Wednesday, April 29News That Matters

Breaking News 2

उदयपुरको कटारीबाट जबरजस्ती करणी आरोपमा चारजना पक्राउ

उदयपुरको कटारीबाट जबरजस्ती करणी आरोपमा चारजना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता, जेठ १२ । उदयपुरको कटारी नगरपालिका ४ बाट जबरजस्ती करणीयको आरोपमा चारजना पक्राउ परेका छन् । करणी आरोपमा २५ वर्षिय सुजन भन्ने राजकुमार तामाङ, २० वर्षिय नविन श्रेष्ठ, त्यतिनै उमेरका जीवन तामाङ र १९ वर्षिय एक किशोर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जेठ १० गते पक्राउ गरेको प्रहरीले उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरुले एक १४ वर्षिया नावालिकालाई जबरजस्ती सामुहिक करणीको आरोप लागेको छ । नावालिकाको परिवारले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएको जनाइएको छ ।...
स्थानिय तहमा पहुँचका भरमा नियुक्ति गरिएका करार कर्मचारीको दादागिरी, स्पष्टिकरण दिन मान्दैनन्, करार खारेज गरेपछि जनप्रतिनिधि माथि नै धम्की

स्थानिय तहमा पहुँचका भरमा नियुक्ति गरिएका करार कर्मचारीको दादागिरी, स्पष्टिकरण दिन मान्दैनन्, करार खारेज गरेपछि जनप्रतिनिधि माथि नै धम्की

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि सम्बाददाता । जेठ ११ गते । स्थानिय तहमा राजनितिक भागबण्डका आधारमा करारमा नियुक्ति दिइएका कर्मचारी जनप्रतिनिधिकै लागि गलापासो हुने गरेको छ । करारमा नियुक्ति गरिएको कार्यलय सहयोगिहरु नै पहुँचको आडमा शक्तिशाली बन्ने गरेका छन् । यि कर्मचारीहरु कार्यलयका हाकिम वा विभागिय प्रमुखलाई टेर्दैनन् किनकि यिनिहरु जनप्रतिनिधिका दाइने हुने गरेका छन् तर यिनै कर्मचारीले विस्तारै जनप्रतिनिधिलाईसमेत टेर्न छाड्छन् अनि जनप्रतिनिधिलाई नै गलापासो बन्ने गरेका छन् । पछिल्ला उदाहरण हो रामप्रसाद राई गाउँपालिका वडा नं २ धोद्लेखानीका वडा कार्यलयका कार्यलय सहयोगी नरोत्तम तामाङ । नरोत्तम तामाङलाई २०७४ सालको स्थानिय तहको निर्वाचन पछि कार्यलय सहयोगी पदमा गाउँपालिकाले करारमा नियुक्ति गरेको थियो । साइनोले काका पर्ने राजकुमार तामाङ वडाध्यक्ष भएको मौकामा नरोत्तमले कार्यलय सहयोगी पदमा नियुक्ति पाएका थिए । राजनितिक ...
प्रहरीको मैत्रीपूर्ण ब्याड्मिन्टनमा एसपी हरिहर योगी र हिमाल श्रेष्ठको जोडी प्रथम

प्रहरीको मैत्रीपूर्ण ब्याड्मिन्टनमा एसपी हरिहर योगी र हिमाल श्रेष्ठको जोडी प्रथम

Breaking News 2, खेलकुद, समाचार
जिल्ला प्रहरी कार्यालय उदयपुरले आज आयोजनामा गरेको मैत्रिपूर्ण ब्याड्मिन्टन प्रतियोगितामा जिल्ला प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगी र हिमाल श्रेष्ठको जोडी प्रथम भएको भने मिनबहादुर खड्का र खड्ग भुजेलको जोडी दोस्रो स्थानमा आउन सफल भएको छ । प्रहरी कार्यालय परिषरमा नवनिर्मित कवर्डहलमा आयोजित प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धा गरेका थिए । प्रतिस्पर्धिहरुलाई पछि पार्दै फाइनल खेलमा २१–१८ अंकमा पहिलो सेट पछि परेको एसपी योगी र श्रेष्ठको जोडीले बाँकी दुई सेट ८–२१ र ११–२१ को अंकका साथ विजय हाँसिल गरेको हो । विजयी प्रथम र दोस्रो टिमलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, उदयपुर जिल्ला ब्याड्मिन्टन संघका अध्यक्ष कालिदास राई (किसन), सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम पाण्डे, सशस्त्र प्रहरी प्रमुख एसपी सुशिलकुमार शाहीले पुरस्कार स्वरुप मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगिता मैत्री...
त्रियुगामा निर्माणधिन शहरी सडक स्तरोन्नतीको काम समयमै नभए कालो सुचिमा राखिने

त्रियुगामा निर्माणधिन शहरी सडक स्तरोन्नतीको काम समयमै नभए कालो सुचिमा राखिने

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ ९ । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजिआईपी) अन्तर्गत विश्व बैंकको सहयोगमा निर्माण भईरहेको शहरी सडक स्तरोन्नतीको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराईएको छ । शुक्रबार त्रियुगा नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण कम्पनी श्री आशिष आशिर्वाद स्वामी नारायण जेभीलाई निर्माण कार्य समयमै सम्पन्न गर्न सचेत गराईएको हो । पत्रकार सम्मेलनमा त्रियुगा नगरपालिकाका जनताको तर्फबाट पत्रकारहरुले जनगुनासो राखेका थिए भने कन्सल्टेन्सी, प्राविधिक लगायतका टोलीले आ–आफ्नो कुरा राखेका थिए । त्यस्तै सम्मेलनमा बोल्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई बारम्बार निर्देशन दिईरहेको बताएका छन् । मेयर बस्नतले यदि निर्माण कम्पनीले समयमै निर्माण कार्य सम्पन्न गर्न...
क्यानभास एकेडेमीले गरायो विद्यार्थी नेतृत्वका लागि निर्वाचन

क्यानभास एकेडेमीले गरायो विद्यार्थी नेतृत्वका लागि निर्वाचन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ जेष्ठ । गाईघाट स्थित क्यानभास एकेडेमी बोर्डिङले विद्यार्थीको नेतृत्व चयन गर्न निर्वाचन गराएको छ । शुक्रबार विद्यालय परिसरमै नेतृत्व चयनका लागि निर्वाचन गरिएको हो । निर्वाचन अधिकृत भैरव श्रेष्ठका अनुसार विद्यालय क्यापटेन लगायत बिभिन्न पदहरुमा निर्वाचन गराईएको छ । विद्यालय क्याप्टेन, व्वाईज र गल्र्स तर्फ सिनियर भाईस क्याप्टेन, स्पोर्ट क्याप्टेन र बिभिन्न चार हासउ अन्तर्गत सिनियर व्वाईज र गल्र्स क्याप्टेनहरुका लागि चुनाव गराईएको अधिकृत श्रेष्ठको भनाई छ । निर्वाचन आयोग कार्यालयको समन्वयमा सामाग्रीहरु जुटाएर विद्यार्थीहरुलाई चुनाव गराईएको हो । रेड, ग्रिन, यल्लो र ब्लु गरी चार ओटा हाउसहरु बिभाजित गरीएको छ । सोही अनुसार आ–आफ्नो हाउस छुटाएर चुनाव गराईएको विद्यालयले जनाएको छ । कक्षा ५ देखी ७ सम्म जुयिर २९८ जना र ७ देखी १० सम्मको सिनियर २७७ जना गरी जम्मा ५७५ जना विद्यार्थी मतदादाहरु ...
कोशी प्रदेशमा करोडौंका स्वास्थ्य उपकरण गोदाममा थन्किए

कोशी प्रदेशमा करोडौंका स्वास्थ्य उपकरण गोदाममा थन्किए

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ । कोशी प्रदेश सरकारले गत वर्ष खरिद गरेका करोडौं मूल्यका आधुनिक स्वास्थ्य उपकरणहरू अझै पनि प्रयोगविहीन अवस्थामा गोदाममा थन्किएर राखिएका छन् । जनशक्ति, पूर्वाधार र भण्डारण स्थानको अभावमा महत्त्वपूर्ण उपकरणहरू खरिद गरेर थन्क्याउँदा प्रदेश सरकारको खरिद प्रक्रियामा गम्भीर अनियमितता देखिएको छ । प्रदेश सरकारले ७ वटा जिल्ला अस्पताल र संघीय सरकार मातहतको कोशी अस्पतालका लागि भनेर ८ थान क्षयरोग परीक्षण गर्ने डिएनए एक्स्ट्रयाक्सन मेसिन प्रतिइकाइ ३८ लाख ६४ हजार ६ सय रुपैयाँका दरले खरिद गरेको थियो । यी मेसिनहरूमा कूल ३ करोड ९ लाख २० हजार रुपैयाँ खर्च गरिएको थियो । तीमध्ये तीन वटा अझै पनि आपूर्ति केन्द्रकै गोदाममा थन्किएका छन् । यसैगरी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि ३४ लाख ९४ हजार ६ सय १० रुपैयाँमा खरिद गरिएको एचआइभी भाइरस पत्ता लगाउने एचआइभी १ र एचआइभी २ भाइरल लोड मेसिन पनि व...
सरकार ढल्ने प्रचारप्रसारमा समय खेर नफाल्न प्रतिपक्षलाई  मन्त्री दाहालको आग्रह

सरकार ढल्ने प्रचारप्रसारमा समय खेर नफाल्न प्रतिपक्षलाई मन्त्री दाहालको आग्रह

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ५ जेष्ठ । भौतिक पूर्वधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रचण्डलाई लक्षीत गर्दै सरकार ढल्ने हल्लामा नलाग्न सुझाएको छ । दुई ठुला दलहरु मिलेर बनेको सरकार ढल्न सजिलो नरहेको भन्दै यसको हल्ला र प्रचारमा समय खेर नफाल्न मन्त्री दाहालले सुझाएको हो । नेपालमा जनताले विकास चाहेको र स्थीर सरकारको कारण विकासमा बाधा पुगेको भन्दै स्थिरताको लागि देशका दुई ठुला दल मिल्न बाध्य भएको दाहालको भनाई थियो । इतिहाँसमा दुई ठुला दलहरु मिलेर सरकार बनाएको अवस्था नभएपनि नेपाली जनताको हकमा आवश्य रहेको उनले बताए । पहिलोले सरकार चलाउने दोस्रो प्रतिपक्षमा बस्ने प्रणाली रहेता पनि स्थिरताका लागि दुई ठुला दलहरु एक ठाउँ आउनु परेको दाहालले बताए । ठुलाहरुलाई साईड लगाएर तेस्रो दलले सरकार चलाउने र अस्थिरतामा परिणत गरेको भन्दै यसो अन्य गर्न आफुहरु मिल्न परेको जनाए । दाहाल फोक्सिन्टार माहुरे कालो पत्रेको सिलन...
उदयपुरमा इभि दुर्घटना हुँदा ११ घाईते

उदयपुरमा इभि दुर्घटना हुँदा ११ घाईते

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ४ जेष्ठ । उदयपुरमा आईतबार भएको इभि दुर्घटनामा ११ जना यात्रु घाईते भएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुर स्थित कटारी–गाईघाट सडक खण्ड अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अधेँरीमा दुर्घटना भएको हो। प्रहरीका अनुसार घाइते हुनेहरुमा त्रियुगा नगरपालिका–९ राजावासका २६ वर्षिय गोपी दनुवार, त्रियुगा–८ साईखोलाका २० वर्षिय निशन खड्का र जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने ६० वर्षिय सानुमाया श्रेष्ठलाई विराट टिचिङ अस्पताल विराटनगर रेफर गरिएको छ। दुर्घटनामा रौतामाई गाँउपालिका–७ का ४५ वर्षिय पुष्पा खड्का गम्भिर घाइते भएपछि उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार गरी न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । यसैगरी घाइतेहुनेमा सवारी चालक त्रियुगा नगरपालिका–६ का २० वर्षिय हिमाल बस्नेत, २४ वर्षिय संगिता खत्री, चौदण्डीगढी नगरपालिका–१० बस्ने १८ वर्षिय मिजा सेवा, ...
उदयपुर सिमेन्ट उद्योगलाई निजिकरण नगर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

उदयपुर सिमेन्ट उद्योगलाई निजिकरण नगर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ४ जेष्ठ । देशकै सबै भन्दो ठुलो सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योगलाई निजिकरण गर्ने सरकारको निर्णय विरुद्ध नेपाल कम्युनिष्ट – पार्टी (बहुमत) ले आपत्ति जनाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै सरकारलाई ध्यानकर्षण गराएको हो । भिम सुर्खेती हस्ताक्षर बिज्ञाप्तीमा उदयपुर सिमेन्ट उद्योगलाई निजिकरण नगर्न माग सहित अन्य विभिन्न बुद्धाहरुमा सरकारलाई ध्यानाकर्षण गराएको हो । बैशाख २५ गते बसेको मन्त्री परिषद्को बैठकले निजीकरण ऐन २०५० लाई संसोधन गरी निजिकरण संस्थाको निजिकरणको सट्टा सरकारी लगानी व्यवस्थापन शब्द प्रयोग गरी जनतालाई झुक्याउने काम गरेकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण छ । बिज्ञाप्तीमा उल्लेख छ” । बिज्ञाप्तीमा निजीकरणको निर्णय फिर्ता लिईयोस, बैशाख २५ गते बसेको मन्त्री परिषद्को बैठकले निजीकरण गर्ने निर्णय फिर्ता लिईय...
१७ बर्षपछि गाईघाट दिक्तेल सडक योजनाको आफ्नै भवन

१७ बर्षपछि गाईघाट दिक्तेल सडक योजनाको आफ्नै भवन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ४ जेष्ठ । १७ बर्षदेखी अरुकै भवनबाट काम गरिरहेको गाईघाट दिक्तेल सडक योजनाले अब आफ्नै भवनबाट सेवा सुरु गर्ने भएको छ । गाईघाट बोक्से स्थित सुविधा सम्पन्न भवन निर्माण गर्दै कार्यालयबाटै सेवा सुरु गरिने भएको हो । आईतबार मात्रै योजना कार्यालयको भवन उद्घाटन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नवनिर्मित कार्यालयको उद्घाटन गर्नु भएको हो । यस भन्दा पहिले पूर्वधार विकासको कार्यालयमा बसेर काम गरिरहेको यस योजनाले आफ्नै भवन पाएपछि काम सहज हुने जनाएको छ । योजना प्रमुख पशुपति ज्ञवालीका अनुसार पहिले जिर्ण भवनमा वसेर काम गुर्न पर्दा असुरक्षा सँगै काम कार्वाहीमा समस्या भोग्नु परेको जनाए । अब आफ्नै भवन भएपछि सेवा प्रवाहमा थप सुविधा मिलेको ज्ञवालीको भनाई छ । भवन उद्घाटनमा मन्त्री दाहाल सहित सडक बिभागका माहानिर्देशक रामहरी पोखरेल, उदयपुरका सांसद अम्वर रायमाझी, प्र...