Wednesday, April 29News That Matters

Breaking News 2

त्रियुगा ५ सिरपुरमा ६० बिघा जमिन क्षमताको बोरिङ सिँचाई निर्माण सुरु

त्रियुगा ५ सिरपुरमा ६० बिघा जमिन क्षमताको बोरिङ सिँचाई निर्माण सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं ५ सिरपुर राईटोलमा बोरिङ सिँचाई आयोजनाको शनिवार उद्घाटन भएको छ । प्रदेश सरकारको २० लाख बरावरको बजेटमा बोरिङ सिचाई आयोजना निर्माणको उद्घाटन भएको हो । उच्च स्थानमा रहेको सिरपुर राईटोलमा पानीको निकै अभाव र समस्या छ । सोही समस्यालाई मध्यनजर गर्दै चिनकाजी राई सहित अगुवा व्यक्तिहरुले बराम्वार प्रदेश सरकार सँग बोरिङ सिँचाईको माग गरिरहेको थियो । उच्च स्थानमा भएकै कारण खोला नालाको पानी चढ्न समस्या छ । पानी अभावले त्यस स्थानमा बाली नाली र तरकारी खेतिबाट समेत स्थानीयहरु बन्चीत छ । सामान्यतया पिउनका लागि पानी भएतापनी वाली नाली र तरकारी खेतीका लागि भने पानी अभाव रहेका स्थानीयहरु बताउँछन् । बोरिङ योजना सुरु भएसँगै त्यहाँका घरधुरीहरुले खुसी ब्यक्त गरेको छ । आगामी दिनहरुमा तरकारी र बालीनाली लगाएर आत्मनिर्भर हुन पाउने भन्दै उनिहरुले खुसी ब्यक्त गरेको छ । ...
पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद

पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नगरपालिकामा आज पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्य र नेपाल पत्रकार माहासंघ उदयपुर शाखाको समन्वयमा त्रियुगा नगरपालिकाको सभाहलमा संवाद सम्पन्न भएको हो । स्थानीय सरकारको सहभागीतामा पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । संवादमा पत्रकारीतामा स्थानीय तहको अतिनै भुमिका रहने बताईएको छ । पत्रकारीता जस्तो संवेदनशिल क्षेत्रको सवलीकरण गर्न नजिकैको स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहने र त्यस तर्फ ध्यान दिन आवश्यक रहेको जनाईएको हो । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतको प्रमुख अथित्यतामा अन्तर ...
पशुपति प्रसाद गण बोक्सेका २८८ जना नेपाली सेनाको निशुल्क आँखा जाँच

पशुपति प्रसाद गण बोक्सेका २८८ जना नेपाली सेनाको निशुल्क आँखा जाँच

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरको त्रियुगा नगरपालिका वडा न. १० बोक्से स्थित श्री पशुपती प्रसाद गणमा कार्यरत नेपाली सेनाहरुको निशुल्क आँखा जाँच गरिएको छ । शुक्रबार श्री पशुपती प्रसाद गणको आयोजना तथा मदन भण्डारी आँखा अस्पताल गाईघाटको संमन्वयमा गणका सक्कल दर्जा तथा जिल्ला स्थित भु.पु. सैनिकहरुलाई लक्षित गरी एक दिने नि:शुल्क आँखा जाँच शिविर संचालन गरिएको हो । शिविरमा विभिन्न दर्जाका गरी २ सय ८८ जना सेनाको बोक्से स्थित ब्यारेक परिसरमा आँखा जाँच गरिएको हो । शिविरमा वहालवाला सकलदर्जा २७७ र भुतपुर्व सैनिक तथा परिवाजन ११ गरी जम्मा २८८ जनाले सेवा लिएका छन् । त्यसमध्ये पुरुष २३४ र महिला ५४ जना रहेका छन् । शिविरमा आखाँ जाचँ गरिएपछि ४० जनालाई चस्मा प्रयोग गर्न सुझाव दिईएको छ । आँखा मानवीय जीवनको लागि महत्वपूर्ण रहेकोले हावाहुरी र धुलौमैलोले आँखामापर्ने असरलाई मध्यनजर गर्दै आँखाको सुरक्षा तथा सावधान...
त्रियुगा नगरपालिकाले अबैधानिक घरटहरा भत्काएपछि स्थानीयको बिचल्लीत

त्रियुगा नगरपालिकाले अबैधानिक घरटहरा भत्काएपछि स्थानीयको बिचल्लीत

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ जेष्ठ । उदयपुरको त्रियुगा नगरपालिकाले अबैधानिक घर टहराहरु भत्काउन सुरु गरेको छ । आफु वसिरहेको घर टहरामा नगरपालिकाले दादागिरी सैलीमा अमानवीयता देखाएको भन्दै यहाँ वसोवास गर्दै आएका स्थानीयहरु भने आक्रोसित बनेका छन् । यस क्षेत्रमा चौधरी समुदायहरु वसोवास गर्दै आएको देखिन्छ । यहाँ वसोवास गर्ने स्थानीयहरुले त्रियुगा वसपार्क बनेको जग्गा पनि पहिले आफुहरुले नै भोकअधिकार गरेको बताएका छन् । पछि त्यस ठाउँमा बसपार्क बनाउने प्रस्ताव आएपछि उनिहरुले आफ्नो भोगचलनको जग्गा रहेको सचेत गराउँदै करिब ९० जनाले निवेदन दिएको देखिन्छ । सो निवेदन उपर आवश्यक छलफल गर्न त्रियुगा नगरपालिकाले २०६३÷१०÷१२ गते त्यस क्षेत्रमा भोगअधिार गर्नेहरुलाई आवश्यक छलफका लागि बोलाएको देखिन्छ । उक्त छलफलमा बसपार्कका लागि ६० प्रतिशत र भोकअधिार गर्दै आएकाहरुका लागि २० प्रतिशत जग्गा छुटाएर सहमतिको निर्णय भएको हाल वसोवास गर...
त्रियुगा नगरपालिकाले बरुवा बसपार्क र मदनभण्डारी सभाहलको अवैध संरचना हटाउने

त्रियुगा नगरपालिकाले बरुवा बसपार्क र मदनभण्डारी सभाहलको अवैध संरचना हटाउने

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३१ । उदयपुरको त्रियुगा नगरपालिकाले बरुवा बसपार्क र मदनभण्डारी सभाहलको अवैधानिक भौतिक संरचना हटाउने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै भोली (बिहिबार) देखी  वडा नं. ३ स्थित बरुवा बसपार्क र वडा नं. १३ स्थित मदनभण्डारी सभाहल क्षेत्रको अवैधानिक भौतिक संरचना हटाउने जानकारी दिएको हो । कार्यापालिका बैठकले भवन तथा बाटो सम्बन्धि मापदण्ड २०७४ विपरित हुने गरी निर्माण भएका वा निर्माणाधिन घर, टहरा, भवन एवम् अन्य भौतिक संरचनाहरु हटाउने निर्णय गरेको सुचनामा उल्लेख छ । सुचनामा वडा नं. ३ र १३ लाई सार्वजनिक सुचना टाँसी सहजिकरण गर्न समेत निर्देशन दिईएको छ ।...
लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो

लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ३० बैशाख । लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो लिम्वु चयन भएको छ । लिम्वुको नेतृत्वमा ११९ जना सदस्यीय कार्यसमिति चयन भएको छ । मंगलबार मोर्चाको ७ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रले मेनयाङबोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा संखध्वज नेम्माङ, प्रेम मिभक, तेजमान कन्देङवा, चेतना श्रेड, शेर बहादुर तुम्वापो रहेका छन् भने महासचिवमा पकन्दी लिम्वु रहेका छन् । सदस्यहरुमा देवान सिंह ,राजेन्द्र काङबा, कुमार लिम्बु, फुल कमल थलङ, जीवन ताम्लिङ, भीम केदेम, बिमल सावा, बिमल लिम्बु, राजकुमार सिलिम्बु, रणबहादुर लिम्बु, लाजिमा लिम्बु, पूर्ण इजम, संगम आङ्बो, याम नेङमाङ महेन्द्र समवाहमफे बम, विक्रम सेवाहाङ, पदम लावती, पिर्थी बाहादुर बेघा, कालीबहादुर लिम्बु, नरप्रसाद नाबो, प्रवेश मिभक, मौसम लिम्बु, भक्त शेर लिम्बुज सुमन लिम्बु, केशव कुरुम्...
किराँती राष्ट्रिय मुक्ति मोर्चामा रामकुमार राई पासाङ’ काे नेतृत्व

किराँती राष्ट्रिय मुक्ति मोर्चामा रामकुमार राई पासाङ’ काे नेतृत्व

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ३० । किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल पाँचौ राष्ट्रिय सम्मेलनबाट रामकुमार राई 'पासाङ' को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसहमतीबाट बनेको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्ष तिलकप्रसाद राई, उपाध्यक्षहरु सुशिला वान्तवा राई, अर्जुन जम्नेली र ज्ञानबहादुर राई चयन भएका छन् । महासचिवमा वसन्त वान्तवा, उपमहासचिवहरुमा रेखराज राई र कुमार जेरो रहेका छन् । सचिवहरुमा बिर्सिका राई, सन्तोष मुक्मिन, देवान तिलुङ राई र दिनेश किराँती रहेका छन् भने कोषाध्यक्षमा कृपा राई रहेका छन् । सदस्यहरुमा खोटाङबाट बिजय चामलिङ, मणि बान्तवा, राजेन्द्र राई, उदयपुरबाट कमलादेवी राई, जयकुमार राई, जगबहादुर राई, मैयाकुमारी राई, भोजपुरबाट अनिता राई, सम्भु राई, मन्दिप किरावा, केशरमान राई, सुनसरीबाट जीवन राई, सिर्जना राई, उमा राई, भुपाल राई, चेली राई, मोरङबाट रामकुमार राई, रेवती राई, नवीन राई, अ...
किराँत र लिम्बुवान राष्ट्रिय मुक्ति माेर्चा, नेपालकाे बन्दशत्र धरानमा सञ्चालन

किराँत र लिम्बुवान राष्ट्रिय मुक्ति माेर्चा, नेपालकाे बन्दशत्र धरानमा सञ्चालन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २९ । किराँती राष्ट्रिय मुक्ति माेर्चा, नेपाल पाँचाै राष्ट्रिय सम्मेलनकाे बन्दशत्र धरानकाे लाङ्घाली सामुदायिक बनकाे सभाहलमा आज सञ्चालन भएकाे छ । देशभरबाट ३५० प्रतिनिधि सहभागिसहित सुरु बन्दशत्रमा माओवादी नेताहरु ओनसरी घर्ती, हरिबाेल गजुरेल, अजम्बर काङवाङ, सुरेशकुमार राई (हिमाल), रामकुमार राई (पासाङ), सुदन किराँती, दुर्गा राई, नगेन्द्र राई, मणि खम्बु लगायतका नेता छन् । बन्दशत्रमा राजनितिक प्रतिवेदन माेर्चाका केन्द्रीय अध्यक्ष राजन किराँती (बासु) ले प्रस्तुत गर्नुभएकाे छ । बन्दशत्रले नयाँ  नेतृत्व चयन गर्नेछ । त्यसैगरी लिम्बुवान मुक्ती माेर्चा नेपालकाे बन्दशत्र पनि धरानस्थित हरियाली सामुदायिक बनकाे सभाहलमा सञ्चालन भएकाे छ । देशभरकाल २५० प्रतिनिधिसहित बन्दशत्र सञ्चालन भएकाे माेर्चाका केन्द्रीय अध्यक्ष मुक्साहाङ लिम्बू (मुक्ती) ले जानकारी दिनुभयाे । दुबै माेर्चाकाे धरानकाे...
सुरु भयो किरात समुदायको साकेला उभौली

सुरु भयो किरात समुदायको साकेला उभौली

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ बैशाख । किरात समुदायले मनाउने महान पर्व साकेला उभोली आजब बाट सुरु भएको छ । बैशाख पूर्णिमाको अवसर पारी साकेला उभौली सुरु भएको हो । पूर्वी जिल्लाहरुमा वसोवास गर्दै आएका राई समुदायहरुले साकेला उभौली र उद्यौली गरी दुई पटक यो पर्व मनाउने गर्छ । भुमिको पुजा र सिकारी पुजा गर्दै साकेला उभौली उद्यौली मनाउने गर्छ । पितृ पुर्खाहरुको शक्ति र आशिर्वात स्वरुप भुमि तथा पितृ पुजा गरेर साकेला सिल्ली नाँच्दै यो पर्व मनाईन्छ । उदयपुरको त्रियुगा नगरपालिका गाईघाट स्थित साकेला थानमा पनि सोमवार भुमि तथा सिकारी पुजाआजा सहित उभौली पर्वको सुरुवात गरिएको छ । त्रियुगा नगरपाकिला वडा नं ११, १२ र १३ को संयुक्त आयोजनामा विहान ८ बजे सिकारी पुजा गरी साकेला उत्सव सुरु गरिएको हो । त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी रााईको उपस्थितिमा साकेला पर्वको औपचारिक सुरुवात गरिएको छ । राईहरुको पुजा गर्ने घर अर्...
चौदण्डीगढीमा सेनाद्धारा निर्मित शौचालय पालिकालाई हस्ताण्तरण

चौदण्डीगढीमा सेनाद्धारा निर्मित शौचालय पालिकालाई हस्ताण्तरण

Breaking News 2, समाचार
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, बैशाख २८ ।  नेपाली सेनाले उदयपुरको ऐतिहासिक तथा पर्यटक स्थल चौदण्डीगढी दरबार परिसरमा निर्माण गरेको सार्वजनिक शौचालय नगरपालिकालाई हस्ताण्तरण गरेको छ । आईतबार चौदण्डीगढी दरबार परिसरमा आयोजित एक कार्यक्रमको बिच जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले चार कोठे सार्वजनिक पक्कि शौचालय उद्घाटन गर्नुभएको हो । उद्घाटन भएसँगै पशुपती प्रसाद गण बोक्सेका (गणपती) शिव प्रसाद वाग्लेले चौदण्डगढी नगरपालिका प्रतिनिधि वडा नं १ का वडा अध्यक्ष सिताराम राईलाई नवनिर्मित शौचालय हस्ताण्तरण गर्नु भएको हो । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले स्थानिय सरकार गठन हुँदा ऐतिहासिक गढीको नामबाट चौदण्डीगढी नगरपालका रहन गएको भन्दै ऐतिहासिक धरोहरको संरक्षण तथा प्रचार प्रसार गरी पर्यटन प्रवर्धन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । ...