण्तरण गर्नुभएको छ ।न्यायाधीश इङ्नाम उदयपुर जिल्ला अदालतबाट धनकुटा जिल्ला अदालत सरुवा हुनु भएको छ भने प्रहरी उपरिक्षक योगी नेपाल प्रहरी प्रधान कार्यालय जनसम्पर्क शाखा नक्साल, काठमाण्डौँ सरुवा हुनुभएको छ । साथै, जिल्ला प्रहरी अनुसन्धान बिभागका प्रमुख प्रहरी उपरीक्षक तुलसी कटेल र जिल्ला शस्त्र प्रहर...
२८ लाखसम्म हिनामिना गर्ने उदयपुर अस्पताल काउन्टरका राजकुमार चाैधरीसहित चार कर्मचारी निस्काशित

२८ लाखसम्म हिनामिना गर्ने उदयपुर अस्पताल काउन्टरका राजकुमार चाैधरीसहित चार कर्मचारी निस्काशित

Breaking News 2, आर्थिक, समाचार, स्वास्थ्य
उदयपुर/पूर्णपुष्टि, भदाै २ । उदयपुर अस्पतालमा २०७८ सालदेखि टिकट काउन्टरमा बसेर आर्थिक अनियमितता गर्ने कर्मचारी राजकुमार चाैधरी निस्काशनमा परेका छन् । चाैथाे तहका करारका कर्मचारी चाैधरीसंगै साेही पदका सञ्जिव वाग्ले, सहजकर्ता तुलसा पाैंडेल र कार्यालय सहयाेगी उषा पाैंडेल निस्कासन भएका छन् । उनीहरु साउन १३ गते अस्पताल ब्यवस्थापन समितिकाे निर्णयबाट निस्कासनमा परेका हुन् । स्राेतका अनुसार चाैधरीकाे नाममा सबैभन्दा बढि २८ लाख हिनामिना देखिएकाे र अन्य तीन जनाकाे नाममा तीन/चार लाखसम्म रहेकाे छ ।  अस्पतालले छानविन समिति नै बनाएर काउन्टरमा पैसा सङ्कलनकाे हिसाब २०७८ सालदेखिकाे खाेजि गर्दा उनीहरुबाट लाखाैं हिनामिना पत्ता लागेकाे र असुलीसमेत गराईसकिएकाे जनाईएकाे छ । स्वास्थ्य उपचारसेवा प्रभावकारी हुन नसकेकाे सर्वसाधारणकाे आलाेचना र पटक पटक विवाद झेलिरहेकाे उदयपुर अस्पतालमा याे अर्काे अनियमितताकाे खब...
गाईघाटमा भोली गणेश इशारा राईको एकल कमेडी शो हुने

गाईघाटमा भोली गणेश इशारा राईको एकल कमेडी शो हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३१ । उदयपुरको सदरमुकाम गाईघाटमा (भोली) भदौ १ गते हाँस्यकलाकार गणेश इशारा राईको ‘अल नेपाल एकल कमेडी सो २०८२’ हुने भएको छ । गाईघाट स्थित श्रीराम जानकी पार्टी प्यालेसमा हुने यो कार्यक्रम एक्सन इन्टरटेन्मेन्ट प्रा.ली.को आयोजनामा हुनेछ । कलाकार इशारा राई विगत २०५४ सालदेखि समाजसेवामा संलग्न रहँदै आएका छन् । उनले मुटुरोगी, मृगौला रोगी, वृद्धाश्रमका बासिन्दादेखि विभिन्न पीडितहरूलाई उपचार र सहयोग गर्न महत्वपूर्ण योगदान पुर्याएका छन् । कलाकार राईले आफ्ना हजुरआमाको सम्झनामा ‘वीरमाया राई स्मृति कोष’ स्थापना गरेका छन् । यो कोषको उद्देश्य आउँदा दिनहरूमा विभिन्न समस्यामा परेका दुःखी पीडितहरूलाई सहायता गर्नु रहेको उनले बताए । कलाकार राईका प्रमुख कृतिहरूमा गाईजात्रा, कोसेली, सदनहल, भट्टपसल उस्तै, साढे तन्त्र र भद्रगोल रहेका छन् । उनले दर्जनौं संगीत भिडियोको निर्देशन र थुप्रै कार्यक्...
सुँगुर चोरी गर्ने खड्का र चोरीको सुँगुर किन्ने चौधरी दुवै प्रहरीको फन्दामा

सुँगुर चोरी गर्ने खड्का र चोरीको सुँगुर किन्ने चौधरी दुवै प्रहरीको फन्दामा

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, २९ साउन । त्रियुगा नगरपालिका वडा नं २ मोतियाहीको एक फर्मबाट सुँगुर चोरी गरी बेच्ने र किन्ने दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । मोतियाही स्थित खेम राज श्रेष्ठको नाममा रहेको उग्रतारा कृषि पशु फार्म बाट सँगुर चोरी गर्ने सोही स्थानका ५२ बर्षिय बौवा खड्का (लकाई) लाई प्रहरीले पक्राउ गरेको छ भने चोरी गरीएको सुँगुर किन्ने सोही वडा मिलन चोकका अन्दाजी २८ बर्षिय अमित चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उक्त फार्ममा त्रियुगा नगरपालिका वडा नं ३ का ४१ बर्षिय पुरन मगरले बिगत ३ बर्ष देखी बँगुर पालन गर्दै आएका थिए । मगरका अनुसार उक्त फार्मबाट आफ्नो २७ ओटा सुँगर हराएको छ । पटक पटक कहिले ४, कहिले ३ पटक र अन्य समय पटक पटक सुँगुर चोरी भएको मगरले जनाए । सुँगुर हराउन थालेपछि मगरले प्रहरीमा पनि निवेदन दिएका थिए । तर पक्ता लाग्न सकेन । पछि गाउँलेहरुले तिम्रो सँगुर बोके...
त्रिनपा १६ को बार्षिक उपलब्धी सार्वजानिक

त्रिनपा १६ को बार्षिक उपलब्धी सार्वजानिक

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २८ साउन । त्रियुगा नगरपालिका वडा नं १६ ले आर्थिक बर्ष ०८१/०८२ मा गरेको महत्वपूर्ण काम कार्वाहीको प्रगति विवरण सार्वजानिक गरेको छ ।सोमवार वडा कार्यालय स्थित एक कार्यक्रमकाबीच प्रगति सार्वजानिक गरिएको हो । वडाले एक बर्षमा वडाभित्र गरेको कामकार्वाही र गतिविधिलाई सार्वजानिक गरी आवश्यक थप कामहरुबारे सल्लाह सुझाव लिईएको छ । जनप्रतिनिधि, कर्मचारी, शिक्षक, टोल विकास संस्था, राजनितिक दल, युवा, महिला, अधिकारकर्मी, बुद्धिजीवी लगायत स्थानीय वडावासीहरुको बृहत उपस्थितिमा बार्षिक प्रगति विवरण सार्वजानिक गरिएको हो । वडा अध्यक्ष मान वहादुर राईले वडामा भौतिक पूर्वधार, सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा सिँचाई, रोजगार, गरिवी निवारण, संस्कृति, विपद व्यवस्थापन, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा महत्वपूर्ण कामहरु भएको जनाउनु भयो । वडावासीहरुको हितका लागि वडाले चाल्नु पर्ने ...
उदयपुरमा ७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

उदयपुरमा ७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २७ । उदयपुरमा ७ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–११ बरुवाटार बस्ने ४५ बर्षीय शुभराज राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राईले गत साउन १४ गते रातीको अन्दाजी १० बजेको समयमा बरुवाटारस्थितमा डेराभाडा गरी बस्ने ७ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेका थिए । राईलाई खोजतलास गर्ने क्रममा उनकै घरबाट आईतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।...
उदयपुरका किसान धमाधम रोपाईमा व्यस्त

उदयपुरका किसान धमाधम रोपाईमा व्यस्त

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २६ । निरन्तर बर्षा भएपछि उदयपुरका किसाहरु धमाधम धान रोपाईमा व्यस्त भएका छन् । गत असार महिनाभर बर्षा नभएपछि रोपाइँ हुन नसकेको खेतमा हाल किसानहरुलाई धमाधम रोपाइँ गर्न भ्याइनभ्याई भएको हो । उदयपुर कृषी ज्ञानकेन्द्रका प्रमुख योगेन्द्र यादवका अनुसार जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । केहिदिन यता आकासे बर्षा सुरु भएसँगै धान रोपाइँ जारी रहेको उनले बताए । उदयपुरको तिन वटा पालिकामा रोपाइँ लगभग सकिएको छ, जसमा त्रियुगा नगरपालिका, कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका रहेको छ । लामो खडेरीका कारण जिल्लाका तराईका किसानले जमिनबाट ‘बोरिङ’ मार्फत रोपाइँ गरेका थिए भने पहाडी पालिका क्षेत्रको खोलानालाको स्रोत नै सुकेका कारण रोपाई हुन सकेको थिएन ।...
दुर्घटनामा घाईते बागचौरीका सफल ६० हजार आर्थिक अभावले घरमै थन्किए, सहयोगको अपिल

दुर्घटनामा घाईते बागचौरीका सफल ६० हजार आर्थिक अभावले घरमै थन्किए, सहयोगको अपिल

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २५ साउन । दुर्घटनामा घाईते त्रियुगा नगरपालिका वडा नं ७ बागचौरीका १३ बर्षिय सफल परियार आर्थिक अभावले घरमै थन्किन बाध्य भएको छ । असार २१ गते चुहाडे बाट बागचौरी घर फर्कने क्रममा सुवास परियारका छोरा सफल साईकल दुर्घटनामा परेका थिए । दुर्घटनाबाट उनि घम्भीर घाईते भए । घाईते सफललाई चुहाडेकै एक मेडिकलमा लगियो । त्यहाँ उपचार सम्भव नभएपछि घाईकोघाटको दिपेश मेडिकलमा पठाईयो । दिपेश मेडिकलले पेटमा पानी जमिएको भन्दै जिल्ला पठायो । जिल्लाले पनि पेटमा पानी जमिएकै बताए । बिरामीको छटपटीका कारण जिल्लाले पनि उक्त केश नसक्ने भन्दै बाहिर रेफर गर्यो । जिल्लाको रेफर पश्चात सफललाई बिराट टिचिङ पुराईयो । त्यहाँ पनि पानी जमिएकै पक्ता लागेपछि अप्रेशन गर्नु पर्ने अस्था आयो । आन्द्रामा असर पर्ने भन्दै अस्पिटलले तत्काल अप्रेसनका लागि सफलको परिवारलाई सुझायो । आर्थिक विपन्न परिवारलाई सफलको अप्रेसन गर्न स...
बाबा बेनी सैलुनले अपाङ्गता र दृष्टी विहिनलाई निशुल्क सेवा प्रदान गर्ने

बाबा बेनी सैलुनले अपाङ्गता र दृष्टी विहिनलाई निशुल्क सेवा प्रदान गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २५ साउन । गाईघाटमा रहेका बाबा बेनी हेन्सम पार्लर (सैलुन) ले अपाङ्गता भएका व्यक्ति तथा दृष्टीविहिन व्यक्तिहरुलाई निशुल्क सेवा प्रदान गर्ने भएको छ । गाईघाट स्थित असारी लाईन निलो पुल नजिक रहेको उक्त सैलुनले अबको समयबाट भने अपाङ्गता भएका व्यक्ति तथा दृष्टिविहिन व्यक्तिहरुलाई निशुल्क सेवा प्रदान गर्ने भएको हो । एकीकृत समाजवादी युवा संघ नेपाल त्रियुगा नगर कमिटी अध्यक्ष समेत रहेका सैलुन संञ्चालक सुभनारायण ठाकुर (बेनी) ले असक्त र अपाङ्गताहरुको सेवालाई प्रभावकारी बनाउन यो सेवा प्रदान गरेको जनाए । समाजवादी युवा संघ नेपाल त्रियुगा नगर कमिटीको पहलमा उक्त सेवा प्रदान गर्न लागिएको ठाकुरको भनाई छ । खुसिलाल पोलिक्लिनिकमा ५० प्रतिशत छुट ६० नाघेकाहरुको निशुल्क चेकजाँच यो सँगै खुसिलाल पोलिक्लिनिक गाईघाटले पनि अपाङ्गता भएका व्यक्ति तथा दृष्टीविहिनहरुलाई ५० प्रतिशत छुटमा चेकजाँचको सेवा प्र...